काठमाडौं- काठमाडौं जिल्ला अदालतले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि गरेको सेवा संकुचनको अवधिलाई‘शून्य अवधि’ मान्ने निर्णय गरेको छ।
सेवा कटौती गर्नुपरेकाले यस अवधिमा हदम्याद, म्याद र तारेखसमेत नगुज्रने गरी शून्य अवधि मान्ने निर्णय भएको हो।
अदालतले माघ ७ गते राति १२ बजेदेखि अदालतको सेवा प्रवाह कटौती गरेको थियो। माघ १६ सम्म मुद्दा, रिट तथा निवेदनहरूमा हदम्याद, म्याद र तारेख नगुम्ने गरी शून्य अवधि मानिएको अदालतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
