सोमबार, असोज १०, २०७९

बिमा रकम हत्याउन परिवारबाटै हत्या!

भीमा पन्थी  |  काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

भीमा पन्थी

भीमा पन्थी

शुक्रबार, भदौ ३, २०७९, काठमाडौं

नेपाल समय
बिमा रकम हात पार्न आफ्नै साथीबाट हत्या गरिएका नेपालगञ्जका सर्जन विक।

काठमाडौं- नेपालगञ्जका सर्जन विकको योजनाबद्ध हत्याको वास्तविकता बाहिरिएपछि नेपाली बिमा क्षेत्र फेरि एक पटक तरंगित भएको छ। बिमांक रकम  (बिमा दाबीबापत पाउने रकम)को प्रलोभनमा नेपालमा भएको यो पहिलो घटना भने होइन। तर एजेन्ट अर्थात् अभिकर्ताकै मिलेमतोमा भएको घटनाको सन्दर्भमा भने यो पहिलो हो।

गत १० जेठमा छिमेकी भारतमा पनि यस्तै घटना भएको थियो। भारतको अमृतसरमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गरेकी थिइन्। हत्यापछि अनुसन्धानका क्रममा अभिकर्तासमेत रहेकी उक्त महिलाले बिमा दाबी गर्नकै लागि पतिको हत्या गरेको खुलेको थियो। लामो समयदेखि श्रीमान् मानसिक रूपमा अस्वस्थ रहेकाले औषधोपचारमै धेरै खर्च भई आर्थिक तनाव भएका कारण उनले श्रीमान्को हत्या गरेर बिमा रकम प्राप्त गर्ने तयारीमा थिइन्। तर हत्या गरेको सावित भएपछि उनले उक्त बिमा रकम भने पाइनन्। 

यसरी बिमासँग सम्बन्धित रहेर नेपालमा मात्रै नभई अन्य मुलुकमा पनि यस्ता घटना हुँदै आएका छन्। यसअघि बिमासँग सम्बन्धित नेपालमा घटेका केही घटनाः 

घटना १- छोरीको हत्या
२०७६ असारमा रौतहटमा बुबाले आफ्नै छोरीको हत्या गरे। मौलापुर नगरपालिका–६, पथरा बुधरामकी चार वर्षीया लक्ष्मीकुमारी यादवको हत्या आफ्नै बुबा रामकिशोर यादवले गरेका हुन्। पछि प्रहरीले अनुसन्धान गर्दै जाँदा एक महिनाअघि मात्रै बाबु यादवले २५ लाख रूपैयाँको छोरीको जीवन बिमा गराइदिएका रहेछन्। छोरीको मृत्यु भए २५ लाख रुपैयाँ पाउने मनसायले उनले हत्या गरेको पुष्टि भयो। 

घटना २- श्रीमतीको हत्या
२०७६ असारमै पोखरा रामबजारका ३५ वर्षीय रमेश नेपालीले २८ वर्षीया श्रीमती लक्ष्मी नेपालीको हत्या गरे। हत्या भएको केही दिनअघि मात्रै उनले श्रीमतीको नामबाट १ करोड रुपैयाँको बिमा गराएका थिए। अन्ततः अनुसन्धानमा संलग्न प्रहरीले लक्ष्मीको हत्या बिमा रकम पाउनकै लागि गरिएको पुष्टि गरेको थियो। अहिले उनका श्रीमान् जेलमा छन्। 

बिमा समितिका अनुसार उनीहरुका बच्चा पालनपोषण र शिक्षाका लागि भनेर मृतककी सासूआमाले बिमा रकम दाबी गरेकी छन्। तर समितिले उक्त रकम निकासा गरिदिन अस्वीकार गरेको छ। ‘मृतककी आमा दाबी भुक्तानी पाऊँ भनी समितिमा उजुरी गर्न आउनुभएको थियो। अहिले हत्या गर्नेकै आमालाई भुक्तानी दिँदा यस्ता घटना घटाउन थप प्रोत्साहन हुने वा यही रकमले धरौटीमा छोरो छुटाउने, बिहे गराउने काम पनि हुन सक्छ भन्ने निष्कर्षमा उक्त रकम रोकिएको छ,’ समितिका एक कर्मचारीले भने, ‘बच्चा ठूला भएपछि उनीहरुलाई दिने व्यवस्था मिलाउन समितिले पहल गरेको छ।’

केही समय पहिला एउटा बाल आश्रमले बच्चाको बिमाबापतको रकम आउने आशमा हत्या गरेको खुलेको थियो। त्यस्तै, १२ वर्षअघि गोविन्द आचार्य नामका व्यक्तिले विवाह गरेको केही दिनमै श्रीमतीको बिमा गरिदिए। श्रीमतीलाई नियमित ब्लड प्रेसर उच्च हुने औषधी खुवाए। अन्ततः श्रीमतीको अस्पतालमा मृत्यु भयो। तर पछि माइती पक्षले ब्लड प्रेसर नभएको भन्दै मृत शरीर बुझ्न नमानेपछि छानबिन थालियो। छानबिनबाट श्रीमान्ले योजनाबद्ध रूपमै श्रीमतीको हत्या गरेको पुष्टि भएको थियो। 

आपराधिक घटनाको मुख्य कारण नै अन्डरराइटिङ
बिमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं बिमा गर्ने व्यक्तिको आम्दानी, खर्च र बचतको अवस्था नहेरी पोलिसी बिक्री गर्दा यस्ता समस्या आएको बताउँछन्। बीमितको आम्दानी स्रोत कस्तो हो, कति हो, कति बचत गर्न सक्छ? बिमांकको किस्ता तिर्न सक्ने अवस्था छ-छैन आदि अध्ययन नगरी बिमा गराउँदा यस्ता घटना घट्ने पूर्वअध्यक्ष चापागाईंको बुझाइ छ। 

‘बीमितको आर्थिक अवस्थाको लेखाजोखा गर्ने कार्यलाई आर्थिक अन्डरराइटिङ भनिन्छ, जसले बिमा गर्ने हो। उसले जतिको बिमा गर्ने हो, त्यो बराबरको प्रिमियम तिर्नुपर्छ, जुन आम्दानीसँग जोडिन्छ। आम्दानी नहुनेले धेरै ठूलो अथवा उसको क्षमताभन्दा मोटो रकमको बिमा गर्छ भने त्यतिबेला कम्पनी होसियार हुनुपर्छ,’ उनले भने, ‘यस्तो बेला कम्पनीले बीमितको अन्डरराइटिङमा विशेष ध्यान दिनुपर्छ।’

आम्दानी तथा बचतको तुलनामा कुनै बीमित मोटो रकमको बिमा गर्न खोज्दै छ भने त्यहाँ केही न केही गलत हुने उनको बुझाइ छ। ‘क्षमताभन्दा माथिको बिमा गर्न खोज्दै छ भने उसले या गलत प्रयोगबाट रकम लिएको छ, या त गलत गर्न बिमा गर्नुपर्छ भनेर कम्पनीले बुझ्नुपर्छ,’ उनले भने, ‘गलत गरेर वा गलत गर्न मनसाय जे भए पनि यस्तो कार्यमा खबरदारी गर्नुपर्छ। कम्पनीले छानबिन गर्नुपर्छ। त्ब मात्रै यस्ता किसिमका घटना कम हुन्छन्।’

बिमासँग सम्बन्धित घटना नेपालमा मात्रै नभई बाह्य मुलुकमा पनि भएको चापागाईंले बताए। यस्ता घटना नहोउन् भन्न अन्डरराइटिङको पक्ष बलियो बनाउनुपर्ने उनको सुझाव छ। 

आम्दानी नै नहुने बीमितले झुटा कागजात बनाएर बढी आम्दानी देखाई बढीको बिमा गर्ने र अस्वाभाविक तबरबाट दाबी गर्ने विषय अन्तर्राष्ट्रिय स्तरबाटै हाबी भएको उनले बताए। यस्ता घटना नहोउन् भन्न अभिकर्तालाई दक्ष बनाई बीमितलाई बुझाउनुपर्ने, आम्दानीअनुसारको बिमा गराउने, बचतको आधारमा बिमा गराउनुपर्ने उनको भनाइ छ। तर अभिकर्ता तथा कम्पनीले आम्दानी तथा व्यवसाय विस्तार गर्न देखाएको अस्वस्थ प्रतिस्पर्धाका कारण यस्ता घटना पटक–पटक दोहोरिएको उनले बताए। ‘बिमा गर्ने, हत्या–हिंसा गर्ने, दाबी गर्ने प्रचलन बढेको छ,’ उनले भने, ‘बिमा कम्पनी, कर्मचारी र अभिकर्ताले बीमितको अन्डरराइटिङ राम्रोसँग नगर्नुको प्रतिफल हो, यो।’ 

नेपाल समय
बिमा क्षेत्रको नियामक निकाय बिमा समिति।

‘बिमा माध्यम मात्रै हो, अपराध कम गर्न मुलुककै अवस्था राम्रो हुनुपर्छ’
बिमासँग सम्बन्धित भएर घट्ने आपराधिक घटनालाई पनि अन्य घटनालाई जसरी नै हेर्नुपर्ने बिमाविद् रवीन्द्र घिमिरे बताउँछन्। अर्थात्, यस्ता किसिमका घटनाका लागि बिमा एउटा माध्यम वा साधन मात्रै भएको उनको बुझाइ छ। ‘अपराध गर्ने व्यक्तिले बिमामा आबद्ध भएर अपराध गर्नुपूर्व नै केही न केही अपराध गरिसकेको हुन्छ। यदि गरेको रहेनछ भने पनि गर्छ,’ उनले भने, ‘उसले अपराध गर्ने योजना वा मानसिकतामा राखेकै क्रममा बिमालाई माध्यम बनाएको मात्रै हो।’ 

घिमिरेका अनुसार यस्ता किसिमका घटनालाई फाइनान्सियल क्राइम भनिन्छ, जुन आर्थिक लोभबाट उत्पन्न हुन्छ। नेपाल पुनर्बिमा कम्पनीका अध्यक्षसमेत रहेका घिमिरेका अनुसार बिमा दाबी पाउन हुने आपराधिक घटनाका धेरै कारण हुन्छन्। सामाजिक, आर्थिक, मनोवैज्ञानिक आदि आदि तत्त्व नै अपराधका कारण हुन्। 

व्यक्तिमा रातारात दुःख नगरी धनी हुने, साथी–सर्कलको बराबरी हुने चाहना र अपराधका छिद्रा चयन गर्न उपयुक्त बाटो भेटिने कारणले यस्ता घटना हुन्छन्। चोरीबाटोबाट सजिलै कमाउन सकिने वातावरण, दोषी ठहरिए पनि उम्कन सक्ने वातावरण, राजनीतिक उच्च तहबाट संरक्षण पाएका र आपराधिक मानसिकता भएका व्यक्तिबाट यस्ता किसिमका घटना हुने गर्छन्। 

यस्ता आपराधिक घटनालाई बिमासँग मात्रै ट्याग लगाउन नमिल्ने घिमिरेको बुझाइ छ। यसको न्यूनीकरणका लागि आर्थिक, राजनीतिक, सामाजिक अवस्थामा सुधार आउनुपर्छ। जस्तो, राजनीतिमा अपराधीकरण बढे स्वतः बिमामा पनि त्यसको प्रभाव रहने हुन्छ। सरकारले मनोवैज्ञानिक उपकरण प्रयोग गर्नुपर्ने उनको सुझाव छ। 

उनी कम्पनी, नियामक निकायले अपराध गर्नेलाई कडा सजाय व्यवस्था गर्नुपर्ने बताउँछन्। कम्पनी सञ्चालक, कर्मचारी, अभिकर्ता तथा बीमित र हकदावी गर्ने व्यक्ति नैतिकवान हुन जरुरी रहेको ठान्छन्, उनी। 

प्रतिनिधिसभाबाट पारित बिमा ऐनमा दण्ड सजायलाई पनि प्राथमिकता दिइएकाले यसलाई कार्यान्वयमा ल्याउने हो भने  केही हदसम्म अपराध कम हुने उनको बुझाइ छ। दण्ड सजाय कडा हुँदा डरले पनि अपराध कम हुने उनको धारणा छ। 

बिमा विधेयकमा जालसाजी गर्ने बिमा कम्पनी वा बिमा सेवाप्रदायकलाई १० वर्षसम्मको जेल सजाय हुने प्रावधान छ। संघीय संसद्को प्रतिनिधिसभाले पारित गरेको बिमा ऐन, २०७५ अनुसार इजाजतपत्र नलिई बिमा व्यवसाय सञ्चालन गर्ने व्यक्तिलाई तीनदेखि १० वर्षसम्म कैद सजाय हुनेछ । 

जालसाजीमा सहयोग गर्ने १ करोड बढी बिगो भएका बिमक वा सेवाप्रदायकलाई तीनदेखि पाँच वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ। जालसाजीमा सहयोग गर्ने व्यक्तिलाई पनि बिगोबमोजिमको जरिमाना र पाँच वर्षसम्मको कैद हुनेछ। बिगो कायम गर्न नसके १० लाख रुपैयाँसम्म जरिमाना र दुई वर्षसम्म कैद हुने व्यवस्था छ। 

बिमकले जालसाजी गरी दाबी भुक्तानी नगरे, बीमितले जालसाजी गरी भुक्तानी लिए, सर्भेयरले गलत मूल्यांकन गरे, अभिकर्ताले बिमाशुल्क अपचलन गरे, बिमकका कर्मचारीले अनियमितता गरे वा मर्जरको समय कर्मचारीले अनियमितता गरे १० लाख रुपैयाँसम्म बिगो भए एक वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

त्यस्तै, १० लाखदेखि ५० लाख रुपैयाँसम्म बिगो भए दुई वर्षसम्म कैद तथा ५० लाख रुपैयाँभन्दा बढी १ करोडसम्म बिगो भए तीन वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ।

व्यावसायिक अभिकर्ता अभाव
बिमा समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक राजुरमण पौडेल बिमा क्षेत्रमा व्यावसायिक अभिकर्ता अभाव भएको बताउँछन्। अभिकर्ताले कमिसनको लोभमा बीमितको अन्डरराइटिङ नै नगरी बिमा गराउँदा बिमा कम्पनी र बीमितलाई हानि भएको समितिले ठहर गरेको प्रवक्तासमेत रहेका पौडेलले बताए। ‘बीमितसँग प्रत्यक्ष रूपमा अभिकर्ता जोडिने हुँदा बीमितको आय, व्यय, बचतलगायत विषयमा बीमित जानकार हुनुपर्छ र सोहीअनुसार बिमा गराउनुपर्छ,’ उनले भने, ‘कमिसनको लोभमा बीमितले अन्डरराइटिङ नगरी बिमा गराउँदा यस्ता समस्या आउँछन्।’

यद्यपि हकवाला तथा कुनै एजेन्टको नियत  गलत हुने कुरा भने बाहिरबाट मापन हुन नसक्ने हुँदा सम्बन्धित सबैलाई एउटै डालोमा हाल्न नहुने उनको भनाइ छ। 

नियमनमा कडाइ गर्दै समिति
बिमा समिति अध्यक्ष सिलवालले कम्पनीले व्यवसाय गर्ने भन्दैमा अन्धाधुन्द व्यवसाय विस्तार गर्न नहुने बताउँछन्। उनले भने, ‘व्यवसाय गर्ने भनेको कम्पनीले हो। व्यवसाय गर्ने भन्दैमा कागजात नपुगेको वा राम्रोसँग अन्डरराइटिङबिनै बिमा बिक्री गर्नु हुँदैन।’

शंकास्पद तथा ठूला रकमको बिमा गर्दा त्यस्ता बीमितबारे नजिकबाट बुझ्नुपर्ने अभिभारा कम्पनीको रहेको उनले बताए। पहिलेको तुलनामा यस्ता घटना कम भएको सिलवालले दाबी गरे। यद्यपि अन्डरराइटिङलाई व्यवस्थित गर्न सके मात्रै ८० प्रतिशतसम्म बिमामा देखापर्ने समस्या न्यून हुने उनको दाबी छ। समितिले अन्डरराइटिङ व्यवस्थित गर्न थप तयारी गरेको उनले जानकारी दिए। ‘कम्पनी, अभिकर्ता जिम्मेवार हुनुपर्यो,’ उनले भने, ‘व्यवसाय जसरी पनि वृद्धि गर्ने होडबाजीले कसैको ज्यानसमेत जान सक्छ भन्ने कुरा बोध गर्नुपर्छ।’ 

मोटो रकमको बिमा गराउँदा धितोको समेत व्यवस्था ल्याउनुपर्ने आवश्यकता महसुस भएको उनले बताए। उनले भने, ‘शंकास्पद लागेको उसको आम्दानी स्रोत के हो? जग्गै भए पनि त्यसको लालपुर्जा निश्चित समय वा केही नियम बनाएर राख्ने व्यवस्था गर्नेछौं।’

यो पनि


प्रकाशित: August 19, 2022 | 14:50:00 काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

हनुमानढोकास्थित दसैंघरमा राखियो विधिवत जमरा

हनुमानढोकास्थित दसैंघरमा पनि विधिवत मन्त्रोच्चारणसहित घटस्थापनाको शुभ साइत १०ः२३ बजे जमरा राखिएको हो।
नेपाल समय
समाज

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय
समाज

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय
समाज

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना