सोमबार, असोज १०, २०७९

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

नेपाल समय  |  काठमाडौं, शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९, काठमाडौं

नेपाल समय

डोल्पा- जिल्लाको जगदुल्ला नदीमा एक सय छ मेगावाट क्षमताको जगदुल्ला र ८२ दशमलव तीन मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत् आयोजना निर्माणको तयारी रहेको छ। एउटै नदीबाट दुई आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ।

जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ। जगदुल्ला जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक प्रकाश अधिकारीका अनुसार डिपिआरको काम भएपछि एक सय २२ मेगावाट विद्युत् उत्पादन हुने छ। ‘जगदुल्लाको अहिले मुआब्जा, विद्युत् खरिद बिक्री (पिपिए)लगायत काम सम्पन्न भइसकेका छन्’, उनले भने। विभिन्न निकायबाट शेयर लगानी गरेबापतको रकम भुक्तानीको काम भइरहेको छ।

विद्युत् उत्पादन कम्पनीले चार लाख ९१ हजार आठ सय कित्ता शेयर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेपलभमेन्ट कम्पनी लिमिटेडले २३ लाख ४३ हजार कित्ता शेयर, नेपाल विद्युत् प्राधिकरणले २१ लाख ८७ हजार कित्ता शेयर, कर्णाली प्रदेश सरकारको ११ लाख ७१ हजार पाँच सय कित्ता शेयर र स्थानीय तह (जलदुल्ला र मुड्केचुला)को २३ लाख ४३ हजार कित्ता शेयरबापत रु ६३ करोड ४९ लाख तीन हजारको रकम कम्पनीले लिइरहेको छ।

विद्युत् उत्पादन कम्पनीअन्तर्गत बनेकको जगदुल्ला जलविद्युत् कम्पनीमा अतिविपन्न परिवारलाई दुई प्रतिशत सेयर सुरक्षित गरिएको छ। आयोजनामा सर्वसाधारणका लागि १७ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १० प्रतिशत शेयर दिने कम्पनीले जनाएको छ। यस्तै विद्युत् उत्पादन कम्पनीमा ऊर्जा मन्त्रालयको २० प्रतिशत शेयर रहेको छ। त्यसैगरी नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष र दूरसञ्चार कम्पनीको १०-१० प्रतिशत सेयर छ। अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नागरिक लगानी कोषको पाँच-पाँच, जलविद्युत् लगानी तथा विकास कम्पनीको चार र राष्ट्रिय बीमा संस्थानको दुई प्रतिशत प्रवर्द्धनात्मक सेयर छ।

चालु आर्थिक वर्षको अन्तिमसम्म कम्पनीद्वारा निर्माणका लागि ठेक्का खोल्ने तयारी रहेको अधिकारीले जानकारी दिए। अधिकांश ठाउँबाट शेयरवापतको रकम आइसकेको छ। केही ठाउँको मात्र बाँकी छ। एक सय छ मेगावाटको अर्ध–जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजना निर्माणको पूर्वतयारी गरिरहेको कम्पनीले एक सय २२ मेगावाटको जगदुल्ला ‘ए’ पनि अघि बढाउन लागेको हो। कम्पनीले सूचना जारी गर्दै जगदुल्ला ‘ए’को वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार गन बोलपत्र आह्वान गरी नौ महिनामा प्रतिवेदन तयार गर्ने योजना रहेको  कम्पनीका प्रबन्धक सञ्जय सापकोटाले बताए।

विद्युत् प्राधिकरण मातहतको एनइए इञ्जीनियरिङ कम्पनीले अध्ययन र डिजाइनको काम गरिरहेको छ। एक वर्षभित्र आयोजनाको अध्ययन सक्ने लक्ष्य छ।  आयोजनाका लागि सात दशमलव एक किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेछ। विद्युत् उत्पादन पछि टेलरेस टनेलमार्फत निस्कने पानी सिधै डाइभर्सन बनाएर सुरुङमार्गमार्फत जाजरकोट, रुकुमपश्चिम र डोल्पाको बीचमा रहेको त्रिवेणीमा पुर्‍याएर विद्युत् उत्पादन हुनेछ। त्रिवेणीमा आयोजनाको विद्युत्गृह रहनेछ।  -रासस


प्रकाशित: September 23, 2022 | 09:38:06 काठमाडौं, शुक्रबार, असोज ७, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

हनुमानढोकास्थित दसैंघरमा राखियो विधिवत जमरा

हनुमानढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।
नेपाल समय
समाज

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय
समाज

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय
समाज

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना