बिहीबार, भदौ २, २०७९
नेपाल समय

राजनीतिक संरक्षणमा मिटरब्याजीको आतंक : जति तिर्दा पनि ऋण बढेको बढ्यै

काशीराम बजगाई  |  काठमाडौं, शुक्रबार, साउन २०, २०७९
काशीराम बजगाई

काशीराम बजगाई

काठमाडौं, शुक्रबार, साउन २०, २०७९

काठमाडौं- नवलपरासी सुस्तापूर्वका हृदेश कुर्मी खेती किसानी गर्थे। एक दिन साथीले भने, ‘तँ यत्तिको बलियो छस्, जाँगरिलो छस्। विदेश जा बरु। राम्रो कमाउँछस्।’

राम्रो कमाइ हुने भनेपछि उनी विदेश जान लालायित भए, तर कुर्मीसँग पैसा थिएन। साथीले गाउँका बानियाँ साहुले ऋण दिने उपाय पनि सुझाए। एक बिघा ११ कठ्ठा जग्गा दृष्टिबन्धक राखेर उनले जगदीश बानियाँसँग एक लाख (जसमा पनि १० हजार दस्तुर भनेर साहु आफैंले राखे) ऋण लिए। सुदूर सपना पूरा गर्न कतार उडे। जग्गाको मूल्यांकनका लागि भनेर साहुले नै २ लाखको कागज बनाए। तर ऋण एकै लाख तिर्नुपर्ने मौखिक सम्झौता भयो।  

नेपाल समय
मिटरब्याजी पीडित हृदेश कुर्मी।

विदेश गएको पहिलो वर्षमै साहुलाई १ लाख २० हजार पठाए। दोस्रो वर्ष हातमा चोट लागेपछि उनले काम गर्न पाएनन्। हातमा गहिरो चोट बोकेर पनि पसिना बगाउन भने रोकेनन्। दुई चरणमा थप ६४ हजार रुपैयाँ साहुलाई बुझाएर ऋणमुक्त भएको सास फेरे। अनेक सपना सजाएर विदेश उडेका उनले १८ महिनामा मुस्किलले नै भएपनि साहुको ऋण तिर्न सकेको ठानेर स्वदेश फर्किए। 

गाउँको वातावरण सोचेजस्तो सहज थिएन। गाउँ फर्केपछि पो बल्ल उनले थाहा पाए उनको थाप्लोबाट त ऋणको भारी उत्रिएकै रहेनछ। त्यसपछि ऋण तिर्नका लागि उनी भारत जाने सोच बनाए। पुनः तिनै साहुसँग विभिन्न चरणमा थप १ लाख ७० हजार (साहुले दस्तुरस्वरुप २० हजार आफैँसँग राखे) ऋण लिएर उनले भारतका लागि प्रस्थान गरे। भारतमा मजदुरी गरेर ऋण तिर्दै गए, तर जति उनी ऋण तिर्थे उति नै बढ्दै जान्थ्यो। २०७२ सालमा ११ कठ्ठा जग्गा बेचेर थप २० लाख रुपैयाँ तिरे। हालसम्म उनले २३ लाखभन्दा बढी रकम साहुलाई बुझाइसकेका छन्, तर अझै पनि उनी ऋणमुक्त भइसकेका छैनन्।

000

यसैगरी प्रतापुर ठेगाना भएकी आश्मा खातुनले पनि २०७५ सालमा जगदीशका भाइ सुरेशसँग ८ लाख रुपैयाँ ऋण लिएर घर बनाउँदा लागेको ऋण तिरिन्। तर त्यही नयाँ ऋणले नै उनलाई जीवनभर ऋणी बनायो। २०६६ सालदेखि विदेशमा रहेका श्रीमानले पठाएको पैसा र आफूले कृषिबाट उब्जाएको अन्न बेचेर उनले ८ लाख रुपैयाँ सुरेशलाई तिरिन्। तर सुरेशले ऋण बढेर थप १२ लाख तिर्नुपर्ने भएको बताएपछि उनले जग्गा बेचेर त्यो पनि तिरिन्। तर सुरेशले अझै उनलाई भनिरहेका छन्- तिमीले १५ लाख रुपैयाँ बुझाउन बाँकी छ।

नेपाल समय
मिटरब्याजी पीडित आश्मा खातुन।

मिटरब्याजी जगदीश र सुरेशका अर्का भाइ सुनीलसँग ऋण लिएर पीडित बनेका अर्का व्यक्ति हुन्- ध्रुवप्रसाद गुप्ता। उनले छोरालाई विज्ञान संकायमा भर्ना गर्न जग्गा दृष्टिबन्धकमा राखेर २०६८ सालमा १ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसको डेढ वर्षमै उनले ब्याजसहित साढे दुई लाख रुपैयाँ सुरेशलाई बुझाइ पनि सकेका थिए। तर उनले जग्गा फुकुवा गरिदिएनन्।

जग्गा फुकुवा नभएपनि सुनीलबाट थप दुई लाख ऋण लिएर चलाए। त्यसयता उनले हालसम्म २५ लाख रुपैयाँ सुनीललाई बुझाइसकेका छन्। तैपनि उनी ऋणमुक्त हुने छाँट छैन। 

नेपाल समय
मिटरब्याजी पीडित ध्रुवप्रसाद गुप्ता।

यस्तै सरावरका प्रेमनारायण कोयलीले २०७२ सालमा घरको छत हाल्न प्रशान्त कुँवरसँग ९ लाख ऋण लिए। पछि २ कठ्ठा जग्गा बेचेर १६ लाख रुपैयाँ तिरे पनि। उमेरले साढे ६ दशक लागिसकेका उनलाई साहुले अझै ४२ लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै हरेक दिन मानसिक यातना दिइरहेका छन्। 

नेपाल समय
मिटरब्याजी पीडित प्रेमनारायण कोयली।

तीन दिनदेखि काठमाडौं आएर न्यायका लागि आन्दोलन गरिरहेका ५५ जना मिटरब्याजी पीडितका यी केही प्रतिनिधि अनुहार मात्र हुन्। गएको असारमा लामो समय काठमाडौंको माइतीघरमा आन्दोलन गरेर फर्किएका उनीहरू पुनः न्यायका लागि काठमाडौं आएका छन्। दिनभर माइतीघरमा धर्नामा बसेर उनीहरूले रात गौशालास्थित पशुपतिनाथको पार्किङमा काटिरहेका छन्। त्यहाँ टेन्ट टाँगेर बसिरहेका उनीहरूको खानपिनमा सामाजिक अभियन्ताले सहयोग गरिरहेका छन्।

सुदखोरहरूको चर्को ब्याजका कारण पीडित बनेका उनीहरूसँग सरकारले गत वर्ष १४ असारमा बढी तिरेको रकम र साहुले हडपेको जग्गा फिर्ता गर्ने सहमति गरेको थियो। १० असारमा दृष्टिबन्धबाट स्थानीयलाई ऋण दिएका दुई मिटरब्याजी सुनील बानियाँ र जगदीश बानियाँलाई पक्राउ गरेपछि उनीहरू सरकारसँग वार्ता बसेका थिए। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत उनीहरूलाई न्याय दिलाउन सहमति गरेर गाउँ पठाए पनि पीडितहरू पुनः न्यायका लागि काठमाडौं आउन बाध्य बनेका हुन्- कारण सहमतिअनुसार आफूबाट लुटिएको पैसा र दृष्टिबन्धकमा राखिएको जग्गा फिर्ता आउने कामै भएको छैन। 

आन्दोलनको नेतृत्व गरिरहेका मिटरब्याजी पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता छन्। गुप्ताले २०६९ सालमा सुनील र जगदीशसँग छोरीको बिहेका लागि ४ लाख ऋण लिएर हालसम्म १५ लाख १५ हजार रुपैयाँ बुझाइसकेका थिए। तर अझै साहुले ३२ लाख चुक्ता गर्न बाँकी छ भनेर दबाब दिन थाले। यसपछि उनी आफूजस्तै पीडितलाई भेला पारी आन्दोलनका लागि काठमाडौं आएका थिए। 

किन फेरि काठमाडौं?
काठमाडौंमा आन्दोलन गरी नवलपरासी फर्किएको भोलिपल्ट (२०७८ असार १५ गते) नै जिल्ला प्रशासन कार्यालयको समन्वयमा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा साहु र पीडितहरूबीच वार्ता भएको थियो। पीडित र साहुहरूबीच एक्लाएक्लै छलफल हुँदा २० पीडित परिवारका कति साहुले तमसुक पनि च्याते। तर त्यसको भोलिपल्टदेखि नै साहुले पुनः दुःख दिन थालेपछि आफूहरू काठमाडौं आएको अध्यक्ष गुप्ता बताउँछन्। ‘सहमतिअनुसार प्रक्रिया अघि नबढेपछि र साहुले पुनः धम्क्याउन थालेपछि हामीहरू पुनः न्यायका लागि यहाँ आएका हौँ,’ आफूहरूसँग यथेष्ट प्रमाण हुँदाहुँदै प्रहरी र प्रशासनले साहुसँग मिलापत्र गर्न दबाब दिएको उनको भनाइ छ।

नेपाल समय
मिटरब्याजी पीडित तथा ठगीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ता।

मिटरब्याजीको पहुँच राजनीति हुने र राजनीतिक नेतृत्वले संरक्षण गरिदिने भएकाले आफूहरूले न्याय नपाएको अध्यक्ष गुप्ता बताउँछन्। नवलपरासीमा मिटरब्याजको धन्दा गर्ने बानियाँहरूलाई पूर्वमन्त्री समेत रहेका सांसद हृदयेश त्रिपाठी, २०७० सालमा कांग्रेसबाट संविधान सदस्य बनेका सन्तु भनिने देवनारायण कलवारलगायतका नेताहरूको सहयोग रहेको आरोप उनको छ। मिटरब्याजीहरूको सोझै राजनीतिक कनेक्सन भएकाले उल्टै आफूहरूलाई प्रशासनले दुःख दिएको उनको गुनासो छ।

काठमाडौंबाट फर्किएको भोलिपल्ट प्रहरीसँग छलफल गर्दा त्यहीँ पूर्वमन्त्री त्रिपाठी पनि पुगेको अभियन्ता निर्ग नवीन बताउँछन्। ‘प्रहरी कार्यालयमा छलफल चलिरहँदा डीएसपीको क्याबिनको ढोकैमा पूर्वमन्त्री त्रिपाठी उभिएर साहु र डीएसपीलाई मिलाऊ है भन्नुभयो,’ उनले भने, ‘यसरी अनुसन्धानमै पूर्वमन्त्रीको हस्तक्षेप भएपछि पीडितले न्याय पाउने स्थिति बनेन।’ 

यद्यपि, त्रिपाठी भने आफू प्रहरी कार्यालयमा पुगेको तर आफूले पीडितको न्यायका लागि बोलेको दाबी गर्छन्। नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘आफ्नो क्षेत्रका पीडितहरूको आवाज सुन्न र अन्याय हुन नदिएर मिलाउन भनेको हुँ।’

फेरि काठमाडौं जानुपर्ने कारण थिएन : प्रशासन 

पीडितहरू न्यायका लागि पुनः काठमाडौंमा आन्दोलन गर्न आए पनि जिल्ला प्रशासन कार्यालय नवलपरासीले भने काठमाडौं जानुपर्ने कारण नै नभएको दाबी गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले गृह मन्त्रालयको आदेशमा आफूले समन्वय गरेर प्रहरी कार्यालयमा पीडित र साहुबीच सहमति भइसकेको जिकिर गरे। ‘२० जना पीडित र साहुबीच सहमति भएको हो, प्रहरीकहाँ आएकामध्ये बाँकी ५ जनाको सहमति नभएको र अदालतमा पनि मुद्दा चलिरहेकाले हामीले केही गर्न मिल्दैन,’ उनले भने।

यसैगरी जिल्ला जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी प्रेमबहादुर शाहीले पनि २० जना पीडित र साहुबीच सहमति भएको बताए। सहमति भएर फर्किसकेपछि पुनः साहुले दुःख दिएको भए प्रहरीमा उजुरी गर्नुपर्नेमा आफूहरूकहाँ त्यस्तो कुनै उजुरी नआएको जानकारी उनले दिए। ‘साहुले फेरि दुःख दिएको भए उजुरी गर्नुपर्ने हो, न कि फेरि आन्दोलन। प्रहरीको ढोका सधैँ खुला छ,’ उनले भने।

तर पीडितले भने साहुलाई कारवाही नगरेर, आफूहरूबाट लुटिएको पैसा फिर्ता ल्याउन सहयोग नगरेर मिलापत्र गर्न दबाब दिएको आरोप पीडितहरूको छ। जमिन र आफूबाट बढी लिइएको रकम फिर्ता भएर साहुहरूलाई कारवाही नभएसम्म घर नफर्किने संघर्ष समितिका अध्यक्ष गुप्ताको दृढता छ। 

नेपाल समय
ऋणी र साहुको नामावली।

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

कांग्रेस केन्द्रीय समितिमा थपिँदै आठ महिला

संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।

पञ्चायती व्यवस्थाका हार्डलाइनर मरीचमानको अविचलित राष्ट्रवाद

तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत यिनै र यस्तै घटनाक्रमले कतै नायक बने, कतै खलनायक।

आरजुबारे देउवाको त्यो वचन तर यो प्रयास!

पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।

प्रचण्डसामु बाबुरामको 'बाध्यात्मक शरण'

सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।

२०७४ मा जसले जिताए, तिनै बन्नेछन् विष्णु पौडेलको तगारो

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट लगातार पछिल्ला ३ निर्वाचन जितेका विष्णु पौडेल नै एमालेबाट निर्विकल्प उम्मेदवार हुन्। पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः भक्ति पाण्डे, डा. बाबुराम भट्टराई र युवराज गिरीलाई हराएका थिए।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता : अब के हुन्छ?

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको नागरिकता अध्यादेश भने जारी गरेकी थिइन्। असंवैधानिक रुपमा संसद् विघटन गर्दै ल्याएको नागरिकता अध्यादेश जारी गरेकी राष्ट्रपति भण्डारीले संसद्‌बाट पारित गरेको विधेयक भने फिर्ता गरेकी हुन्।

तालाबन्दी र तोडफोडले बिगारेको त्रिवि : माग एउटा, नियत अर्कै!

पछिल्लो समय भने तालाबन्दी राजनीतिक पाटोसँग भन्दा पनि लेनदेनको पाटोसँग जोडिएको उपप्राध्यापक रेशम थापा बताउँछन्। ‘पहिला राजनीतिक कारण हुन सक्थ्यो। तर, हिजोआज यो बिल्कुल आर्थिक पाटोसँग जोडिएको छ। लनेदेनको कुरा मिले ताला खुल्छ। नत्र लागिबस्छ,’ थापाले भने।

नयाँ तलबमान र ग्रेड लागू गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले सबै राष्ट्र सेवक कर्मचारीहरूको नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको छ।

यी ३२ निर्वाचन क्षेत्र, जहाँ गठबन्धनलाई पर्न सक्छ सिट बाँडफाँटमा सकस

२०७४ मा बाम गठबन्धन बनाएर संघीय सांसद भएकाहरू दल बदल र पाँच दलीय गठबन्धनभित्र समेटिएपछि आउँदो चुनावमा कांग्रेसका आकांक्षी उम्मेदवार र सत्ता साझेदार दलका नेताहरू आ–आफ्नो दाबीसहित टिकटका लागि दौडधुप गर्दै छन्।

यी कांग्रेस नेता जो अहिले गुमनाम छन्

गुमनाम नेताको अग्रपंक्तिमा छन्- पूर्वमहामन्त्री तारानाथ रानाभाट, केबी गुरुङ, पूर्वमन्त्री बलदेब शर्मा मजगैया, विनयध्वज चन्द।

थप समाचार

नेपाल समय
समाज

बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय
समाज

१६ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित भन्छन्- न्याय नपाएसम्म फर्कन्‍नौं, बालुवाटारमै धर्ना दिन्छौं

आन्दोलनको क्रममा बिरामी भएर उपचार गरेर फर्किएकी अम्बिकाकुमारी भन्छिन्, 'माग पूरा भएको छैन, हामी यसै पनि मरेको छौँ। बरु सडकमै मरौंला तर न्याय नपाएसम्म अब फर्किन्‍नौं।'
नेपाल समय
समाज

पाटनमा श्रीकृष्णाष्टमी पर्वको रौनक

बिहीबार मध्यरातदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारी थालिएको हो।
नेपाल समय
समाज

नागरिकता विधेयक सहमतिकै दस्तावेज हो : सांसद विश्वकर्मा

पूर्व फर्किंदा एकखाले, पश्चिम फर्कंदा अर्को खाले, उत्तर फर्किंदा एउटा, दक्षिण फर्किंदा अर्को राष्ट्रियता देख्न नहुने नेता विश्वकर्माको तर्क।
नेपाल समय
समाज

नागरिकताजस्तो संवेदनशील विषयमा जनमत विभाजित नगर्न एमाले नेता ज्ञवालीको खबरदारी

बहुमतको आधारमा नागरिकता विधेयक जबर्जस्ती पारित गरिए त्यसको परिणाम राम्रो नहुने नेता ज्ञवालीको चेतावनी।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना