सोमबार, असोज १०, २०७९
नेपाल समय

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

काशीराम बजगाई  |  काठमाडौं, सोमबार, साउन २३, २०७९
काशीराम बजगाई

काशीराम बजगाई

काठमाडौं, सोमबार, साउन २३, २०७९

काठमाडौं- २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरस्थित भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको हत्यारा अझसम्म पत्ता लाग्न सकेको छैन। प्रहरीले विभिन्न चरणमा लामो समयसम्म गरेका अनुसन्धानहरू विभिन्न कारणले बिथोलिएपछि निर्मला प्रकरण अझ जटिल मोडमा छ। प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास भइरहेको बताउँदै आएको छ।  

प्रहरी अनुसन्धानको क्रममा हत्याको अभियोगमा पक्राउ परेका भीमदत्त नगरपालिकाकै ४१ वर्षीय दीलिपसिंह विष्टले प्रहरीबाट 'सफाइ' पाइसकेका छन्। तर उक्त प्रकरणमा ‘शंकास्पद दोषी’का रूपमा अनुसन्धानको घेरामा परेका तिनै विष्टद्वारा अर्की किशोरीमाथि दुर्व्यवहार भएको घटना बाहिरिएको छ। निर्मलाको शव भेटिएको उखुबारीभन्दा ७० मिटर परको कल्बर्टमा विष्टले ती किशोरीमाथि दुर्व्यवहार  गरेको पीडित परिवारले बताएको छ। 

निर्मला प्रकरणमा प्रहरीको ‘लेन्स’मा परेका विष्टले भीमदत्त नगरपालिका-२ की कक्षा १२ मा पढ्ने १६ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो। साउन १२ गते साइकलमा हिँडिरहेकी ती किशोरीलाई रोकेर दुर्व्यवहार गरेका हुन्। नेपाल समयको सम्पर्कमा आएका किशोरीका एक अभिभावकका अनुसार विष्टले ती किशोरीको हात तानेर जर्बजस्तीको प्रयास गरेका थिए। त्यहाँबाट फुत्किएर भागेकी किशोरीले घर पुगेर अभिभावकलाई बताएकी थिइन्। 

 प्रहरीले विभिन्न चरणमा लामो समयसम्म गरेका अनुसन्धानहरू विभिन्न कारणले बिथोलिएपछि निर्मला प्रकरण अझ जटिल मोडमा छ। प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास भइरहेको बताउँदै आएको छ।  

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। उक्त आरोप विष्टले प्रहरीसमक्ष स्वीकार पनि गरेको बताइएको छ। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई बलिको बोको बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। विष्टलाई जोगाउन त्यसबेला आन्दोलन गर्ने परिवारकै सदस्य अहिले तिनै विष्टबाट दुर्व्यवहार भोगेकी हुन्। 

‘उतिबेला हामी नै पनि त्यस्तो मानसिक समस्या भएको व्यक्तिले के अपराध गर्‍यो होला र भनेर आन्दोलनमा उत्रिएका थियौँ,’ पीडित किशोरी अभिभावकले भने, ‘तर पछिल्लो समय निरन्तर त्यो व्यक्तिले त्यही क्षेत्रमा यस्ता क्रियाकलाप गरिरहेको स्थानीय महिला र किशोरीले बताउँदै आएका थिए। अहिले हाम्रै परिवारकी सदस्य दुर्व्यवहार परेकी छन्।’ 

दीलिपले किशोरीमाथि दुर्व्यवहार गरेको बताएका ती अभिभावकले प्रहरीमा भने उजुरी नदिएको बताए। ‘परिवारमा म नै अभिभावक हुँ। म अहिले बाहिर छु, फोनबाट हाम्रो परिवारकी सदस्यमाथि दीलिपले दुर्व्यवहार गरेको जानकारी पाएको छु। भोलि घर गएपछि बुझेर उजुरी दिन्छु,’ उनले भने। 

के थियो २०७५ को घटना?
साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मला साँझ अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी शुरु गरेको थियो। राति २ बजेसम्म खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। निर्मलाकी आमा दुर्गादेवी पन्तले राति नै प्रहरीकोमा गएर छोरी खोजीदिन आग्रह गरेपनि प्रहरीले 'भोलि आउनू' भनेर फर्काइदिएको थियो।

त्यसको भोलिपल्ट (साउन ११ गते) उखुबारीमा कपडा खोलिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो। निर्मलाको बलात्कारपछि हत्या भएको भन्दै स्थानीयले आरोपी पत्ता लगाउन आन्दोलन गरेका थिए।

नेपाल समय
निर्मला पन्त।

साउन १३ गते आएको पोस्टमार्टमको रिपोर्टमा निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको देखिएको थियो। त्यसपछि आन्दोलन झनै चर्किएर देशव्यापी बनेको थियो।

घटनाको अनुसन्धान गर्न तीन दिनपछि नेपाल प्रहरीको सीआईबी टोली कञ्चनपुर पुगेको थियो। सामान्यतया सीआईबीबाट इन्स्पेक्टरको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पठाइने गरेकोमा उक्त घटनामा भने त्यसको संवेदनशीलता बुझ्न आईजीपीको निर्देशनमा डीएसपी अंगुर जीसीको नेतृत्वमा खटाइएको थियो। 

उक्त टिमले घटनामा दीलिपको संलग्नता रहेको हुन सक्ने निष्कर्ष निकाल्दै भदौ ३ गते पक्राउ गरेको थियो। प्रहरीसँगको बयानका क्रममा दीलिपले 'निर्मलाको घाँटी थिचेर हत्या गरेको' स्वीकार पनि गरेका थिए।

तर स्थानीय भने दीलिपलाई दोषी मान्न तयार भएनन्। प्रहरीले प्रमाण नष्ट गरेर भीआईपीलाई जोगाउन मानसिक सन्तुलन ठीक नभएका भनिने दिलिपलाई फसाएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए।

सीआईबीको अनुसन्धानले दीलिपलाई दोषी देखे पनि स्थानीय भने दीलिपलाई दोषी मान्न तयार भएनन्। अन्ततः प्रहरीले अन्तिम पुष्टिका लागि डीएनए परीक्षण गर्ने निर्णय गर्‍यो र डीएनए नमिलेको भन्दै दीलिप छुटे। नेपाल प्रहरीको ल्याबमा भएका डीएनए परीक्षणबाट अनुसन्धानमा सहयोग पुग्ने गरी रिपोर्ट आएको कमै मात्र घटना छन्। त्यसबेला राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनले पनि प्रहरीको डीएनए ल्याबको विश्वसनीयता कम भएको भन्दै सुधार गर्न सुझाव दिएको थियो। 

स्थानीय भने दीलिपलाई दोषी मान्न तयार भएनन्। प्रहरीले प्रमाण नष्ट गरेर भीआईपीलाई जोगाउन मानसिक सन्तुलन ठीक नभएका भनिने दिलिपलाई फसाएको भन्दै स्थानीयले आन्दोलन गरेका थिए।

यद्यपि उक्त विषय लामो समय विवादित बन्यो। प्रहरी महानिरीक्षक समेतको टोलीले स्थलगत अध्ययन गर्दा प्रहरी कर्मचारीबाट चरम लापरबाही र गैरव्यवसायिक कार्य भएको देखिएको भन्दै विष्ट बर्खास्तीमा परे। 

सीआईबीका तत्कालीन डीएसपी जिसीलाई प्रमाण नष्ट गरी निर्दोषलाई यातना दिएको अभियोग लाग्यो। गृह मन्त्रालयले ३१ भदौ २०७५ मा जिसीसहित कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो। प्रहरी नायब निरीक्षक (सई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए। उनीहरुमध्ये डीएसपी सेटी, प्रहरी निरीक्षक खड्का र सई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाए।

जिसीलाई कञ्चनपुर जिल्ला अदालतमा भएको थुनछेक बहसमा अदालते ९ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। पछि उनी निर्दोष सावित भए। 

अदालतबाट सफाइ पाएपछि जीसीको २०७७ असोज अन्तिम साता निलम्बन फुकुवा भएको थियो। मन्त्रिपरिषद् बैठकले उनको निलम्बन फुकुवाका लागि बाटो खोलेको थियो। 

त्यसयता निर्मला पन्तको बलात्कारपछि भएको हत्याका अपराधी पत्ता लगाउन चरणबद्ध आन्दोलन भइरहेकै छन्। उक्त घटनायता चार जना प्रहरी महानिरीक्षक (आईजीपी) फेरिइसकेकोमा हरेकले आफ्नो कार्यकालमा निर्मलाको हत्यारा समात्ने दाबी गर्दै आए पनि अहिलेसम्म प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन।

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय
समाज

ठोरीको विकासमा सबैले हातेमालो गरौं : सहरी मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा सबैले हातेमालो गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

काठमाडौं उपत्यकामा एकै दिन ३२९६ चालक ट्राफिक कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार दुई ९६ जना चालकलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।
नेपाल समय
समाज

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु, तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
नेपाल समय
समाज

कर्मचारीका माग सम्बोधन गर्न स्वास्थ्यकर्मी संघ बीपी क्यान्सर अस्पतालको माग

नेपाल स्वास्थ्यकर्मी संघ बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले १० वर्षदेखि करार, स्थायी तथा अस्थायी तथा मासिक ज्यालादारीमा काम गरेका तथा बढुवा हुन नसकेका स्थायी कर्मचारीको माग सम्बोधन गर्न माग गरेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना