बिहीबार, जेठ १२, २०७९

जंगी अड्डामा नवनियुक्त रक्षा सचिव

नेपाल समय  |  काठमाडौं, सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्माले सोमबार सैनिक मुख्यालयको भ्रमण गरेका छन्। यसअघिका रक्षा सचिव वेगेन्द्रराज पौड्यालले अनिवार्य अवकाश पाएपछि उनको ठाउँमा आइपुगेका शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो। 

जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति, सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य लगायत नेपाली सेना सम्बन्धी अन्य विविध विषयहरुमा जानकारी गराइएको थियो। 

कार्यक्रमपूर्व सचिव शर्माले प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट समेत गरेका थिए। सचिव शर्मा यसअघि वाग्मती प्रदेश सरकारका प्रमुख सचिव थिए। रक्षा सचिव जंगी अड्डाभित्र रहेको सैनिक विशेष अदालतको सदस्य अर्थात् न्यायधिश समेत रहने व्यवस्था छ। 

नवनियुक्त शर्मा गत ३१ असारमा सचिवमा बढुवा भएका थिए। यसअघि २०६९ सालमा उनी सहसचिवमा नियुक्त भएका थिए। ०५१ सालमा लेखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका उनी सूचना विभागको महानिर्देशक समेत भइसकेका छन्।


प्रकाशित: January 24, 2022 | 17:05:00 काठमाडौं, सोमबार, माघ १०, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
समाज

गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय
समाज

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
नेपाल समय
समाज

धरानमा एक जनाको हत्या, खोलाको बगरमा शव फेला

धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
नेपाल समय
समाज

काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव फेला

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
नेपाल समय
समाज

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना