सोमबार, असार १३, २०७९

नगरको फोहोर सिसडोल पठाउँदैन भक्तपुर, त्यहीँ बन्छ मोहोर

सृजना राई  |  काठमाडौं, सोमबार, असार ६, २०७९

सृजना राई

सृजना राई

सोमबार, असार ६, २०७९, काठमाडौं

नेपाल समय
तस्बिर : दिनेश श्रेष्ठ

भक्तपुर– ‘कुनै समय भक्तपुर नगरपालिका अरू नगरको खुला शौच गर्न ठाउँको रूपमा चिनिन्थ्यो रे! आज यही भक्तपुर नगरपालिका सांस्कृतिक सहर मात्र होइन, सरसफाइको नमुना सहर बनाएका छौं,’ भक्तपुर नगरपालिका स्यानिटेसन उपशाखा प्रमुख दिलीप सुवालको भनाइ हो, यो।

सुवाल वडा–४ का वासिन्दा हुन्। उनी आफ्नो घरमा उत्पादन हुने फोहोर कुहिने–नकुहिने गरी छुट्टाछुट्टै संकलन गर्छन्। कुहिने फोहोरलाई करेसाबारीमा खन्याउँछन्। नकुहिने फोहोरमध्ये पनि पुनप्र्रयोग गर्न सकिने छुट्याएर प्रयोग गर्दै आएका छन्।

नगरपालिकामा विगत साढे दुई दशकदेखि फोहोर व्यवस्थापनमा खटिँदै आएका उनको आग्रह हुने गर्छ– सकिन्छ भने कम फोहोर गरौं, उत्पादित फोहोर पनि पुनप्र्रयोग गर्ने बानी बसालौं।

नगरपालिकाले फोहोरबाट उब्जिएको मल प्रयोग गर्न कौसी खेतीका लागि तालिम दिने गरेको छ। सोहीअनुसार अहिले नगरबासी कौसी खेतीमा आकर्षित हुन थालेका छन्। 

झन्डै १८ हजार बढी घरधुरीको बसोबास रहेको भक्तपुर नगरमा दैनिक ३० टन फोहोर उत्पादन हुने गरेको छ। त्यसमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुल्ने गरेको छ। बाँकी घरघरमै मलको रूपमा नगरबासीले प्रयोग गरिरहेका छन््। २८ टनमा ६५ प्रतिशत कुहिने फोहोर हुन्छ। यद्यपि नकुहिने फोहोर धेरै हुने नगरपालिका बताउँछ। 

फोहोर संकलनदेखि व्यवस्थापनका लागि नगरपालिकाले १४० कर्मचारी खटाउँदै आएको छ। स्यानिटेसन उपशाखाबाट फोहोर व्यवस्थापनको काम हुन्छ। वडा समितिअनुसार कर्मचारी काम गरिरहेका हुन्छन्। प्रत्येक वडामा क्षेत्रफलअनुसार ५ देखि ८ जनासम्म सरसफाइ कर्मचारी तोकिएको हुन्छ। फोहोर उठाउने काम दैनिकजसो हुन्छ। कहिल्यै विराम लाग्दैन। 

‘हामीले बिहान ६ देखि  ९ बजेसम्म र दिउँसो १२ देखि ४ बजेसम्म पनि फोहोर उठाइरहेका हुन्छौं’, सुवाल भन्छन्, ‘विगतमा सय स्थानभन्दा बढी ठाउँमा फोहोर संकलन केन्द्र थिए। त्यसलाई घटाएर अहिले १० जति बनाएका छौं। जति पटक फोहोर उठायो, फेरि थुपार्छन्। दिनभरि फोहोर भइरहने भएकाले अब यसलाई पनि घटाउने सोच नगरपालिकाको छ।’

झन्डै १८ हजार घरधुरीको बसोबास रहेको भक्तपुर नगरपालिकामा संकलन हुने दैनिक ३० टनमध्ये २८ टन फोहोर नगरपालिका आफैंले बटुलेर कुहिने–नकुहिने छुट्याउन थालेपछि नगरभित्रका पाखाबारी र कौसीमा मलको रूपमा प्रयोग हुँदै आएको छ।

नगरका पुराना बस्ती र भूकम्पपछि बढेको नयाँ बस्ती दुई समूह बाँडेर फोहोर संकलन गरिँदै आएको सुवाल बताउँछन्।  हरेक दिनजसो पुराना बस्तीबाट फोहोर संकलन गरिन्छ। कुहिने–नकुहिने अलग–अलग  छुट्याएर लिइने फोहोर बोक्ने ट्रकमा दुई भागमै बाँडेर बोक्ने गरिन्छ। बस्तीबाट उठाएको फोहोर महेश्वरीस्थित अस्थायी ‘टन्ससेन्टर’मा ल्याइन्छ। त्यसपछि कुहिने फोहोरलाई महेश्वरीबाट वडा–८ लर्केमा कम्पोस्ट मल बनाउन लगिन्छ। 

नयाँ बस्तीमा दुई मिनिट्रक र तीन वटा पिकअप भ्यान फोहोर संकलनका लागि प्रयोग गरिँदै आएको छ। एक दिन बिराएर संकलन हुने फोहोरमध्ये नयाँ बस्तीमा तुलनात्मक रूपमा बढी उत्पादन हुने गरेको छ। नगरपालिकाले फोहोर संकलन गर्दा घरमै मल बनाउने र पुनप्र्रयोग गर्ने विधिबारे समुदायलाई भेला पारेर जनचेतनामूलक सन्देशसमेत दिँदै आएको छ। 

नगरपालिकाले कुहिने फोहोरबाट बनाउने कम्पोस्ट मल एक ट्रयाक्टरको २ सय रुपैयाँमा बिक्री गरिरहेको छ। भक्तपुरमा बाक्लिँदै गएका बस्तीसँगै मल बनाउने क्रममा उत्पन्न हुने दुर्गन्धका कारण स्थानीयले गुनासो गरे। गन्ध कम गर्न अहिले गन्धरहित नयाँ विधि प्रयोगको अभ्यास भइरहेको छ। 

‘गन्धरहित नयाँ टोकजाय प्राकृतिक विधि प्रयोग गर्न थालेका छौं। एक महिना भयो, यसको नतिजा यही साता आउँछ।  भोलिबाट बक्स कम्पोजिटको काम सुरु गर्छाैै। हामी एउटा मात्र प्रविधि प्रयोग गर्दैनौं।  सबै तरिकाबाट फोहोर व्यवस्थापन गर्ने योजना अगाडि बढाएका छौं,’ सुवाल भन्छन्।

फोहोर व्यवस्थापनमा दीर्घकालीन योजनासहित अगाडि बढेपछि भक्तपुर नगरभित्रका सडक, गल्लीको स्वरूप फेरिँदैछ, फोहोरलाई आम्दानीको गतिलो माध्यम बनाउन सफलता पछ्याउँदैछ भक्तपुर नगरपालिका।

अहिले नगरले भूगोलअनुसारका प्रविधिको अनुसन्धान गरिरहेको उनको भनाइ छ। सबै फोहोर एकै ठाउँ थुपार्दा धेरै गन्ध आउने समस्या कम गर्न विभिन्न ठाउँमा जग्गा भाडामा लिने काम नगरपालिकाले गर्दै आएको छ। 

नयाँ प्रविधि प्रयोगको अभ्यास भर्खरै सुरु गरे पनि फोहोर व्यवस्थापनमा कम्पोस्ट मल प्रयोग पुरानो हो। नगरले वार्षिक ८ करोड रुपैयाँ बजेट फोहोर व्यवस्थापनमा खर्चिंदै आएको छ। फोहोर संकलनबापत नगरले मासिक प्रतिचुलो ५० रुपैयाँ, विद्यालय होटल, रेस्टुराँ र संस्थाबाट १०० देखि ५०० सम्म उठाउने गरेको छ। मलबाट धेरै कम आम्दानी हुन्छ। नकुहिने फोहोर बिक्री गरेर ३० देखि ४० हजार आम्दानी गर्ने योजनामा नगरपालिका अगाडि बढेको छ। 

यद्यपि नगरपालिभित्रका चार वटा ठूला अस्पताल र एक औद्योगिक क्षेत्रबाट उत्पादन हुने सामान्य प्रकृतिका फोहोर मात्र नगरपालिकाले व्यवस्थापन गर्दै आएको छ। बाँकी फोहोर अस्पताल र उद्योग आफैंले व्यवस्थापन गर्दै आएका छन्। 

नगरपालिकाले १२ टन जति पुनप्र्रयोग र बिक्री नहुने फोहोरलाई सल्लाघारी खोलाबगर मापदण्डमा पर्ने जग्गामा खाडल खनेर ‘डिस्पोज’ गर्दै आएको छ। बाढी डुबानमा पर्ने जग्गामा फोहोरले सम्याउने गरिएको छ। यो डम्पिङ सिस्टम उपयुक्त उपाय भने नभएको सुवाल सुनाउँछन्। यसको दीर्घकालीन समाधान खोज्ने प्रयास जारी छ।  नगर प्रवक्ता एवं सूचना अधिकारी दामोदर सुवाल भन्छन्, ‘कबाडीसँग पनि छलफल गर्दै छौं। टायल र सडक पिच गर्ने विधि प्रयोगबारे पनि योजना बनाउँदै छौं।’ 

नगरपालिकामा महिनाको पहिलो दिन र १५ गते सार्वजनिक स्थलमा नगरका कर्मचारीसँगै, विद्यालय, सेना, संघ–संस्था र स्थानीय मिलेर सरसफाइ हुँदै आएको छ। अहिले विद्यालयमा हुने फोहोर कसरी विद्यालयमै व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे विद्यालयलाई तालिम दिने काम भइरहेको सुवाल बताउँछन्।


प्रकाशित: June 20, 2022 | 16:37:27 काठमाडौं, सोमबार, असार ६, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

'मानवताको सहर' बुटवलमा दलितले कोठा भाडा पाउँदैनन्

जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

थप समाचार

नेपाल समय
समाज

दुई करोडको 'डिल' गर्ने न्यायाधीश कोइरालालाई काम गर्न रोक

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन दुई करोडको डिल गरेको आरोपमा विवादमा तानिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालालाई कामकाज गर्न रोक लगाइएको छ।
नेपाल समय
समाज

कोटेश्‍वरमा पैदल यात्रुलाई ठक्कर दिएको हायस ट्रकमा ठोक्कियो, एक जनाको मृत्यु

कोटेश्वरमा सोमबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्।
नेपाल समय
समाज

काठमाडौं महानगरका सडकमा खानेकुरा बेच्‍न प्रतिबन्ध

हैजा खानेकुरा र पानीबाट सर्ने भएकोले खानेकुरा तथा पानीको शुद्धतालाई निगरानी गरिने मेयर बालेन शाहले बताएका छन्। उनले महानगरले सडकमा खानेकुरा बिक्री गर्न नदिन नेपाल प्रहरीसँग सहकार्य गरिनेसमेत बताएका छन्।
नेपाल समय
समाज

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।
नेपाल समय
समाज

गायिका सुनारको हत्या आरोपमा पक्राउ श्रेष्ठलाई अनुसन्धान गर्न ५ दिनको म्याद थप

गायिका दिलमाया सुनारको मृत्यु शंकास्पद देखिएपछि पक्राउ परेका उनका प्रेमी खिलबहादुर श्रेष्ठको अनुसन्धानका लागि अदालतलबाट ५ दिनको म्याद थप भएको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना