काठमाडौं- चाबहिलको सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित बनेका छन्। कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।
आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीहरूको गुनासो छ। विद्यार्थीहरूलाई उनले विभिन्न प्रलोभनमा पारेर उनले हेर्यासमेन्ट गर्नेगरेको आन्दोलित विद्यार्थीहरूको गुनासो छ।
पीडित विद्यार्थीले कलेजमा समेत तोडफोड गरेका छन्। अहिले अधिकारीलाई प्रहरीले गौशाला वृतमा ल्याएको छ।
विद्यार्थीहरूले कलेजमा नाराबाजी गरिरहेका छन्। उनीहरूले कलेजमा तोडफोडसमेत गरेका छन्।