काठमाडौं– नेकपा एमाले निकट विभिन्न भ्रातृ संगठनहरूले महँगी, कालोबजारीविरुद्ध सडक आन्दोलनको घोषणा गरेका छन्।
बिहीबार बसेको जनसंगठन समन्वय संयन्त्रको बैठकले इन्धनको मूल्यवृद्धि, खाद्यान्नको मूल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारीलगायत मुद्दामा आन्दोलन गर्न जनसंगठनहरूलाई निर्देशन दिएको हो।
अनेरास्ववियु अध्यक्ष सुनिता बरालले भनिन्, ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं।’