मंगलबार, मंसिर १३, २०७९
नेपाल समय
डेटलाइन दमौली-१

पल शाह प्रकरणलाई यसरी गिजोल्दैछन् युट्युबर र कथित अभियन्ता

अनिल यादव , निर्भीकजंग रायमाझी  |  काठमाडौं, मंगलबार, फागुन १७, २०७८
नेपाल समय

अनिल यादव , निर्भीकजंग रायमाझी

काठमाडौं, मंगलबार, फागुन १७, २०७८

दमौली- मंगलबार झिसमिसेमै जिल्ला प्रहरी कार्यालय तनहुँका केही प्रहरी गेटअगाडि बाँस र डोरीले बार लगाइरहेका थिए। धेरैलाई लागिरहेको थियो, अघिल्लो दिनसम्म सर्वसाधारणका लागि खुला रहेको त्यस क्षेत्रमा एक्कासि तारबार गरिनुको कारण शिवरात्रि नै हुनुपर्छ। 

प्रहरी कार्यालय अगाडि नै छ, दमौलीको पुरानो मार्फाली होटल। होटलको आँगनमा उभिएका छन् केही हुल युट्युबर। अनि, उनीहरूको साथमा छन्, कथित अभियन्ता पुण्य गौतम। गफैगफमा प्रहरी कार्यालयतिर नजर तेर्स्याउँदै एक युट्युबर ठट्यौली शैलीमा भन्दैछन्, ‘ओहो, एकाबिहानै बार पो लगाएछन्। हामीसँग डराए कि क्या हो!’

भलै उनीहरू ठट्टा गरिरहेका थिए, तर यथार्थ पनि उनीहरूको अनुमानभन्दा पर छैन। 

बिहानै जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले नेपाल समयसँगको कुराकानीमा यसलाई स्वीकारे। उनले भने, ‘युट्युबर र कथित अभियन्ताको भीड रोक्न बार नलगाई भएन। यद्यपि यस्ता भीडले हामीलाई निष्पक्ष अनुसन्धान गर्नबाट रोक्दैन। ढुक्क हुनुस्, अलिकति पनि प्रभाव पार्न सक्दैन।’

तारबारको अवस्था किन आइपुग्यो? यसको कारण बुझ्न आइतबार र सोमबारको दृश्यमा फर्कनैपर्छ।

एक नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा कलाकार पल शाह आइतबारदेखि उक्त प्रहरी कार्यालयको न्यायिक हिरासतमा छन्। फरार भएको चार दिनपछि मात्रै उनी जिप्रका दमौली पुगेका थिए। 

पल हिरासत पुगेपछि उनलाई पछ्याउँदै केही हुल युट्युबर र कथित सामाजिक अभियन्ता पनि दमौली आइपुगेका छन्। क्यामेरा बोकेर प्रहरी कार्यालयको गेट अगाडि उभिनु, पललाई भेट्न आउने–जानेहरूको बयान लिनु र पलको समर्थनमा माहोल बनाउनुजस्ता काम सोमबारदेखि उनीहरूको नियमित भएका छन्। 

सोमबार त उनीहरूले पलको समर्थनमा जिल्ला प्रहरी कार्यालयको गेटअगाडि नाराबाजी नै गरे। नाराबाजीको नेतृत्व गरिरहेका थिए, कथित अभियन्ता बनेर युट्युबर 'बोक्दै' हिँड्ने पुण्य गौतम, शर्मिला वाइबा र कलाकारसमेत रहेका जयकिशन बस्नेत।

उनीहरूले ‘पल शाहलाई रिहा गर’, ‘दुर्गेश थापा मुर्दावाद’ जस्ता नारा लगाउँथे, युट्युबरहरू भने त्यसैलाई फोकस गरीगरी खिच्थे।  यतिसम्म कि उक्त भीडमा उमेरले १८ पनि नकटेका किशोरकिशोरीसमेत पलको पक्षमा चिच्याइरहेका थिए। 

नेपाल समय
अभियन्ता भनिने गौतम लगायत।

नाबालिग किशोरीको बलात्कार आरोपमा हिरासतमा परेका पलको पक्षमा नाबालिगहरूकै नारा सुनिनु आफैंमा विरोधाभास लाग्थ्यो। सहजै अनुमान गर्न सकिन्थ्यो, काठमाडौंबाट आएका केही कथित अभियन्ता यी किशोरकिशोरीको दुरुपयोग गरिरहेका छन्। 

भीडमा करिब दुई दर्जन युट्यबर थिए। श्रीमान्–श्रीमतीका घरझगडा चियाउँदै हिँड्ने भाइरल युट्युबरहरू सन्तोष देउजा, भोजराज थापालगायत पनि त्यहीँ भेटिए। 

पलका अधिवक्ता बीबी विष्टसमेत उनीहरूकै साथमा आइपुगेका थिए, पललाई भेट्न। यसबाटै पनि युट्युबरहरू यथार्थ रिपाेर्टिङ गर्न आइरहेका छन् या पलको पक्षमा माहोल बनाइरहेका छन्? अनुमान सहजै गर्न सकिन्छ। 

अहिले युट्युबरको ट्रेन्डिङ कन्टेन्ट पछ्याउने हो भने अधिकांश भिडियो पल शाह प्रकरणकै छन्। तीमध्ये धेरैजसो दमौलीमा आएका युट्युबरले नै अपलोड गरेका छन्। प्रायः भिडियोमा पुण्य गौतमको चिच्याहट छुट्ने कुरै भएन। 

जहाँजहाँ घटना, मुद्दा गिजोल्न त्यहीत्यहीँ पुण्य गौतम। यो त अब प्रवृत्ति नै भइसक्यो। पुण्यमात्र होइन, यो केसलाई गिजोल्न दमौलीमा सक्रिय छन् कलाकार जयकिशन बस्नेत र आफूलाई अभियन्ता ठान्दै हिँड्ने शर्मिला वाइबा। बस्नेतले ‘पल शाहलाई कारबाही भयो भने सबै नेपाली जेल जान्छन्’ भन्दै भीडलाई उक्साइरहेको भडियो अहिले पनि युट्युबमा हेर्न सकिन्छ। 

पलविरूद्ध जबर्जस्ती करणीको जाहेरी परेपछि उनले प्रहरीबाट लुक्दै आफूलाई चार जना व्यक्तिहरूले षड्यन्त्रपूर्वक फसाएको आरोप लगाएका थिए। जबकि उनले ती नाबालिग किशोरीसँग यौनजन्य गतिविधि प्रमाणित हुने अडियो यसअघि नै सार्वजनिक भइसकेको थियो। हाम्रो कानुनले १८ वर्षभन्दा कम उमेरका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबर्जस्ती करणी (बलात्कार) गरेको मान्छ।

पलले जब आफूविरूद्ध षड्यन्त्र भएको भन्दै गायकहरू दुर्गेश थापा, सरोज वली, सम्राट चौलागाईं र म्यानेजर कृष्ण जोशीको नाम केही अडियोसहित सार्वजनिक गरे। त्यसपछि एउटा तप्का पलमाथिको आरोप ‘डाइभर्ट’ गर्न र अनुसन्धानलाई प्रभाव पार्न उनलाई फसाइएको भन्ने पलको ‘न्यारेटिभ’लाई स्थापित गर्न लागिपरेका छन्। 

दमौलीमा भेला भएका यी कथित अभियन्ता र केही युट्युबरहरू यही न्यारेटिभलाई बोकेर पलको पक्षमा उभिएको प्रष्टै देखिन्छ। अहिले 'भ्यूज' पाइरहेका अधिकांश पल प्रकरणका युट्युब भिडियो पछ्याउने हो भने पीडितको न्यायको पक्षमा कुनै कन्टेन्ट पाइँदैन। मात्रै पलको समर्थन गर्ने भिडियो भेटिन्छ।  

यतिसम्म कि प्रहरी कार्यालयअगाडि पलको पक्षमा नारा लगाइरहेकी शर्मिला वाइबा त ‘पललाई नछाड्ने हो भने यहीँ डिएसपीको अगाडि कपडा च्यात्ने र आफूलाई बलात्कार गरेको आरोप लगाउन सक्ने’सम्म भनिरहेकी थिइन्। 

नेपाल समय

नाबालिग बलात्कारजस्तो गम्भीर मुद्दामा शर्मिलाले यति हल्का टिप्पणी गर्नु महिलामाथिकै अपमान त हो नै, सँगै कथित अभियन्ताहरूको चेत झल्काउने अभिव्यक्ति पनि हो। 

सोमबार पलको पक्षमा जम्मा भएको भीडमा सहभागी युवतीहरूसँग युट्युबरहरू जबरजस्ती पलको पक्षमा बोल्न र ‘आइ लभ यु’ भन्न लगाइरहेका थिए। दमौली आइपुगेका चलचित्र पत्रकार संघका सदस्यसमेत रहेका युट्युबर गोपीकृष्ण चापागाईं भन्छन्, ‘केटीहरूलाई यस्तो भन्न लगाम् न! भ्यूज बबाल जान्छ' भन्दै उक्साउँछन् साथीहरू। म चाहिँ हुन्न भन्दै टाढिरहेको छु।’

युट्युबरहरू हिरासतभित्र पलको अवस्थादेखि प्रहरीले बयान दिन बोलाएका मान्छेहरूलाई समेत गेटबाहिर जबरजस्ती रोकेर क्यामेरा तेर्स्याएर बोल्न लगाइरहेका छन्। यस्तो लाग्छ, उनीहरू नै प्रहरीका अनुसन्धान अधिकृत हुन् र बयान लिनु उनीहरूको कर्तव्य हो। 

रातो पर्दा टिभी नाम गरेको युट्युबले त पल शाह प्रहरी कार्यालयभित्र जाँदै भिडियो खिच्ने पत्रकारको 'इन्टरभ्यू' लिन भ्याएको छ। जसको  शीर्षक छ-पल शाह भित्र जाँदै गरेको भिडियो खिच्ने पत्रकारको बयान'। 

000

जिल्ला प्रहरी कार्यालय दमौलीको ठीक अगाडि छ, ‘मार्फाली होटल एन्ड लज’। 

राजमार्गको छेउमा भएको हुनाले यो लजमा मानिसहरू खाना खान र बास बस्न आउनेजाने गर्छन्। पुण्य गौतम, जयकिशन बस्नेत तथा उनीहरूले बोलाएका युट्युबरहरूले पनि यही मार्फाली होटललाई आफ्नो किल्ला बनाएका छन्। सोमबार साँझ प्रदर्शनपछि उनीहरू सबै यही होटलमा जम्मा भएर भोलिपल्टको योजना बनाउँदै खाना खान थाले। 

त्यहीँनेर युट्युबरहरूले आफ्ना ल्यापटप खोल्दै केही समयअगाडि आफैंले गरेको प्रदर्शनको भिडियो अपलाेड गरिरहेका थिए। एक घण्टा नबित्दै एक दर्जन बढी युट्युब च्यानलमा ‘हेर्नुहोस् पल शाहको पक्षमा हजारौं जनता दमौली ओर्लिए’जस्ता भ्रमात्मक शीर्षक राख्दै भिडियो अपलोड गर्न थाले। 

उत्तेजक शीर्षक राखेर अपलोड गरिएका कतिपय भिडियो मंगलबार बिहानसम्म युट्युब ट्रेन्डिङमा (शीर्ष स्थानमा) आइसकेका छन्। 

एकैछिन होटलमा बसेर बनाइएका यस्ता भिडियो ट्रेन्डिङमा पर्नुको कारण उत्तेजक शीर्षक, बाइट र पूर्वयोजना नै हो। दमौलीको माहोल हेर्दा, कसलाई चिच्याएर बोल्न लगाउने, कसलाई रून लगाउने र कोमाथि धावा बोल्ने पहिले नै तय भइसकेको प्रतीत हुन्छ। 

भिडियो बनाएर युट्युबमा अपलोड गरिसकेपछि पुण्य र युट्युबरको टोली खाना खान बस्यो। तीमध्ये केही सुरापानतिर लागे भने केही अझै पल शाहको पक्षमा उत्तेजक भिडियो बनाउन व्यस्त रहे। 

अधिकांश युट्युबर सोमबार राति यही मार्फाली होटलमा बसे। किनभने भोलिपल्ट जम्मा भएर फेरि पल शाहको पक्षमा प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्न यही ठाउँ सेन्टर लोकेसन पर्थ्यो।

युट्युबमा छाइरहेका कन्टेट हेर्दा दमौलीमा पलको पक्षमा हजारौं जनता आएका रहेछन् कि भन्ने भान हुन्छ। तपाईं पनि ती भिडियो हेर्दै हुनुहुन्छ भने ठूलो भ्रममा हुनुहुन्छ। 

वास्तवमा पलको पक्षमा नाराबाजी गर्न दमौलीका स्थानीयको सहभागिता देखिँदैन। यस्तो लाग्छ, कतिपय स्थानीयलाई पल शाहलाई प्रहरीले खोजेको कुरा थाहा भए पनि दमौलीमै राखिएको कुरा थाहा छैन। शिवरात्रि भएकाले धेरै मानिस बजारको किनमेलमै व्यस्त देखिन्थे। 

यद्यपि केही स्थानीय किशोरकिशोरीलाई पलको पक्षमा बोले भिडियोमा छाउन सकिने तथा सबैले चिन्ने आश्वासन देखाएर नाराबाजी गर्न सहभागी बनाइएको थियो। 

प्रहरीले अनुसन्धानको क्रममा रहेको मुद्दामा विरोध प्रदर्शन नगर्न आग्रह गरे पनि पुण्य गौतम नेतृत्वको जमात त्यो मान्न तयार थिएन। उनीहरू उल्टै ‘पल शाह निर्दोष छन्, दुर्गेश थापा मुर्दावाद!’, ‘दुर्गेशलाई फाँसी दे!’ जस्ता नारा लगाइरहेका थिए। 

सोमबारको यो दृश्य मंगलबार शिवरात्रीका दिन पनि दोहोरिएको छ। दिउँसो यो रिपोर्ट तयार पार्दासम्म पल अभिनित म यस्तो गीत गाउँछु-२ का निर्देशक सुदर्शन थापाको टोली पललाई भेट्न आइसकेको थियो। 


मंगलबार पललाई भेट्न आएका सुदर्शन थापालाई घेर्दै युट्युबरहरू।

पललाई प्रहरी हिरासतमा भेटिसकेपछि युट्युबरलाई अन्तर्वार्ता दिएर उनीहरू बाहिरिसकेका छन्। काठमाडौं फिर्ता हुने तयारीमा रहेका केही युट्युबर अझै केही दिन यतै बस्ने भएका छन्। भन्दै थिए, ‘पूजा शर्मालगायतका कलाकार पनि आउने रे! पूजाको कन्टेन्टमा त लास्ट भ्यूज जान्छ। अझै केही दिन बस्नुपर्ने भयो।’ पूर्व डिआइजी हेमन्त मल्ल नाबालिग करणीको मुद्दामा जसरी पल शाहको पक्षमा उत्तेजक माहोल सिर्जना गर्न खोजिँदैछ यसले हाम्रो समाजको डरलाग्दो पक्ष उजागर गरिरेहको बताउँछन्। 

‘प्रहरीको अनुसन्धानलाई प्रभाव पार्न हाइ प्रोफाइल केसमा धेरैपटक यस्तो भएको छ,’ उनी भन्छन्, 'तर यस्तो न्यारेटिभको प्रभावमा प्रहरी पर्नुहुँदैन। मलाई विश्वास छ यस्तो गम्भीर प्रकृतिको मुद्दामा कमजोर अनुसन्धान गर्ने गल्ती प्रहरीले गर्दैन।’

(नेपाल समय टिम दमौलीमा छ। यहाँको निरन्तर अपडेट गर्नेछौं। नेपाल समय हेर्दै गर्नुहोला।)

यो पनि

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चितवनका तीन क्षेत्रमा कसको अवस्था कस्तो?

प्रतिनिधिसभामा तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा तीनवटै क्षेत्रको मतगणना भइरहेको छ।

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

यो एमालेको दोस्रो जित हो। यसअघि एमालेले ललितपुर २ मा जित निकालेको थियो।

गुल्मी-२ मा ठूलो मतान्तरले पछि परिन् झाँक्री

गुल्मी क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भारी मतले पछि पार्दै नेकपा एमालेका गोकर्ण विष्टले अग्रता कायम राखेका छन्।

समानुपातिक मतमा स्वतन्त्र पार्टी तेस्रो, एमालेलाई पछ्याउँदै कांग्रेस

प्रत्यक्षतर्फ चार वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना भइरहेको छ।

गुल्मी-२ मा झाँक्रीलाई पछि पार्दै विष्टको अग्रता

आइतबार भएको निर्वाचन जारी मतगणनामा विष्ट ६७२ मतसहित अगाडि छन्।

युथ युनेस्को क्लब युएसएको इन्टरनेशनल मिडिया एडभाइजरमा बस्नेत

अमेरिकाको क्यालिफोर्नियामा युवा केन्द्रित रचनात्मक कार्यहरू सञ्चालन गर्दै आएको युथ युनेस्को क्लब युएसएले सञ्चारकर्मी मनोज बस्नेतलाई अन्तर्राष्ट्रिय सञ्चार सल्लाहकारमा मनोनयन गरेको छ।

दुई क्षेत्रमा स्वतन्त्र पार्टी अगाडि, दुई-दुईमा कांग्रेस र एमाले

काठमाडौं हिजो आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत आज बिहानदेखि केही क्षेत्रमा मतगणना सुरु भएको छ।

बाजुरामा गोली लागेका एक जनाको मृत्यु

कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो।

जेलबाट मतदान गरेपछि रेशम चौधरीले भने– बडा मज्जा आयो

कैदीबन्दीले पनि निर्वाचनमा सहभागी हुन पाउने भएपछि उनीहरु उत्साहित भएका थिए। काठमाडौं उपत्यकामा १८२ जना कैदीबन्दी मतदान गर्न योग्य भएको निर्वाचन अयोगको तथ्यांक छ।

थप समाचार

नेपाल समय
समाज

कस्तो रहला आजको मौसम?

आज देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय
समाज

आजको राशिफल [२०७९ मंसिर १३]

आज २०७९ मंसिर १३ गते तदनुसार २९ नोभेम्बर २०२२ मंसिर शुक्ल षष्ठी पञ्चाङ्ग: ध्रुव तैतल श्रवण
नेपाल समय
समाज

बालेनविरुद्ध सुकुम्बासी आन्दोलन : हाम्रो भोट फिर्ता गर

बस्ती खाली गर्न नसकेपछि महानगरको डोजर फर्किएकोमा पुन: बस्ती खालि गर्नेगरी फर्किने तयारी महानगरले गरेको छ।
नेपाल समय
समाज

दल र स्वतन्त्रले निर्वाचनमा प्रयोग गरे बालबालिका

बालबालिका र विद्यालय शान्ति क्षेत्र अवधारणाको व्यावहारिक कार्यान्वयन अझै प्रभावकारी हुन नसकेको भन्दै उनले मतदानस्थलका लागि विद्यालयको विकल्प खोज्न जरुरी रहेको धारणा राखे।
नेपाल समय
समाज

स्याउको बिरुवामै भ्रष्टाचार!

मुगुको छायानाथ रारा नगरपालिकाले आव २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा बिरुवा खरिदका लागि वास्तविक लागतभन्दा बढीको नक्कली बिल बनाएर भ्रष्टाचार गरेको पाइएपछि अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना