आइतबार, साउन २९, २०७९

पुर्ख्यौली पेसा मूर्तिकलामा शिक्षितको आकर्षण

जयन्त ठाकुर  |  काठमाडौं, शुक्रबार, माघ २१, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शुक्रबार, माघ २१, २०७८, काठमाडौं

नेपाल समय

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका-२० का उत्तिमलाल पण्डित यति बेला १४ घण्टा काममै व्यस्त हुन्छन्। बिहान ७ बजे सुरु भएको उनको काम रातिको ९ बजेसम्म चलिरहन्छ। पुर्ख्यौली पेसामा १४-१५ घण्टा रमाइरहेका उत्तिमलाई यही पेसाले खुशी दिलाएको छ। 

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ। उच्च शिक्षाले आफूहरूको परम्परा, पहिचान र संस्कृतिको महत्त्व बुझाउन सहयोग गरेका कारण पनि यो पेसामा रमाउन थालेका हुन् उत्तिम। पुर्ख्यौली पेसा गरे कमाइ मात्र होइन, संस्कृतिको पनि संरक्षणमा पनि योगदान हुने भएकाले पनि उनलाई आकर्षण गरेको हो। 

मिथिला क्षेत्रमा थुप्रै चाडपर्व मनाइन्छन्। प्रायः सबै चाडपर्वमा माटोबाट निर्मित कलात्मक मूर्तिको प्रयोग हुन्छ। नागपूजा, विश्वकर्मापूजा, दुर्गा पूजाजस्ता चाडपर्वमा त माटोका मुर्तिको कारोबार धेरै हुन्छ। रंगबिरंगका कलात्मक मूर्तिहरू बनाएर भगवानकै रूपमा पूजिन्छन्। 

सरस्वती पूजा नजिकिएकाले उत्तिम यतिबेला १४ घण्टासम्म व्यस्त हुन थालेका हुन्। उनीजस्ता थुप्रै कालिगढलाई यतिबेला भ्याइनभ्याइ छ। मिथिला क्षेत्रमा यस वर्ष दुई दिन सरस्वती पूजा (बसन्त पञ्चमी) मनाइने भएको छ। तिथिको हिसाबले माघ शुक्ल पञ्चमी शनिबार र आइतबार गरी दुवै दिन परेकाले दुवै दिन बसन्तपञ्चमी मनाइने भएको हो।

मिथिलाका प्रायः सबै विद्यालयमा सरस्वती पूजा हुन्छ। प्राय विद्यालयले माटोको मुर्तिकै पूजा गर्छन्। विद्यालय बाहेकका स्थानमा पनि माटोको प्रतिमा राखेर सरस्वती पूजा हुन्छ। त्यसअघि नै मुर्तिलाई अन्तिम रूप दिएर सम्बन्धित स्थानसम्म पुग्ने व्यवस्था गर्नुपर्ने भएकाले उत्तिमजस्ता मूर्तिकारको दैनिकी व्यस्त हुने गरेको हो। 


नेपाल समय

‘म कक्षा ५/६ कक्षामा पढ्दै गर्दा बुबालाई सहयोग गर्ने उद्देश्यले मुर्ति बनाउन सिकेको थिएँ। यो हाम्रो पुर्ख्यौली पेसा हो। लोप हुन लागेकाले यसलाई निरन्तरता दिन यस काममा लागेको छु,’ उत्तिमले भने। 

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरसम्म गरेका उत्तिम आफूले केही हदसम्म औपचारिक शिक्षा लिएकाले पनि आफ्नो परम्पराप्रति मोह बढेको बताउँछन्। 'सामान्यतया मूर्ति बनाउनेहरु अनपढ हुन्छन् भन्ने सोच छ समाजमा। मैले स्नातकोत्तर गरेको छु भन्ने थाहा पाएपछि सामान बनाउन अर्डर दिन आउनेको दृष्टिकोण व्यापक बदलिन्छ,’ उनले भने। 

पण्डित (कुम्हाल) जातिको पुर्ख्यौली पेसा माटाका विभिन्न कलात्मक वस्तु निर्माण गर्ने हो। लगभग २० वर्षदेखि विभिन्न किसिमका कलात्मक मूर्ति निर्माण गर्दै आएका उत्तिमलाई बुवाको सहयोग, प्रेरणा र उत्साह छ। 

उत्तिम स्थानीय गैरसरकारी संस्थामा पनि आबद्ध थिए। शुरुका केही समय उनले अफिसको काम सकेर फुर्सद मिलेको समयमा मात्र मूर्ति बनाउने काम गर्थे। अहिले उनी पूरा समय मूर्ति बनाउन दिन थालेका छन्। 

नेपाल समय

'सानो हुँदा बुवाले मूर्ति बनाउन प्रयोग गरेका विभिन्न तौरतरिका नियाल्थेँ। कतिपय कुरा बुबाले सिकाउनु हुन्थ्यो,' उनले भने, 'तर मुर्ति बनाउने विषयमा कुनै औपचारिक तालिम लिएको छैन, यो हाम्रो पुर्ख्यौली पेसा हो। पुर्ख्यौली पेसा जन्मजात तालिमजस्तै रहेछ।' 

बजारमा माग बढेकाले उत्तिमले मात्र सबै काम नभ्याउने भए। उनलाई यतिबेला ७ जनाले सहयोग गर्दै आएका छन्। 'मलाई ७ जनाले सहयोग गर्दै आउनु भएको छ। मैले आफ्नै पुर्ख्यौली पेसा अपनाएर कम्तीमा ७ जनालाई भएपनि रोजगारी त सिर्जना गरेँ,' उनले थपे, 'आफ्नो कमाई भन्दा पनि अरुको कमाइमा थोरै भए पनि आफ्नो योगदान छ भन्न पाउँदाको अनुभव छुट्टै हुँदो रहेछ।'

यद्यपि मुर्ति बनाउने पेसाबाट पण्डित आफूले पनि राम्रै आम्दानी गरेको बताउँछन्। एक सिजनमा लगभग चार लाख कमाइ हुने उनको भनाइ छ। 'जागिरमा गर्दा बढी समय त्यसमा नै दिनुपर्छ। अरुलाई रोजगारी सिर्जना गर्ने कुरा त हामीले सोच्ने कुरा पनि भएन। मलाई यही कामबाट सन्तुष्टि मिलेको छ,' पण्डित बताउँछन्।

विन्देश्वर पण्डितले पनि स्नातक गरेका छन्। उनले पनि उत्तिमले जस्तै पुर्ख्यौली पेसालाई संरक्षण गर्दै ससाना खुशीहरू बटुल्दैछन्। धनुषा नन्नुपट्टीका विन्देश्वर अर्थशास्त्रबाट स्नातकसम्म अध्ययन गरेका उनी जनकपुरधामको एक शिक्षण संस्थामा कम्प्युटर अपरेटरको काम पनि गर्छन्। 

दाजु श्याम पण्डितलाई मुर्ति बनाउने काममा सहयोग गर्दागर्दै विन्देश्वरले पनि काम सिके। पुर्ख्यौली पेसा सिकेकै कारण उनले थुप्रैपटक साथीहरूले 'हेयभाव'ले पनि हेरे। तर उनी विचलित भएनन्। ‘शुरु शुरुमा मूर्ति बनाएको देखेर साथीहरु मलाई गिज्याउँथे। तर मलाई त्यसले केही फरक पार्न सकेन,' उनले भने, 'मेरो यो संस्कारको संरक्षण गर्ने जिम्मा हामी जस्तै युवाहरुको काँधमा छ नि?’

मूर्तिमा महामारीको मार

थुप्रै व्यवसायले कोरोनाको मार खेपेका छन्। मुर्ति व्यवसाय पनि यसबाट अछुतो रहेन नै। महामारी सकिएको भए सरस्वती पूजाका लागि मूर्ति आपूर्ति गर्न भ्याइनभ्याइ हुन्थ्यो मात्र होइन, थप मानिस पनि यसमा आबद्ध हुन सक्थे। २ वर्षदेखिको महामारीले मुर्ति व्यवसायलाई चुनौती थपेको छ। यसपाली पनि ओमिक्रोन भेरियन्टका कारण विद्यालय बन्द हुँदा सबैतिर सोचेजस्तो व्यापार छैन। 

नेपाल समय

जनकपुरधामको शुक्रबारी बजारका मूर्तिकार जोगेन्द्र पण्डितले ६० वटा मूर्ति बनाएका छन्। तर अहिलेसम्म ४५ वटा मूर्ति मात्रै बिक्री भएका छन्। २ वर्ष अगाडिसम्म जोगिन्द्रले सरस्वती पूजाको एक सिजनमा १ सयभन्दा बढी मूर्ति बिक्री गर्थे। तर २ वर्षदेखि आम्दानी कम हुँदै गएको छ। 

मूर्ति बनाउनका लागि माटो, बाँस, सुतलीको बोरा, रंग, सजावटका सामग्रीहरू आवश्यक हुन्छ। यी सबै सामग्रीहरु खरिद गर्नुपर्छ। पछिल्लो केही वर्षयता माटो र बाँसको मूल्य पनि वृद्धि भइरहेको छ। 

एक ट्र्याक्टर माटो किन्न ३ हजार रुपैयाँ पर्छ। एउटा बाँस खरिद गर्न कम्तीमा २ सय रुपैयाँ खर्चनुपर्छ।

‘एउटा सानो मूर्ति बनाउनका लागि कम्तीमा ३ हजार रुपैयाँ खर्च पर्छ। जबकि त्यो मूर्ति ४ हजार ५ सयदेखि ५ हजारमा मात्रै बिक्री हुन्छ,’ जोगिन्द्र भन्छन्, 'कोरोना महामारीका कारण मूर्ति बनाउन प्रयोग हुने अन्य अन्य सामग्रीको मूल्य आकाशिएको छ। तर मूर्तिहरुको मूल्य अहिले पनि दशक पुरानो छ।' सरस्वती पूजाका लागि तयार गरिएका मूर्तिको मूल्य ४ हजारदेखि ३५ हजारसम्म पर्ने गरेको छ। 

नेपाल समय

प्रकाशित: February 4, 2022 | 06:38:06 काठमाडौं, शुक्रबार, माघ २१, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

निर्मला प्रकरण : 'शंकास्पद दोषी' विष्टको बचाउ गर्ने परिवार नै पीडित!

निर्मला हत्या प्रकरणमा प्रहरीले विष्टलाई दोषी करार गर्न खोजेको थियो। आरोप विष्टले स्वीकार पनि गरेका थिए। तर स्थानीयले विष्टको मानसिक सन्तुलन ठीक नभएको र प्रहरीले ‘भीआईपी’ अपराधी जोगाउन ‘निर्दोष’लाई 'बलिको बोको' बनाउन खोजेको भन्दै आन्दोलन गरेका थिए। त्यो भीडमा विष्टबाट यतिबेला दुर्व्यवहार भोगेकी किशोरीको परिवार पनि सहभागी थियो।

०६४ सालमा केपी ओलीलाई हराएका लिङ्देन खोज्दैछन् अर्को 'चान्स'

२०६४ सालको चुनावमा केपी ओलीलाई झापा क्षेत्र नम्बर ५ बाट हराएर चर्चामा आएका लिङ्देन पुनः उनैसँग आउँदो मंसिरको निर्वाचनमा भिड्ने मुडमा छन्।

'सहायक श्रीमान'ले जित्यो उत्कृष्ट डकुमेन्ट्री अवार्ड

अमेरिकाको एटलान्टामा अगस्त ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलमा पाण्डे निर्देशित ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो।

पञ्चायत र प्रजातन्त्रमा चुनाव गराएका सूर्यप्रसाद श्रेष्ठ, जसले बिर्सन सक्दैनन् यस्ता घटना

२०४३ को राष्ट्रिय पञ्चायतको चुनाव र प्रजातन्त्र पुनर्स्थापछिको बहुदलीय चुनाव गराउने अवसर पाएर राजा, कांग्रेस, कम्युनिस्टको रोजाइमा परेका पूर्वनिर्वाचन आयुक्त हुन् सूर्यप्रसाद श्रेष्ठ।

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।

प्रकाशमानले भने- फर्स्ट म्यान बनेर देशको विकास गर्ने चाहना छ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन्।

कथा, किंवदन्ती र रीतिरिवाजको संयोजन रातो मच्छिन्द्रनाथलाई आँखैअगाडि कोर्दा...

रातो मच्छिन्द्रनाथको रथ निर्माणलाई प्रत्यक्ष हेरेरै १९ वटा चित्र कोरेकी सुशीलाले १६ चित्र भने १६ दिन लगातार बनाएकी थिइन्। उडान सीमाभन्दा बाहिर शीर्षक दिएर उनका चित्रलाई गत १७ जुलाईबाट म्युजियम अफ नेपाली आर्टले प्रदर्शनीमा ल्याएको छ।

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।

थप समाचार

नेपाल समय
समाज

सबै मिल्दा मात्र विकास सम्भव : मन्त्री मेटमणि चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरीले विकास, निर्माण र संवृद्धि चाहने हो भने सबै मिल्नुपर्ने धारणा राखेका छन्।
नेपाल समय
समाज

वर्षा हुँदा महोत्तरिका किसान खुसी

महोत्तरीसहितका मधेसमा शनिबार रातिको वर्षाले राहत मिलेको छ। उखरमाउलो गर्मीबीच करिब दुई सातापछि शनिबार राति झम्केर पानी परेपछि किसानले राहतको सास फेरेका छन्। साउन निगल्दोको वर्षा जिल्लावासीलाई अमृत बर्सेझैँ भएको छ।
नेपाल समय
समाज

कास्कीमा थपिए ११ हजार मतदाता

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कास्कीमा ११ हजार एक सय ४२ मतदाता थपिएका छन्।
नेपाल समय
समाज

देशका अधिकांश स्थामा आज वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय
समाज

पहिरो गएको भिरबाट लडेर खोटाङमा एक जनाको ज्यान गयो

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गएको २१ साउनको राति पहिरो गएपछि बनेको भिरबाट लडेर ४७ वर्षीय भोजकुमार राईको शनिवार ज्यान गएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना