सोमबार, असोज १७, २०७९

सिसडोलको फोहोरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

रासस  |  काठमाडौं, सोमबार, साउन २३, २०७९

नेपाल समय

रासस

सोमबार, साउन २३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- असार महिना लागे यता  सिसडोलको फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ।  नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडामा निर्माण भएको अत्याधुनिक फोहरमैला व्यवस्थापन केन्द्र (ल्यान्डफिल्ड साइट) सम्म फोहर लैजानका लागि यसअघि फोहर विसर्जन गरिँदै आइएको साइट सिसडोलको बाटो भएरै जानुपर्छ। गत जेठ महिनाबाट उपत्यकाको फोहर सिसडोलबाट दुई किलोमिटर टाढा पर्ने बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ।  

बञ्चरेडाँडामा केन्द्रमा फोहर विसर्जन गर्न थाल्दा काठमाडौँ उपत्यकावासीमा फोहरको समस्या स्थायी समाधान हुने आशा पलाएको थियो। अघिल्ला वर्षहरुमा सिसडोल भरिएर नियमित रुपमा फोहर नउठेकाले नयाँ केन्द्रमा नियमित उठ्ने धेरैले अपेक्षा गरेका थिए। तर सिसडोलको फोहरमैलाको पहाडले नै नयाँ केन्द्रसम्म फोहर लैजान अवरोध सिर्जना गरिरहेको छ।  

सडकको खराब अवस्था र पटक पटक विभिन्न माग राख्दै हुने स्थानीयवासीको आन्दोलनका कारण काठमाडौँको फोहर नियमित नउठेको पाइन्छ। अहिले पनि गाडीले धुलो उडायो र फोहरबाट दुर्गन्ध आयो भनी स्थानीयवासीले दैनिक चार/पाँच घण्टा अवरोध गरिरहेको काठमाडौँ महानगरपालिका, वातावरण विभागकी प्रमुख सरिता राईले बताइन्। 

उपत्यकाबाट फोहर तारकेश्वर नगरपालिका, ककनी नगरपालिका र धुनीबेसी नगरपालिका हुँदै बञ्चरेडाँडा जानुपर्छ। खासगरी त्रिशुली-बालाजु सडकको निर्माण आठ वर्ष पहिले सुरु भएर पनि अझै अलपत्र भएकाले यसको निर्माण चाँडो सक्न भन्दै पटक पटक आन्दोलन भइरहेको छ। दुई प्याकेजमा निर्माण अघि बढाइएकामा दुवै खण्डमा ठेक्का तोडिइसकिएको सडक विभागले जनाएको छ। एउटा ठेक्कामा अदालतबाट अन्तिम निणर्य आइसकेकाले नयाँ ठेक्कामा जान सकिने भए पनि अर्को ठेक्काको मुद्दामा अदालतले अन्तरिम आदेश दिएको थियो। सडक चाँडो बनाउन माग गर्दै पटक पटक आन्दोलन हुँदा फोहरको गाडी रोकिने गरेको छ।

तिनपिप्लेबाट सिसडोल हुँदै बञ्चरेडाँडासम्मको सडकको मर्मतको काम शहरी विकास तथा भवन निर्माण विभागलाई जिम्मेवारी दिइएको थियो। विभागले केही समय पहिले मात्रै ठेक्का लगाएर अहिले काम भइरहेको छ। विभागले जिम्मेवारीमा तीनपिप्लेबाट सिसडोसम्म छ किमी र सिसडोलबाट तीन किमी सडक रहेको छ। सिसडोलको फोहरभन्दा उता सडक राम्रो अवस्थामा रहेको प्रमुख राईले बताइन्। सिसडोडमा दुई सय मिटर सडकमा समस्या रहेको छ। अहिले फोहरमाथि ग्याबिन वाल बनाएर सवारीसाधन जान सकिने गरी सडक बनाउन लागिएको हो। वर्षाको समयमा सडक हिलोले भासिने समस्या रहेको उनको भनाइ छ। 'सडक साँघुरो छ। फोहरको डङ्गुरमाथि बाट लैजानुपर्छ,' उनले भनिन्।  

नयाँ केन्द्रमा फोहर लैजानका लागि पनि सोही सडक समस्याका रुपमा रहेको छ। हाल प्रयोग भइरहेको सडक बनाइने र वैकल्पिक बाटोको बारेमा पनि कुराकानी भइरहेको प्रमुख राईले बताइन्। पहिले निर्माण गर्दा  यो सडक पनि बस्तीभन्दा बाहिर बनाइएको भए पनि बाटो बनेपछि बस्ती आएको उल्लेख गर्दै उनले भनिन्, 'फोहर लैजानकै लागि छुट्टै बनाइएको सडक भए पनि सडक छेउछाउ व्यापार व्यवसाय गर्न पनि बस्ती बढ्नु स्वभाविक हो।'

कहिले स्थानीयवासीको अवरोधका कारण त कहिले सडक मर्मत भइरहँदा फोहर नियमित जान सकिरहेको छैन। दैनिक चार/पाँच घण्टा रोकिँदा पनि काठमाडौँमा फोहर प्रभावित हुने र समस्या बढ्ने उनले बताइन्। उपत्यकाबाट शनिबार २४३ ट्रक, शुक्रबार १७० ट्रक र बिहिबार २४० ट्रक फोहर बञ्चरेडाँडा लगिएको थियो। बञ्चरे पुग्ने फोहोरका गाडीले थुप्रै अवरोध झेल्नुपर्ने उनको भनाइ छ। 

स्थानीयवासीको समस्या सम्बोधनका लागि महानगरपालिकाले दैनिक रुपमा ट्याङ्करबाट सडकमा पानी हाल्दै आएको छ। पानी परेको दिनमा पानी हालिरहेको उहाँले बताइन्। सिसडोलमा फोहर विसर्जन गर्दादेखि नै वर्षाको समयमा उपत्यकामा फोहरको समस्या बढ्ने गरेको हो। पहिलो सिसडोलमा लैजाँदा र अहिले बञ्चरेडाँडामा लैजाँदा सडकको समस्या करिबकरिब उस्तै रहेको प्रमुख राई बताउँछिन्। गत वर्षहरुमा सिसडोलमा केन्द्र भरिएपछि  त्यही फोहरबाट गाडी चढेर जानुपर्दा वर्षामा समस्या हुने गरेको थियो। त्यतिबेला क्षमताभन्दा बढी फोहर हुँदा फोहरको पहाड चढेर ट्रकमाथि जानुपर्ने अवस्था थियो। अहिले त्यही फोहरको बीचबाट खुलेको सडकबाटै लानुपर्दा समस्या उस्तै भएको हो। 

विभागले तीनपिप्ले-सिसडोल सडकमा मर्मत गरेर तत्कालका लागि सवारीसाधन चालु गर्नुपर्ने भएकाले मर्मतको काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रामचन्द्र दङ्गालले बताए। खाल्डाखुल्डी रहको ठाउँमा टाल्ने र ग्याबिन जाली हाल्ने र कतिपय स्थानमा ढलान गरिरहेको उनले बताए। मर्मत गर्दा कहिलेकाहीँ सवारीसाधन आवागमन नै रोक्नुपर्ने हुनसक्ने उनको भनाइ छ। उनले भनिन्, 'सडक ढलान गर्दा एक/दुई दिन नै गाडी चलाउन नमिल्ने हुन्छ।'

विभागले नै बञ्चरेडाँडामा अत्याधुनिक फोहरमैला प्रशोधन केन्द्र निर्माण गरेको हो। एउटा खण्डमा सम्पन्न भएपछि गत जेठबाठ नै फोहर बिर्सजन थालिएको थियो। अर्को खण्डमा पनि काम अन्तिम चरणमा पुगेको महानिर्देशक दङ्गालले बताए। उनका अनुसार अहिले वर्षाका कारणले थोरै काम मात्रै गर्न बाँकी छ। 'घाम लागेपछि केही दिन काम गरेपछि नै सम्पन्न हुन्छ र हामीले हस्तान्तरण गर्न सक्नेछौँ,' उनले भने। 

उपत्यकामा जताततै थुप्रिएको फोहर तत्काल व्यवस्थापनका लागि बञ्चरेडाँडा जाने सडक बनाउनुपर्ने भएपनि दीर्घकालीन समाधानका लागि स्रोतबाट नै व्यवस्थापन गर्नुपर्ने वातावरण विज्ञ प्रकाश अमात्यले बताए। फोहरको गाडी बस्तीबाटै जाँदा बस्तीमा नै समस्या हुने भएकाले त्यसका लागि शहरबाट नै छुट्टै सडक बनाउनुपर्नेमा उहाँको जोड छ। बाटो बनाएर ट्रकमा काठमाडौँको फोहर लैजाँदैमा फोहर व्यवस्थापनको दीर्घकालीन समाधान नहुने अमात्यको भनाइ छ। अहिले हामीले जसरी फोहर फालिरहेका छौँ त्यसरी नै गर्दा बञ्चरेडाँडा केही वर्षमा भरिने र जति ल्यान्डफिल्ड साइट नयाँ बनाउँदै जाँदा पनि भरिरहने उनको भनाइ छ। उनले भने, 'दीर्घकालीन रुपमा यसलाई स्रोतमा नै सम्बोधन गर्नुपर्छ।' 

अहिले महानगरपालिकाले केही वडा बाहेक अधिकांश वडामा आफ्ना सवारीसाधन पठाएर फोहर सङ्कलन गरिरहेको छैन। केही निजी संस्थाहरुले उपभोक्तासँग रकम लिएर त्यस बापत फोहर सङ्कलन गरिरहेका छन्। ती संस्थामध्ये धेरै कानुनी रुपमा दर्ता नभएका र महानगरपालिकाले निजीले फोहर सङ्कलन गर्नै वडामा आफ्नो जिम्मेवारी न भएको बताउँदै आएको पाइन्छ। 

निजी सङ्कलन गर्नेले आफैँ फोहर फाल्ने ट्रक, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गरेर काम गरिरहेका छन्। महानगर वा नगरपालिकाले आफूसँग पर्याप्त उपकरण, सवारीसाधन र जनशक्ति नभएकै कारण ‘म आफैँ गर्छु’ भनेर पनि आँट गर्न नसकेको उहाँले बताउनुभयो। फोहर व्यवस्थापनमा स्थानीय सरकारको हिसाबले जिम्मेवारी स्थानीय तहको भएको र नागरिकले कर तिरिरहेकाले पनि जिम्मेवारी उनीहरुले लिनुपर्ने अमात्यले बताउनुभयो। उनले भने, 'अहिले फोहर सङ्कलन गर्ने निजी क्षेत्र कानुनले चिन्दैन। फोहर उठाउन बाध्याकारी छैन।' 

पूरा हुँदै ‘बञ्चरेडाँडा ल्यान्डफिल्ड साइट’
तीन वर्षमै निर्माण सम्पन्न गर्ने भनिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट झण्डै १७ वर्षपछि मात्रै सम्पन्न हुन लागेको छ। सरकारले उपत्यकाको फोहोर व्यवस्थापन गर्न सरकारले विसं २०६२ जेठमा तीन वर्षभित्र बन्चरेडाँडामा साइट बनाउने निणर्य गरेको थियो। बञ्चरेडाँडामा सामान्य अवस्थामा फोहोर बिसर्जन गर्दा २५ वर्ष र वर्गीकरण गरेर विसर्जन गर्दा कम्तीमा ५० वर्षसम्म उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने विभागले बताउँदै आएको छ। 

सरकारले झण्डै तीन दशक पहिले नै फोहर व्यवस्थापनका लागि उपयुक्तस्थल भन्दै पहिचान गरेको थियो। केही समय काठमाडौँको फोहर गोकणर्स्थित ल्यान्डफिल साइटमा डम्पिङ गरिँदै आइएको थियो। अत्यधुनिक ल्यान्डफिल साइट बनाउन तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको फोहरमैला व्यवस्थापन तथा प्राविधिक स्रोत परिचालन केन्द्रले जाइकासँग समन्वय गरेको थियो । बञ्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण गर्न तीन वर्ष लाग्ने भएपछि त्यतिन्जेल उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गर्न थालियो। झण्डै १७ वर्षसम्म उपत्यकाको फोहर सिसडोलमा व्यवस्थापन गरिएको थियो। 

फोहर बोक्ने सवारीसाधनका लागि ‘डेडिकेटेड सडक’

समय समयमा सडकका कारण फोहर उठ्न नसकेको कुरा हुँदा वा स्थानीयबासीले फोहरका कारण दुर्गन्ध फैलिएको कुरा उठाउँदा ‘डेडिकेटेड’ सडक निर्माणको कुरा पनि उठ्ने गरेको छ। फोहरका गाडी मात्रै बोक्नका लागि छुट्टै सडक हुँदा मानव स्वास्थ्यमा असर कम हुनसक्ने गरी यसमा छलफल भइरहेको हो। सडक विभागले सिसडोल-बञ्चरेडाँडा सडक पहिले फोहर विसर्जनकै लागि अहिले प्रयोगमा रहेको सडक ‘डेडिकेडेट’ बनाएको महानगरले जनाएको छ। यो सडक फोहर माथि खण्डबाहेक कालोपत्र भइसकेको छ। सडक बनेसँगै मानव बस्ती बनेकाले अहिले त्यसको वैकल्पिक सडक बनाउने गरी छलफल भइरहेको छ। ओशो तपोबनबाट निकुञ्ज बाटो हुँदै मानव बस्ती नभेटिने गरी सडक बनाउन सकिने बताइएको छ। जहाँ सडक बन्छ त्यहाँ बस्ती बस्न थाल्दा भने बस्ती र फोहर बोक्ने सडक अलग हुन नसक्ने कामपा, वातावरण विभाग प्रमुख राईको भनाइ छ। 

काठमाडौँ महानगरपालिकाले नियमित रुपमा फोहर उठिरहँदा आफूसँग भएको सवारीसाधन र उपकरण अपर्याप्त नभएको जनाएको छ। लामो समयसम्म थुप्रिएको फोहर ठूलो परिमाणमा एकै पटक उठाउनुपर्दा भने यी सामग्रीको कमी हुने गरेको छ।


प्रकाशित: August 8, 2022 | 15:23:49 काठमाडौं, सोमबार, साउन २३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

दसैं-तिहारसँगै डुंगा व्यवसायी व्यस्त

आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।
नेपाल समय
समाज

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
नेपाल समय
समाज

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
नेपाल समय
समाज

काभ्रेमा निर्वाचन तयारी तीव्र

सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
नेपाल समय
समाज

काठमाडौं उपत्यका छाड्नेको भीड

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना