बिहीबार, असोज २०, २०७९
संघर्षको कथा

२६ वर्षमा एम्नेस्टी नेपाल हाँकिरहेका विपिन

निर्भीकजंग रायमाझी  |  काठमाडौं, आइतबार, वैशाख १८, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, वैशाख १८, २०७९, काठमाडौं

नेपाल समय

आठ वर्षअघि सन् २०१५ मा एम्नेस्टी इन्टरनेसनलको सदस्यता लिँदै गर्दा विपिन बुढाथोकी डराइरहेका थिए। नोबेल शान्ति पुरस्कार विजेता अन्तर्राष्ट्रिय संस्थाको सदस्यता लिँदा आफ्नो जिम्मेवारी पुरा गर्न नसक्ने हो कि भनेर दोधारमा थिए उनी । 

युवा–सदस्यता लिएको दश वर्ष नपुग्दै आज एम्नेस्टी इन्टरनेसनल नेपालको निर्वाचित अध्यक्ष बनेका छन् विपिन। त्यो पनि जम्मा २६ वर्षको उमेरमा। हालै सम्पन्न ३०औं साधारणसभाबाट उनी एम्नेस्टी नेपालको बोर्ड अध्यक्षमा निर्वाचित भए। योसँगै आठ हजारभन्दा बढी सदस्य रहेको एम्नेस्टी नेपाल विपिनको काँधमा आइपुगेको छ। 

‘एम्नेस्टीको सदस्यता लिएको दिन यो संस्थाकै नेतृत्व गर्छु भन्ने सोचेको थिइनँ। काम गर्दै जाँदा नेतृत्व लिने ठाउँमा पुगेँ। यसलाई चुनौतिको रुपमा लिएको छु,’ विपिन भन्छन्।

फरासिला स्वभावका विपिन बानेश्वर नेपाल कमर्स क्याम्पस (एनसीसी) आसपास चिया खाइरहेका भेटिन्छन्। एनसीसी क्याम्पसबाटै स्नातकोत्तर उत्तीर्ण गरेका उनी अहिले पनि साथीहरूसँग बानेश्वरमा भेटिरहेका हुन्छन्। युवाहरूलाई जुनसुकै संस्था वा समूहबाट भए पनि सामाजिक कार्यमा सक्रिय हुन प्रेरित गरिरहेका हुन्छन्।

एम्नेस्टीको दश वर्षे यात्रामा विपिनले निरन्तर संघर्ष गरेका छन्। यो एक दशकमा कुनै जागिर गरेका छैनन्। पुरै समय क्याम्पसको पढाइ र एम्नेस्टीकै गतिविधिमा लगाएका छन्।

विपिनले विद्यालय जीवन दाङबाट पुरा गरे। घोराहीस्थित गोर्खा स्कुलबाट विद्यालय तह उत्तीर्ण गरेपछि नेपाल कमर्स क्याम्पस आइपुगे। कक्षा ६ पढ्दादेखि नै बालक्लबमा आबद्ध थिए। विद्यालयको प्रतिनिधित्व गर्दै जिल्लाको हाजिरजवाफ, वादविवादमा भाग लिन्थे। काठमाडौं आएपछि पनि उनको अतिरिक्त क्रियाकलाप रोकिएन। काठमाडौंमा नजिकका साथीभाइसँग मिलेर ‘परिवर्तनका पाइलाहरू’ नामक युवालक्षित संस्था स्थापना गरे। एम्नेस्टीमा आबद्ध भएदेखि भने अन्य सबै संघ–संस्था छाडेर यसमै सक्रिय रहे।

दाङमा छँदा उनले नीजि विद्यालय पढेका थिए। तर स्नातक पढ्न काठमाडौंको सरकारी क्याम्पस रोजे। जसलाई उनी जीवनको ‘टर्निङ प्वाइन्ट’ मान्छन्। 

‘प्राइभेट पढेको भए कम्र्फट जोनमा बसेर पढाइमात्र गर्ने थिएँ,’ उनी सुनाउँछन्, ‘जब म सरकारी क्याम्पस पसेँ तब देश र समाजको वास्तविक धरातल बुझ्न पाएँ। आज महत्त्वपूर्ण जिम्मेवारी लिन सक्ने हिम्मत सरकारी क्याम्पसको वातावरणले नै दियो।’

स्नातकमा सरकारी क्यापस पढेका विपिन नेपालकै विश्वविद्यालयबाट उच्च शिक्षा हासल गर्न चाहन्छन्। स्वअनुशासानमा बसेर पढ्यो भने नेपालमै विश्वस्तरिय अध्ययन गर्न सकिने उनी बताउँछन्।

एम्नेस्टीको दश वर्षे यात्रामा विपिनले निरन्तर संघर्ष गरेका छन्। यो एक दशकमा कुनै जागिर गरेका छैनन्। पुरै समय क्याम्पसको पढाइ र एम्नेस्टीकै गतिविधिमा लगाएका छन्।


मानवअधिकारकर्मीहरू पक्राउ पर्दाताकाको तस्बिर।

सुरुमा उनी क्याम्पसको युथ नेटवर्कबाट प्रतिनिधि भएर एम्नेस्टीको वार्षिक कार्यक्रम युथ–मेलामा गए। त्यहीबेला उनले थाहा पाए, एम्नेस्टीको विधानअनुसार बोर्ड सदस्यमा अबदेखि दुईजना युवा राखिने छ। त्यसको केही महिनापछि भएको एम्नेस्टीको साधारण सभाबाट उनी कार्यसमिति सदस्य भए। त्यसको दुई वर्षपछि सन् २०१८ मा उपमहासचिव भए। त्यसपछि मानवअधिकारको अन्तरराष्ट्रिय मञ्चहरूमा जाने अवसर खुल्यो उनलाई। 

उपमहासचिव भएको दुई वर्षपछि कार्यवहाक महासचिवको जिम्मेवारी पाए। डेढवर्ष कार्यवहाक महासचिव हुँदा संस्थाबारे धेरै सिक्न पाएको उनी बताउँन्छन्। 

सन् २०१६ सम्म युवाहरू एम्नेस्टीको वार्षिक साधारण सभामा जान पाउँदैनथे। जब विपिन, पासाङ शेर्पाजस्ता जुझारु युवा आए तब देशभरिका हरेक युथ नेटवर्कबाट दुईजना युवा वार्षिक साधारणसभामा जान पाउने अधिकार सुनिश्चित गरे। तिनै कर्मशील युवाहरूको साथमा आफू एम्नेस्टीको अध्यक्ष निर्वाचित हुन सकेको विपिन स्वीकार्छन्। 

दक्षिण एसियामा युवालक्षित ठूलाठूला कार्यक्रम हुने गर्छन्। यद्यपि त्यस्ता आन्दोलन, गतिविधि र समूहको नेतृत्वमा युवाहरू आउन सकेका छैनन् । विपिन सुनाउँछन्, ‘युवा चाहिन्छ भनेर सबैले भनेपनि वास्तविक जीवनमा युवालाई नेतृत्व दिइँदैन। त्यसलाई तोड्ने काम एम्नेस्टी नेपालले गरेको छ।’

एम्नेस्टीमा तीन किसिमको सदस्यता हुन्छ। समूहको सदस्य, युथ नेटवर्कको सदस्य र व्यक्तिगत सदस्य। तीनै प्रकारका सदस्यबाट चुनिएका  प्रतिनिधि वार्षिक साधारण सभामा मतदाताको रुपमा छान्निछन्। यसपालि तीनै प्रकारका सदस्यहरूको मत पाएर विपिन अध्यक्ष चुनिएका हुन्।

नेतृत्व कि सहयात्रा 
नेतृत्वकला कुनै जन्मजात प्रतिभा होइन। त्यो व्यक्तिले सिक्दै जाने क्रममा विकास भएको गुण मान्छन् विपिन। जुन कुरा उनको जीवनमा पनि लागू हुन्छ। झट्ट देखिने त्यस्तो केही विशेषता छैन विपिनसँग जसले युवालाई आकर्षित गर्न सकोस्।

५ फिट ४ इन्च अग्ला, झुस्स दाह्री पालेका विपिनलाई देख्दा उनले कुनै महत्त्वपूर्ण दायित्व बहन गरिरहेको छ भनेर कसैले अड्कल लगाउन सक्दैन। सामान्य क्याम्पस पढ्दै जागिर गर्ने ठिट