काठमाडौं- महोत्तरीको एउटा मतगणनास्थलमा झडप भएको छ। सोनामा गाउँपालिकाको मतगणनास्थलमा दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो।
मतगणना गर्ने विषयमा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समावादी पार्टी (लोसपा)का प्रतिनिधिबीच झडप भएको बताइएको छ।६ मत मात्रै गणना भएको अवस्थामा झडप भएको बताइएको छ।
मतपत्रको कोठामा मसी लागेको मतपत्रलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा कुरा नमिल्दा झडप भएको हो। केही समयपछि सर्वदलीय बैठक बसेर गणना पुनः सुरु गरिने बताइएको छ।