काठमाडौं- नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।
'गाँजाखेतीलाई वैधानिक बनाउने गरी संसदमा दर्ता भएको विधेयकमाथि छलफल अघि बढाइयोस्। यसो गरियो भने पासपोर्ट बोकेर नेपाली दाजुभाइहरू श्रम गर्न विदेशिनुपर्नेछैन। गाँजा राम्रो आम्दानीको स्रोत बन्न सक्छ,' उनले भने।
सांसद तामाङले नै सदनमा गाँजाखेतीसम्बन्धी विधेयक दर्ता गराएका थिए।