बिहीबार, असोज २०, २०७९
नेपाल समय

ट्याटुसँगै मान्छेका कथा खोप्दैछिन् दिया

दिलीप कुँवर  |  काठमाडौं, सोमबार, फागुन ३०, २०७८
दिलीप कुँवर

दिलीप कुँवर

काठमाडौं, सोमबार, फागुन ३०, २०७८

काठमाडौं– मान्छे जब आफ्नै सोचहरुको ‘ट्रान्जिट’मा फस्छ, भनिन्छ ऊ बेस्सरी छट्पटाउँछ। उसलाई औडाहा हुन्छ, बेचैनी हुन्छ। भोक, प्यास, निन्द्रा, प्रेम, उज्यालो, अध्याँरो, कसैसँग कुनै गुनासो हुँदैन उसलाई। बरु ऊ वार्तालाप गर्छ, आफ्नै छायासँग एकोहोरो। 

०७१ सालसम्म दिया महर्जन (२५) पनि आफ्नै सोचहरुको ‘ट्रान्जिट’मा फसेकी थिइन्। उनको मस्तिष्कमा अबोध सपनाका सुनौला माछाहरु घरी यता, घरी–उता गरिरहेका थिए। उनलाई थाहै थिएन– सपनाका ती सुनौला माछाहरुलाई कसरी समुन्द्रसम्म पुर्याउने? बस्, उनलाई थाहा थियो, माछाहरुको घर पानी हो। 

०७२ साल वैशाखमा भूकम्प जाँदा करिब ८ हजार मानिसले ध्वस्त भएका भौतिक संरचनामा पुरिएर ज्यान गुमाए। कयौँ घाइते भए। कयौँ वेपत्ता भए। अर्थतन्त्रको क्षतिको त झन् कुरै नगरौँ। 

जनता भूकम्पबाट प्रभावित थिए। त्रसित थिए। आफ्नै घरभित्र पनि सुरक्षित तरिकाले खाने, बस्ने र सुत्ने वातावरण थिएन। सबैले खोजिरहेका थिए– खुला मैदानहरु। सबका–सब स्तब्ध थिए।  

ठीक त्यति नै बेला दियाभित्र भने एउटा सोच आयो, ट्याटु हान्ने। जुन सोच वर्षौंदेखि मस्तिष्कको ट्रान्जिटमा फसिरहेको थियो। यद्यपी, यो उनको रहर पनि थियो– सानैदेखिको। 

दिया काठमाडौँकै रैथाने हुन्। असनमै भयो जन्म ०५३ सालमा। अहिले पाटनमै घाम–पानी छेक्ने घर छ। उनको बुवा–आमालाई भने ट्याटुसँग ‘एलर्जी’ थियो। मन पर्दैनथ्यो। 

दियाको बुवा–आमालाई लाग्थ्यो, ट्याटु त ट्यापे र गुण्डाहरुले मात्रै हान्छन्। त्यो क्षण सम्झिँदै दियाले सुनाइन्, ‘बाबा–मम्मीलाई ट्याटु मन पर्थेन, तँ पनि ट्याटु हानेर ट्यापे बन्न लागिस् भनेर गाली गर्नुहुन्थ्यो।’ 

तर रहरलाई कसले पो रोक्न सक्छ र! उनले ढिपी गरेरै भए पनि ट्याटु खोप्ने निधो गरिन्। ट्याटु हाउस खोज्दै–खोज्दै स्वयम्भु पुगिन्, अनि हातमा ट्याटु खोपेरै छाडिन्।  

हातमा ट्याटु हानेको केही दिनपछि दियाभित्र फेरि अर्को सोच आयो, आफ्नै रहरको व्यवसाय गर्ने। सायद यो सोच पनि मस्तिष्कको ‘ट्रान्जिट’मा कतै फसिरहेको थियो।

दिया काठमाडौँकै रैथाने हुन्। असनमै भयो जन्म ०५३ सालमा। अहिले पाटनमै घाम–पानी छेक्ने घर छ। उनको बुवा–आमालाई भने ट्याटुसँग ‘एलर्जी’ थियो। मन पर्दैनथ्यो। 

केही दिनपछि उनी फेरि स्वयम्भुस्थित ट्याटु हाउसमै गइन्, जहाँ उनले हातमा ट्याटु हानेकी थिइन्। उक्त ट्याटु हाउसमा सबै पुरुष ट्याटु आर्टिस्टहरु मात्र थिए। तर उनले साहस गरिन्, पुरुष ट्याटु आर्टिस्टहरुको भीडमा आफ्नो नयाँ परिचय बनाउने। 

ट्याटु खोप्ने कला सिक्न जाँदाको क्षण सम्झिँदै उनी भन्छिन्, ‘पहिलो चोटी आफ्नै हातमा ट्याटु हान्न गएकी थिएँ, तर दोस्रो पटक भने म ट्याटु हान्ने कला सिक्न गएँ।’ दियाले ट्याटु खोप्ने कला सिकिरहेको कुरा बाबा–आमाले थाहा पाएपछि नराम्ररी गाली गरे। यहाँसम्म की उनले पिटाइसमेत खाइन्। 

तर दिया भने जे गर्दा पनि ट्याटु सिक्ने अडानबाट पछि हटिनन्। उनी सुनाउँछिन्, ‘१० हजार तिरर ट्याटु सिक्दै थिएँ, तर घरमा थाहा पाउनुभएछ। मैले पिटाइ पनि खाएँ।’  कहिले कलेज जाने बहाना, कहिले ट्युसन जाने बहाना, कहिले मन्दिर जाने बहाना बनाएर उनी निरन्तर ट्याटु हाउस गइरहिन्। 


ट्याटु हाउसका ट्याटु आर्टिस्टहरुले दियालाई सुरु सुरुमा राम्रै तरिकाले सिकाए। पारिवारिक माहोल नै महसुस भयो। दियाले पनि विस्तारै ट्याटु खोप्ने कला सिक्दै गइन्। तर त्यहाँको वातावरण भने पहिलेजस्तो यथावत् रहन सकेन। ट्याटु हाउसका पुरुष ट्याटु आर्टिस्टहरुले फरक व्यवहार देखाउन थाले। दुर्व्यवहार गर्न थाले। त्यसपछि दियाले पनि त्यहाँबाट निस्कने निर्णय गरिन्। 

‘ट्याटु सिकाउने दाइहरुले मिसबिहेभ गर्न लाग्नु भो’, उनले भावुक हुँदै भनिन्, ‘कहिले राती पनि बोलाउने, कहिले आफ्नो जुठो खान लगाउने, तँलाई ट्याटु सिक्न मन छ कि छैन भनेर धम्काउन थालेपछि मलाई नराम्रो लाग्यो र निस्केको हुँ।’ 

त्यसपछि युट्युब नै गुरु

आफूले सिकिरहेको स्वयम्भुस्थित ट्याटु हाउसबाट निस्केपछि दियाले युट्युबलाई साथी बनाइन्। ट्याटु हाउसमा १० हजार तिरे पनि उनलाई त्यसको कुनै लोभ लागेन। बरु घरमै बसेर युट्युब हेर्दै ट्याटु खोप्न सिकिन्। 

युट्युबले पुर्याएको सहयोगको समीक्षा गर्दै उनले भनिन्, ‘मैले १० प्रतिशतमात्रै ट्याटु हाउसबाट सिकेँ, ९० प्रतिशत चाहिँ युटुबबाटै सिकेँ। घरमै बसेर पनि सजिलै सिक्न सकिँदोरहेछ।’ ‍

ख्याल–ख्यालमै जागेको रहरलाई उनले आफ्नो करिअर नै बनाउने निश्चित गरिन्। त्यसपछि सुरु गरिन् इन्क, निडल, ग्लब्स, प्लास्टिक र्यापर, डेन्टल विट र इन्क क्यापसँग प्रेमिल सम्बन्ध। त्यसो त दिया पेन्टिङ आर्ट र ट्याटु आर्टबीच खासै फरक नभएको जिकिर गर्छिन्। ट्याटु आर्टिस्टहरुको लागि छाला नै क्यानभास हुने उनको तर्क छ। भन्छिन्, ‘खासै फरक छैन, बरु ट्याटु आर्टको लागि पहिले क्यानभासमा कोर्न सिक्नुपर्छ।’

पेन्टिङ आर्टभन्दा ट्याटु आर्ट नै बढी संवेदनशील भएको पनि दियाले बताइन्। ट्याटु खोप्दा स्वतः रगत निस्कने र रगतकै माध्यमबाट विभिन्न रोगहरु सर्नसक्ने भएकाले ट्याटु आर्ट अलि बढी संवेदनशील भएको स्पष्ट पारिन्। 

‘क्यानभासमा पेन्टिङ गर्दा रगत आउँदैन, जहाँ बसेर पेन्टिङ गर्दा पनि भयो,’ उनले थप जानकारी दिँदै भनिन्, ‘तर  ट्याटु खोप्दा रगतको माध्यमबाटै अरुको रोग सर्ने खतरा हुन्छ, ग्लब्स लगाएर स्वास्थ्य मापदण्ड अपनाउनै पर्छ।’ 

पछिल्लो समय डिजिटल प्रविधिको विकासले ट्याटुलाई साँघुरो तरिकाले परिभाषित गर्नेहरुमा पनि चेतना फैलाएको उनले स्वीकारोक्ति गरिन्। 

‘पहिले रिसाउने बुबाले अहिले ट्याटु खोप्नुभयो’

ट्याटुमै करिअर बनाउन दियाले ठूलो संघर्ष गरिन्–गर्दै आएकी छन्। तर उनलाई अहिले परिवारबाट भने कुनै दबाब छैन। 

‘पहिले ट्याटु त गुण्डा र ट्यापेहरुले मात्र खोप्छन् भन्नुहुन्थ्यो, तर अहिले सबैले ट्याटु आर्टको महत्व र फराकिलो परिभाषा जानीसक्नुभयो’, हँसिलो अनुहारसहित दियाले सुनाइन्, ‘बाबाले त झन् मेरै हातबाट ट्याटुसमेत खोप्नुभएको छ।’

ख्याल–ख्यालमै जागेको रहरलाई उनले आफ्नो करिअर नै बनाउने निश्चित गरिन्। त्यसपछि सुरु गरिन् इन्क, निडल, ग्लब्स, प्लास्टिक र्यापर, डेन्टल विट र इन्क क्यापसँग प्रेमिल सम्बन्ध।

पहिलेको दियाभन्दा अचेलकी दिया धेरै जिम्मेवारी र परिपक्व भएकी छन्। कसैको ट्याटु खोप्नु परेमा उनी एक घण्टाको ३ हजार शुल्क लिन्छिन्। ट्याटु खोपाउन जति घण्टा लाग्छ, सेवाग्राहीले पनि त्यति नै मूल्य थप्नुपर्छ।


दियाको सपना खासै ठूलो छैन, सानै छ। तर अरुभन्दा बिल्कुल पृथक र फरक छ। अब उनी ट्याटुको करिअरबाट टाढा हुने कल्पनासमेत गर्न सक्दिनन्। अन्तिम सास लिँदासम्म पनि ट्याटु आर्टलाई प्रेम गरिरहने दिया बताउँछिन्। उनी भन्छिन्, ‘म बाँचुन्जेल मेरो लागि मुख्य पेशा र सहायक सहायक पेशा नै ट्याटु आर्ट हो।’ 

दियाको सपना

कुनै दिन आफ्नै स्वामित्वको ठूलो ट्याटु हाउस खोलेर महिलाहरुलाई ट्याटु आर्ट सिकाउने उनको ठूलो सपना छ। नेपालमा महिला ट्याटु आर्टिस्टहरुको संख्या बढाउन आफूले सक्दो प्रयास गर्ने पनि दियाको अठोट छ। करिब आधा दर्जन ट्याटु हाउसमा काम गरिसकेकी दियालाई अब अन्तराष्ट्रिय ट्याटु कन्भेन्सनमा भाग लिनु उनको अर्को सपना हो। यसबाहेक उनलाई टे«किङसम्बन्धी पनि काम गर्ने सपना छ। 

दिया अन द टिकी–झ्याँ

दिया अचेल टिकी झ्याँ (आँखी झ्याँल) ट्याटु हाउसमा आवद्ध छिन्। ५–६ महिना मात्र भयो। 

अहिले आफ्नो घर र ट्याटु हाउस नजिकै छ। १५ मिनेट हिँडेरै आवत–जावत गर्छिन्। बिहान प्रायः ७ बजे उठ्ने दिया कहिलेकाहीँ भने १० बजेमात्र उठ्छिन्। भन्छिन्, ‘ठूलो ट्याटु खोप्दा समय धेरै लाग्छ, अपवादमा कहिलेकाहिँ राती अबेरसम्म काम गर्दा बिहान चाँडै उठ्न सक्दिनँ। नत्र बिहान ७ बजे नै आँखा खोलिहाल्छ।’  आँखा जतिबेला खुले पनि दिया भने ओछ्यानबाटै दैनिकी कामको ‘सेड्युल’ हेर्छिन्। ट्याटु खोप्न अपोइन्टमेन्ट लिएकाहरुको चित्रबारे अध्ययन गर्छिन्, अभ्यास गर्छिन्। 

बिहान करिब साढे ९ बजेतिर घरमै खाना खाएर अफिस लाग्नु दियाको दैनिकी नै हो। साँझ पनि खासै अबेर बस्दैनिन्। समयमै सुत्छिन्। बरु दियालाई घरमा सजावटको काम गर्न रमाइलो लाग्छ। मान्छेको शरीर ट्याटुले सजाएजस्तै! अमेरिकाका प्रसिद्ध कलाकार जोनी डेपले भनेझैँ उनका लागि पनि हरेक मान्छेको शरीर एउटा पत्रिकाजस्तै हो। अनि, ट्याटुहरुचाहिँ उनीहरुको कहानी। भन्छिन्, ‘म जतिजति मान्छेहरुको ट्याटु खोपिरहेकी हुन्छ, लाग्छ, सँगसँगै म उनीहरुको कथा पनि खोपिरहेकी छु।’ 


 

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

युक्रेनका ४ क्षेत्र गाभेको औपचारिक घोषणा गर्दै रुस

युक्रेनका लुहान्स्क, दोनत्स्क, जापोरिज्जिया र केरसन क्षेत्रलाई रुसमा गाभ्ने घोषणा गर्न लागिएको छ। 'क्रेमलिन दरबारमा स्थानीय समयअनुसार दिउँसो ३ बजे ती ४ क्षेत्र रुसमा गाभिएको घोषणा हुनेछ,' क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्।

पाँच दलको सिट भागबण्डा अन्तिम चरणमा [सूचीसहित]

लामो समयको गृहकार्यपछि धेरैजसो निर्वाचन क्षेत्रको भागबण्डा मिलेको छ तर केहीमा भने किचलो कायमै छ।

सोलुको सकस: कांग्रेस नछाड्ने, माओवादी नमान्ने

२०७४ को चुनावमा जितेकाले आफैंले पाउनुपर्ने माओवादीको अडान छ। यस पटक गठबन्धनले चुनाव लड्ने हुँदा सोलुखुम्बु आफूले पाउनुपर्ने दाबी कांग्रेसले गरिरहेको छ।

समानुपातिक सूची परिवर्तन नभए आफैँ संघर्षमा उत्रने शेखर-गगनको चेतावनी

समान अवसर र न्यायका लागि विरोध र संघर्षका कार्यक्रम गर्दै आएका आफूनिकट नेताहरूसँग छलफल नेता कोइराला र महामन्त्री थापाले यस्तो बताएका हुन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा असन्तुष्ट नेताहरुसँग उनीहरूले छलफल गरेका हुन्।

भीम रावल पार्टी सम्पर्कमा नआएपछि ओलीको सोधीखोजी

४ मंसिरमा हुने निर्वाचनका लागि एमाले जिल्ला कमिटीले अछाम क्षेत्र–१ बाट रावललाई मात्र सिफारिस गरे पनि पछिल्लो समय पार्टी सम्पर्कमा नआएपछि के भएको हो भनेर बुझ्न सुदूरपश्चिम एमाले नेताहरु पुगे ओली निवास।

सिभिल र हिमालयन मर्ज भएपछि ६ महिनामा 'सिनर्जी' आउँछ : सुनील पोखरेल [अन्तर्वार्ता]

हिमालय बैंक लिगेसी बोकेको पुरानो बैंक हो। हामीसँग साना तथा मझौला प्रकृतिको बिजनेस छ। हिमालयनको ठूला र कर्पोरेट बिजनेस छ। हाम्रा स-साना ग्राहक छन् तर उसका ठूला ग्राहक छन्।

आजदेखि निर्वाचन आचारसंहिता लागु : के गर्न पाइन्छ, के पाइँदैन?

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि आचारसंहिता बुधारदेखि लागु गरिएको छ।

अलमुताइरीप्रति कप्तान किरणको अझै गुनासो, भने - व्यक्तिका लागि भन्दा पनि देशका लागि खेल्छौं

नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले प्रशिक्षक अबदुल्ला अलमुताइरीले आफूलाई टिमबाट निकालेकोमा दुखेसो पोखेका छन्। व्यवसायिक फुटबलका क्रममा भारतमा रहेका किरण बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाल आएका हुन्।

मोरङ-३ : चुनावमा प्रभाव पार्ने यस्तो छ मेडिकल कलेज कनेक्सन

सुनिल शर्माले आफ्नो नोबेल मेडिकल कलेजमार्फत राजनीतिक प्रभाव बढाएका छन्। निर्वाचन क्षेत्रमा नागरिकको निःशुल्क र कम शुल्कमा उपचारको व्यवस्था मिलाएर उनले मतदाताको प्रभाव बढाएका हुन्। उता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बन्ने तयारीमा रहेकी रेखा थापाले पनि अभियान तीव्र बनाएकी छिन्।

मधेसवादी दलको कमजोरीमा 'जाल' थाप्दै एमाले!

मधेसवादी दलका एजेन्डाहरू पहिलेभन्दा कमजोर बन्दै गएपछि सत्ताको लोभ गर्नेहरू राजनीतिक सुरक्षाका निम्ति एमाले प्रवेश गरिरहेका छन् भने एमालेले पनि मधेसवादी दलको कमजोरीको फाइदा उठाएको राजनीतिक विश्लेषण गरिँदै छ।

थप समाचार

नेपाल समय
समाज

करेन्ट लागेर दाजु–भाइको मृत्यु, आमा–छोरा घाइते

करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ भने आमा–छोरा घाइते भएका छन्।
नेपाल समय
समाज

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ।
नेपाल समय
समाज

प्रतिकूल मौसका कारण पोखराबाट हुने उडान रद्द

लगातारको वर्षाका कारण काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन्।
नेपाल समय
समाज

वर्षा जारीः पृथ्वीराजमार्ग सञ्चालनमा, ग्रामीण सडकहरु अवरुद्ध

पृथ्वीराजमार्ग अन्तर्गत धादिङका केही ठाउँमा पहिरा गएपनि अन्य ठाउँको पहिरा हटाएर राजमार्ग सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका–६ जरेखेतमा भने केही बेर अगाडि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।
नेपाल समय
समाज

बारा बस दुर्घटना अपडेट : ९ जनाको सनाखत, घाइते १६ जनाको भरतपुरमा उपचार हुँदै

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौजनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना