सोमबार, असार १३, २०७९

कतिसम्म अग्लो हुन सक्ला सगरमाथा?

बीबीसी  |  काठमाडौं, बिहीबार, असार ९, २०७९

बीबीसी

बीबीसी

बिहीबार, असार ९, २०७९, काठमाडौं

नेपाल समय
सगरमाथा आरोहण गर्नेहरूको लाइन। तस्बिर : लाक्पा शेर्पा/एएफपी/गेट्टी इमेजेज

सन् २०१९ को अप्रिल महिनामा अरोरो इल्मोर नेपालस्थित सगरमाथाको आधार शिविर पुगेकी थिइन्। बाह्र दिन लामो ‘हाइकिङ रूट’को साटो उनी पातलिएको हावालाई हेलिकोप्टरका पंखाले काट्दै हिउँले ढाकेका अग्गा हिमचुचुरा छिचोल्दै उनी आधार शिविर पुगेकी थिइन्। 

सर्वोच्च शिखरको फेदीमा अध्ययनरत वैज्ञानिकहरूलाई अध्ययन सामग्री पुर्‍याइदिने क्रममा इल्मोरले यो यात्रा गरेकी थिइन्। यात्रामा इल्मोरले हिमशृंखलालाई नजिकैबाट छर्लङ्ग नियाल्ने अवसर मिलेको थियो। सौभाग्यवश, त्यसदिनको मौसम पूरा सफा थियो, पुरै हिमालय क्षेत्र देखिन्थ्यो। 

हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे नेसनल जियोग्राफिक (न्याटजियो) र रोलेक्स अभियानका वैज्ञानिकहरूले दुई महिनासम्म उक्त क्षेत्रमा अध्ययन गरेका थिए। तिनै वैज्ञानिकहरूलाई उनले सहयोग गरिरहेकी थिइन्। नेसनल जियोग्राफिकका वरिष्ठ कार्यक्रम प्रबन्धकसमेत रहेकी भूगर्भविद् इल्मोरले विश्वकै सर्वोच्च शिखर सगरमाथामा अध्ययन सामग्री मिलाउने र उपकरण सेट गर्ने काममा काममा सहयोग गरेकी थिइन्। खोजका क्रममा एल्मोरका सहकर्मीले सगरमाथाको हिउँ तथा नजिकैका पानीका मुहानमा विश्वकै सबैभन्दा बढी मात्रामा ‘माइक्रोप्लास्टिक प्रदुषण' भएको  पत्ता लगाए। 

सगरमाथाको शिखर आसपास हेलिकोप्टरमा उडिरहँदा एल्मोरले पन्छीझैँ पृथ्वीको दिव्य सौन्दर्य नियालिरहेकी थिइन्। समुद्री सतहभन्दा लगभग ५ किलोमिटर उचाइमा रहेको सगरमाथाको फेदीमा हरिया र पहेँला पालको बजार देखियो। सगरमाथा आरोहरण गर्नेहरू ती पालमा आश्रय लिन्थे। विश्वको सर्वोच्च शिखर चुम्न प्रत्येक बसन्त याममा आरोहीका कैयौँ झुन्ड यहाँसम्म पुग्ने गरेका छन्। तर सगरमाथाको उचाइ केही न केही मात्रामा बढिरहेको कुरा चाहिँ थोरैले मात्र याद गरेका होलान्। 

नेपाल समय
सगरमाथा आसपास देखिएका हिमाल। तस्बिर : गेट्टी इमेजेज

अन्य शिखरजस्तै सगरमाथाको उचाई पनि हरेक वर्ष अलिअलि बढिरहेको छ। चाखलाग्दो कुरा जिज्ञासा त के हुन सक्छ भने यसरी नै सगरमाथाको उचाइ बढिरहे कतिसम्म अग्लो होला? सौर्यण्डलका अन्य ग्रहमा पनि हिमाल छन्। अन्य ग्रहका हिमाल हाम्रो पृथ्वीका हिमालभन्दा निकै साना होलान्। त्यसो भए यो पृथ्वीका हिमाल कतिसम्म अग्ला होलान्? कुनै सीमा छ?

पछिल्लो पटक चीन र नेपालले गरेको संयुक्त सर्वेक्षण अनुसार सगरमाथाको आधिकारिक उचाइ समुद्री सतहबाट ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर (२९,०३२ फिट) छ। संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमचुचुरामध्ये १० वटा त हिमालय क्षेत्रमा मात्र पर्छन्। साथीहरूलाई हिमालयको बेलिविस्तार लगाउँदै एल्मोर भन्छिन्, 'यदि तपाईं कहिल्यै ग्रीनल्यान्ड अथवा क्यानडाको रकिजमाथि उड्नु भएको छ? छ भने तपाईंलाई हिमाल कति विशाल हुन्छन् भन्ने ज्ञान होला। तर हिमालय शृंखला त्यसको पनि अर्को शृंखला हो।'

विश्वकै अग्ला-अग्ला हिमालको माझमा रहेको सगरमाथालाई अरु शिखरहरुबाट छुट्याउन सकिन्छ त भनेर प्रश्न गर्दा एल्मोरले अनकनाउँदै भनिन्, 'सगरमाथालाई छेउछाउका हिमालहरुबाट छुट्याउनु भनेको बास्केटबल टिममा सबैभन्दा अग्लो खेलाडी छुट्याएसरह हो। झट्ट हेर्दा सबै उत्रै देखिन्छन्, तर को चाहिँ अरुभन्दा अलि अग्लो छ भन्ने मात्र प्रश्न हो।'

विश्वको सर्वोच्च शिखर मापनको इतिहास पल्टाउने हो भने सन् १८५२ पुग्नुपर्ने हुन्छ। युरोपमा लेखक चार्ल्स डिकेन्सले उपन्यास ‘ब्लिक हाउस’ प्रकाशन गर्ने क्रममा थिए। त्यसबेला अमेरिकाले पहिलो स्टिम-ईन्जिन परीक्षण गर्ने तयारी गरिरहेको थियो। एसियामा सगरमाथाको उचाइ गहिरो रहस्यको विषय थियो। त्यसबेलासम्म सगरमाथालाई न सगरमाथा भनिन्थ्यो, न चोलोलुङमा, न त एभरेस्ट नै। मात्रै 'पन्ध्रौँ चुली'का नाम चिनिन्थ्यो। 

नेपाल समय
सगरमाथा आसपासका हिमाललाई कुहिरोले ढाकेको बेला। तस्बिर : एलामी

सगरमाथाको उचाइ मापन गर्न भारतका गणितिज्ञ राधानाथ सिकदरलाई 'द ग्रेट ट्रिगोनोमेट्रिकल सर्भे'मा ब्रिटिसहरुले खटाए। यो सर्वेक्षण गर्नुको कारण भने बेग्लै थियो। त्यसबेला भारतमा बेलायती शासन थियो। आफ्नो नियन्त्रणमा लिएर व्यावासियक वा सैनिक/रणनीतिक काममा लागि प्रयोग गर्नु 'द ग्रेट ट्रिगोनोमेट्रिकल सर्भे'को मुख्य ध्येय थियो। 

सिकदरले त्रिकोणमितिको सिद्धान्त प्रयोग गरे। उनले उचाइ पत्ता लागिसकेका अरु हिमालका टुप्पाबाट सगरमाथाको शिखरको ठाडो र तेर्सो कोण नापे। अध्ययनबाट नसोचेको निष्कर्ष निस्कियो। त्यसबेलासम्म उचाई पत्ता लागेका सबै हिमालभन्दा 'पन्ध्रौँ चुली'को उचाई बढी निस्कियो। सिकदरले विश्वकै सर्वोच्च शिखर पत्ता लगाए। उनको हिसाब अनुसार सगरमाथाको उचाइ ८,८३९.८ मिटर (२९,००२ फिट) थियो।

आधुनिक उपकरण बिना नै सिकदरले लगभग ठ्याक्कै उचाइ मापन गर्न सफल भएका थिए। १८५० को दशकमा सिकदरले पत्ता लगाएको सगरमाथाको उचाइ पछिल्लो आधिकारिक उचाइभन्दा करिब ९ मिटर मात्र फरक छ। सिकदरले उचाइ मापन गरेको भए पनि उनका पुराना बोस बेलायती सर्वेक्षक सर जर्ज एभरेस्टका नाममा विश्वको सर्वोच्च शिखरको नाम 'द माउन्ट एभरेस्ट' राखियो। सिकदरले उचाइ पत्ता लाउनुभन्दा केही वर्ष अघि नै एभरेस्ट सेवानिवृत्त भइसकेका थिए।

सिकदरपछि पनि थुप्रै टोलीले सगरमाथाको उचाइ मापन गरिसकेका छन्। भारतीय टोलीले सन् १९५४ मा पत्ता लगाएको ८ हजार ८४८ मिटरको उचाइलाई नेपाल सरकारले ‘आधिकारिक’ उचाइका रुपमा केही समयअघिसम्म मान्दै आएको थियो। सन् २००५ मा चिनियाँ टोलीले सगरमाथाको उचाइ ८ हजार ८४४.४३ मिटर मात्र रहेको बताएको थियो। तर त्यसले मान्यता पाएन। सन् २०२० मा नेपाली र चिनियाँ टोलीको संयुक्त सर्वेक्षणले सगरमाथाको उचाइ दशकौँ पुरानो भारतीय मापनभन्दा ०.८६ मिटर बढी रहेको पत्ता लगायो।

नेपाल समय
सगरमाथाको ८ हजार ८४४ मिटर उचाइमा राखिएको स्तम्भ।

प्रविधिमा भएको विकासले उचाइ मापनमा केही हदसम्म फरक पारे तापनि राजनीतिक पात्र पनि यसमा सामेल भएको पाइन्छ। शिखरमा रहेको हिउँको थुप्रोलाई पनि मापन गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल र चीनबीच मतभेद भइराखेको हुन्छ।

तर बर्सेनि  सगरमाथा अलिअलि गर्दै अग्लिरहेको तथ्यलाई यसले नजरअन्दाज गर्न दिनुहुँदैन।

आज अथाह अकाशसँग दिनहुँ नजिकिरहेका शिखरका पत्थरहरू कुनै समय समुद्रको गहिराइमा थिए। करिब २० करोड वर्षअघि जब जुरासिक डाइनोसर पृथ्वीमा देखापर्न थालेका थिए, तब पान्जिया नामक विशाल महादेश टुक्रियो। स्वतन्त्र भएको इन्डियन महादेश समुद्रको बाटो हुँदै लगभग १५ करोड वर्षसम्म उत्तरतर्फ लम्कियो। ४५ लाख वर्षअघि अहिलेको एसियाको जन्म भयो

दुई महादेश ठोकिएपछि उत्पन्न भएको बलले इन्डियन र युरेसियन प्लेटलाई दबाउन थाल्यो। दुई  वटा विशाल प्लेट एकअर्कासँग ठोक्किएपछि ठूला–ठूला ढिस्काहरू निर्माण हुन थाले अनि उत्पत्ति भयो, हिमालय हिमशृंखलाको। 

आजभन्दा १५–१७ लाख वर्षअघि सगरमाथाको उचाइ करिब ५ हजार मिटर मात्र थियो। जमिनमुनि रहेका प्लेटहरू एकअर्काविरुद्ध ठोक्किने क्रम जारी छ ।  अनि त्यसै कारण भारत हरेक वर्ष ५ सेन्टिमिटर उत्तरतर्फ बढिरहेको छ। सोही कारण सगरमाथा पनि बर्सेनि ४ मिलिमिटरले अग्लिरहेको छ। अन्य हिमाल भने १० मिलिमिटर प्रतिवर्षका दरले बढिरहेका छन्।

मौसमले पनि हिमालमा ठूलो भूमिका खेल्छ। क्रिकेट बलका आकारका ढुंगाले सन् २०१९ मा स्थापना गरिएको वेदर स्टेसन विनास गरेको एल्मोर बताउँछिन्।

सगरमाथाजस्ता अग्ला हिमालमा बाह्रैमास हुने हिउँको क्यापले यस्ता पत्थर बग्न रोक्छ। हिउँले पुरिएका ढुंगा खासै धेरै दूरी तय नगर्ने अनि क्षीण नहुने विज्ञ बताउँछन्।

‘अग्ला हिमालमा ढुंगाहरू यस्ता ठाडा कोणमा हुन्छन् कि एक समयपछि तिनले हिउँको भार थाम्न छाड्छन् अनि हिमपहिरो जान्छ’, एल्मोर बताउँछिन्।

हिमपहिरो सगरमाथा आसपासका क्षेत्रमा कुनै नयाँ कुरा होइन। यसले सगरमाथाको उचाइमा र नजिकका हिमनदीमा पनि प्रतिकूल असर पारेको छ।

तर यसरी हुने हिमपहिरोले हिमालको उचाइमा पार्ने ठीक असरबारे विज्ञहरू अझै अनभिज्ञ छन्। कतिपयका अनुसार हिमालबाट हिउँ तल बगे तिनको तौल कम हुने अनि यसले टेकटोनिक प्लेटलाई अझ एकअर्काविरुद्ध बढ्न सहयोग पुर्याई हिमालको उचाइ बढ्ने बताउँछन्।

नेपाल समय
एक आरोहीको चस्मामा टल्किएको सगरमामाथाको प्रतिबिम्ब। तस्बिर: प्रकाश माथेमा/एएफपी/गेट्टी इमेजेज

एक विज्ञका अनुसार पहिरोका कारण हिउँ घट्ने र हिमालको उचाइ कति बढ्ने भन्नेबारे दुवैको बराबर सम्बन्ध रहेको छ। तर यसबारे अध्ययन जारी छ।

‘टेकटोनिक गतिविधि भइरहेका स्थानमा पहिरोले भन्दा छिटो, ढिलो वा बराबर दरमा हिमाल बढिरहेका हुन्छन् भन्ने अझै यकिन भएको छैन’, एक वैज्ञानिकले बताए। 

000

त्यसो भए आजभोलि हिमालका उचाइ कसरी नापिन्छन् त?

सबैभन्दा बढी प्रयोग गरिने प्रविधि भनेको ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम, जसले स्याटलाइटको नेटवर्कको प्रयोग गरी हिमाल रहेको स्थानको सही मापन गर्छ। मिलिमिटरसम्मको मापन सही हुने विज्ञहरूको दाबी छ। सगरमाथाजस्ता हिमालमा समस्या भने उपकरणलाई शिखरसम्म पुर्‍याउनु नै हो। 

भारी बोकेको हेलिकोप्टर पनि माथिसम्म पुग्न गाह्रो हुन्छ। माथि हावा पातको भएको हुनाले हेलिकोप्टर शिखरको उचाइमा उड्न सक्दैनन्। सन् २००५ मा शिखर पुगेर विश्व रेकर्ड कायम गरेका थिए, एक हेलिकोप्टर पाइलटले। तर सो हेलिकोप्टरमा तौल घटाउन निर्माताले आवश्यकबाहेक सबै उपकरण हटाइदिएका थिए।

सौभाग्यवश, जीएनएसएस सानो हुँदै आएको छ। पहिले लगभग १३ किलोको हुने गरेको उपकरण अहिले मात्र १.२ केजीको छ। चाँडै अझै सानो हुने वैज्ञानिकहरूको ठम्याइ छ। तर यसको उपयोगका लागि ब्याट्री आवश्यक पर्छ, जसलाई चिसो स्थानमा काम गर्न मुस्किल छ। औसतमा सगरमाथाको शिखरको तापक्रम १९ डिग्री सेल्सियस रहन्छ। 

यसबाहेकको अर्को समस्या भनेको यसको एन्टेना हो, जुन करिब आधा मिटर लामो हुन्छ। यसलाई शिखरमा सेट गरिसकेपछि हल्लिनुहुँदैन।

मिलिमिटरसम्मको सही मापनका लागि यसलाई घन्टौं स्थिर राख्न आवश्यक पर्दछ। सगरमाथाको शिखरजस्तो ‘मृत्यु क्षेत्र’मा यस्तो उपकरणको प्रयोग गर्नु भनेको सर्वेक्षकका लागि निकै जोखिमपूर्ण विषय हो।

यसका अतिरिक्त अर्को विकल्प भनेको ग्राउन्ड पेनिट्रेसन रेडर (जीपीआर) हो। यसले रेडर पल्सका आधारमा जमिनमुनिको मोटाइ तथा भित्री चित्रण  गर्दछ। अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनालीमा यसको सफल परीक्षण गरिएको छ।

कयौं बाधा–अड्चनका बाबजुद नेपाली टोलीले सगरमाथाको सही उचाइ मापन गर्न सफल भयो। सन् २०१५ को ७.८ रेक्टरको महाभूकम्पले सगरमाथामा पारेको असरबारे प्रश्नका उत्तर पनि पत्ता लागे। प्रारम्भिक रिपोर्टअनुसार भूकम्पका कारण सगरमाथा ३ सेन्टिमिटर दक्षिण–पश्चिम सरेको पत्ता लागेको थियो तर उचाइबारे केही जानकारी थिएन।

धेरै समय नबित्दै राजनीतिक तनाव सिर्जना भयो। चिनियाँ टोलीले उत्तरतर्फबाट सुरु गरेको मापनमा शिखरको हिउँको थुप्रो नापिएको थिएन। 

सन् २०१९ मा दुवै राष्ट्रका टोलीले आ–आफ्ना डाटा जुधाएर सन् २०२० मा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गरियो। त्यसपछि अहिले सगरमाथाको आधिकारिक उचाइ ८,८४८.८६ मिटर रहेको छ।

हिमालको उचाइ मापन गर्ने क्रममा चीन र नेपालले पत्ता लगाएजस्तो के नाप्ने र कसरी नाप्ने भन्ने कुरा प्रस्ट हुन आवश्यक छ। हिमाल कत्रो छ भनेर थाहा पाउनलाई पहिले त्यसको फेद कहाँ छ, थाहा हुनैपर्छ। तर यो सबै भनेजति सजिलो पटक्कै हुँदैन।

दशकौंदेखि समुद्री सतहलाई आधार मानेर उचाइ नाप्ने काम गरिन्थ्यो तर यसका पछाडि पनि विभिन्न समस्याहरू रहेकाले यो प्रणालीलाई बदल्न आवश्यक थियो।

000

हाम्रो ग्रहभन्दा बाहिरका हिमाल हेर्ने हो भने कतिपय अकल्पनीय अग्ला हिमाल रहेका छन्। मंगल ग्रहको ज्वालामुखी ओलम्पसको उचाइ २१ किलोमिटर रहेको छ। यो ६२४ किलोमिटरमा फैलिएको छ। मंगलमा पृथ्वीभन्दा कम गुरुत्वाकर्षण भएको अनि टेकटोनिक प्लेट नभएका कारण ज्वालामुखी विस्फोट हुँदा निस्केको लाभाकै कारण ओलम्पस यति अग्लो भएको हो। 


नेपाल समय
हिमालको दृश्य /रिक ओल्ड इंगबरिंक/अलामी

के सगरमाथा पनि यस्तै विशाल होला त? सन् १९८० मा बेलायतको क्याभेन्डिस ल्याबका एक अनुसन्धानकर्ताले पृथ्वीमा यस्तो सीमा पत्ता लगाउने कोसिस गरेका थिए। उनले यस क्रममा गुरुत्वाकर्षण र हिमालमुनिका चट्टानलाई पनि जोडेका थिए। उनको आँकलनअनुसार पृथ्वीमा सगरमाथा ४५ किलोमिटरसम्म अग्लो हुने सम्भावना रहेको छ।

तर यसमा मौसमजस्ता कयौं बाधा छँदै छन्। कुनै दिन टेकटोनिक हलचल बन्द भयो भने बढ्ने क्रम पनि ठप्प भइदिन्छ। वैज्ञानिकका अनुसार पृथ्वी एक समय आएर पूर्ण रूपमा चिसिन्छ अनि टेकटोनिक हलचल बन्द हुनेछ। एल्मोर भन्छिन्,‘एउटा बिन्दुमा पुगेपछि सगरमाथा यति ठाडो हुन्छ कि माथिबाट हिउँ, चट्टान खस्न थाल्छन्।’ हुरी, हिमपहिरो र चट्टान फुट्ने भएका कारण सगरमाथा मंगलको ओलम्पस जत्रो आकारको हुन लगभग असम्भव छ।

हालका लागि विभिन्न बाधाहरूले होच्याउन खोजे पनि सगरमाथा सगरतर्फ अलिअलि गर्दै लम्किरहेको छ। एल्मोरको २०१९ को टोलीले यसमा ‘ग्लोबल वार्मिङ’ले पनि ठूलो भूमिका खेलेको पत्ता लगाएका छन्।

फेरि सगरमाथा द्रुत गतिमा अग्लिरहेको हिमाल पनि होइन। पाकिस्तानको ८,१२६ मिटर अग्लो नंगा पर्वत वार्षिक ७ मिलिमिटरका दरले बढिरहेको छ। यही गतिमा बढिरहने हो भने यसले लगभग २ लाख ४१ हजार वर्षमा सगरमाथालाई उचाइमा उछिन्नेछ।

सगरमाथाको सही उचाइको विरलै कसैलाई ख्याल होला। विश्वको सर्वोच्च शिखर भनेर चिनिएको यो शिखर आरोहीका लागि निकै प्यारो छ। लाखौं पर्यटक तथा आरोहीहरू यहाँ आउने गरेका छन्। तिनका लागि गगनचुम्बी सगरमाथाको सफल आरोहण नै सबैभन्दा महत्वपूर्ण हुन्छ।

‘मैले सगरमाथा चढेको छु’ भनेर गर्व गर्नु नै आरोहीका लागि जीवनको सार्थकता झल्काउने चिनो हो।

– बीबीसी फ्युचरका लागि ह्यारिट कन्स्टेबलले तयार गरेको सामग्री विनायक कार्कीले भावानुवाद गरेका हुन्।


प्रकाशित: June 23, 2022 | 20:38:15 काठमाडौं, बिहीबार, असार ९, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
समाज

दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
नेपाल समय
समाज

कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
नेपाल समय
समाज

काठमाडौं महानगरका सडकमा खानेकुरा बेच्‍न प्रतिबन्ध

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।
नेपाल समय
समाज

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
नेपाल समय
समाज

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना