महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका–५ मा गएराति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरामा बस्ने गरेकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको हो।
गएराति छतमा सुकाएका कपडा लिन गएकी महतो त्यहाँबाट लड्दा घटनास्थलमै उनको मृत्यु भएको हो।