बिहीबार, जेठ १२, २०७९

पूर्वाधार थपिएसँगै सहज बन्दैछ अन्नपूर्ण पदयात्रा

नेपाल समय  |  काठमाडौं, सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८, काठमाडौं

नेपाल समय

गण्डकी- हिमाल आरोहणको इतिहासमा जेठो हिमालका रूपमा परिचय बनाएको छ अन्नपूर्ण हिमालले। यो हिमाल यस क्षेत्रको पदयात्रा पर्यटनका क्षेत्रमा पनि उत्तिकै आकर्षक मानिन्छ। 

विश्वका १० उत्कृष्ट पदमार्गध्येमा पर्ने अन्नपूर्ण पर्यटकीय क्षेत्रको अन्नपूर्ण आधार शिविरको पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएपछि पर्यटकीय पूर्वाधार बन्ने क्रम बढ्दो छ।

चार दशक अघि सो क्षेत्र जानुपर्दा पर्यटकले यहाँका भेडीगोठका साथै स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडीमा बस्नु पर्दथ्यो। अहिले भने सुविधासम्पन्न होटेल बनेका छन् भने पूर्वाधार थपिने क्रम जारी छ।

एक वर्ष अघिसम्म सो पदमार्गका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरमा २६ होटेल चलेकोमा हाल ती स्थानमा होटेलसहितका पूर्वाधार थपिएका छन्। अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा विसं २०४३ देखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा छका दरले १५६ वटा कोठा रहेका थिए। 

पदमार्ग क्षेत्रमा बढ्दो पर्यटकीय आकर्षणलाई दृष्टिगत गर्दै विद्यमान होटेलमा क्षमता विस्तारसँगै पूर्वाधार थपका लागि अध्ययन गर्न अन्नपूर्ण गाउँपालिकाले तीन वर्षअघि समिति बनाएर त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेको स्थानीय युवा पर्यटन व्यवसायी एवं अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले बताए। 

गाउँपालिका वडा नं १० र ११ का सरोकारवाला सम्मिलित समितिले पूर्वाधार थपलगायत विषयमा अध्ययन गरेको थियो। उक्त क्षेत्रमा टाढापानी–मुल्डे–हिडनलेक हुँदै छोम्रोङसम्मको अर्को पदमार्ग पनि सञ्चालनमा आएको उनले जानकारी दिए। पदमार्गमा पर्ने चार हजार ३०० मिटर उचाइको हिडन लेक अर्को महत्वपूर्ण आकर्षण हो। उचाइमा भएका कारण जाडोमा जमेर बरफ बन्ने तथा गर्मीमा पग्लने भएका कारण कहिले देखिने त कहिले नदेखिने हुन्छ।

पर्यटन व्यवसायी एवं छोम्रोङ पर्यटन व्यवस्थापन उपसमितिका सचिव दीलिप गुरुङका अनुसार पदमार्ग क्षेत्रका अन्नपूर्ण आधार शिविरमा पहिला चारवटा होटेल रहेकोमा अहिले दुईवटा थपिएका छन्। माछापुच्छ्रे आधार शिविरमा पहिला पाँच वटा रहेकोमा अहिले एउटा थपिँदैछ। हिमालयमा यस अघि दुईटा होटेल रहेकोमा एउटा थपिएको छ। देउरालीमा चार रहेकोमा अहिले एउटा थपिएको छ। दोभानमा तीनवटा रहेकोमा दुई थप भई पाँच वटै होटेल सञ्चालनमा आइसकेका छन्।

सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको आरोहण गरी विश्व कीर्तिमान राखेसँगै यस अन्नपूर्ण क्षेत्रले विश्वव्यापी चर्चा पाएको थियो। समुद्री सतहबाट आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम आरोहणको सफलता पछि सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका थिए। 

अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले चार हजार १३० मिटर उचाइको अन्नपूर्ण आधार शिविरको पदयात्रा गरेसँगै अन्नपूर्ण क्षेत्र क्रमिक रुपमा पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गएको हो।

पदमार्ग क्षेत्रको हिङ्कु क्षेत्रमा बारम्बार हिम पहिरो गइरहने भएकोले त्यहाँ करिब ३०० मिटर लम्बाइको झोलुङ्गे पुल हाल्न आवश्यक देखिएको अन्नपूर्ण गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष हिमबहादुर गुरुङले बताए। झोलुङ्गे पुल निर्माणका लागि तीनवटै तहको साथ र सहयोग आवश्यक देखिएको उनको भनाइ छ। पदमार्गसँग जोडिएका धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षणलाई पनि आफूहरूले प्राथमिकतामा राखेको बताउँदै उनले दोभान र हिमालयको बीचमा १०८ पूजनीयम १०८ धारा र बराहको मन्दिर निर्माण भैरहेको बताए। मन्दिर निर्माणका लागि गाउँपालिकाले वडामार्फत रु १० लाख उपलब्ध गराएको छ। अन्नपूर्ण क्षेत्रको पर्यावरणीय संरक्षणका लागि यस क्षेत्रमा जथाभावी हेलिकप्टर उडानमा रोक लगाइएको वडाध्यक्ष गुरुङले बताए। वासुदेव पौडेल/रासस


प्रकाशित: January 24, 2022 | 14:27:29 काठमाडौं, सोमबार, माघ १०, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
समाज

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
नेपाल समय
समाज

धरानमा एक जनाको हत्या, खोलाको बगरमा शव फेला

धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
नेपाल समय
समाज

काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव फेला

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
नेपाल समय
समाज

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।
नेपाल समय
समाज

सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानी विभाग खुल्ने

आइतबार सार्वजनिक बिदाको दिन पनि राहदानी विभाग खुल्ने भएको छ। विभागले एक सूचना जारी गर्दै जेठ १५ गतेदेखि प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने जनाएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना