बिहीबार, असोज २०, २०७९

दूधे बालक च्यापेर अनशन बसेकी निहारिका भन्छिन्- त्यस दिनदेखि छोरा डराइरहन्छ

सृजना राई  |  काठमाडौं, आइतबार, जेठ २९, २०७९

सृजना राई

सृजना राई

आइतबार, जेठ २९, २०७९, काठमाडौं

नेपाल समय

२१ महिनाका दूधे बालक 'रिहान' छटपटाइरहन्छन्। छोरा रिहानलाई  बोतलको पाउडर दूध खुवाउन कोसिस गरिरहेकी थिइन्, १९ वर्षीय आमा निहारिका। तर रिहान बोतल फाल्दै रोइरहन्छन्, आमा निहारिका फकाउन प्रयास गर्छिन्। 

थकित स्वरमा बोलिन्- पहिलो दिन माइतीघर मण्डलमा अनशन बस्दा प्रहरीले मेरो बच्चालाई दुई-तीन झापड हान्यो। त्यो दिनदेखि मेरो बच्चाले केही खान मान्दैन। ज्वरो आएको छ।’ 

छोराको अवस्थाबारे कमजोर भएको बताइरहेकी निहारिका स्वयंको स्वास्थ्य अवस्था पनि खस्कँदै गएको छ। अनुहारमा कोतारिएको दाग प्रष्ट देखिन्छ। शरीरका ठाँउठाँउमा प्रहरीको प्रहारबाट बसेको दाग अझै मेटिएको छैन। 

'मलाई पक्राउ गर्ने क्रममा मेरो छोरो खोसे। त्यस दिनदेखि छोरा डराइरहन्छ। मेरो शरीर पनि गलेको छ। म बोल्न सकिरहेकी छैन। कृपया जस्मिन दिदीसँग कुरा गर्नुस् है,' कुराकानी गर्न पुगेकाहरूलाई निहारिकाले आग्रह गरिन्। 

उनी यति बोल्दै गर्दा पनि छोरा रिहान बालकलह गरिरहेका थिए। उनलाई भुल्याउन राष्ट्रिय मानव अधिकार आयोगका महिला कर्मचारीले अनशनका लागि बनाइएको पालबाहिर निकाले। उनको अवस्था देखेर महिला पत्रकार र अधिकारकर्मीले छोरा रिहानलाई डाइपर र दूध किनेर ल्याइदिए। 'न्याय नपाएपछि म त्यहाँ (गृहजिल्ला धनुषा) मर्नुभन्दा काठमाडौंमा मर्न तयार भएर आएकी छु,' उनले भनिन्। 

न्यायका लागि माइतीघरमा अनशन बसेको दिनमै उनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि उनलाई अनामनगर लगियो। नियन्त्रण लिने क्रममा बच्चालाई प्रहरीले कुटपिट गरेको र आमाबाट छुट्याएर भ्यानमा फ्याँकिदिएको उनको गुनासो छ। त्यसले बालकको मनोविज्ञानमा गम्भीर असर परेको उनको भनाइ छ। 

नियन्त्रणमा लिएपछि प्रहरीले राती १ बजे 'जहाँ जानु छ, जानू' भन्दै छोडिदिएको थियो।  आगामी दिनमा माइतीघर मण्डलामा धर्ना नदिन प्रहरीले उनलाई चेतावनी दियो। यसपछि उनको अनशन बसन्तपुर डबलीमा सरेको छ। 

000

१७ वर्षको उमेरमा जनकपुरका शिवराज श्रेष्ठ नामक युवकले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको निहारिकाको आरोप छ। बलात्कारपछि कोखमा गर्भ रह्यो। आफ्नै साथीले बोलाएकाले गएको बेला साथीका दाजुले नशालु पदार्थको सेवन गरेर आफूमाथि बलात्कार आरोप उनको छ। 

आफू बलात्कृत भएको १४ दिनमा उनी पुलिस केस गर्न गएकी थिइनन्। तर त्यसपछि डेढ महिनामा मात्र केस दर्ता भयो। उजुरी हाल्न जाँदा महिला सेलका महिला अधिकारीलाई सब कुरा बताए पनि आफनो कुरा सुनुवाई नभएको उनको दाबी छ, 'तिम्रो बलात्कार भयो त हामी के गरौँ? भनेर मलाई फर्काइदिनु भयो।’

जनकपुरमा उनले आफ्नो न्यायका लागि संघसंस्थाको ढोका ढकढक्याइन्। तर उनले अपेक्षाअनुसार कहीँबाट पनि सहयोग पाइनन्। अनेक हन्डर ठक्कर खाएपछि बल्ल उनी राष्ट्रिय महिला आयोगसम्म पुगेकी हुन्। 

सुरुमा आयोगमा फोन गरेकी आयोगले उनलाई काठमाडौं बोलायो। काठमाडौं आएकी उनले त्यहाँ पनि अपेक्षाअनुसारको सेवा पाइनन्। न्याय पाउने कुरै भएन। 'आयोगका कर्मचारीले पुलिसको केस रहेछ। हामीले तत्काल केही गर्न मिल्दैन भन्नुभयो। म निराश भएर फर्किन बाध्य भए,' उनले विगत सम्झिन्।  

न्याय माग्दै जाँदा प्रत्येक ठाउँमा ठेस लागेपनि आफ्नो लक्ष्यमा उनी दृढ थिइन्। राष्ट्रिय मानव अधिकार आयोग र ओरेक नेपालमा समेत आफू अन्यायमा परेको कुरा सुनाउन पुगिन्। ती दुवै ठाउँमा लामो समयसम्म पनि आफूलाई कुनै प्रतिक्रिया नै नगरेको उनको दाबी छ। बलात्कारमा परेको १४ दिनपछि सुरु भएको उनी गर्भवती अवस्थामा पटकपटक काठमाडौं धाइन्। तर न्याय पाइनन्। 

नेपाल समय

'संस्थाहरुले मलाई औषधिको प्रयोगबाट बच्चा फाल्न सल्लाह दिनुभयो। तर न्यायको लागि कसैले सुन्न खोजेनन्,' उनको गुनासो छ। तर पेटमा बढिरहेको बच्चा फाल्न उनी तयार भइनन्। बच्चा जन्मनुअघिसम्म जनकपुरमा अर्की साथी घरमा बस्थिन्। तर बच्चा जन्मेपछि समाजको दबाब भन्दै उनलाई घरबाट निस्कन साथीले आग्रह गरिन्। 'सुत्केरी अवस्थामा ग्राहो भयो। साथीको परिवार पनि घरमा बस्न नदिने भनेपछि कहाँ जाऔँ? सुत्केरी मान्छे न गाँस न बास?’ न्याय खोज्दै उनी मुख्यमन्त्रीसम्म पुगेकी थिइन्। 'त्यहाँ पनि बच्चा फालेको भए हुने नि!’ भन्ने प्रतिक्रियाबाहेक थप सहयोग मिलेन, जुन सुझाव उनलाई चाहिएकै थिएन। 

सुखदुख बच्चाको हेरचार गर्दै थिइन्। न्याय पाउने आशा मरिसकेको थिएन। यतिकैमा उनले अभिनेत्री रेखा थापाको सम्पर्क नम्बर पाइन्। रेखासँग उनको कुराकानी भयो। 'रेखा दिदीले काठमाडौंमा बोलाउनु भयो। काठमाडौंमा उहाँले सहयोग गर्नुभयो। रेखा दिदीसँग भेट भएपछि अरुले पनि सहयोग गर्नु भयो।’

अभियुक्त फरार नै थिए। यतिकैमा कोरोना महामारी भयो। देश लकडाउनमा गयो। लकडाउनको बहानामा अभियुक्तको खोजी कार्य नभएको प्रहरीले उनलाई जवाफ दियो। 

000

'अविवाहित महिला त्यसमाथि बलात्कारपछि बच्चा जन्माएकी थिएँ। मलाई समाज र साथीभाइले नै हेयको दृष्टिले हेर्न थाले,' उनको गुनासो छ। घटनापछि परिवारले पनि उनलाई साथ दिएन। उनी अहिले काठमाडौंमा भाडामा कोठा लिएर बसिरहेकी छिन्। 

कक्षा १२ सम्म पढेकी निहारिकाले ट्युसन पढाएर आफू र आफ्नो छोराको जीविकोपार्जन गर्दैआएकी थिइन्। 'मैले यो बच्चालाई जन्म दिन चाहेँ र यसको जिम्मेवारी काठमाडौंमा एकल आमाको रुपमा निभाएँ। निभाइरहेकी छु,' उनले भनिन्। 

नेपाल समय

बच्चा डेढ वर्षको भएपछि अभियुक्त आफैँ उपस्थित भए। त्यसपछि युवकले इन्कारी बयान दिए। अभियुक्तले बलात्कार नगरेको दाबी गरेका छन्। 'उनी (निहारिका) मेरो बहिनीको साथीका नाताले चिनेको हुँ। त्यसबाहेक कुनै सम्बन्ध छैन। मैले उसको बलात्कार गरेको छैन। यो बच्चा मेरो हैन,' अभियुक्तलाई उद्धृत गर्दै निहारिका उनको बयान सम्झिन्छिन्। 

जिल्ला अदालत धनुषाले ०७८ माघ २४ गते जिल्ला न्यायाधीश डा परशुराम भट्टराईको एकल इजलासले युवकलाई सफाई दिएको छ। निहारिकाका अनुसार पीडक भनिएका युवक एक निजी एयरलाइन्स कम्पनीमा जागिरे छन्। 'अभियुक्तले मलाई चिन्दैन भनेपछि मैले डिएनए परीक्षणको माग गरेकी हुँ,' उनले आफ्नो माग प्रष्ट पारिन्। 

000

केही समयअघिसम्म पीडकको परिवारले उनलाई मध्यरातमा कल गरेर बच्चा मार्न धम्की दिने गरेको उनीले बताइन्। उनले पहिल्यैदेखि डीएनए परीक्षणको माग उठाउँदै आइरहेकी छन्। 'अब त बच्चालाई नै मार्छु भन्ने धम्की पनि आइरहेको छ,' उनको दाबी छ। 

अभियुक्तकी आमाले चाहिँ निहारिकालाई फकाउने प्रयास गरेकी थिइन्। घर फर्किए छोरासँग आफ्नो छोरोसँग बिहे गर्दिने युवकको आमाले फोन कलमार्फत् अनुरोध गरेको निहारिका बताउँछिन्। तर युवकले भने धम्की दिँदै आएका छन्। 

'उसले मेरो नराम्रो फोटो/भिडियो सबै लिएको रहेछ। यी सबै सबैतिर हाल्देर बेइज्जत गर्छु भन्ने धम्की दिइरहेको छ,' उनले भनिन्, 'कतिपय अवस्थामा आत्महत्याको प्रयास गर्ने सोच पनि आउँछ। मेरो छोरा छ। उसको अनुहार हेर्दा म सक्दिनँ। मैले उसको लागि पनि बाँच्न पर्छ। लड्नुपर्छ।’ राष्ट्रपतिलाई पनि पत्र लेखेको बताउने उनले कुनै प्रतिक्रिया भने पाइनन्। 

उनको मुद्दा अहिले उच्च अदालतमा पुगेको छ। अभियुक्तलाई प्रकाउ गरी कारबाही नगरेसम्म आमरण अनसनमा बस्ने चेतावनी दिइरहेकी छन्। 'मेरो छोरा अन्य सामान्य परिवारका बालकझै हरेक अधिकारको हकदार हुन्छ। उसका हकका लागि पनि म यहाँ छु,' आमरण अनसनबारे उनले भनिन्।  


प्रकाशित: June 12, 2022 | 22:31:44 काठमाडौं, आइतबार, जेठ २९, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना