शुक्रबार, मंसिर १६, २०७९

गर्भपतन कानुनबारे के गर्दैछन् अमेरिकी राज्य?

न्युयोर्क टाइम्स  |  काठमाडौं, शनिबार, असार १८, २०७९

न्युयोर्क टाइम्स

न्युयोर्क टाइम्स

शनिबार, असार १८, २०७९, काठमाडौं

नेपाल समय
गर्भपतनलाई प्रतिबन्ध लगाउने गरी अमेरिकी सर्वोच्च अदालतको एक डकुमेन्टको मस्यौदा सार्वजनिक भएपछि गरिएको विरोध। तस्बिर : एलेक्स वोङ/गेट्टी इमेज

अमेरिकी सर्वोच्च अदालतको 'रो विरुद्ध वेड' फैसलाले दशकौँसम्म महिलालाई गर्भपतनको अधिकार सुनिश्चित गरेको छ। तर पछिल्लो समय रिपब्लिकनले नेतृत्व गरेका राज्यहरूमा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुन निर्माण गर्न थालिएको छ। 

फ्लोरिडा राज्यका गभर्नर रोन डिस्यान्टिसले १५ साताभन्दा बढी अवधिका गर्भलाई गर्भपतन रोक गर्ने कानुनमा हस्ताक्षर गर्दै प्रमाणीकरण गरेका थिए। उक्त कानुन जुन १ देखि कार्यान्वयनमा आएको छ। यसअघि मिसिसिपी राज्यले पनि यस्तै कानुन कार्यान्वयनमा ल्याएको थियो। गर्भपतनसम्बन्धी कानुन कार्यान्वयनमा आइसकेकाले अब गर्भवती आमालाई अतिजोखिम भएमा वा पेटभित्रको शिशुमा जटिल समस्या देखिएमा वा शारीरिक रूपमा असामान्य अवस्थाको शिशुको जन्म हुने देखिएमा मात्र गर्भपतन गर्न पाइनेछ।

केन्टकीका गभर्नरले १५ हप्ताभन्दा बढीको गर्भको गर्भपतन गर्न नपाउने गरी ल्याएको भिटो कानुनको विधायकहरुले विरोध गरेका थिए। गभर्नरको उक्त भिटो कानुन तत्काल कार्यान्वयनमा नल्याउन अदालतले आदेश जारी गरेको छ। 

अमेरिकाकै अर्को राज्य ओक्लाहोमामा गर्भपतनसम्बन्धी अझ कठोर कानुनी व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। यो राज्यमा पनि रिपब्लिकन पार्टीकै बहुमत छ। ओक्लाहोमामा ६ हप्तापछि गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। राज्य प्रशासनको कठोर कानुनी व्यवस्था त्यहाँका बासिन्दाका हकमा मात्र नभई अन्यत्रबाट कामका लागि उक्त राज्य प्रवेश गर्ने महिलाका हकमा समेत लागू गरिएको छ। 

टेक्ससमा पनि गर्भपतनमाथि कडाइ गर्न नयाँ कानुन कार्यान्वयनमा ल्याइएको छ। गत सेप्टेम्बरमा नै कार्यान्वयनमा आएको उक्त कानुनले भ्रुणको दृदयले काम गर्न सुरु गरेपछि गर्भपतन गर्न रोक लगाएको छ। साधारणतया गर्भधारण भएको ६ सातामा भ्रुणको हृदयले काम गर्न सुरु गर्छ।  यो कानुनमा कुनै डाक्टर वा स्वास्थ्यकर्मी वा कुनै व्यक्तिले त्योभन्दा बढी अवधिको गर्भपतन गराएमा नागरिकहरुले नै उजुरी दिन सक्ने समेत व्यवस्था गरिएको छ। यसरी ६ साताभन्दा बढीको गर्भपतन गराएको घटनाबारे जानकारी दिने व्यक्तिलाई कम्तीमा १० हजार डलर पुरस्कार प्रदान गरिने व्यवस्थासमेत गरिएको छ।

ओक्लाहोमामा ६ हप्तापछि गर्भपतन गर्न प्रतिबन्ध लगाइएको छ। राज्य प्रशासनको कठोर कानुनी व्यवस्था त्यहाँका बासिन्दाका हकमा मात्र नभई अन्यत्रबाट कामका लागि उक्त राज्य प्रवेश गर्ने महिलाका हकमा समेत लागू गरिएको छ। 

रिपब्लिकन पार्टीकै प्रतिनिधित्व गर्ने ओक्लाहोमाका गभर्नर केभिन स्टिटले प्रमाणीकरण गरेको कानुनले त गभ्मीर स्वास्थ्य जटिलता हुने अवस्थाबाहेकमा गर्भपतनलाई पूर्ण रूपमा बन्देज लगाइएको छ। यस्तो व्यवस्था उल्लंघन गरेको प्रमाणित भएमा १० वर्षसम्म जेल सजायका साथै साथै १ लाख डलर जरिवाना गर्ने उक्त कानुनमा व्यवस्था छ। 

त्यसो भए देशव्यापी रूपमा लागू हुँदै आएको गर्भपतन प्रतिबन्धबारे थप जिज्ञासा उत्पन्न हुन्छ, जस्तै:- गर्भपतनमा कुन कुन राज्यले रोक लगाएका छन्?

गर्भपतनमा रोक लगाउने राज्य

गर्भपतन अधिकारबारे अनुसन्धान गर्ने संस्था गटम्यासर इन्स्टिच्युटका अनुसार यसै वर्ष मात्र ३१ वटा राज्यमा गर्भपतन प्रतिबन्धबारे कानुनी व्यवस्था हेरफेरबारे प्रक्रिया अघि बढेको छ। कम्तीमा ७ राज्यमा प्रतिबन्धसम्बन्धी विधेयक संसदको कम्तीमा एक सदनबाट पारित भइसकेको छ। यसरी कम्तीमा एक सदनबाट विधेयक पारित गर्ने राज्यमा एरिजोना, आइडाहो, वायोमिङ, फ्लोरिडा, केन्टकी, ओक्लाहोमा र वेस्ट भर्जिनिया छन्। फ्लोरिडा, ओक्लाहोमा, केन्टकी, एरिजोना, आइडागो र वायोमिङमा गर्भपतनसम्बन्धी नयाँ कानुन कार्यान्वयनमा आइसकेको छ। 

'अहिले हामीले के देखिरहेका छौँ भने राज्यका  व्यवस्थापिकाले कडाइमाथि कडाइ गरिरहेका छन् भने प्रतिबन्धमाथि प्रतिबन्ध लगाइरहेका छन्,'  गटम्यासरकी राज्यनीति विश्लेषक एलिजावेथ न्यासले भनिन्। रुढीवादी विधायिकाको वर्षौँदेखिको प्रयास अहिले न्यायपालिका दाँयातर्फ झुकिरहँदा फाइदा उठाउने मौका मिलेको उनको भनाइ छ। 


नेपाल समय
गर्भपतनलाई प्रतिबन्ध लगाउने गरी अमेरिकी सर्वोच्च अदालतको एक डकुमेन्टको मस्यौदा सार्वजनिक भएपछि गरिएको विरोध (मे ३ २०२२)। तस्बिर : केन्ट निसिमुरा

थुप्रै राज्यहरुमा पहिले नै तथा कथित प्रतिबन्ध छन्। तिनका माथि 'रो'लाई उल्टाइयो भने गर्भपतन शतप्रतिशत अवैध हुनेछ। प्रस्ताविक सबै विधेयक कार्यान्वयनमा आउने तरखरमा रहेको उनको भनाइ छ। तर कुनै राज्यमा भने अदालतसम्म मुद्दा पुग्न सक्छन्। आइडाहोमा अप्रिल २२ देखि लागू हुने भनिएको प्रतिबन्धलाई आइडाहो अदालतले अस्थायी प्रतिबन्ध लगाइदिएको छ। ‘प्लान्ड प्यारेन्टहूड’ले ओक्लाहोमामा कार्यान्वयन गरिने कुनै पनि प्रकारको गर्भपतन कानुनविरुद्ध अदालतमा लड्ने बताएको छ।

गर्भपतनलाई साथ दिने राज्यहरु कुन कुन हुन्?

'रो विरुद्ध वेड' मुद्दाले स्थापित गरेको नजिरको भविष्यबारे अन्योल छँदै कतिपय राज्यहरुले गर्भपतनको अधिकार सुनिश्चित गर्ने विधेयक अघि बढाएका छन् पनि। राजधानी डिसीसहित अन्य ३० राज्यले सुरक्षित गर्भपतन कडाइ गर्ने कानुनलाई साथ दिएको न्यास बताउँछिन्। तीमध्ये डिसीसहित १६ राज्यमा गर्भपतनको अधिकार कायम नै छ।

केही राज्यहरु भने राज्य तवरमा मात्र नभई राष्ट्रभर सुरक्षित गर्भपतनको अधिकारको नीति लागू गर्ने प्रयासमा छन्। भर्मोन्टका प्रतिनिधिहरुले गत फेब्रुअरीमा सो अधिकार संविधानले नै सुनिश्चित गर्नुपर्ने भन्दै भोट हालेका थिए।

कनेक्टिकटका विधायकहरुले डाक्टरबाहेक नर्स, अनमीलगायत अन्य सक्षम स्वास्थ्य कर्मचारीले पनि सुरक्षित गर्भपतन गर्न पाउने कानुन पारित गरेका थिए।

अरु राज्यहरुका लागि उदाहरण बनेको कनेक्टिकटको नीतिले अन्य प्रतिबन्धित राज्यहरुबाट मुद्दा परेका महिलालाई मात्र नभई संलग्न स्वास्थ्य कर्मचारीलाई पनि कानुनी कारवाहीबाट संरक्षण गरेको छ। आफू विधायिकामा हस्ताक्षर गर्न तयार भएको डेमोक्र्याटका गभर्नर नेड ल्यामोन्टले बताए। 

अन्य राज्यको कारबाही गरिएकाहरूलाई शरण दिनुपर्ने कानुनको प्याकेज क्यालिफोर्निया संसदमा पुगेको छ। गभर्नर ग्याभिन न्युसनद्वारा समर्थन गरिएको गत वर्षको प्रस्तावना अनुसार क्यालिफोर्नियाले गर्भपतन गर्ने स्वास्थ्य कर्मचारीहरुका लागि कोष बढाउने भएको छ। साथै सहज पहुँचका निमित्त प्रशासनीय झन्झटलाई पनि सरल बनाएको छ। मार्चमा डेमोक्र्याटकाक न्युसनले गर्भपतन शुल्कलाई हटाउने विधेयकसमेत हस्ताक्षर गरेका थिए।

'करिब पूर्ण प्रतिबन्ध' के हो? व्यवहारमा यसको अर्थ के हुन्छ?

करिब पूर्ण प्रतिबन्ध (नियर टोटल ब्यान) भनेको बिरामीको ज्यानमा जोखिम देखा नपरुन्जेल गर्भपतन गर्न नपाउने नियम हो। विधायकहरुले दुई प्रकारका 'नियर टोटल ब्यान' लागू गर्ने तयारी गरिरहेका छन्। एउटा टेक्ससमा जस्तोः आम नागरिकले नै गर्भपतन गर्नेविरुद्ध उजुरी दिन सक्ने। टेक्ससको कानुन अनुसार भ्रुणको मुटु धड्किन सुरु भएपछि गर्भपतन गर्न पाइँदैन। ६ हप्तामा भ्रुणको हृदयले काम गर्न थाल्छ। तर, कतिपय महिलालाई ६ हप्तासम्म गर्भवती भएको ज्ञान पनि हुँदैन।

अन्य राज्यहरु १५ साताभन्दा बढी अवधिको गर्भको गर्भपतनलाई प्रतिबन्ध लाउने तयारीमा छन्। जसले ‘नियर टोटल ब्यान’को पालना नगरे पनि यो 'रो विरुद्ध वेड'को फैसलाले स्थापित गरेको नजिरका लागि ठूलो धक्का हो। उक्त नजिरले सामान्य अवस्थामा २३ हप्ता अवधिसम्मको गर्भको गर्भपतन गर्न पाउने अधिकार प्रदान गरेको थियो।

सबैभन्दा बढी गर्भपतन गरिने राज्य कुन-कुन हुन्?

गटम्यासर इन्स्टिच्युटको सन् २०१७ को तथ्यांक अनुसार क्यालिफोर्नियामा सबैभन्दा बढी गर्भपतन हुने गरेको छ। देशभरका ५० राज्यमध्ये सबैभन्दा बढी १५.४ प्रतिशत गर्भपतन क्यालिफोर्नियामा मात्र हुने गरेको देखिएको छ। त्यसपछि, १२.२ प्रतिशत सहित न्युयोर्क स्थानमा छ। बढी गर्भपतन गरिने राज्यको सूचीमा तेस्रो स्थानमा फ्लोरिडा छ। अमेरिकाभरको तथ्यांकमध्ये ८.२ प्रतिशतले यो राज्यमा गर्भपतन गराएका छन्। फ्लोरिडालाई टेक्ससले पछ्याएको छ। 

औषधि कि शल्यक्रयाबाट गर्भपतन?

पछिल्ला प्रतिबन्धले औषधिबाट र शल्यक्रियाद्वारा गरिने दुवै प्रकारका विधिलाई गर्भपतनमा अवैध बनाउने छ। शल्यक्रिया नगरी दुई औषधी- माइफप्रिस्टोन र मिसोप्रोस्टोलको प्रयोग गरी पनि गर्भपतन गर्न सकिन्छ। गटम्यासरको सन् २०२० को रिपोर्ट अनुसार अमेरिकामा हुने आधाभन्दा बढी गर्भपतन औषधिको प्रयोगबाट हुने गरेका छन्।

यसै वर्ष मात्र ८ राज्यहरुमा गर्भपतनका औषधिको प्रयोगमा थप प्रतिबन्धको प्रस्ताव गरिएको छ। यस्तै कानुन साउथ डाकोटा र बायोमिङमा कम्तीमा एक सदनबाट पारित भइसकेको छ। गर्भपतनका औषधिमा यसै वर्ष ७ राज्यले प्रतिबन्ध लगाएका छन्। केन्टकी र जर्जियामा कम्तीमा एक सदनबाट यस्तो कानुन पारित भइसकेको छ। 

(न्युयोर्क टाइम्सका लागि सोफो कासाकोभले तयार पारेको सामग्रीको भावानुवाद)


प्रकाशित: July 2, 2022 | 07:45:31 काठमाडौं, शनिबार, असार १८, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

काठमाडौं महानगरको प्रस्टीकरण : तीन निकायको सहकार्यमा अनधिकृत सुकुम्बासी बस्ती हटाउँछौं

राष्ट्रिय भूमि आयोगले काठमाडौं नगरभित्रका सुकुम्बासीको समस्या समाधान गर्न ढिलाइ गरेपछि आफैं अगाडि सर्नुपरेको प्रस्टीकरण काठमाडौं महानगरले दिएको छ।

समानुपातिकतर्फ १ करोड मतगणना हुँदा कुन दललाई कति?

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेसम्म एक करोड आठ लाख दुई हजार ९०७ मतगणना भएको छ।

देशव्यापी सांगीतिक यात्रामा निस्किँदै नेपथ्य

देशको पूर्वी कुनादेखि पश्चिम कुनासम्म आफ्ना लोक–रक धुन सुनाउने योजनाका साथ नेपथ्य यसै साता काठमाडौंबाट बाहिरिने भएको हो।

असुरक्षित सडकको सिकार भएका महावीर

वैज्ञानिक समाजवादी पार्टीमा जोडिएपछि सेलिब्रेटी छविप्रतिको मोह घट्दै गएको थियो। समानता र विभेदको अन्त्य उनका अर्जुन दृष्टि थिए। उनको उद्देश्य र काम जात व्यवस्था अन्त्य गर्नेमा केन्द्रित थियो।

के हो रामकुमारीको सन्देश?

खुलेको मुस्कानसहित उक्त तस्बिर सार्वजनिक भएपछि बाम एकताको आकलन धेरैले गरे। हुन पनि चुनावी मतपरिणाम आउँदै गर्दा बाम एकता गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा एमाले र नेकपा एसका धेरै नेताको देखिन्छ।

धनुषा ४ मा कांग्रेसका यादवले ६८६ मतले लिए अग्रता

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन्। मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए।

सरकार गठनको पहिलो प्रयास गठबन्धनले गर्ने, प्रधानमन्त्रीको दौडमा को–को?

सत्ता गठबन्धनकै सरकार बने प्रधानमन्त्री को? कांग्रेसभित्र कम्तीमा ५ आकांक्षी देखिँदा माओवादी अध्यक्ष प्रचण्ड पनि यसैको दौडधूपमा छन्।

धनुषा ४ मा रघुवीर महासेठलाई पछि पार्दै कांग्रेस उम्मेदवारको अग्रता

धनुषा ४ मा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन्। आइतबार साँझबाट पछि परेका उनले पछिल्लो अपडेटअनुसार अग्रता कायम गरेका हुन्।

कर्जा-निक्षेप अनुपातमा राष्ट्र बैंक लचक

तोकिएको कर्जा–निक्षेप अनुपात नपुगे बैंक तथा वित्तीय संस्थालाई लाग्ने जरीवानालाई तरलता जोखिममा समेत आधारित हुने गरी पुनरवलोकन गर्न सकिने व्यवस्था गरी लचकता अपनााएको हो।

थप समाचार

नेपाल समय
समाज

आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो।
नेपाल समय
समाज

कीर्तिपुरमा सात गाउँले जात्राको रौनक

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ।
नेपाल समय
समाज

झोलुंगे माग्दा बित्यो १५ वर्ष

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ र ११ मा पर्ने सिउरेनी खोला आउजाउ गर्न झोलुंके पुल निर्माणका लागि स्थानीय माग गर्दै आए पनि अहिलेसम्म बनेन।
नेपाल समय
समाज

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाल समय
समाज

काठमाडौं महानगरको निर्णय, सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गर्नेबाटै क्षतिपूर्ति असुलिने

महानगरभित्रका सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको संरक्षण गर्ने दायित्व महानगरकै भएकाले कुनै पनि संघ–संगठन, निकाय, समूह, व्यक्ति वा अन्य जोकसैलाई सरकारी सम्पत्तिको नोक्सानी गर्न निषेध।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना