सोमबार, असोज १७, २०७९

तनहुँमा सम्बन्धविच्छेदका ३७ प्रतिशत मुद्दा

रासस  |  काठमाडौं, सोमबार, साउन २३, २०७९

नेपाल समय

रासस

सोमबार, साउन २३, २०७९, काठमाडौं

नेपाल समय

तनहुँ- तनहुँ जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा बढी दर्ता हुने गरेको छ। आर्थिक वर्ष २०७८/७८ मा अदालतमा सम्बन्धविच्छेदका नौ सय ३७ मुद्दा दर्ता भएको हो। उक्त आर्थिक वर्षमा कूल दर्ता भएकामध्ये ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदको मात्रै रहेको अदाललते जनाएको छ।

अदालतले सो वर्ष छ सय ८६ सम्बन्धविच्छेदका मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो। सम्बन्धविच्छेदका दुई सय ५१ मुद्दा फछ्र्योट हुन बाँकी भई चालु आर्थिक वर्ष २०७९/८० मा जिम्मेवारी सरिआएको छ। 

कम उमेरमा विवाह गर्ने र उमेर पुगेपछि श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो नभएपछि  अदालतमा सम्बन्धविच्छदेका मुद्दा बढी आउने गरेको बताइएको छ। बालविवाह, विपन्नता, मोबाइलको दुरुपयोग, वैदेशिक रोजगारी, अशिक्षा जस्ता कारणले सम्बन्धविच्छेदको मुद्दा बढेको बताइएको छ। 

यसैगरी लेनदेनतर्फ एक सय १९ मुद्दा रहेकामा ७३ मुद्दा फछ्र्योट भएको छ। अंशतर्फ चार सय आठ मुद्दा रहेकामा एक सय ५९ थान मुद्दा फछ्र्योट भएको छ। लिखत बदरतर्फ एक सय २० मुद्दा रहेकामा ३५ मुद्दा फछ्र्योट भएको छ। 

जबर्जस्ती करणीतर्फ ८० मुद्दा रहेकामा २५ मुद्दा फछ्र्योट भएको छ। कर्तव्य ज्यानतर्फ २२ मुद्दा रहेकामा आठ, सवारी ज्यानतर्फ ८१ मुद्दा रहेकामा ५१, ज्यान मार्ने उद्योगतर्फ २१ मुद्दा रहेकामा १०, चोरीतर्फ ३३ मुद्दा रहेकामा १४ मुद्दा फछ्र्योट भएको छ। 

डाँकाचोरीतर्फ दुई मुद्दा रहेकामा दुई, लागुऔषधतर्फ ६८ मुद्दा रहेकामा ३३, आत्महत्या दुरुत्साहनतर्फ आठ मुद्दा रहेकामा दुई, मानव बेचबिखनतर्फ एक मुद्दा रहेकामा एक, कुटपिटतर्फ एक मुद्दा रहेकामा एक, जालसाजीतर्फ एक सय २८ मुद्दा रहेकामा ४८, बहुविवाहतर्फ १५ मुद्दा रहेकामा छ, बालविवाहतर्फ चार मुद्दा रहेकामा तीन, बालयौन दुरुपयोगतर्फ सात मुद्दा रहेकामा पाँच, चेक अनादरतर्फ एक सय मुद्दा रहेकामा २४ र अन्यतर्फ तीन सय ४० मुद्दा रहेकामा एक सय ७८ थान मुद्दा फछ्र्योट भएको छ।

अदालतले चार सय ७६ मुद्दा मेलमिलापका लागि पठाएकामा ३६ मुद्दा मात्रै मेलमिलापबाट समाधान भएको छ। अदालतमा सूचीकृत मेलमिलापकर्ता १४ जना छन्। अदालतले सो अवधिमा ५४।५६ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ। अदालतले उक्त अवधिमा लक्ष्यभन्दा कम मुद्दा फछ्र्योट गरेको हो।

अघिल्लो वर्षको जिम्मेवारी सरिआएका नौ सय ५९ र नयाँ दर्ता एक हजार पाँच सय ४१ गरी कूल दुई हजार पाँच सय मुद्दामध्ये एक हजार तीन सय ६४ मुद्दा फछ्र्योट भएको अदालतका श्रेस्तेदार कुँवरले जानकारी दिनुभयो। त्यस अवधिमा न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले छ सय २४ थान र न्यायाधीश वासुदेव पौडेलले सात सय ४० थान मुद्दा फछ्र्योट गरे। 

'गत वर्ष कोरोना कहरका कारण भएको निषेधाका कारण मुद्दा फछ्र्योटमा कमी देखिएको थियो, यस वर्ष पनि करिब डेढ महिनामा एक जना न्यायाधीश स्थानीय तह निर्वाचनमा खटिनुपर्दा मुद्दा फछ्र्यौटमा कमी आएको छ', श्रेस्तेदार कुँवरले भने।

अदालतले उक्त वर्षमा एक हजार दुई सय ३४ नयाँ मुद्दा दर्ता हुँदा वार्षिक लगत दुई हजार एक सय ९३ हुने र एक हजार पाँच सय ७६ मुद्दा फछ्र्योट गर्ने लक्ष्य राखेको थियो  तर लक्ष्यभन्दा बढी मुद्दा दर्ता भएका कारण फछ्र्योट सङ्ख्या कम भएको श्रेस्तेदार कुँवरले बताउनुभयो। अदालतमा अब एक हजार एक सय ३६ मुद्दा फछ्र्योट हुन बाँकी छ। फछ्र्योट हुन बाँकी मुद्दा चालु आर्थिक वर्ष ०७९/८० मा जिम्मेवारी सरेर आउँछ।


प्रकाशित: August 8, 2022 | 08:49:39 काठमाडौं, सोमबार, साउन २३, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

दसैं-तिहारसँगै डुंगा व्यवसायी व्यस्त

आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै डुंगा चालकहरू चाडपर्वका लागि पैसा जोहो गर्ने सुरसारमा छन्।
नेपाल समय
समाज

अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिए।
नेपाल समय
समाज

तनहुँ प्रशासनद्वारा हातहतियार बुझाउन आग्रह

प्रशासन कार्यालयले एक सूचना जारी गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन इजाजतप्राप्त हातहतियार बुझाउन आग्रह गरेको हो।
नेपाल समय
समाज

काभ्रेमा निर्वाचन तयारी तीव्र

सदरमुकाम धुलिखेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत पनौतीमा र प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत धुलिखेलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।
नेपाल समय
समाज

काठमाडौं उपत्यका छाड्नेको भीड

आइतबार फुलपातिको दिन पनि दसैँ मान्न गाउँ जानेहरुको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना