बिहीबार, असोज २०, २०७९
नेपाल समय
मेरो जीवन मेरो मर्जी–६

परिवार चाहन्थ्यो धागोपोते बेचोस्, तर उनी गाउँगाउँमा पढाउन हिँडे

राज सरगम  |  काठमाडौं, शनिबार, जेठ २१, २०७९
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, जेठ २१, २०७९

काठमाडौंको इन्द्रचोकमा धागो र पोतेका बाक्लै पसलहरू छन्। त्यहीँनेर एउटा धागोपोते स्टोर शिक्षा अभियन्ता मोइन उद्दिनको परिवारको पनि छ।

करिब सय वर्ष पुरानो धागोपोतेको व्यापार अहिले उनका दाजु इमाम उद्दिनले चलाउँदै आएका छन्। तर मोइन भने तीन पुस्तादेखि चल्दै आएको धागोपोतेको पुर्ख्यौली पेशाभन्दा फरक बाटो हिँडे, जसका कारण उनकोे परिवार खुशी छैन। तर उनी भने खुशी छन्।

‘कहिलेकाहीँ स–सानो खुशीका लागि आफ्नै परिवारसँग विद्रोह गर्नुपदोे रहेछ,’ उनी भन्छन्।

राजधानीमा जन्मिएका मोइनको पढाइ सुविधा सम्पन्न विद्यालयमा भयो। स्कुलदेखि कलेज पढ्दाका दिनसम्म घट्टेकुलोबाट नियमित पसल जान्थे। इन्द्रचोक आसपासमा चहलपहल नहुँदै पसल खोल्थे। पोते स्टोरलाई सफा गर्थे, विभिन्न रङका पोतेलाई पसलका भित्रबाहिर सजाउँथे। अनि धागोमा मसिना पोतेका दाना उन्न थाल्थे।

सेतो धागोमा विभिन्न रङको स–साना पोते उन्दाउन्दै छोटो कथा लेख्न लोभिएका थिए, मोइन। ती छोटा कथा रङ्गिन पोतेजस्तो लाग्थ्यो उनलाई। कथा लेख्ने रूची धागोमा पोतेका दाना जोडिएजस्तै जोडिन थाले उनको मनमा। कथा लेख्ने लोभले उनी मिडिया क्षेत्रमा आकर्षित भए।

‘कसैको कथा पढेको दिन आफ्नो कथा छापिएको कल्पिन्थें। कथा लेख्न प्रेरणा थपिएको महशुस गर्थें। र, कनिकुथी कथा लेख्न बस्थें पनि, तर चित्त बुझ्दैनथ्यो,’ कथा लेख्न थालेका दिन सम्झिए उनले।

पत्रपत्रिकामा छापिएका कथाहरू पढेका दिन उनलाई निद्रा लाग्थेन। अनि कथा लेखेर उनी पनि पठाउँथे। तर, सजिलै छापिन्थेन। झुक्किएर केही कथा छापिए पनि। ती दिन उनका साथीहरु उनलाई प्रोत्साहन गर्थे। तर, आफ्नो कथामा भेटिने पात्र काठमाडौं वरिपरि भएका कारण उनी खुशी थिएनन् फरक पात्रको कथा लेख्न लोभिन्थे उनी। त्यसैले सहर बाहिरका कथा लेख्ने सोचले उनी सधैं पिरोलिए।

उनका हजुरबुवा खलिल उद्दिनले धागोपोतेको व्यापार गर्नु अगाडि जिरा मरीच बेच्ने गर्थे। मोइन भन्छन्, ‘एक सय वर्ष अगाडि असनको इन्द्रचोकमा पोते बजारको चहलपहल बनाउने नै हामीहरू हो भन्नुहुन्थ्यो हजुरबुवा।’

मन नलाई–नलाई धागोपोतेको काम गरिरहँदा मोइनको ध्यान भने इन्द्रचोकमा बेफिक्री हिँडिरहेका नयाँ–नयाँ मान्छेले तान्थ्यो। कतै टाढा घुम्न गएको कल्पिन्थे उनी। असनको बाक्लो भीडबाट छुट्टिएर कतै एकान्तमा आफ्नै ‘मनोलोक’मा रमाउन चाहन्थे उनी। तर, त्यो रहर बुवा र दाजुसामु भन्न सक्थेनन्।

केही छिनलाई भए पनि बाहिरी दुनियाँमा जाने रहर भने एकदिन उनैले मान्ने इस्लाम धर्मका कारण सफल भयो।  

०००

मुस्लिम समुदायका मानिसले जीवनमा चारपटक यात्रा गर्ने चलन छ। इस्लाम धर्मले दिएको यात्राको अवसर स्वतन्त्रताको अनुभूति गराउने पहिलो माध्यम बनिदियो मोइनलाई। उनले यसलाई गुमाउन चाहेनन्।

यात्राबाट फर्किएपछि उनले धागोपोते स्टोरलाई बिर्सिएर मिडियातिर लाग्ने हिम्मत जुटाए। घरपरिवारसँग सल्लाह गरे। तर, आफ्नै व्यापार व्यावसायलाई अगाडि बढाउन आग्रह गरे उनका अभिभावकले।


 

उनका हजुरबुवा खलिल उद्दिनले धागोपोतेको व्यापार गर्नु अगाडि जिरा मरीच बेच्ने गर्थे। मोइन भन्छन्, ‘एक सय वर्ष अगाडि असनको इन्द्रचोकमा पोते बजारको चहलपहल बनाउने नै हामीहरू हो भन्नुहुन्थ्यो हजुरबुवा।’

उनका बुवा इम्तियाज उद्दिनले पनि हजुरबुवाको पेशालाई पछ्याए र व्यापारलाई बढाए। त्यसैले लामो समयदेखि गर्दै आएको काममा सन्तानले सघाओस् भन्ने चाहेका थिए उनका बुवाले। पुर्ख्यौली पेशालाई निरन्तरता दिओस् भन्ने अपेक्षा थियो परिवारमा। तर मोइन बाउबाजेले गर्दै आएको पेशाबाट खुशी हुन सकेनन्।

अभिभावकले गर्दै आएको कामलाई महत्व नदिँदा सन्तान तह नलागेको जस्तो लाग्छ पनि। यस्तै तह नलागेको सन्तान बन्नतिर लागे मोइन। उनी भन्छन्, ‘बुवाको चाहना पुर्खाले चलाएको धागोपोतेको व्यवसाय थामिदिओस् भन्ने थियो। तर मेरो मन पोते स्टोरमा बस्नै सकेन।’

बुवाआमाको चाहना विपरीत मिडिया क्षेत्रमा लागे। धागोपोतेको व्यापार बाहेक केही नगरेको परिवारका लागि मिडिया क्षेत्र पनि नौलो थियो। त्यसैले खासै राम्रो ठानेनन् मिडियाको कामलाई उनको परिवारले। तर मोइनले रेडियो, टिभी र पत्रपत्रिकामा फाट्टफुट्ट काम गर्न थाले। उनी भन्छन्, ‘आफ्नै बुवाआमाले भनेको काममा नलाग्नु पनि आफ्नो मर्जीको लागि विद्रोह गर्नुजस्तो हुँदोरहेछ।’

रेडियोको काम छोडेर एक निजी अस्पतालमा कम्प्युटर अपरेटरको जागिर खान थाले उनले। बुवा र दाजुको गनगन सुन्दै जागिर खाँदै कथा पनि लेख्न थाले। संयोगले उनले एकदिन सोही अस्पतालको नर्सको कथा लेखे। नर्सको संघर्षमाथि कथा लेख्दालेख्दै ४० पृृष्ठ पो लेखे।

‘४० पृष्ठ लेखेपछि उपन्यास नै लेखेजस्तो भयो,’ त्यो क्षण सम्झिए उनले। अंग्रेजीमा लेखेको नर्सको कथाको पाण्डुलिपी बोकेर उनी प्रकाशन गृह चाहर्न थाले। नेपाली साहित्य बजारमा अंग्रेजी साहित्य छाप्न  दुस्साहस गर्ने त्यस्तो प्रकाशन गृह भेटेनन् उनले। अनि, नेपालीमा अनुवाद गरेर पुनः प्रकाशकलाई पठाए।

लेखक बन्ने सपना बोकेर हिँडेका मोइनको बुवालाई २०७४ सालमा पक्षघात भयो। बुवाको व्यवसाय सम्हाल्नुपर्ने जिम्मेवारी काँधमा आइपर्यो। 

नर्सको कथाको अन्त्यसँगै उनले कम्प्युटर अपरेटरको जागिर छोडेर एक निजी एफएममा कार्यक्रम सञ्चालकको रूपमा कार्यरत भए।

लेखक बन्ने सपना बोकेर हिँडेका मोइनको बुवालाई २०७४ सालमा पक्षघात भयो। बुवाको व्यवसाय सम्हाल्नुपर्ने जिम्मेवारी काँधमा आइपर्यो। अनि उनले हिँडेको बाटो रोकियो। कथा लेखन पनि रोकिएझैं भयो।

नियमितको उपचारपछि उनका बुवा सन्चो हुँदैथिए। यस्तैमा उनकी आमालाई हृदयघात भयो। आमा बिरामी भएपछि उनी एक महिना गंगालाल हस्पिटल उपचारका लागि बसे। यो समय पसललाई उनका दाइले सम्हाल्थे। आमा र बुवा बिरामी भएपछि आर्थिक अवस्था खस्कियो। अनि उनले सल्लाह गरेरै पोते उन्ने काम भन्दा जागिर खोज्न थाले। तर जागिर भनेजस्तो पाएनन्।

 

जागिरको खोजीकै क्रममा एकदिन नर्सको कथा बुझाएको प्रकाशन गृहले उनलाई सम्झियो। उनले भेटे। लामै कुराकानी गरेपछि उनलाई ती प्रकाशकले कथा लेखनको शैली सुधार्नलाई घुम्न सुझाव दिए।

उस्तैमा उनले ‘टिच फर नेपाल फेलोसिप’मा जोडिन पाए। शैक्षिक स्तरलाई कसरी सुधार्ने भन्ने सम्बन्धी लिएको तालिमले यात्राको ढोका खोलिदियो। कथा लेखनका लागि घुम्न सुझाव दिएको प्रकाशन गृहले भनेझैं उनले यात्रामा निस्किन मन गरे। तर परिवारले धागोपोतेको व्यापारलाई पछ्याउन भनिरह्यो। तर, उनले मनको लय समाए।

कथा लेख्ने लोभ बोकेर सहरको कोलाहलबाट टाढिन चाहे। त्यो पहिलो यात्रा सिन्धुपाल्चोक जिल्ला बनाए। उनी भन्छन्, ‘बिरामी बुवाआमालाई बेला–बेला भेट्न आउन सजिलो हुन्छ भनेर नजिकको पहाडी जिल्ला रोजेको थिएँ।’

यात्रामा भेटिने पात्रमाथि कथा लेख्ने लोभले काठमाडौं छोडे। बिरामी बुवाआमा छोडे र पुस्तौनी व्यापारलाई पनि विर्सिए।

सिन्धुपाल्चोकको तालमाराङस्थित तेर्से माध्यमिक विद्यालयमा शिक्षकको रूपमा चार वर्ष अगाडि पुगेका मोइनले कथा भन्दा पनि कथाका पात्रजस्ता लाग्ने बालबालिका भेटे। जो पढ्न चाहन्छन्। लेख्न चाहन्छन्। ज्ञान बटुल्न चाहन्छन्।

कथा खोज्न पुगेका मोइनले त्यहाँ विद्यार्थीका फरक–फरक कथा भेटे। विद्यार्थीका कथालाई भिडियोमा उतारे। नियमित गृहकार्य नगर्ने छात्राहरूको समस्या बुझ्न उनीहरूको घरमै पुगे। विद्यार्थीको दैनिकीलाई देखाउने भिडियो पनि बनाए।

देशको दुर्गम गाउँहरूमा भेटिएका अबोध अपरिचित स–साना पात्रहरू प्रिय लाग्दै गयो उनलाई। भन्छन्, ‘कथाका पात्रजस्ता थिए बालबालिलकाहरू। जो हरेकमा अनेक कथा थियो।’

धागो पोतेको काम छोडेर उनी शिक्षाको दियो बाल्न अभावग्रस्त बस्तीमा पुगे। काठमाडौं खाल्डोमा सुख र भरिपूर्ण जीवनयापन गर्दै आएका मोइनले दुःख आफैले बिर्सिए। आफ्नै खुशीका लागि दुःखसँग नजिक भए।

अंग्रेजी विषयका शिक्षक मोइनले तेर्से माध्यमिक विद्यालय सहितका विद्यार्थीलाई काठमाडौं ल्याएर विभिन्न स्थानको प्रत्यक्ष भ्रमण गराए। ‘करिअर एक्स्पोजर ट्रिप’ भनेर होटल, सञ्चार संस्था, उद्योगहरूमा भ्रमण गराए। विभिन्न व्यक्तित्वहरूसँग भेट गराए। अब ती बालबालिकालाई अन्तर्राष्ट्रिय यात्रा गराउँदै व्यवहारिक शिक्षा दिन चाहेको बताउँछन् उनी।
 
पोतेका दाना धागोमा उन्नुजस्तो सजिलो थिएन यात्रा। तर त्यही सजिलोलाई विर्सिएर उनले अप्ठ्यारो बाटो रोजे। अहिले त्यही अप्ठ्यारो काम उनका लागि लक्ष्य बनेको छ।

पहाडका कुनाकन्दारामा लुकेको गाउँमा पुगेर बच्चासँग खेल्नु, बच्चालाई आफूले जानेको सिकाउनुमा परम आनन्द पाउँछन् मोइन। धागो पोतेको काम छोडेर उनी शिक्षाको दियो बाल्न अभावग्रस्त बस्तीमा पुगे। काठमाडौं खाल्डोमा सुख र भरिपूर्ण जीवनयापन गर्दै आएका मोइनले दुःख आफैले बिर्सिए। आफ्नै खुशीका लागि दुःखसँग नजिक भए।

काठमाडौंबाट दूरदराजका ठाउँमा जहाँ कोही चिनेका छैनन्, जहाँको रहनसहन र संस्कृति र भाषा बुझ्दैनन्। र पनि, त्यहाँको स्थानीयको भावनासँग नजिक भए उनी। त्यहाँका अबोध बालबालिकालाई अक्षर चिनाउँदै गए उनले।

मोइन भन्छन्, ‘मैले मेरो परिवारसँग मात्रै नभएर आफ्ना आफन्त र आफू हुर्किएको समाजसँग विल्कुल फरक रहेर विद्रोह गरें।’

०००

परिस्थिति अनुसार जीवनको परिभाषा बनाउन चाहन्छन्, मोइन। जीवनलाई नदीजस्तै बेगवान गतिको नजिकबाट नियाल्न खोज्छन्।  ‘साढे तीन दशक भइयो। जीवनलाई अझै स्पष्ट बुझिसकेको छैन,’ उनी भन्छन्, ‘जीवन संयोगात्मक अवसर पनि हो, जहाँ चुनौती छ र मर्जीलाई लाद्न पनि संयोगहरू जुर्नुपर्छ।’

साथै जीवनप्रति फरक मत पनि राख्छन्। मर्जीलाई सबै ठाउँमा लाद्न नपाइने पनि बताउँछन् उनी। आफ्नो मर्जीका कारण समाजको अन्य पाटोलाई असर पर्ने कुरामा ध्यान दिनुपर्ने लाग्छ उनलाई। भन्छन्, ‘विश्वव्यापी कुरामा आफ्नो मर्जीलाई लादेर सबैलाई सहज हुन्छ भने त राम्रो हो। तर, समाजको खिलाफ हुने मर्जीलाई परिवारले पनि स्वीकार्दैन।’

आफ्नो मर्जीले बाँच्नेहरू सबै सकारात्मक छन् भन्न पनि मिल्दैन। तर समाजका लागि काम गर्दा कहिलेकाहीँ व्यक्तिगत मर्जी सामाजिक बन्ने बुझाइ छ मोइनको।

 रेडियोमा काम गर्ने, कम्प्युटर अपरेटर हुने र कथा लेख्ने रहर थियो मोइनको। तर परिवार खुशी थिएन। कहिलेकाहीँ आफूले चाहेको सकारात्मक कामले परिवारमा नकारात्मक असर पर्न पुग्छ र पनि चित्त राख्ने ठाउँ सकारात्मक कामले सिर्जना गर्छ। उनी भन्छन्, ‘मैले रोजेको बाटोमा हिँड्दा फरक समुदाय र फरक भाषाका बालबालिकाबीच हुँदा पनि मैले सकारात्मक काम गरेको छु भने फरक पर्दोरहेनछ भन्ने पाठ सिकाएको छ मेरो यात्राले।’

 

सिन्धुपाल्चोक, गैंडाकोट र हिमाली जिल्ला माथिल्लो डोल्पाको धो ताराप पुगे उनी। तराईको तातो घाम र ४ हजार ८० मिटर उचाइको माथिल्लो डोल्पाको चिसो सिरेटोलाई फोक्सोमा भर्दै धो तारापको क्रिस्टिल माउन्टेन स्कुलमा पढाए उनले। २ महिला माथिल्लो डोल्पोको स्याँठसँग मात्रै परिचित भएनन् उनी फरक समुदाय र रहनसहनसँग पनि परिचित भए।


मुस्लिम समुदायमा जन्मिएको एक युवकको आफ्नै संस्कृति हुन्छ। लगाई, खुवाई, बसाई, र प्रार्थना गर्ने तौरतरिका पनि फरक हुन्छ। जस्तै हरेक शुक्रबार मस्जिदमा गएर प्रार्थना गर्नुपर्ने हुन्छ। त्यो छुट्छ। किनकी त्यहाँ अन्य मुस्लिमहरु छैनन्। सिन्धुपाल्चोक र माथिल्लो डोल्पामा त्यस्तै अनुभव भयो। धन्न मुस्लिम समुदायको भएपनि काठमाडौं खाल्डोमा नेवारी समुदाय लगायत अन्य साथीहरूसँग नजिक भएकाले उनलाई खासै फरक परेन। जुन समुदायमा गएपनि आफूलाई एक्लो महशुस गरेनन् उनले।

बुद्धिस्ट धर्म मान्ने बालबालिकाले ‘ओम मनी पेमे’ भनेर स्तुपको फेरो मारिरहेका बेला उनले सूर्यतिर अञ्जुली देखाएर ‘हल्लाह हु अकबर’ सम्झिए। जसले जसरी सम्झिए पनि दुवैले आफ्नो आस्थालाई सम्झिए।

यात्राका क्रममा उनले शिक्षामा ठूलो चुनौती देखे। पुरातन सोचसँग नयाँ सोच मिलाउन थुप्रै जटिलता देखे उनले। आफ्ना बानीव्यवहारले पनि थप जटिलता आइपर्ने अनुभव सँगाले। 

‘जहाँ र जस्तो समुदायको मानिस बीचमा बस्न पुगे पनि मैले मासु खाँदिन र नमाज पढ्नुपर्छ भन्थें,’ उनले यात्रामा बास बस्दा भनेको कुरा दोहोराए।

माथिल्लो डोल्पाको भाषा नबुझे पनि भावना बुझे उनले। हाँसो बुझें। रुवाइ बुझे। अभाव बुझे। उनी भन्छन्, ‘धो तारापमा तिब्बतबाट आएका मानिसहरू बढी थिए। जस्तै केटाकेटीको नाम उस्तै–उस्तै थियो र पनि अर्थ फरक थियो। फुर्वा नाम केटा र केटी दुवैको समान थियो तर पछाडि जोडिने शब्दले केटाकेटी छुट्याउँथ्यो। जस्तै, फुर्वा तेन्जिङ केटा हो भने फुर्वा स्याङमो केटी हो।’

खाना बनाउनका लागि चौरी, घोडा, भेडाका बड्क्याँला किनेर राख्ने गरेको त्यहाँ देखे उनले। पिठो र आलुको उवा बनाएको देखे। हरित गृहमा तरकारी उत्पादन गरेको देखे। याकले खेत जोतेको देखे। उनी भन्छन्, ‘धो तारापमा पनि जीवन थियो। मानिस थिए। तर, देशको राजनीति यहाँ पनि बेखबर थियो।’

फरक धर्मको बिचमा मनको धर्म बोकेर शिक्षाको ज्योती छर्न हिँडेका मोइन भन्छन्, ‘स–साना बालबालिकासँग सिक्नु सिकाउनु र आफूले फरक समाज, भूगोल, संस्कृतिको बारेमा बुझ्नु बुझाउनु पनि अर्को कथा रहेछ।’

त्यहाँका विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया गराउँथे उनी। विद्यालयमा नै साहित्यिक मेलाको आयोजना गर्थे। ती क्रियाकलापमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने गरेको बताउँछन् उनी।

 विद्यार्थीलाई कोर्षभन्दा बाहिरको कुराहरू जतिसक्दो धेरै सिकाउनुपर्छ, बुझाउनुपर्छ, देखाउनुपर्छ भन्छन् उनी। यसले उनीहरूको बुझ्न सक्ने दायरा फराकिलो बनाउने अनुभव उनले सुनाए, ‘विद्यार्थीलाई आत्मविश्वासी बनाउन उनीहरूलाई कोर्स बाहिरको अतिरिक्त क्रियाकलापले सहयोग पुर्याउँछ। तर, घरायसी काम र टाढा स्कुल भएका कारण अतिरिक्त क्रियाकलापमा भाग लिने विद्यार्थी कहिलेकाहीँ न्यून हुन्थे।’

कथा खोज्न हिँडेका मोइन स्वयम् कथा भएको अनुभव गर्छन् अहिले। एउटा पात्र आफैलाई देख्छन्। सुरूवातमा कथा लेख्न हौसिने मोइन अहिले कथा लेख्न जटिल देख्छन्। लेख्न गम्भीर छन् कथा लेखनमा।  

‘असली कथासँग जब परिचित भएँ अनि कथाको ह्याङओभर घट्यो। अहिले त गम्भीर छु,’ ज्ञानको दायरा फैलिएपछिको अनुभव सुनाए।

सबै मर्जी सदर हुँदैन र त मानिसले चित्त बुझाउँछ। उनी भन्छन्, ‘हिजोको दिन आफ्नो मर्जी सदर गर्न लागें। केही सकारात्मक काम पनि भएका हुन्। ती कामको दायरा जब फैलियो तब अन्तर्राष्ट्रिय एक्सपोजर र अनुभव चाहिएको छ अहिले। ती अनुभव जुटाउने कोसिस पनि गरिरहेको छु। कहिलेकाहीँ आफ्ना कामहरु बनाउन मर्जीको विपरित गएर पनि समाजका लागि काम गर्न सकिन्छ भन्ने लागेको छ अहिले।’

यात्राका क्रममा उनले शिक्षामा ठूलो चुनौती देखे। पुरातन सोचसँग नयाँ सोच मिलाउन थुप्रै जटिलता देखे उनले। आफ्ना बानीव्यवहारले पनि थप जटिलता आइपर्ने अनुभव सँगाले। आफूले चाहेको काम गर्न ढिलासुस्ती हुनु पनि जटिलता नै हो भन्ने लाग्छ उनलाई। तर, जटिलतालाई सहज बनाउने कोसिसहरू अवसरमा बदल्नुपर्छ भन्ने बुझाइ छ उनको।

भूगोल, परिवेश, समाज, धर्म सबै नौलो थियो उनको लागि। बस चाहना नौलो थिएन। अठोट नौलो थिएन। यात्रा नौलो थियो तर भेटिने मानिसहरू आफूजस्तै लाग्थ्यो उनलाई।

कुराकानीको अन्त्यमा आफ्नो झोलामा कपडा मिलाउँदै उनले भने, ‘अबको केही महिना धादिङको तामाङखर्क विद्यालयका भाइबहिनीसँग हुन्छु। आफूले जानेको ज्ञान त्यहाँ उनीहरुसँग बाँड्छु।’

१ सय वर्ष पुरानो धागोपोतेको पसल विर्सिएर कथा खोज्न निस्किएका मोइन त्यसपछि फेरि आफ्नो यात्रामा निस्किए।

यो पनि

यो पनि

यो पनि

यो पनि

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना