सुनसरी- धरानमा एक जनाको हत्या भएको छ। विहीबार बिहान धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
खोलाको बगरमा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। पुरुषको सनाखत हुन सकेको छैन।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक डाक्टर तथा नेपाल प्रहरी प्रदेश कार्यालय धरान डग शाखाबाट विशेषज्ञ कुकुर सहितको टोली घटनास्थल गएर अनुसन्धान गरेको छ।
मृतकको घाँटी, टाउको, ढाड लगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ।