बुधबार, असोज १९, २०७९

सगरमाथा नाप्दाका सुख-दुःख

राज सरगम  |  काठमाडौं, आइतबार, जेठ १५, २०७९

राज सरगम

राज सरगम

आइतबार, जेठ १५, २०७९, काठमाडौं

नेपाल समय

काठमाडौं– माछापुच्छ्रेको काखमा जन्मिएका खिमलाल गौतमलाई कुनै दिन विश्वकै अग्लो चुचुरो सगरमाथा चढौंला भन्ने कहिल्यै लागेको थिएन। बाल्यकालमा उनका आँखा धेरैपटक माछापुच्छ्रे उक्लिए। तर माछापुच्छ्रे चढ्ने संयोग जुरेन। नजिकको तीर्थ हेला हुन्छ भनेझैं माछापुच्छ्रे खास भएर पनि खास रहेन।

माछापुच्छ्रेको छायामा बसेर स्कुल–घर गर्दै गरेका दिनहरू उनलाई अझै याद छन्, ‘बाल्यकालका दिनमा माछापुच्छ्रे चढ्ने कत्ति सोचिएन। अझ सगरमाथा चढ्ने सोच कहाँ आउनु।’
नसोचेको कुरा पनि कहिलेकाहीँ पूरा हुन्छ। खिमलालको जीवनमा पनि नसोचेकै सपनाले पछ्यायो। स्कुल जाँदै उनीभित्र शून्य सपना थियो। अघाउन्जेल खान र धित मरुन्जेल खेल्नु नै सपना हुन्थे। तर, मान्छेको जीवनमा उमेर बढेसँगै सपनाको ढोका पनि खुल्दै जाने रहेछन्। उनले आफ्नो पुस्तक ‘पन्ध्रौँ चुली’को ‘सपनाको खोजी’ शीर्षकमा लेखेका छन्– सपनाको खोजीमा हिँडेर सपना पूरा गरेका मानिसभन्दा खोजी नै नगरी हिँडेकाले नै खासमा सपना पूरा गरेका हुन्छन्।
उनको जीवनको लय पनि यस्तै रह्यो। सगरमाथाको चुली चुम्न धेरैका लागि कल्पना र थोरैका लागि यथार्थ हो नै। र पनि, गौतमले दुईपटक सगरमाथाको उचाइमा आफूलाई उभ्याए।


 

पोखरेली गौतमले नेपालमा पर्यटन प्रर्वद्धन गर्न भनेर पहिलोपटक २०६८ सालमा सगरमाथा चढेका थिए। त्यसपछि दोस्रोपटक नेपाल सरकारको कार्यक्रम अन्तर्गत २०७६ सालमा सगरमाथा चढे। सबै यात्रा सफल र भव्य हुँदैनन्, तर उनका लागि सगरमाथा आरोहण नै ‘बलवान विकल्प’ भएर आइदियो।

टोलीको सबैभन्दा कान्छो र पहिलो निजामती कर्मचारी सर्भेयर गौतमले सगरमाथा मात्रै चढेनन्, मापन पनि गरे। यो संयोग जीवनको अवस्मरणीय बनेको बताउँछन् उनी।
हिमालबारे जान्नु र हिमालमा जानु नितान्त फरक कुरा हुन्। म हिमालमा जान होइन, हिमालबारे जान्न जन्मेको मान्छे, हिमाल चढ्न होइन हिमाल पढ्न जन्मेको मान्छे’, कुराकानीका क्रममा पन्ध्रौं चुली पुस्तकको पृष्ठ १२ देखाउँदै भने उनले।
जीवनमा केही कुरा पढेरै थाहा पाइन्छ। तर, उनले देखेर मात्रै होइन छोएर पनि थाहा पाए सगरमाथा। छोएर मात्रै होइन नापेर पनि थाहा पाए सगरमाथा।

सधैं किताबका पानामा पढ्दै आएको विश्वकै अग्लो सगरमाथालाई आफ्नै पैंतालामुनी पारेर उभिनु पनि कल्पनाजस्तै त हो। 
जसरी सगरमाथामा हिउँ झर्छ, त्यसैगरी सगरमाथा चढ्ने तयारीका दिनहरुमा गौतमको परिवारकोे आँखाबाट आँसु झर्यो। सन्तानले कुनै पनि ‘रिस्क’ मोल्न नपरोस्। दुःख नपाओस्। कतै ठेस नलागोस् भन्ने चिन्ता हरेक बाआमालाई हुन्छ। गौतमका बाआमाले पनि छोरो सगरमाथा चढ्न जाँदैछ भन्ने सुनेपछि यस्तै चिन्ता मानेका थिए। हुन त उनलाई नपुग्दो केही थिएन। घरखेत प्रशस्त थियो। र, सगरमाथा चढ्नकै लागि नापी विभागमा जागिर खाएका पनि होइनन् उनले। तर संयोग जुर्यो, जसलाई उनले गुमाउन चाहेनन्। एक युवक केटो गौतमलाई अलिकति आँटले पनि सहयोग गर्यो सगरमाथा चढ्न। अलिअलि जिज्ञासु स्वभावले काम गर्यो सगरमाथाको दुःख झेल्न।
सधैं किताबका पानामा पढ्दै आएको विश्वकै अग्लो सगरमाथालाई आफ्नै पैंतालामुनी पारेर उभिनु पनि कल्पनाजस्तै त हो। तर, रहर गरेर सगरमाथा आरोहण गर्न निस्किएका आरोहीहरू सबै सहजै फर्किदैनन् भन्ने कास्की जिल्ला निवासीलाई थाहा नहुने कुरै भएन त्यसैले उनको परिवारमा छोरोलाई अप्ठ्यारो हुने हो कि भन्ने सगरमाथाको उचाइजस्तै चिन्ता थियो।


 

नेपाली गाउँले जनजीवनमा रून कन्जुस्याइँ हुँदैन। रोएरै मन राख्ने नेपाली समाज अझै पनि भेटिन्छ। गौतम घरबाट हिँड्ने दिनमा परिवारका सबै सदस्यले आँसु झारेर विदाइ गरेका थिए। आँसु झारेर दुःख मनाएँ। छोरोको साहसको अगाडि रोएर चित्त राखे। जब सगरमाथा सफल आरोहण गरेर फर्किए फेरि आँसुले नै खुशी देखाए। ‘छुटिँदा र भेटिँदा माया देखाउने भनेको रोएरै त हो’, गौतम भन्छन्, ‘नेपाली जनजीवनमा आँखाको आँसु पनि हिमालको हिउँजस्तै हो सजिलै पग्लिन्छ। सजिलै देखिन्छ।’

कर्ममा विश्वास गर्ने गौतम कोसिस गरे संसारमा केही असम्भव छैन भन्छन्। नापी विभागका उपसचिव तथा सर्भेयर गौतम भन्छन्, ‘मेरो खुट्टाबाट गोल भएपनि बल पास दिने साथीहरू हुन्। सामूहिक कामबिना सम्भव हुँदैनथ्यो।’
कामको जश आफ्ना साथीहरूलाई दिन नछुटाउने गौतम २०७६ वैशाख १० गते पासाङ ल्हामु शेर्पा चढेको दिन सगरमाथाको आधार शिविरमा आफ्नो टोलीसहित पुगेका थिए। उनको चारजनाको टोली मध्ये २ जना मात्रै पुगेका थिए आधार शिविर। कैयौपटक आधार शिविर पुगेर फर्किसकेका गौतमलाई बैशाख १० को दिन अहिले पनि विशेष लाग्छ। उनी भन्छन्, ‘त्यो क्षण अर्कै महशुस गरेको थिएँ, जसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ।’

 कसैले कसैलाई सम्झिन्छन् भन्नु नै झुटो जस्तो लाग्छ। तर सबैलाई मेरैजस्तो अनुभव नहुन पनि सक्छ। मैले त काम लिएर गएको थिएँ। घुम्न त गएको थिइनँ। त्यसैले कामको शिवाय अरू सम्झिनँ।’

परिशुद्ध तवरबाट गरिने उचाइ मापन आफैँमा जटिल र विशुद्ध वैज्ञानिक कार्य रहेको बताउँछन् उनी। त्यो भन्दा बढी चुनौती चाहिँ सगरमाथाको उचाइमा पुग्दा लागेको थियो उनलाई। भन्छन्, ‘यो काम चुनौती नै चुनौतीले जेलिएको काम थियो। लगभग दुई घण्टा चुचुरामा बस्नु थियो। हामी मापनका लागि पुगेका सर्भेयर भएका कारण पनि बस्न विवश थियौं। चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो।’
सफल आरोहीहरू सगरमाथाको चुुचुरामा पुगेको क्षण सम्झिन्छन् होला आफ्ना–आफन्तहरू। तर, गौतमले सम्झिने क्षण पाएनन्। सम्झिने मन त मापनका लागि प्रयोगमा आउने प्रविधिसँग भुल्यो। कोही सफल आरोही मन पर्नेलाई सम्झिएलान् पनि। उनले भने न सम्झिन सके, न बिर्सिन सके। केवल आफ्नो जिम्मेवारी सम्झिए। आफ्नो कर्म सम्झिए। आफूले प्रयोग गर्ने औजार सम्झिए। उनी भन्छन्, ‘मलाई लागेको चाहिँ के भने, कसैले कसैलाई सम्झिन्छन् भन्नु नै झुटो जस्तो लाग्छ। तर सबैलाई मेरैजस्तो अनुभव नहुन पनि सक्छ। मैले त काम लिएर गएको थिएँ। घुम्न त गएको थिइनँ। त्यसैले कामको शिवाय अरू सम्झिनँ।’

काठमाडौंमा शनिबार लेखक एवं सर्भेयर खिमलाल गौतमको पुस्तक ‘पन्ध्रौं चुली’ लोकार्पण गरिँदै।
उनलाई सम्झना छ ती स्टेशनहरू जहाँ–जहाँ उनले बास बसेर हिउँको आगो तापे। उनलाई अझै याद छ, ती हिउँले छोपिएको उकालो घुम्तीहरूमा भेटिने दुःखका अवतारहरू, जससँग सामना गर्न बलियो मुटुु बोकेका थिए उनले। उनलाई सम्झना छ त्यो चिसो हिउँमा फेरेको सास पनि बाफ बिना बाहिरिँदैनथ्यो। उनी भन्छन्, ‘आफूलाई जोगाउनु नै पहिलो कष्ट हुन्छ। आफूलाई सम्हाल्न सक्ने साहसीहरु नै सगरमाथाको चुचुरोमा पुग्ने हुन्। तर, त्यस्तो साहस सबैमा नहुन सक्छ।’

जीवनको चार दशक नटेक्दै सगरमाथाको चुचुरोमा गहिरो शून्यता देखे उनले। र, महशुस गरे त्यहाँ पुगेर लामो गफ भन्दा पनि आफ्नै ‘मोनोलग’सँग भुलेको। चुचुरोमा पुगेपछि अन्तरंग गफ पनि आफ्नै मनसँग हुने बताउँछन् उनी।
तर, समयले साथ नदिएको खण्डमा, भाग्य कमजोर भएको खण्डमा आफैले आफैलाई विर्सिने अवस्था चुचुरामा नआउला भन्न सकिँदैन। हिमाल चढेर अङ्ग गुमाएर फर्किनेहरू पनि छन्। कोहीकोही कहिल्यै नफर्किने गरी हिमाल चढ्न पुग्छन्। र त गौतमले आफ्नो पुस्तकको ९० औँ पृष्टमा लेखेका छन्– देशका सहिद सिमानाभित्र सीमित हुन्छन्। तर हिमालका सहिद संसारकै हुन्छन्।

सगरमाथाको चुचुरोलाई गन्तव्य बनाएर हिँड्ने मानिसले चिसो हिउँसँग मात्रै सम्बन्ध बनाउँदैन भन्ने बुझाइ छ उनको। हिउँले छोपेका चिसा मान्छेसँग पनि सम्बन्ध खोज्न बाध्य हुने बताउँछन् उनी। यस्तो हुनु मानवीय गुण ठान्छन् गौतम। भन्छन्, ‘मान्छे स्वभावैले जिज्ञासु हुने भएकाले आफुजस्ताका बारे नसोधी धरै पाइँदैन।’

आरोहणका क्रममा सगरमाथाको क्याम्प २ मा उनले एक शव देखेका थिए। रसियन आरोहीको शव रहेछ भन्ने बारे शेर्पाहरुलाई सोधेपछि थाहा पाए उनले। जीवनको बारेमा गम्भीर त्यतिखेर भएको सम्झिन्छन् गौतम। त्यो मृत रसियन आरोहीको हातमा चलिरहेको घडीले बताइरहेको समय देखेर अवाक् भएका थिए गौतम। उनी भन्छन्, ‘त्यो मृत रसियनको हातमा बाँधेको ओरिजिनल घडीले मलाई नमजाले घोच्यो। समय त थियो तर आफ्नो बसमा नभएको महसुस गरें।’ पछि समिट अब्जरभेसन सकेर फर्किदै गर्दा गौतमको टोलीले शव त्यहाँ देखेन। उद्धार र सरसफाइ टोलीले तल झारिसकेको रहेछ।

सगरमाथाको चुचुरोलाई गन्तव्य बनाएर हिँड्ने मानिसले चिसो हिउँसँग मात्रै सम्बन्ध बनाउँदैन भन्ने बुझाइ छ उनको। हिउँले छोपेका चिसा मान्छेसँग पनि सम्बन्ध खोज्न बाध्य हुने बताउँछन् उनी। यस्तो हुनु मानवीय गुण ठान्छन् गौतम। भन्छन्, ‘मान्छे स्वभावैले जिज्ञासु हुने भएकाले आफुजस्ताका बारे नसोधी धरै पाइँदैन।’
जीवन र जगतको क्यानाभास हिउँको रङसँग लतपतिएका लाग्छ उनलाई। ती अमूर्तझैं लाग्छ। हिमालको चुचुरोसँग हिन्दू धर्मको गहिरो लगाव भएको धर्मग्रन्थहरूमा भेटिन्छ। देवत्वको बासस्थानहरु हिमालबाट सुरु भएर हिमालमै आएर सकिएको धार्मिक ग्रन्थहरू पढ्न पाइन्छ।
मानव सभ्यताको शुरूआत पनि हिमालयका काखबाट र नेपालकै भूमिबाट भएको हो भनेर भन्न सकिने समेत कतिपय आधारहरू वैदिक शास्त्रहरूमा भेटिन्छ। गौतम भन्छन्, ‘महाकवि कालिदासले आफ्नो शास्त्रीय रचना ‘कुमारसम्भव’मा यस (सगरमाथा)लाई पहाडहरूका राजा भनेर वर्णन गरेका छन्। ‘कुमारसम्भव’ महाकाव्यको पहिलो श्लोकमा नै समग्र हिन्दकुश हिमालयका सम्बन्धमा यसरी व्याख्या गरेका छन्ः
अस्त्युत्तरस्यां दिशि देवतात्मा हिमालयो नाम नगाधिराजः।
पूर्वापरौ तोयनिधी वगाह्य स्थितः पृथिव्या इव मानदण्डः।

(प्रथम सर्ग, श्लोक)
हिन्दुकुश हिमालय शृंखलामा रहेका धेरैजसो हिमाल, हिमताल र हिमनदीका नाम इतिहास–पुराणका कथा प्रसंगमा आउने गरेका छन्। जस्तै ‘मत्स्यपुराण’मा सगरमाथालाई ‘नौबन्धन’ भनिएको छ।
पूर्वीय सभ्यतामा हिमालयलाई ईश्वरको रूप समेत मानिएको छ। वैदिककाल र पुराणकालदेखि नै हिमाललाई देवताहरूको आत्माको बास रहेको पुण्यभूमिका रूपमा व्याख्या गरिएको पनि पाइन्छ। हिमाल र यस क्षेत्रका बारेमा ‘स्कन्दपुराण’को ‘हिमवत्खण्ड’मा विस्तृत तवरबाट व्याख्या गरिएको छ, प्रायः सबैजसो पुराणहरूमा समेत हिमालको आध्यात्मिक र दार्शनिक महत्वका बारेमा व्याख्या गरिएको पाइन्छ।

सगरमाथा मापन गर्दाका दुःख
साल्जबर्ग विश्वविद्यालय र अष्ट्रियाबाट भौगोलिक सूचना प्रणालीमा स्नातकोत्तर गरेका गौतमले २०७८ को मंसिरको २३ गते विश्वले सम्झिने काम गरे।
त्यो दिन गौतमले विश्वकै अग्लो सगरमाथाको नयाँ उचाइको घोषणा गरेका थिए। नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधान र नेपाली प्राविधिक जनशिक्तबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। यति ठूलो काम आफूले गर्न पाउँदा गौतम भाग्यमानी ठान्छन्।
८ हजार ८४८ मिटर उचाइ रहेको सगरमाथालाई गौतमले भन्दा अगाडि विदेशीले मापन गरेका थिए। ‘हिमाल चढ्नु आफैमा कठिन काम हो, अझ सगरमाथाको उचाइ मापन गर्नु झन् ठूलो चुनौती हो र मापन टोलीको नेतृत्व गर्नु अर्को जिम्मेवारी थियो,’ उनले पहिलो आरोण र पछि मापनका लागि गरेको  आरोण सम्झिए, ‘कुनै निश्चित वैज्ञानिक कार्य गर्नका लागि आरोहणमा जानु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ भन्ने महसुस भयो। मेरो जीवनका सबै सुखदुःखका बहारहरू ल्याउन कतै न कतै यी दुईवटा आरोहणले भूमिका खेलेका छन् जस्तो लाग्छ।’


 

चीन र नेपाल सरकारले सगरमाथाको उचाई ८६ सेन्टिमिटरले बढेर ८,८४८.८६ मिटर घोषणा गरे। के चीन र नेपालको मापन गर्ने तरीका एउटै थियो त भन्दा विधि एकै रहेको बताउँछन् गौतम। उनको टोलीले हिउँसहितको नाप लिएको थियो। उनी भन्छन्, ‘हिमालको उचाइ भन्नु हिउँ सतहसहितको उचाइ हो।’

पन्ध्रौँ चुलीको १९ नम्बर पृष्ठमा लेखेका छन्– हेर्दा तल देखिए पनि क्षितिजका पहाड नै अग्ला हुन्छन्। तर हामीलाई नजिकका पहाड सबैभन्दा अग्ला लाग्छन्।
नापनक्सा र सर्वेक्षणका क्षेत्रमा अतुलनीय योगदानका लागि सन् २०२१ मा ‘जियोस्पासियल वर्ल्ड’ को संसारका ५० उदाउँदा ताराहरुको सूचीमा परेका गौतमले पहिलो कृति पन्ध्रौँ चुलीको १६२ पृष्ठमा लेखेका छन्– सगरमाथा आरोहण गर्न नसक्नु सगरमाथाको दोष होइन जसरी मानिसले पौडन नसक्नु नदीको दोष होइन।
जति–जति शिखर पुगिन्छ त्यतित्यति आनन्द महशुस गर्ने मान्छेको स्वभाव नै हो। हिमालको यात्रा प्रकृतिमा निर्भर रहने भएकाले जीवनको उचाइ र सगरमाथाको उचाइ भिन्न लाग्छ उनलाई। जीवनको सत्य भुइँसँग नजिक रहेको हुनाले आफ्नै शिखर निर्माण गर्न तल्लिन हुन्छ मान्छे। त्यसैले उनले किताबको १५८ पृष्ठमा लेखेका छन्– हिमालमा भोक लाग्छ, खान मन लाग्दैन। तिर्खा लाग्छ, पिउन मन लाग्दैन। सुत्न मन लाग्छ, निद्रा लाग्दैन। थकाइ लाग्छ, बस्न मन लाग्दैन। बोल्न मन लाग्छ, बोली फुट्दैन। हिँड्न मन लाग्छ, खुट्टा जाग्दैनन्। मस्तिष्क थाक्छ, मन थाक्दैन।
त्यसैले अबका दिनमा रहरले सगरमाथा चढ्न मन छैन उनलाई। भन्छन्, ‘राज्यलाई सहयोग गर्नुपर्ने ठाउँमा पछाडि नहट्ने तर अब रहरले सगरमाथा चढ्नु छैन।’



प्रकाशित: May 29, 2022 | 09:05:22 काठमाडौं, आइतबार, जेठ १५, २०७९

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।
नेपाल समय
समाज

राजधानीमा टीका र आशीर्वाद थाप्न हिँड्नेको चहलपहल

महाअष्टमी र महानवमीका दिन सुनसान प्राय बनेको राजधानीमा आज विजयादशमीको टीकापछि भने टीका लगाउन हिँड्नेको केही चहलपहल देखिन थालेको हो।
नेपाल समय
समाज

तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी

विजयादशमीको दशौँ दिन आज कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।
नेपाल समय
समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय हजुरबुवा

तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्। रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्छन्। उनलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ।
नेपाल समय
समाज

पानी र झरीको पर्वाह नगरी ब्रह्मायणी जात्रामा दर्शानार्थीको भीड

प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रम्हायणी जात्रामा रातिदेखिनै दर्शनार्थीको भीड लागेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना