शुक्रबार, साउन २७, २०७९

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

नेपाल समय  |  काठमाडौं, सोमबार, असार १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार १३, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।

महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी गौतम मिश्रका अनुसार जिल्ला अदालत काठमाडौंबाट थप अनुसन्धानका लागि ५ दिनको म्याद थप भएको हो । 

मृतक सुनारका बुबाले छोरीको हत्या भएको भन्दै श्रेष्ठविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि प्रहरीले उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको हो। यसअघि भने उनी सोधपुछका लागि नियन्त्रणमा थिए। शनिबार बिहान आफ्नै डेरा मृत भेटिएकी गायिका सुनारले शुक्रबार राति फेसबुकमा ‘अब बाँच्न सक्दिन’ भन्दै लामो सुसाइड नोट लेखेकी थिइन्। अनुसन्धान गर्दै जाँदा त्यस रात सुनारसँग उनको कोठामा श्रेष्ठ पनि रहेको खुलेको थियो। 

प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले आफू कोठामा भएको कुरा अस्वीकार गरे पनि पछि प्रहरीले सिसिटिभी फुटेज नै देखाएपछि स्वीकार्न बाध्य भएका थिए। बिहान घरबेटी पुग्दा ढोका खुल्लै हुनु, घाँटीमा निलडाम देखिए पनि पासो लगाइएको सल नहुनु, मृतकले राति फेसबुकमा लेख्नु तर प्रयोग गरेको मोबाइल गायब हुनुले घटनालाई शंकास्पद बनाएको थियो। अझ राति मृतकको कोठामा उपस्थित देखिएका श्रेष्ठले घटनाबारे केही थाहा नभएको, भोलिपल्ट एक्कासी झुन्डिरहेको देखेको बयान दिनुले घटनालाई झन् रहस्यमय बनाएको छ। 

प्रहरीको प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठले बिहान आफू ब्युझिँदा गायिका सुनार सलले पासो लगाएको अवस्थामा मृत देखेको बयान दिएका छन्। ‘हामी दुबैले खशीको मासु र लोकल रक्सी खाएका थियौं। त्यसपछि म निदाएँ। पछि के भयो थाहा भएन। बिहान उठ्दा उसलाई मरेको अवस्थामा देखेर आत्तिएँ। त्यही डरले उनको घाँटीमा रहेको सल महाराजगञ्जतिर झाडीमा लगेर फालेको हुँ,’ श्रेष्ठले प्रहरीसँग यस्तै बयान दिएका छन्। 

पासो लगाएको सल उनले दिएकै लोकेसनमा भेटिए पनि मोबाइल अहिलेसम्म फेला पर्न सकेको छैन। प्रहरीका अनुसार श्रेष्ठले मोबाइलबारे केही थाहा नभएको बयान नै दोहोर्याइरहेका छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाक्लै थियो। 

गायिका सुनार मृत भेटिनुको अघिल्लो रातको १ बजेर २० मिनेटमा उनले आफ्नो फेसबुकमा ‘म थाकेँ, धेरै थाकेँ, अब बाँच्न सक्दिनँ’ भन्दै लामो सुसाइड नोट लेखेकी थिइन्। धेरै अशुद्ध रहेको उक्त स्टाटस उनी आफैंले लेखेकी हुन्–होइनन्, प्रहरीले त्यो पाटोमा पनि अनुसन्धान गरिरहेको छ। ‘उनका पुराना पोस्ट पनि शुद्धसँग लेखिएको देखिएन तर राति स्टाटस लेखिएको मोबाइल बिहान उनको कोठा नभेटिनु शंकास्पद छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए।

सुनारको स्टाटस देखेपछि उनका फ्यानले बिहानै घरबेटी सर्वोत्तम श्रेष्ठलाई फोन गरेका थिए। त्यसपछि घरबेटी सुनारको कोठामा पुग्दा ढोका खुल्लै थियो, सुनारको खाटमा घोप्टो परेको अवस्थामा मृत थिइन्। अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार सूर्यले तीन महिनाअघि काठमाडौं चुच्चेपाटीस्थित एक दोहोरी साँझबाट आफूहरुको चिनजान भएको बयान दिएका छन्। दोहोरी साँझमै चिनजान भएपछि माया बसेको उनले बताइरहेका छन्। 

‘यसअघि पनि एकपटक विष खाएर आत्महत्या गर्ने प्रयास गरेकी रहिछन्,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने, ‘त्यतिबेला म आफैँले अस्पताल लगेर बचाएको बयान दिइरहेका छन्, खिलबहादुर। त्यसपछि औषधि पनि खाइरहेकी रहिछन्।’

यद्यपि प्रहरीले अहिलेसम्म सुनारको मृत्युलाई हत्या नै भनेर दाबी गर्न सकेको छैन। पोष्टमार्टम रिपोर्ट आएपछि मात्र प्रहरी निष्कर्षमा पुग्ने तयारीमा छ। ‘आज पोष्टमार्टम भएको छ, अब रिपोर्ट कुर्दैछु,’ डीएसपी मिश्रले भने।

यो पनि


प्रकाशित: June 27, 2022 | 18:15:26 काठमाडौं, सोमबार, असार १३, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
समाज

प्रहरी निर्वाचनतर्फ केन्द्रित : एक लाख २० हजार म्यादी प्रहरीको प्रस्ताव

सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन्।
नेपाल समय
समाज

१०० दिनमा आईजीपी सिंहले भने - प्रहरीको सरूवा, बढुवा र कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति तथा उद्देश्यअनुरूप प्रभावकारीरूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्।
नेपाल समय
समाज

कोही किन मिटरब्याजीको चंगुलमा फस्छ?

मिटरब्याज पीडित नवलपरासी सुस्तापूर्वका किसान महातम चमार भन्छन्, ‘सबै प्रक्रिया पुर्‍याए पनि हामीलाई बैंकले ऋण दिँदैन। तर साहुले सजिलै दिन्छन्। अनि बाध्य भएर मिटरब्याजमा साहुसँगै ऋण लिनुपर्छ।’
नेपाल समय
समाज

बालेन शाह र काठमाडौंको फोहोर

बालेन्द्र काठमाडौंको फोहोर व्यवस्थापन नहुने बेलासम्म माला, खादा नलगाउने बोलीमा अडिग रहेका छन्। भित्रैदेखि समस्याको समाधान खोज्ने लडाइँ लडिरहेका देखिन्छन्।
नेपाल समय
समाज

मिटरब्याज पीडितलाई आईजीपीले भने– जाहेरी दिनुस्, प्रहरीले कारबाही गर्छ

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले मिटरब्याजमा ऋण दिएर चर्को ब्याज असुल्नेलाई कारवाही हुने बताएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना