शुक्रबार, असार १७, २०७९

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

रासस  |  काठमाडौं, बिहीबार, जेठ १२, २०७९

नेपाल समय

रासस

बिहीबार, जेठ १२, २०७९, काठमाडौं

नेपाल समय

डोटी- विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो। महिनावारीअर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरूमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहारमा छाउगोठ धमाधम भत्काउँदा जुन खुसी छाएको थियो, अहिले पुरानै अवस्थामा फर्कनु पर्दा अझ निराश बनाएको छ। उनी भन्छिन्, 'त्यतिबेला हामीलाई राख्नैका लागि गोठ बनाइएका थिए, अहिले गाईभैँसी र बाख्राका खोरमा बस्नुपरेको छ। झन पशुजस्तै भएका छौँ।'

महिलालाई मध्य तथा सुदूरपश्चिमका जिल्लामा वर्षौंदेखि कायम रहँदै आएको छाउपडी प्रथाको विरुद्ध जनचेतना अभिवृद्धिदेखि छाउ भएकी महिलालाई राख्न बनाइएका गोठहरू भत्काउने अभियान नै सुरु गरियो। यसलाई सर्वत्र राम्रो कामको रुपमा प्रचार पनि गरियो तर समाजमा गहिरोसँग गाडिएको अन्धविश्वासको जरा नउखेलिएका कारण अहिले ती महिलालाई पहाडी भेगमा गाईभैँसी र बाख्राका खोरमा राख्ने गरिएको छ भने सहरी क्षेत्रमा पनि सहजै घरभित्रको कामकाजमा सहभागी हुन वञ्चित गराउने गरिन्छ।  

मध्य तथा सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथाले विकराल रुप लिएपछि सरकारले दुई वर्षअघि यहाँका सबै जिल्लामा भएका छाउगोठ भत्काउन जिल्ला प्रशासनमार्फत निर्देशन जारी गरी छाउगोठ भत्काउने अभियान नै सञ्चालनमा ल्याएको थियो। 

अहिले उक्त क्रम विस्तारै रोकिएपछि अहिले यहाँका कतिपय गाउँघरमा छाउगोठ कायमै रहेको स्थानीयवासी बताउँछन्। सरकारले छाउपडी प्रथा अन्त गर्नका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम तथा कानुन बनाए पनि त्यसको खासै कार्यान्वयन नहुँदा यहाँका महिला पहिलेजस्तै छाउगोठमा बस्न बाध्य छन्।

सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय डोटीले २०७६ माघ ७ गतेबाट जिल्लामा सञ्चालन गरेको छाउगोठ हठाउने दुईहप्ते अभियानको क्रममा जिल्लामा २१० छाउगोठ भत्काइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

प्रशासनका अनुसार बडीकेदार गाउँपालिकाको विभिन्न वडामा ९५, जोरायल गाउँपालिका– ५ मा ३, पूर्वीचौकी गाउँपालिका–५ काडामडौंमा १४, वडा नम्बर ७ मा १८ तथा बोगटान गाउँपालिका– १ मात्रै ८० गरी कूल २१० वटा छाउगोठ भत्काइएको थियो।

महिनावारी भएकी महिलालाई परपुरुषले छोएमा, दूध दही तथा पोषिलो खानेकुरा दिएमा देवता रिसाउने तथा गाउँमा अनिष्ट हुन्छ भन्ने अन्धविश्वासका कारण यहाँका महिलाको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन। समाजमा अगुवा मानिएका वा पढेलेखेका परिवारमा समेत यो प्रथा कायमै रहेको दिपायल सिलगढी नगरपालिका–३ दिपायलका भरतबहादुर द्वारिया बताउँछन्। उनी भन्छन्, 'छाउपडीका विषयमा यहाँका गाउँमा रहेका अन्धविश्वास रहेसम्म यो प्रथा कायमै रहने देखिन्छ। सरकारले गोठ भत्काउ भने पनि भित्री आत्माबाट छाउपडी हटाउन आवश्यक छ भन्ने सोच आउन जरुरी छ।'

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिला रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र रु तीन हजारसम्म जरिवाना हुने व्यवस्था रहेको भएपनि सुदूरपश्चिममा विभिन्न गाउँमा अहिले पनि छाउपडीका नाममा महिनावारी भएकी महिलालाई अलग्गै तथा छाउगोठमा राख्ने चलन कायमै रहेको पूर्वीचौकी गाउँपालिकाका चक्रबहादुर कठायत बताउँछन्। छाउपडीका लागि बनाइएका गोठहरू भत्काउने अभियान चलाइए पनि यहाँका कतिपय गाउँमा अझै पूर्णरुपमा छाउगोठ यथावत् रहेको उनको भनाइ छ। 

सामाजिक कुप्रथाका रुपम रहेको छाउपडी प्रथा अन्त्य नहुँदा थुप्रै महिलाले अकालमै छाउगोठमा ज्यान गुमाउनु परेको थुप्रै उदाहरण छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी २१ वर्षीया एक महिलाको तीन वर्ष पहिले छाउगोठमा सुतिरहेको अवस्थामा ज्यान गयो। राति आगो बालेर सुतेको बेला गोठमा सल्किएको आगोबाट उनको ज्यान गएको थियो।

छिमेकी जिल्ला अछाम रिडीकोटकी १६ वर्षीया शर्मिला भुलको पनि छाउपडी गोठमै मृत्यु भएको थियो। गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन्। गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उहाँको पोष्टमार्टम पनि गरिएन। 

त्यस्तै बाजुराको कोटिला खोयाकी १७ वर्षीया भावना मल्लको पनि चार वर्ष पहिले महिनावारी भएकै समयमा मृत्यु भयो। उनी पनि छाउगोठमै मृत फेला परिन्। राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी थिइन्। उनको पनि पोष्टमार्टमबिना नै दाहसंस्कार गरिएको थियो। 

महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकता तथा अन्धविश्वासका कारण पनि मृतकको पोष्टमार्टम नगरिएको स्थानीयवासीको भनाइ छ। यी त प्रतिनिधिमूलक घटनामात्रै हुन्। यिनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका अधिकांश महिला छाउपडी प्रथाबाट पिल्सिन बाध्य भएका छन्। 

सामाजिक परिबन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले विगतमा सुदूरपश्चिममा धेरै महिलाको अकालमै ज्यान गएको दिपायल सिलगढी नगरपालिका–४ की तुलसी शाहीले बताइन्। उनले भनिन्, 'महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट थुप्रै महिलाको ज्यान गएका घटना सार्वजनिक हुँदा पनि यसतर्फ कसैको ध्यान जान सकेको छैन।' 

मुलुकमा राजनीतिक परिवर्तन भए पनि सुदूरपश्चिममा छाउपडी भएका महिलालाई हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन सकेको छैन। छाउपडी प्रथाजस्तो सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा पछाडि पर्नुपरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएकी डोटीकी सीता रायमाझीको भनाइ छ। 'छाउपडीमा रहेका महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन्,' उनले भनिन्, 'छाउपडी भएका महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् र मनमा गुम्स्याएर राख्न बाध्य छन्।'

छाउपडी कुप्रथाको प्रभाव धेरै रहेका सुदूरपश्चिमका पहाडी जिल्लामा पछिल्लो तीन वर्षको अवधिमा कम्तीमा पनि २० भन्दा बढी महिला तथा किशोरीको छाउपडी गोठमै विभिन्न कारणले ज्यान गुमाइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको तथ्याङ्कले जनाएको छ। यहाँका छाउपडी मानिने जिल्लामा विभिन्न सङ्घसंस्थाले छाउपडी प्रथा निवारणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि गाउँघरमा व्याप्त सामाजिक कुप्रथाका कारण घटना न्यूनीकरण हुन नसकेको महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी दिपायल कुमालीकोटकी मालती कठायतले बताइन्।

बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा अझै कायमै रहेको छ। यतिमात्र नभई महिनावारी भएका छात्रासमेत विद्यालय जान पाउँदैनन्। सामाजिक कुसंस्कारको प्रभावले महिला स्वयं पनि सामाजिक काम, मेला जात्रा, विद्यालय जान नमान्ने गरेको कठायतको अनुभव छ। 

पितृसत्तात्मक सोचले पनि यहाँका महिला अगाडि बढ्न नदिने तगारो बनेको जिल्ला इन्सेक डोटीका प्रतिनिधि दीर्घबहादुर खत्रीले बताउँछन्। उनी भन्छन्, 'बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुलारूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरेको छ।' 

छाउपडी कुप्रथासँगै सुदूरपश्चिमका पहाडी जिल्लामा बोक्सीको आरोपमा पनि थुप्रै महिलाले घरेलु र सामाजिक हिंसाको शिकार बन्नुपरेको छ। बोक्सीकै आरोपमा कैलालीको बेलादेवीपुरमा २०६९ चैत २३ गते क्रुर यातनाको सिकार बनेकी राजकुमारी रानाको मानसिक समस्याकै कारण सोही वर्षको मङ्सिर महिनामा मृत्यु भएको थियो। 

कथित बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर राजकुमारीलाई निर्घात कुटपिट गरेका थिए। घटनापछि उनी समाजमा सहज घुममिल हुन डराउने तथा उनको पहिलेको भन्दा व्यवहार पनि परिवर्तन भएको थियो। त्यही घटनामा शारीरिक तथा मानसिक यातना पाएकी उहाँको चिन्ताले मृत्यु भएको उनका परिवारजन बताउँछन्।

वि.सं. २०६९ मा नै मात्रै कैलालीमै किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा भोलेबाबा भनिने स्थानीय झाक्रीले मरणासन्न हुने गरी कुटपिट गरेका थिए। सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ। 

कानुनी अज्ञानताका कारण सुदूरपश्चिम प्रदेशका ग्रामीण भेगमा सामाजिक हिंसाका घटनामा वृद्धि भइरहेको कानुन व्यवसायी शङ्करदीप मडैको धारणा छ। 'लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनुहुँदैन भन्ने नयाँ संविधानमा उल्लेख गरिएको छ,' उनी भन्छन्, 'नेपालको संविधान महिलामैत्री छ तर त्यो कार्यान्वय पक्ष फितलो हुँदा हिंसाका घटना बढ्ने गरेका छन्।'

महिलाका प्रगतिको बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको दिपायल सिलगढी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बाजी खड्का बताउँछन्। सुदूरपश्चिम प्रदेशमा घरेलु हिंसा, बहुविवाह, बलात्कार, यौनहिंसा, मानव बेचबिखन र सामाजिक हिंसा (बोक्सी, छाउपडी) महिला प्रगतिको बाधक भएको छ यसको पहिला अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ।

सुदूरपश्चिममा ग्रामीण क्षेत्रमा घरायसी काममा महिला जोतिने र श्रीमान् जाँडरक्सीमै भुल्ने प्रमुख समस्या रहेको डोटीका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्ट बताउँछन्। उनले भन्छन्, 'श्रीमती काममा खटिने र श्रीमान् फुर्सदिलो बन्नु पनि घरेलु हिंसाको एउटा प्रकार हो।' महिला हिंसाका घटना हुने वित्तिकै गाउँघरमै मिलाउँदा पनि पीडितले न्याय नपाउने र पीडकले प्रश्रय पाउने गरेको सरोकारवाला बताउँछन्। पीडकलाई उन्मुक्ति दिइँदा घटना दोहोरिने सम्भावना बढ्ने गरेको छ। पुरुष र महिलालाई सँगै राखेर कानुनी ज्ञानका साथै सचेतना जगाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा अन्य अपराधिक क्रियाकलापभन्दा पनि महिलाजन्य हिंसाका घटना बढी हुने गरेको प्रदेश प्रहरी एकाइ कार्यालय प्रमुख तथा एसएसपी जनकराज पाण्डेको भनाइ छ। उनी भन्छन्, 'सामाजिक कुप्रथाका कारण महिला हिंसाका घटना हुने गरेको छ, समयमै यसको रोकथाम गर्नु जरुरी छ।'

यस क्षेत्रमा महिलालाई शारीरिक र मानसिक मात्र नभई श्रममा समेत विभेद हुने गरेको पाइएको छ। महिला र पुरुष मजदुरलाई ज्यालामा विभेद गरिँदा महिला मानसिकरूपमै कमजोर हुने गरेका छन्। यहाँका महिलाका प्रगतिमा बाधक बनेका कुटपिट, गालीगलौज, घर निकाला, बहुविवाह, बलात्कार, यौनजन्य हिंसा, मानव बेचबिखनका साथै सामाजिक हिंसा (बोक्सी प्रथा, छाउपडी र देउकी) को अन्त्य नभएसम्म महिलाका पक्षमा जस्तोसुकै नीति कार्यक्रम, योजना बने पनि ती कागजमै सीमित रहनेछन्।


प्रकाशित: May 26, 2022 | 13:40:01 काठमाडौं, बिहीबार, जेठ १२, २०७९

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

नाबालिगविरुद्ध २७ वर्षीया विवाहित महिलाको बलात्कार मुद्दा, तर अदालतले पत्याएन

बलात्कृत भएकी भनिएकी महिलाको घरमा टिभी मर्मत गर्न पुगेका नाबालिगले सहमतिमै शारीरिक सम्पर्क गरेको बयान दिएपछि जबर्जस्ती करणीको मुद्दामा न्यायाधीशले सुनाए अचम्मको फैसला।

श्रीमतीलाई भीरबाट लडाएर हत्या गर्ने निर्दयी श्रीमान्

गत असार ५ गते भएको घटना १० गते मात्र थाहा भएको थियो। लेकबहादुरले गत असार ५ गते बिहान घरमा कोही नभएको मौका छोपी श्रीमतीलाई कुटपिट गदै लखेट्दै जंगलतिर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चन्द्रागिरिको जंगलमा हराएका तीन विदेशी भीरमा भेटिए

उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरीले जनाएको छ।

...अनि पटक-पटक मर्ने प्रयास गरेकी थिइन् दिलमायाले

‘त्यसबेला मेरो छोरो पाँच वर्षको थियो। म माइतीको शरणमा गएको थिएँ। तर माइतीले पनि नहेरेपछि मर्छु भनेर बाबुलाई घरमै छोडेर जंगलभित्र गा'को थिएँ। तर जंगलमा ३ घन्टा रुँदैरुँदै बिताएर घर फर्किएँ। बच्चाले दुःख पाउँछ भनेर मर्न सकिनँ...

गायिका सुनार मृत्यु प्रकरण : प्रेमीले फालेको सल नालीमा भेटियो, पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

प्रहरीको प्रारम्भिक अनुसन्धानले गायिका सुनारको डिभोर्सपछि उनी श्रेष्ठसँग करिब डेढ वर्षयता ‘लिभिङ टुगेदर’मा बस्दै आएको देखिएको छ। नेपालटारस्थित उनको डेरामा श्रेष्ठको आउजाउ बाँक्लै थियो।

कांग्रेसभित्र यसरी 'फ्रन्ट डोर' ढकढक्याउँदैछन् विनोद चौधरी

म कांग्रेस एकदमै कमजोर भएको अवस्थामा प्रवेश गरेको हुँ। मेरो बाँकी राजनीतिक जीवन कांग्रेसमै बित्छ। कांग्रेसमै रहेर पार्टी र देशका लागि केही गर्ने हो। परिवर्तन ल्याउन भूमिका खेल्ने हो। म मेरो योजनामा असफल भएँ भने राजनीतिमा विश्राम लिएर आराम गरेर बस्छु।

गोर्खा सैनिकको सम्झनामा त्यो फोकल्यान्ड युद्ध

‘बिहानको १० बजेसम्म घाम देखिँदैन। जताततै तिखा चट्टान, ढुंगा र घासे मैदान। चार मोजा र बुट लगाउँदा सम्म नथेगिने चिसो। घरिपानी, घरि असिना, घरि हिउँ। रुखपात छैन, झारपात मात्र कस्तो ठाउँ होला!’

बालुवाटार पुगे नेकपा एसका तीन मन्त्री

स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ।

नेपालबाट बेलायत जाने मौसमी कामदार बढे, सरकार भन्छ- ऐनले चिन्दैन

कोराना महामारीपछिको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन बेलायत सरकारले विभिन्न मुलुकबाट मौसमी रोजगारका लागि आवेदन मागिरहेको छ। तर नेपालको श्रम ऐनमा मौसमी रोजगारसम्बन्धी व्यवस्था नहुँदा नेपाली श्रमिकलाई अप्ठेरो पारिरहेको छ।

साडियो माने : धुलाम्य मैदानदेखि लिभरपुलको लोभलाग्दो रवाफसम्म

बाल्यावस्थादेखि बलसँगै लडिबुडी गरेका मानेले फुटबलमा पाएको जादूयी सफलतापछि जन्मथलो बम्बालीमा उम्रिँदै छन् सयौं मानेहरू।

थप समाचार

नेपाल समय
समाज

महाकाली किनारमा युवतीको शव फेला

कञ्चनपुरमा एक युवतीको शव महाकाली नदीको किनारमा फेला परेको छ।
नेपाल समय
समाज

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपी बढुवाका लागि सिफारिस [सूचीसहित]

सशस्त्र प्रहरी बल, नेपालका ५६ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय
समाज

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै

काठमाडौं महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।
नेपाल समय
समाज

पोखराबाट ४६ लाखसहित तीन चिनियाँ नागरिक पक्राउ

पोखराको ड्यामसाइडबाट झन्डै ४६ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय
समाज

अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना : एकको मृत्यु, ३८ घाइते

बनेपा नगरपालिका-११ स्थित अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना भएको छ। बिहीबार बेलुकी भएको दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै ३८ जना घाइते भएका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना