सोमबार, असोज १०, २०७९

सडक दुर्घटनाको कहालीलाग्दो आँकडा : पाँच वर्षमा १४ हजार बढीले गुमाए ज्यान

सृजना राई  |  काठमाडौं, मंगलबार, जेठ ३१, २०७९

सृजना राई

सृजना राई

मंगलबार, जेठ ३१, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– अव्यवस्थित सडक र सवारीसाधनको अचाक्ली वृद्धिका कारण विगत पाँच वर्षमा १४ हजार १०३ जनाले अकालमा ज्यान गुमाएको तथ्यांक सडक विभागले सार्वजनिक गरेको छ। सवारी दुर्घटनामा परी २७ हजार ८ सय ७० जना गम्भीर घाइते भएका छन् भने तिनमा कति अपांग छन्, तथ्यांकमा खुलाइएको छैन।

सवारीसाधन चलाउँदा सडक अनुशासनको बर्खिलाप गर्ने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको संख्या दिनहुँ बढिरहेको विभागले निष्कर्ष निकालेको हो।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ स्थायी घर भई काठमाडौं काडाँघारी बस्दै आएकी ३२ वर्षीया सम्झना राई परिवारसँगै तिनकुनेमा होटल व्यवसाय गर्दै आएकी थिइन्। बेलुकी पसल बन्द गरेपछि अन्य दिनझैं तीनकुनेको आप्mनो पसलबाट भाइ तेजन राई र आफन्त पर्ने महिला घर फर्र्किए। 

९ बजेतिर सम्झना पठाओमा घर फर्किंदै थिइन्। कोटेश्वरबाट जडीबुटीतर्फ जाने क्रममा उनी सवार बा७१प ३०५४ नम्बरको मोटरसाइकललाई ना५ख २८१९ नम्बरको मिनीट्रकले ठक्कर दियो। दुर्घटनालगत्तै नजिकैको प्रहरी प्रभाग कोटेश्वरको प्रहरी आइपुग्यो। दुवै सवारीसाधन र चालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लियो। 

यता, परिवारका अन्य सदस्यसँगै पाँच वर्षको बच्चा उनको पखाईमा बसिरहेका थिए। सँगै निस्किएकी दिदी अबेरसम्म घर नफर्किएपछि भाइ खोजीमा जुटे। दुर्घटनास्थलमा राईको अवस्था देखेपछि सडकका धेरै यात्रु अत्तालिए। कानेखुसी गर्दै कतै आफन्त त परेनन् भन्दै त्रसित भए। 

त्यही भीडमा कार्यालयबाट स्कुटरमा काँडाघारीको डेरा फर्किंदै गरेकी थिइन्, हेमशिखा लिम्बू। यो सडक खण्डमा पटक–पटक हुने दुर्घटनाबाट त्रसित हुन्छिन्, उनी। लिम्बू त्रसित भावमा भन्छिन्, ‘काठमाडौंमा निजी सवारीबिना काम गर्नै मुस्किल छ। निजी सवारी चलायो बिहान घरबाट सकुशल निस्केको मान्छे घर फर्किने–नफर्किने टुंगो हुन्न।’

सवारीसाधन चलाउँदा सडक अनुशासनको बर्खिलाप गर्ने क्रम बढ्दै जाँदा सवारी दुर्घटनाको संख्या दिनहुँ बढिरहेको विभागले निष्कर्ष निकालेको हो।

संघीय राजधानी काठमाडौं उपत्यकामा सवारी चाप अधिक छ। सवारी चाप बढेको छ, तर सडकको स्तर उही पुरानै। 

सोही दिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार बाबुछोरीको ज्यान गयो। 

शुक्रबार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरनी गाउँपालिका–४ मा सडक भासिँदा दुई युवकको ज्यान गयो। सोही दिन जाजरकोट जुनीचाँदे गाउँपालिका–५ मा जिप दुर्घटनामा तीन जनाले ज्यान गुमाए। 

केही दिनअघि चितवनमा कार, मोटरसाइकल र ट्यांकर एकआपसमा ठोक्किँदा एक जनाको ज्यान गयो। भक्तपुरमा दूध टं्याकरले स्कुटरललाई ठक्कर दिँदा एक युवकले अकालमा ज्यान गुमाउनुपर्यो। गत आइतबार रुपन्देहीको रोहिणी खोलामा रात्रिबस दुर्घटना हुँदा ९ जनाको ज्यान गएको थियो। यी हालै घटेका दुर्घटनाका उदाहरण हुन्। 

यसरी हेर्दा एक सातामा एक दिन सवारी दुर्घटना नभएको दिनै छैन भने पनि हुन्छ। नेपाल प्रहरीको तथ्यांकले वैशाखमा मात्रै देशभर ३ हजार ३७६ सवारी दुर्घटना भएको देखाउँछ। दुर्घटनामा २६४ जनाले ज्यान गुमाएका छन् भने ६८७ जना गम्भीर घाइते भएका छन्। 

तथ्यांकअनुसार सबैभन्दा बढी मधेस प्रदेशमा सवारी दुर्घटना हुने गरेको छ। सबैभन्दा कम दुर्घटना हुने कर्णाली प्रदेशमा पनि वैशाखमा मात्रै १५२ जनाको अकाल मृत्यु सवारी दुर्घटनाकै कारण बन्यो।  

यही जेठ २२ गते रुपन्देहीको रोहिणी खोलामा दुर्घटनाग्रस्त यात्रुवाहक बस। दुर्घटनामा ९ जनाले ज्यान गुमाएका थिए।
आर्थिक वर्ष २०७८–७९ सुरु भएदेखि वैशाखसम्मको तथ्यांकअनुसार ३२ हजार ५४९ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर २ हजार ४०८ को मृत्यु भएको छ भने ६ हजार ६२ जना गम्भीर घाइते भएका छन्। 

महानगरीय ट्राफिक महाशाखाको तथ्यांकअनुसार आर्थिक वर्षको वैशाखसम्म १४७ ले सडक दुर्घटनामा परी अकालमा ज्यान गुमाएका छन्। सबैभन्दा सवारी दुर्घटना हुने मधेस प्रदेशमा वैशाखसम्म ५ सय ५ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा ४ सय ४५ र प्रदेश १ मा ४४४ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन्।

यस्तै, बागमती प्रदेशमा ३२८ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना गत वर्षको असोज, कात्तिक र मंसिरमा भएका छन्। चालू आव जेठको पूर्ण तथ्यांक संकलन हुन भने बाँकी छ। सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या महिलाको भन्दा पुरुष ६ गुणाले बढी छन्। नेपाल प्रहरीको विगत पाँच वर्षसम्मको तथ्यांकअनुसार सवारी दुर्घटना दोब्बरले बढेको छ। 

आर्थिक वर्ष २०७३–७४ मा जम्मा १६ हजार ५१५ सवारी दुर्घटना भएका थिए, जसमा २ हजार ३८४ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७७–७८ मा ३३ हजार १३५ दुर्घटना भएका छन् भने त्यसमा परेर ज्यान गुमाउनेको संख्या २ हजार ५०० रहेको छ।

आर्थिक वर्ष २०७८–७९ सुरु भएदेखि वैशाखसम्मको तथ्यांकअनुसार ३२ हजार ५४९ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परेर २ हजार ४०८ को मृत्यु भएको छ भने ६ हजार ६२ जना गम्भीर घाइते भएका छन्। 

ट्राफिकको तथ्यांकलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०७३–७४ मा कार र जिप दुर्घटना धेरै हुन्थे। तर पछिल्ला वर्षमा मोटरसाइकल र स्कुटर दुर्घटना हुने क्रम ह्वात्तै बढेको देखिन्छ। मोटरसाइकल, स्कुटर, जिप, कार, बस, ट्रक, टं्याकर, टिपर, ट्रयाक्टर, टेम्पो, माइक्रो, डोजर, स्काभेटर धेरै दुर्घटना हुने सवारीसाधनमा परेका छन्। 

नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी भन्छन्, ‘नेपालमा प्रतिवर्ष औषतमा ३० हजार बढी सवारी साधन थपिन्छन्। सवारी साधन बढेसँगै सडक मर्मत, सुधार र विस्तारको काम नहुँदा दुर्घटनाको आँकडा उक्लिन थालेको हो।’ 

जीर्ण सडक र सडक नियमको पालना नगरिनु र लामो रुटको सवारी एउटै चालकले मात्र चलाउने हुँदा पनि दुर्घटना हुने गरेको केसीको बुझाइ छ।

प्रहरीका अनुसार अनुभव नभएका व्यक्तिले सवारी चलाउने, जीर्ण सडक, ओभर स्पिड, चालकले मादक पदार्थ सेवन गर्नु आदि कारणले पनि सडक दुर्घटना बढाएको हो। सडक विभागले आवश्यकताअनुसार सडकमा संकेत चिह्न वा सूचना नराख्नु दुर्घटनाको कारण भएको प्रहरीको ठम्याइ छ। 

सवारी साधनको अनुगमन गर्ने निकाय सडक विभागले सीमित स्रोत–साधनका कारण अव्यवस्थित सडक निर्माणको अवलोकन र नियन्त्रण सोचेजति हुन नसकेको बताउँदै आएको छ। 

विभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापा भन्छन्, ‘स्थानीय तहको सरकारको लापर्वाहीका परिणाम हामी सबैले भोगिरहेका छौं। हामीले सबै ठाउँमा तिनले अन्धाधुन्द सडक निर्माण गर्ने कामलाई रोक्न सकेका छैनौं।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेपाल सडक सुरक्षा कार्ययोजना सन् २०१३ देखि २०२० का अनुसार यी तथ्यांकले भौतिक क्षतिको प्रतिनिधित्व गर्न नसक्ने र वास्तविक दुर्घटनाको अभिलेख कम हुने गरेको छ। त्यसमा पनि घाइतेको अभिलेख कम हुने उल्लेख छ। 

पुरानो तथ्यांकलाई आधार मानिएर गरिएको सरकारी अध्ययनले नेपालमा हरेक वर्ष १० हजार सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन्, जसमा ट्राफिक दुर्घटना मृत्युदर १७ भन्दा बढी हुने गरेको छ। यो तथ्यांक एसिया र विश्वकै तुलनामा सबैभन्दा धेरै हो। 


प्रकाशित: June 14, 2022 | 13:01:30 काठमाडौं, मंगलबार, जेठ ३१, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

६ वटा पूर्ण र २२ सडक आंशिक अवरुद्ध : सडक विभाग

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध सडक एकतर्फी खुलाएर आंशिक सवारीसाधन सञ्चालनमा ल्याउन तयारीमा विभाग, दसैंमा घर फर्किनेहरूलाई सास्ती।
नेपाल समय
समाज

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।
नेपाल समय
समाज

मनास्लुमा हिमपहिरो, मौसम खराबीले उद्धारमा कठिनाइ

मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा मौसम बाधक बनेको छ।
नेपाल समय
समाज

देशभरका अदालतमा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने अदालत प्रशासनले बताएको हो।
नेपाल समय
समाज

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज बिधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना