शुक्रबार, असोज २१, २०७९

१०० दिनमा आईजीपी सिंहले भने - प्रहरीको सरूवा, बढुवा र कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ

नेपाल समय  |  काठमाडौं, बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्।

आफ्नो कार्यकालको सय दिन पुगेका अवसरमा आज नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट एवं अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकनलगायतका हरेक काम सङ्गठनको प्रणालीअनुरूप पारदर्शीरूपमा भएको प्रष्ट्याए।

साङ्गठनिक सुधारका लागि आठ लक्ष्यसहित कार्ययोजना, २०७९ लागू गरेको जानकारी गराउँदै उनले मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सीमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबर्जस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए। 

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढीकरणका लागि आगामी दिनमा समेत सञ्चारजगत्बाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए। महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीले कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए। कानुनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारी प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारवाही गरिने पनि उनले बताए। उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले एकै चरणमा सम्पन्‍न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गरे। उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नका लागि प्रारम्भिक चरणका कार्यसमेत थालनी भइसकेको जानकारी दिए।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आर्थिक वर्ष २०७७-०७८ र गत आर्थिक वर्ष २०७८-०७९ को पहिलो तीन महिनाको तुलनात्मक अपराध तथ्यांक, नेपाल प्रहरी कार्ययोजना २०७९ एवं प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्धार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा प्रहरीको सहभागितासम्बन्धी प्रस्तुतीकरण गरेका थिए। 


प्रकाशित: August 11, 2022 | 21:09:02 काठमाडौं, बिहीबार, साउन २६, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

बस दुर्घटनामा बुबा गुमाएका बालकले सुनेका थिए ब्रेक फेल भएको

जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन्।
नेपाल समय
समाज

डीभी चिठ्ठाको आवेदन खुल्यो

अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।
नेपाल समय
समाज

शुक्रबार पनि दिनभर वर्षा हुने, यी क्षेत्रमा बाढीको जोखिम

देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ।
नेपाल समय
समाज

देशमा गणतन्त्र आउँदा पनि तमान गाउँमा कटुवाल र मुखिया प्रथा कायमै

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र भरपर्दो सूचनाको माध्यमको रुपमा मानिएको कटुवाल प्रथा प्रभावकारी भएकाले हटाउन नसकिएको स्थानीय बताउँछन्।
नेपाल समय
समाज

राति अबेरसम्म र बिहान उठ्‍नेबित्तिकै मोबाइल चलाउनु घातक!

रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना