बिहीबार, असोज २०, २०७९

मिटरब्याज आतंक : ६ लाख ऋण लिएर २२ लाख तिरे, थप २९ लाख मागेपछि हर्ट अट्याकबाट मृत्यु

काशीराम बजगाई  |  काठमाडौं, बुधबार, साउन २५, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, साउन २५, २०७९, काठमाडौं

नेपाल समय
नवलपरासी पूर्व प्रतापपुरकी खुश्बुना नेशा, जसका पति सफरल्लाह मियाँको मिटरब्याजीको अत्याचारकै बीच मृत्यु हुन पुग्यो। पृष्ठभूमिमा पीडितको धर्ना कार्यक्रम।

काठमाडौं– सुदखोरको अत्याचारपछि श्रीमान् बिते। २५ वर्षका छोरा अरबमा काम खोजिरहेका छन्। ९ दिनअघि मिटरब्याजीबाट पीडितहरुको भीडमा मिसिएर उनी आफू सात दिनदेखि निरन्तर माइतीघरबाट न्यायको गुहार मागिरहेकी छन्।

नवपरासी सुस्तापूर्व प्रतापपुरका सफरल्लाह मियाँकी माइली छोरीको बिहे पक्का भयो। खेती किसानीबाट राम्रै आम्दानी हुने गरे पनि बिहेका लागि खर्च नपुग्ने भयो। बिहेका लागि जगदीश कानु (बानियाँ) सँग ६ लाख ऋण मागे र धुमधामसँग छोरीको बिहे गराए। त्यही दिनदेखि उनको जिन्दगीको धागो विस्तारै उधिनिँदै गयो।

खेती–किसानी परिवारको जिम्मामा छाडेर सफरल्लाह आफू विदेश पनि गए। तर विदेशमा राम्रो कमाइ हुन नसकेपछि पुनः घरै फर्किएर कृषिमै नङ्ग्रा खियाउन थाले। ऋण लिएको ९ वर्षपछि गत वैशाखमा उनी साहुकहाँ पुगे। यतिन्जेल उनले केरा र उखुसहित अन्य खेतीबाट जगदीशलाई २२ लाख रुपैयाँ बुझाइसकेका थिए। उनी ऋणमुक्त भइसकेकोमा ढुक्क थिए। लामो समयदेखि थाप्लोमा बोकेको ऋण उत्रिएर टाउको हलुंगो हुने सोचमा उनी थिए। तर यसो भएन। जब उनी साहुकहाँ पुगे, छाँगाबाट खसेजस्तो भए। जग्गाको मूल्यांकनका लागि भन्दै जगदीशले बनाएको १४ लाखको ऋणको कागजको अलावा उनको नाममा ऋणका चार कागज बनेका थिए। उनका अगाडि थिए तीनटा नयाँ साहु राजेन्द्रप्रसाद गुप्ता (बानियाँ), सुनिलकुमार गुप्ता (बानियाँ) र बैजनाथ दुबे।

२०७० वैशाख २२ गते जगदीशसँग ६ लाख ऋण लिँदा बनेको १४ लाख कागजमा उनको ८ कठ्ठा १२ धुर जग्गा दृष्टिबन्धकमा थियो। उनलाई आफ्ना साहु भनेर थाहै नभएका सुनिलकुमार र राजेन्द्रप्रसादसँग ८–८ लाख ऋणको कागज र दुवैसँग गरेर १७ कठ्ठा ४ धुर जग्गा दृष्टिबन्धकमा थियो। यी दुई साहुको नाममा सफरल्लाहले ऋण लिएको भन्दा अघिल्लो वर्ष २०६९ साउन र पुसमा कागज बनेको थियो। चौथा साहु बैजनाथ दुबेबाट पनि उनले ३ लाख ऋण लिएको कागज बनेको थियो, जसमा उनको १ कठ्ठा जग्गा दृष्टिबन्धकमा थियो। धूर्त साहुले एकै दिन फरक मिति राखेर बनाएका ती कागजअनुसार फरक–फरक समयमा पैसा लिएको पनि कागज बनाएका थिए।

यसरी उनले लिएको ६ लाख ऋणको साउँ मात्रै बढेर २९ लाख पुगिसकेको थियो। दृष्टिबन्धकमा रहेको जग्गा फुकुवाका लागि पुगेका सफरल्लाह मियालाई साहुले खाता पल्टाउँदै धम्कीपूर्ण भाषामा भने, ‘तैंले अझै २९ लाख बुझाउन बाँकी छ। कहिले तिर्ने हो?’

जीवनको ऊर्जाशील समय साहुको ऋण तिर्दै बिताएका उनलाई साहुको उक्त बचनले नराम्रोसँग पोल्यो। ऋणको भारी देखेर अचानक हृदयाघात भयोे र उनी अस्पताल भर्ना भए। 

प्रतापपुर अस्पतालले बुटवल रेफर गर्यो। बुबालाई लिएर जेठा छोरा रिजमान बुटवल पुगे। रिजमानको हात समातेर सफरल्लाहले भने, ‘सबै घरखेत गयो, कत्ति जग्गा फिर्ता आउँदैन रे, घरखेत गयो, कहाँ जाने के खाने? बास उठ्यो।’ यति भनेर सफरल्लाहले देह त्यागे।

नेपाल समय
न्यायका लागि धर्ना बसेका मिटर ब्याजपीडित।

रिजमान घर फर्किए। ‘रातभरि रगत छाद्यो, बुवाको खबर सोध्दा उपचार भइरहेछ भन्यो। अरु केही बोलेन। उसको शरीर कम्पमान थियो,’ माइतीघरमा न्यायका लागि आन्दोलन गरिरहेकी सफरल्लाहकी श्रीमती खुश्बुना नेशाले दुःखको फेहरिस्त सुनाउँदै भनिन्, ‘अर्को दिन कान्छो छोरो अब्दुललाई पठाउँदा मात्रै उहाँको मृत्यु भएको थाहा पायौँ। मलाई केही हुने हो कि भनेर रिजमानले कुरा लुकाएको रहेछ।’

यतिमै सकिँदैन उनको दुःखको कहानी। बुबा बितेको एक महिना नपुग्दै घरको दैनिकी धान्न अरब उडेका रिजमानले उता अझै काम पाएका छैनन्। ७ दिनदेखि आफू जस्तै अनुहारहरुको भीडमा उभिएर खुश्बुना न्याय पाउने आशमा तीन छोराछोरीलाई घरमा एक्लै छाडेर माइतीघरमा आन्दोलनरत छिन्। ‘साहुको अत्याचारले श्रीमान् बित्नुभयो। आम्दानीको स्रोत केही छैन। उता कमाउन गएको छोरो पनि काम नपाएर दुःखमा छ,’ भक्कानिँदै उनले भनिन्, ‘हामी सामान्य मान्छेलाई त कसैले नहेर्दो रहेछ।’ प्रशासन, स्थानीय नेता, आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर आएका सांसद कसैबाट पनि सहयोग नपाएको बताउँदै उनले भनिन्, ‘सबै नेता घूस खान्छन्, दलाल छन्। हामीलाई कसले हेर्छ?’

दुई चरणमा माइतीघर आन्दोलनमा जोडिएका १३५ पीडित परिवारसँगै न्यायका लागि संघर्ष गरिरहेकी उनी व्यवस्थाप्रति आजित छिन्। सांसद हृदयेश त्रिपाठी, २०७० मा कांग्रेसबाट संविधानसभा सदस्य बनेका सन्तु भनिने देवनारायण कलवारलगायत नेताहरुको संरक्षणमा साहुहरुले मिटरब्याज धन्दा गरिरहेको उनीहरुको आरोप छ।

खुश्बुनासहित माइतीघरमा आन्दोलन गरिरहेका पीडितहरुको एउटै आवाज छ– मिटर ब्याज, दृष्टिबन्धक र छिनुवा पासबाट पीडितलाई न्याय दिन उच्चस्तरीय समिति गठन गर्नुपर्छ, पीडितको जमिनको दृष्टिबन्धक फुकुवा गरी तमसुक च्यात्नुपर्र्छ, छिनुवा पास गरेका जग्गा फिर्ता गर्नुपर्छ, ऋणभन्दा बढी लिएको पैसा साहुले फिर्ता गर्नुपर्छ  र सुदखोर साहुहरुको सीआईबीले सम्पत्ति छानबिन गर्नुपर्छ।

गत असारमा पनि न्यायका लागि काठमाडौं आएका उनीहरु गृह मन्त्रालयको आश्वासनपछि घर फर्किएका थिए। तर उल्टै प्रशासनले पीडितलाई नै दुःख दिएको भन्दै उनीहरु पुनः काठमाडौं आएका हुन्।

न्यायका लागि आन्दोलन गरिरहेको सातौं दिन प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृह मन्त्रालयले छलफलमा डाकेको छ। गृहको निर्देशनमा पीडित परिवारका केही प्रतिनिधिलाई राखेर सीआईबीले छलफल गरिरहेको मिटरब्याजी पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताले जानकारी दिए।


प्रकाशित: August 10, 2022 | 18:57:17 काठमाडौं, बुधबार, साउन २५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना