सोमबार, असोज १०, २०७९
नेपाल समय
सन्दर्भ : जनयुद्ध दिवस

त्यसपछि ‘फूल’जस्ती बागमती ‘बन्दुक’ बनिन्

दिलीप कुँवर  |  काठमाडौं, आइतबार, फागुन १, २०७८
दिलीप कुँवर

दिलीप कुँवर

काठमाडौं, आइतबार, फागुन १, २०७८

रोल्पा-

२०५६ साल असोज २८ गते। बिहान लगभग ८ बज्दै थियो। बागमती थापा आफ्नै घरको सरसफाइमा व्यस्त थिइन्। कहिले आँगन, कहिले धारा, कहिले शौचालय त कहिले तरकारी बारी, उनी आफ्नै सुरमा काम गरिरहेकी थिइन्। ओहोरदोहोर गरिरहेकी थिइन्। 

त्यो रात उनको घरलाई चारैतिर प्रहरीले घेरा हालिसकेका रहेछन्। तर उनलाई केही थाहै थिएन। उनलाई आफू र आफ्नो छोरी प्रहरी घेरामा परेको बल्ल त्यतिबेला थाहा भयो, जब दुई जना प्रहरी बन्दुक भिरेर उनकै आँगनमा आइपुगे। 

त्यसपछि प्रहरीको पहिलो प्रश्न थियो, ‘सुनील खोइ?’ 

बागमतीका श्रीमान् सुनील ०५२ सालदेखि नै माओवादी युद्धमा भूमिगत भइसकेका थिए। त्यसैले सुनीलको विषयलाई लिएर सेना र प्रहरी घरमा आइरहनु, प्रश्न सोधिरहनु, तनाव दिइरहनु उनका लागि सामान्य बनिसकेको थियो।

सुनील युद्धको पहिलो रणनैतिक आक्रमणदेखि नै घरमा लुकी–लुकी आउजाउ गर्न थालेका थिए। 

नेपाल समय
बागमतीका श्रीमान सुनील (सबैभन्दा अघि)।

त्यस बिहान भने, माहोल अरु दिन भन्दा अलि फरक थियो। सुलिचौर र गजुलकोट चौकीका करिब ४० जनाभन्दा बढी प्रहरीले उनको घरलाई घेरिरहेका थिए। सुरुमा अनेक प्रश्न गरे। तर, केही गर्दा पनि सुनीलको ठेगाना पाएनन्। त्यसपछि बागमती र उनकी सानी छोरीसँगै झम्टिन थाले। दुवैको आँखामा कालो पट्टी बाँधे। र, त्यहाँ सिधैँ लिएर गए– गजुलकोट प्रहरी चोकी। 

‘पट्टी खोल्दा त म प्रहरी चौकी आइपुगेछु,’ त्यो अप्रत्याशित गिरफ्तार सम्झिदै बागमती भन्छिन्, ‘यातना सहने त बानी परिसकेकी थिएँ। तर त्यसदिन भने म र मेरो सानी छोरीलाई दुर्व्यवहारसहित गजलुकोट चौकीमा लगियो। त्यसपछि लगातार १९ दिनसम्म हिरासतमै राखियो। यातना त कति दिइयो, दिइयो। सम्झिँदा अझै छटपटी हुन्छ।’

जब जब फागुन १ आउँछ, कति मान्छेहरु जनयुद्ध दिवसको उल्लास मनाउँलान् तर बागमतीलाई भने त्यो निर्मम यातनाको स्मृतिले छोड्दैन। त्यसो त उनी अहिले सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष हुन्। तर त्यो घटना सम्झँदा उनलाई अहिले पनि पीडा हुन्छ, एक्कासी आक्रमक हुन मन लाग्छ। 

नेपाल समय
उपाध्यक्ष बागमती आफ्नो कार्यकक्षमा।

‘त्यतिबेला अहिलेको जस्तो वातावरण हुन्थ्यो भने म प्रहरीमाथि नै जाइलाग्थेँ होला,' उनी आक्रोशित भावमा भन्छिन्, ‘यस्तो लाग्छ, बरु जीवनभर जेल बस्नुपरे पनि मलाई कुनै पश्चाताप हुने थिएन।’ 

000

आज फागुन १ गते अर्थात् जनयुद्ध दिवस। २८ वर्षअघि आजकै दिन (०५२ साल फागुन १) माओवादीले रोल्पाको होलेरी चौकी आक्रमण गरेर १० वर्षे द्वन्द्वको औपचारिक सुरुवात गरेको थियो।

यस आक्रमणको केही दिनमै रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीस्थित चौकी र गोरखाको च्याङ्लीस्थित कृषि विकास बैंक कब्जा गरेपछि बल्ल पार्टी नेतृत्व गरिरहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले पहिलो विज्ञप्ति जारी गरेर नयाँ क्रान्तिको उद्घोष गरेका थिए। 

युद्धबाट ग्रसित भएका जनताहरुले शान्ति सम्झौतापश्चात् जुन सपना देखेका थिए, त्यो भने दुई दशक बितिसक्दासम्म पनि पुरा हुन सकेको छैन। 

नेपाल समय
बाँयाबाट क्रमश: सन्तोष बुढा (विप्लव नेकपाको राजनीतिमा सक्रिय), नेत्रविक्रम चन्द 'विप्लव', उपराष्ट्रपति नन्दबहादुर पुन, किमबहादुर थापा 'सुनील' (सल्यान-रोल्पा सीमानामा मारिएका)।

संसदीय व्यवस्थालाई ‘बाहिर खसीको मासु झुन्डाएर भित्र कुकुरको मासु बेच्ने स्थल’को स्पष्ट संज्ञा र अभिव्यक्ति दिने प्रचण्ड अन्ततः अहिले त्यही व्यवस्थाको रखवाला छन्।

तर, वर्ग संघर्ष र जनताको मुक्तिको लागि भन्दै तत्कालीन समयमा माओवादीले अघि सारेका धेरै एजेन्डा अझै अधुरा छन्, अपुरा छन्। हुन त यो द्वन्द्वकालका उपलब्धी पनि होलान् तर सँगसँगै यसले धेरै परिवारलाई कहिल्यै निको नहुने चोट पनि दिएर गएको छ। बागमतीको कथा, त्यस्तै एउटा परिवारको कथा हो। 

बागमतीका श्रीमान् युद्ध सुरु भएदेखि नै भूमिगत थिए। बागमतीलाई भने जंगल पस्ने कुनै रहर थिएन। तर मान्छेलाई परिस्थिति र नियतिले के छाड्थ्यो र!

‘मलाई बन्दुक उठाउने कुनै रहर थिएन। श्रीमान युद्धमा लागे पनि म चाहिँ घरमै सन्तानको रेखदेख गरेर बस्छु भन्ने सोचकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘तर अवस्था अनपेक्षित बनिदियो। प्रहरी हिरासतभित्र १९ दिनसम्म भोगेको शारीरिक र मानसिक यातनालाई मैले कसरी बिर्सुं? अहँ सकिनँ। विद्रोहमा होमिन बाध्य भएँ। यातनाले म झन् बलियो भएँ। जंगल पस्न बाँध्य भएँ।’

त्यसबेला प्रहरीले उनको परिवारलाई शारीरिक र मानसिक यातना मात्रै दिएन, भएको एउटा घरमा समेत आगो लगाइदियो। ‘त्यसपछि त म भूमिगत हुनैपर्ने अवस्था आयो,’ उनी भन्छिन्, ‘त्यतिबेला उनीहरूले घर मात्रै होइन, मेरो गोठ पनि छाडेन। गोठमा आगो लाग्दा गाई, भैँसी र बाख्राहरुको घाँटीबाट दाम्लो फुकिरहेको थियो। म टुलुटुलु हेर्न बाँध्य थिएँ।’

नेपाल समय
रातो जस्ताको छानो भएको बागमतीको घर। प्रहरीले पुरानो घरमा आगो लगाइदिएपछि त्यही ठाउँमा बागमतीले यो नयाँ घर बनाएकी हुन्।

बागमती अहिले गाउँपालिकाको उपाध्यक्ष भए पनि यो राज्य व्यवस्थासँग भने खुशी छैनन्। जुन क्रान्तिको अठोट लिएर युद्ध सुरु गरिएको थियो, त्यो क्रान्ति अझै पूरा नभएको उनको जिकिर छ। 

उनी भन्छिन्, ‘अहिले देख्ने र भन्नेहरु त उपाध्यक्ष बनेकी छ भन्छन्, तर म आफैसँग भने म खुशी छैन।’ 

उनी बरु प्रश्न गर्छिन्, ‘म फूलजस्तै कोमल भएर बाँच्न चाहन्थेँ। तर हालतले निडर र बन्दुक बनायो। हामीले बगाएको रगत र पसिनाको मूल्य खोई? हामीले निधारमा बाँधेर हिँडेको समाजवाद र समावेशिताको रुमाल यति चाँडै फोहोर हुन सक्छ?’ 

छोरो विजय थापाले पनि आफ्नो बुबाले परिकल्पना गरेको क्रान्ति १० प्रतिशत पनि पूरा नभएको गुनासो पोख्छन्। 

‘बुबाले परिवार त्यागेर क्रान्तिमा लाग्नुभयो। तर खै, त्यो क्रान्ति? सहिदहरुले त्यतिबेला पक्कै आजको यही कुरूप राज्य व्यवस्था देख्नका लागि नै बलिदान दिएका थिएनन्,' उनको दुःखमनाउ छ।  

नेपाल समय
सुनील-बागमतीका छोरा विजय।

शान्ति सम्झौता र सुनील–बागमतीको जिम्मेवारी

वामदेव गौतम रोल्पा नपुगेको भए सात दल र माओवादीबीच १२ बुँदे समझदारीको लागि बाटो खुल्ने थिएन। वास्तवमा प्रचण्डले गिरिजाप्रसाद कोइराला र माधव नेपाललाई पनि सम्झौताको लागि आधार इलाका रोल्पामै बोलाएका थिए।

यहाँसम्म कि प्रचण्डले कोइराला र नेपाललाई दाङसम्म गाडीमा ल्याउन र त्यहाँबाट रोल्पासम्म घोडामा चढाएर पुर्‍याउने योजना बनाए। तर उमेर ढल्किसकेका कोइरालाले भने आफ्नो स्वास्थ समस्याको कारण घोडामा चढ्न नसक्ने भन्दै रोल्पा पुग्न ठाडै अस्वीकार गरे। बरु उनले प्रचण्डलाई नै सम्झौताको लागि दिल्ली पुग्न पत्र लेखे।

वास्तवमा कोइरालाले स्वास्थ्यको समस्या देखाए पनि उनी माओवादीकै आधार इलाकामा पुगेपछि आफ्नो जीवन नै असुरक्षित हुने हो कि भन्ने डरले रोल्पा नगएको विश्लेषण पनि गरिन्छ। 

ठाउँ पक्का नहुँदा एक महिनासम्म बैठकले पूर्णता पाउन सकेको थिएन। दिल्ली पक्का भएपछि कोइराला सिधै त्यतै लागे। त्यतिन्जेलसम्म माधव नेपाल पनि नजरबन्धबाट मुक्त भइसकेका थिए। उनी पनि नजरबन्धबाट मुक्त भएलगत्तै दिल्लीतर्फ नै प्रस्थान गरे।

त्यतिबेला कोइरालाको दाहिने हात बनेर चक्रप्रसाद बास्तोला र कृष्णप्रसाद सिटौलाले महत्वपूर्ण भूमिका निभाएका थिए। प्रचण्डको लागि पनि रोल्पाबाट दाङ हुँदै दिल्लीसम्म पुग्नु कम्ती चुनौतीपूर्ण र जोखिम थिएन। किनकि त्यतिबेला सीमा सुरक्षा आजजस्तो थिएन। यही कारणले पनि माओवादी नेताहरु निर्धारित समयमा दिल्ली पुग्न सकेनन्।

रोल्पाबाट हिँडेको २१ दिनपछि बल्ल प्रचण्ड, बाबुराम भट्टराई र कृष्णबहादुर महरा दिल्ली पुगे। अर्थात् ०६२ कार्तिक २१ गते। सीमासम्म उनीहरुको सुरक्षाको जिम्मेवारी सुनीलले पाए। सुनीलको जिम्मेवारी वास्तवमा बागमतीको पनि जिम्मेवारी थियो। त्यसो त जिम्मेवारी लिनु केही दिनअघि मात्र सुनीलले पाँचौ डिभिजन कमान्डर बनेका थिए। 

वास्तवमा दिल्लीसम्म पुग्ने बाटो सुरक्षित छ भन्ने प्रचण्डमा आशंका नै थियो। उनी चाहन्थे कि कुनै घटना भइहालेमा केही पेस्तोलहरु लुकाएर दिल्लीसम्मै पुर्‍याउने। तर सबै हतियार बोकेर सुनील सीमाबाटै फर्किए। 

विडम्बना मंसिर १४ गते रोल्पा र सल्यानको सिमानामा पर्ने जिनावाङमा तत्कालीन शाही सेनाले हवाइ आक्रमण गर्दा सुनीलले ज्यान गुमाए। 

द्वन्द्वकालमा आफ्नो श्रीमान् सुनीलजस्तै थुप्रैको हत्या भएको बागमतीको आरोप छ। उनलाई लाग्छ, अहिले माओवादीभित्रकै पुँजीवादको संस्कारले पार्टीको आस्था र निष्ठाप्रतिको समर्पण कमजोर हुँदै गइरहेको छ। तैपनि उनको अनुभव छ, ‘अब बन्दुकको युद्धबाट परिवर्तन सम्भव छैन, विचारले नै हो क्रान्ति गर्ने। तर मुख्य कुरा हामीमा त्यहीँ वैचारिकता छैन।’

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

चीनमा सैन्य 'कू' को हल्ला, राष्ट्रपति सी नजरबन्दमा छन् त?

सोसल मिडियामा भने सीबारे अनेकन 'हल्ला' भइरहेका छन्। चीनियाँ राष्ट्रपति सीलाई वास्तवमा के भएको भन्‍ने कुरालाई सहजै भन्‍न सकिँदैन।

समान अवसरको मागसहित शेखर समूहले खवरदारी सभा गर्ने

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टीभित्र समान अवसर र न्यायका लागि खवरदारी सभा आयोजना गर्ने भएको छ।

लेखक केशव दाहालको 'माधवी ओ माधवी' सार्वजनिक

'मोक्षभूमि' उपन्यासका लेखक केशव दाहालको गैरआख्यान निर्बन्ध लेखन संगालो 'माधवी ओ माधवी' शुक्रबार विमोचन गरिएको छ।

काठमाडौंका १० निर्वाचन क्षेत्र : पुराना दललाई स्वतन्त्र र नयाँ दल चुनौती

स्वतन्त्रदेखि झिनामसिनाका पार्टीबाट उम्मेदवारी घोषणा गरिएपछि संघीय राजधानीसमेत रहेको काठमाडौंका १० निर्वाचन क्षेत्रमा ठूला दलहरूलाई चुनाव जित्न गठबन्धनको भर। गठबन्धन गर्दा कांग्रेसको सुरक्षित किल्ला अन्य दललाई सुम्पिनुपर्ने बाध्यता।

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।

कार्यकालपछि राष्ट्रपति भण्डारीले राजनीतिक नेतृत्व गरे अति राम्रो : गोकुल बाँस्कोटा

बिहीबार ट्विट गर्दै बाँस्कोटाले पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कानुनी व्यवस्था नरहेको उल्लेख गर्दै राष्ट्रपतिलाई राजनीतिक नेतृत्व लिन सुझाव दिएका हुन्।

ब्याजदर बढेपछि व्यापारी र बैंकर्सबीच द्वन्द्व, हस्तक्षेप नगर्ने पक्षमा राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएको विषयमा निजी क्षेत्रका उद्योगी र व्यापारी असन्तुष्ट छन्। निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने भन्दै उनीहरू असन्तुष्ट बनेका हुन्।

निधिले छोडे पनि धनुषा-३ मा गठबन्धनको हानाथाप, को बन्ला जुलीको प्रतिस्पर्धी?

उता २०७४ सालमा धनुषा ३ बाट निर्वाचित सांसद एंव लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले यही क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा छन् भने लालकिशोर साह, जितेन्द्रकुमार यादव, विजयकुमार भगत र सर्वजित ठाकुरको नाम सिफारिस गरेको छ।

प्रेमगीत–३ लाई लिएर किन आयो चलचित्र क्षेत्रमा हलचल?

‘प्रेमगीत–३’लाई लिएर नेपाली फिल्मकर्मीहरू विभाजित भएका छन्। कोही हिन्दी भर्सनलाई नेपाली फिल्मसरह कर छुट दिनुपर्ने र कोही दिन नहुने पक्षमा उभिएका छन्।

सरकारको आग्रह लत्याउँदै सीपीसीको सुरक्षा रणनीति बैठकमा राष्ट्रपति भण्डारी सहभागी

चिनियाँ कम्युनिस्ट पार्टीले बुधबार आयोजना गरेको भर्चुअल सम्मेलनमा राष्ट्रपति भण्डारीले रेकर्डेड भिडियो सन्देश पठाएको राष्ट्रपति कार्यालयले पुष्टि गरेको छ।

थप समाचार

नेपाल समय
समाज

६ वटा पूर्ण र २२ सडक आंशिक अवरुद्ध : सडक विभाग

निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध सडक एकतर्फी खुलाएर आंशिक सवारीसाधन सञ्चालनमा ल्याउन तयारीमा विभाग, दसैंमा घर फर्किनेहरूलाई सास्ती।
नेपाल समय
समाज

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ : सभामुख सापकोटा

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताएका उनले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको उल्लेख गरे।
नेपाल समय
समाज

मनास्लुमा हिमपहिरो, मौसम खराबीले उद्धारमा कठिनाइ

मनास्लु हिमालको हिपमहिरोमा फसेकाहरूको उद्धारमा मौसम बाधक बनेको छ।
नेपाल समय
समाज

देशभरका अदालतमा सोमबारदेखि बन्दी प्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइ हुने

घटस्थापनादेखि कोजाग्रत पूर्णिमाका दिनसम्म सर्वोच्च अदालत बन्द रहने भएकाले अन्य रिटमा सुनुवाइ नहुने अदालत प्रशासनले बताएको हो।
नेपाल समय
समाज

गोरखा दरबारको दसैघरमा बिधिपूर्वक जमरा राखियो

गोरखाको कालिका मन्दिरमा रहेको दसैं घरमा आज बिधिपूर्वक जमरा राखिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसै घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना