काठमाडौं- काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। शनिबार बिहान ५ बजेर २५ मिनेटमा केही क्षण भूकम्पको धक्का महसुस भएको हो। धक्का महसुस भए पनि भूकम्पको केन्द्रबिन्दुबारे खुलिसकेको छैन।
यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसबेला खोटाङ र भोजपुरमा छ घर भत्किनुकासाथै अन्य ५० घरमा क्षति पुगेको थियो।