आइतबार, साउन २९, २०७९

प्रधानमन्त्री देउवासँग प्रेस युनियन पदाधिकारीको भेट

नेपाल समय  |  काठमाडौं, आइतबार, असार १९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार १९, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका पदाधिकारीले भेट गरी युनियनको आसन्न नवौँ महाधिवशेनका बारेमा जानकारी गराएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको भेटमा आगामी साउन ६ र ७ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने युनियनको महाधिवेशन तयारीलगायत विषयमा जानकारी गराएको अध्यक्ष बद्री सिग्देलले जानकारी दिए। महाधिवेशनको उद्घाटन साउन ६ गते हुने र त्यसका लागि प्रधानमन्त्री देउवालाई भेटेर प्रमुख अतिथिका रुपमा निमन्त्रणासमेत गरिएको अध्यक्ष सिग्देलले बताए।

भेटमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महत, युनियनका अध्यक्ष सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, कार्यवाहक महासचिव भीष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी सहभागी थिए।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट पहिलो सदस्य रहेको युनियनका देशभर ७५ जिल्ला शाखा, दुई जिल्ला उपशाखा, सात प्रतिष्ठान र दुई विदेशस्थित शाखा रहेका छन्। लोकतन्त्रवादी सञ्चारकर्मीहरूको साझा संस्था युनियनको नवौँ महाधिवेशनमा देशभरबाट करिब एक हजार ५०० केन्द्रीय पार्षद रहने बताइएको छ।


प्रकाशित: July 3, 2022 | 21:32:26 काठमाडौं, आइतबार, असार १९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
समाज

लागूऔषधिसहित वीरेन्द्रनगरबाट तीन जना पक्राउ

प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय
समाज

सबै मिल्दा मात्र विकास सम्भव : मन्त्री मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

वर्षा हुँदा महोत्तरिका किसान खुसी

महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ।
नेपाल समय
समाज

कास्कीमा थपिए ११ हजार मतदाता

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन्।
नेपाल समय
समाज

देशका अधिकांश स्थामा आज वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना