पर्वत- मध्यपहाडी लोकमार्गको कुश्मा–बाग्लुङ सडकखण्ड पहिरोले बन्द भएको छ। निरन्तर परेको पानीका कारण कुश्मा नगरपालिका–४ डम्डारेखोलामा पहिरो आएपछि सडक बन्द भएको हो।
सडक बन्द भएपछि मुस्ताङ, बाग्लुङ, म्याग्दीबाट छुटेका लामो दूरीका गाडीबीच बाटोमै रोकिएका छन्।
पहिरो पन्छाउने र सडक खुलाउने प्रयास भइरहेको तर सडक माथिबाट ढुङ्गासहितको लेदो बगेकाले खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
सडक खुलाउनका लागि बाग्लुङबाट एक्स्काभेटर ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।