बिहीबार, असोज २०, २०७९

धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै

नेपाल समय  |  काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ३, २०७९, काठमाडौं

नेपाल समय

कैलाली- धनगढी उपमहानगरपालिका–७ को देवहरिया वन क्षेत्रको बीच भागमा बनाइएको काँडे तारबारको घेराभित्रको गौशालामा  झण्डै चार सय छाडा गाई, बाच्छाबाच्छी र गोरु राखिएका छन्।  

भूइँमा धुलोमाटो र गोबरमलमूत्र रहेको खोरसँगै जोडिएको टिनको छाप्रो मुनि घाँसपात र उचित स्याहार नपाएर मर्ने अवस्थामा ती चौपाया पुगेका जनाइएको छ। धनगढी उपमहानगरपालिका र मारवाडी सेवा समितिले संयुक्त रुपमा सो गौशाला बनाएका हुन्।  सो गौशालामा चौपायालाई नियमितरुपमा घाँस पातको व्यवस्थापन गर्न समस्या परेको जनाइएको छ। गौशालाका हेरालु पृथ्वी रानाले पशुचौपायाका लागि चाहिने पर्याप्त घाँसपात र दानापानी जुटाउन नसक्दा धेरै मर्ने गरेको जानकारी दिए। उनले भने, ‘पोसिलो खाना नपाउँदा ब्याउने भएको दुई तीन महिनाभित्रै केही गाई मर्ने गरेका छन्, भर्खर जन्मिएका बाच्छासमेत मरिरहेका छन्।’

सो उपमहानगरपालिकाले वर्षमा एकपटक गहुँको भुसा र पराल किनेर गौशालामा उपलब्ध गराउने गरे पनि यसले खोरमा रहेका सबै पशुलाई पर्याप्त नभएको बताइएको छ। देवहरिया वनस्पति उद्यानले ओगटेको जङ्गलमा रहेको गौशालाका पशुचौपायाका लागि चरनका रुपमा जङ्गल प्रयोग गर्दा उद्यानका रुख बुट्यान मासिन थालेका छन्। 

गौशाला बनाएर छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि छ महिनाका लागि उपमहानगरपालिका र वनस्पति कार्यालयबीच समझदारी भएको थियो। सम्झौता सकिएको लामो समय भइसकेको भए पनि उपमहानगरपालिकाले कुनै चासो नदिएको वनस्पति अनुसन्धान केन्द्र धनगढीका प्रमुख गङ्गादत्त भट्टले बताए। 

‘छाडा पशु चौपायाको व्यवस्थापनका लागि छ महिनाका लागि उद्यानको वनक्षेत्र प्रयोग गर्न दिइएको थियो’, उनले भने, ‘त्यसपछिको समयमा उपमहानगरपालिकाले कुनै राखेको छैन।’ सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि पछिल्ला वर्षमा बढ्दै गएको छ। 

गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु बाच्छाबाच्छी छाडा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। यसरी छोडिने चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानमा हैरानी छ। कैलाली र कञ्चनपुर जिल्लामा छाडा पशु चौपायाको समस्या बढी छ। 

छाडा चौपायाबाट आआफ्नो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको किसानको भनाइ छ। ‘पशु चौपाया छाडा छोडिँदा बाली जोगाउन मुश्किल भइसक्यो’, स्थानीय किसान जनक भट्टले भने, ‘लक्ष्मीका रुपमा पूजा गरिने गाईलाई हामी हिन्दूहरुमा छाडा छोडिएका गाईको अवस्था देख्दा पीडाबोध हुनुपर्ने हो।

गाईको मलमूत्र धार्मिक संस्कारसम्बन्धी कार्यमा प्रयोग हुने मात्र नभई मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भएको गाईलाई छाडा छोडेर लापर्वाही गर्न नहुने उनी  बताउछन्।

कतिपय स्थानीय पालिका र सङ्घसंस्थाको पहलमा गौशालाको निर्माणसहित यस्ता पशु चौपायाको व्यवस्थापन गर्ने गरिएको पनि यो समस्या सोचेअनुसार न्यूनीकरण हुन सकेको छैन। स्थानीय सीताराम राना जति प्रयास गरे पनि यो समस्या समाधान गर्न मुश्किल भइरहेको बताउछन्।

नगरक्षेत्र बाहिरबाट चौपाया ल्याएर बजारमा छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा पशु चौपायाको समस्या समाधान हुन नसकिरहेको उनले बताए। धनगढी उपमहानगरपालिकाको पहलमा छाडा पशु चौपायालाई बझाङ जिल्लाका गरिब तथा विपन्न परिवारलाई निःशुल्करुपमा उपलब्ध गराएर व्यवस्थापन गरिने प्रयास भए पनि त्यो काम सफल हुन सकेको थिएन।   -रासस


प्रकाशित: August 19, 2022 | 06:20:00 काठमाडौं, शुक्रबार, भदौ ३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना