बिहीबार, जेठ १२, २०७९

प्राकृतिक विपत्तिबारे पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउँछौं : गृहमन्त्री

नेपाल समय  |  काठमाडौं, आइतबार, माघ २, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ २, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्‍नुपर्ने बताए। 

चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने, 'देशभर पटक–पटक गरी आउने प्राकृतिक विपत्तिबारे जानकारी लिन पूर्वसूचना प्राप्त गर्ने संयन्त्रलाई जडान गरेर थप प्रभावकारी बनाउनेछौं।' ललितपुर महानगरपालिकाले जस्तै मुलुकमा रहेका अन्य बाँकी पालिकाले समेत भवन निर्माण संहिता लागू गर्नसके जोखिम कम हुने उनको भनाइ थियो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी दिनमा आउने भूकम्पको जोखिम कम गराउन बलियो भवनले मात्रै पर्याप्त नहुने भन्दै सोसँगै भूगोलको संरचनाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, 'मुलुकका भित्री सहरमा प्राकृतिक विपद् आउँदा प्रयोग गर्न मिल्ने खुला क्षेत्र अभाव भएकाले सोको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दछु।'

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवन निर्माण संहिता, २०६९ बनाउने पहिलो नगरपालिका आफ्नै रहेको जानकारी गराउँदै त्यसैका कारण गएको पछिल्लो गोरखा भूकम्पमा महानगरपालिकाभित्र कम क्षति भएको जिकिर गरे। उनले भने, 'हामीले विपद्का बेला प्रयोग हुने मानवीयका साथै भौतिक स्रोत साधनलाई पुल्चोकस्थित जुद्धवारुणयन्त्र कार्यालयको एउटै छानामुनि तयारी अवस्थामा राखिरहेका छौं।' महानगरपालिकाभित्र रहेको सार्वजनिक तथा ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण गर्न नपाउने भनेर नीति निर्माण गरिसकेको उनले बताए। 

भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले गएको भूकम्पमा भएका क्षति र विनाशलाई मध्यनजर गरेर पूर्वतयारी अत्यावश्यक भएकाले त्यसतर्फ लाग्न अनुरोध गरे। उनले भने, 'मुलुकव्यापी सुरक्षितका साथै प्रतिरोधी भवन निर्माणका लागि विभागले विसं २०५८ देखि कालिगडलाई तालिम प्रदान गरिरहेको छ।'

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सन् २०३० सम्ममा मुलुकलाई सुरक्षित बनाउनका लागि प्रशस्तै योजना अघि बढाइने बताए। उनले भने, 'मुलुकमा हुने विभिन्न प्रकारका विपद्को पूर्वानुमानका लागि प्रविधिका साथै संयन्त्र पनि तयार अवस्थामा अघि बढाउनेछौं।'

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले जोखिम न्यूनीकरणका लागि संस्थागतका साथै व्यवस्थित काम गर्न जरुरी भएको धारणा राखे।

संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि रिचर्ड होवाडले मुलुकका समुदायस्तरमा भूकम्पजस्ता प्राकृतिक प्रकोपको चेतना पुर्‍याउन आवश्यक भएको विचार व्यक्त गरे। उनले भने, 'नेपालमा देखिने विपद्बारे जनचेतना जगाउनका लागि सरकारसँग सहकार्य गर्न हामी तयार छौं।'

यसैगरी कार्यक्रममा प्रधानमन्त्री देउवाले भूकम्पीय सुरक्षा डिजिटल प्रविधिका साथै लपु महानगरपालिकाले प्रकाशित गरेको ‘विपद् पुस्तिका’ समेत भर्चुअल माध्यमबाट उद्घाटन गरे। सो अवसरमा महानगरपालिकाका प्रमुख महर्जनले भने पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर अगाडि रहेको ‘भूकम्प स्तम्भ’मा माल्यापर्णका साथै दीप प्रज्ज्वलन गरेर सो नगरमा कुनै प्रकारको विपद्को जोखिम भोग्नु नपरोस् भन्ने कामनासमेत गरे। 

उक्त कार्यक्रममा ‘घुँडा टेकी गुँडुल्की ओत लागी समात’ भन्ने राष्ट्रिय अभ्यास कार्यान्वयनका लागि नमूना प्रदर्शनका साथै उपस्थितहरुले सोको एकपटक पालना पनि गरेर देखाए।


प्रकाशित: January 16, 2022 | 18:56:00 काठमाडौं, आइतबार, माघ २, २०७८

तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

धनगढीको गेटालाई अलपत्र पारेर देउवाको गृहजिल्लामा नयाँ मेडिकल कलेज किन?

आर्थिक वर्ष २०७३/०७४ बाट गेटामा कलेज निर्माण थालिएको थियो। मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराका अनुसार मेडिकल कलेजमा पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिएको छ।

स्थानीय सरकार हाँक्ने नारीशक्ति

अहिले चुनिएका महिला प्रमुख मध्ये कोही यसअघि पनि पालिका हाँकिसकेका छन्, कसैले उपप्रमुखको जिम्मेवारी सम्हालेका छन् भने कोहीले अघिल्लो निर्वाचनमा पराजय भोगेका थिए।

कोअर्डिनेटरले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

कलेजकै कोअर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ को छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका हुन्।

दमकको धक्काले झापामा हल्लिएन एमाले, माओवादी 'निल'

देशभर एमालेलाई बढार्न माओवादीलगायतका पाँच दलहरुलाई वैशाखी बनाएको कांग्रेसले कचनकवलमा भने राप्रपालाई पारस्त गर्न एमालेलाई वैशाखी बनायो। झापामा एमालेलाई परास्त गर्न राप्रपासँग पनि तालमेल भएको छ। यी तथ्यहरुलाई केलाएर हेर्दा दलका सिद्धान्त र विचारको सबैभन्दा ठूलो मजाक झापामा बन्‍यो।

काठमाडौंको १ लाख ३७ हजार मत गनियो, बालेनको फराकिलो अग्रता कायमै

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत काठमाडौं महानगरपालिकामा करिब १ लाख ९० हजार मत खसेकोमा आज साँझसम्ममा १ लाख ३७ हजार ४५२ मत गनेर सकिएको छ।

भरतपुरको मतगणना स्थगित

एमालेका ती प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको र एमालेले उनको रिहाइ नभएसम्म मतगणना स्थगित भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

भरतपुरमा अब १४ हजार मत गन्न बाँकी, कसको मत कति?

रेनुले ४५ हजार ८८७ मत प्राप्त गर्दा नेकपा (एमाले)का विजय सुवेदीले ३४ हजार ९९३ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ हजार ९३७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

राप्रपा बन्ला राष्ट्रिय दल?

स्थानीय निर्वाचनको लोकप्रिय मतमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपासँगै राप्रपा छ। राप्रपाले पाइरहेको मत हेर्दा अबको संघीय निर्वाचनबाट राष्ट्रिय पार्टी बन्ने सम्भावना देखिन्छ।

भलिबलमा भविष्य खोजिरहेका धीरज, जसलाई खेलबाटै देशको शीर उँचो पार्नु छ

१६ वर्षकै उमेरदेखि भलिबल खेल्न सुरु गरेका धीरजले राष्ट्रिय टिमको जर्सीमा खेल्ने सपना भने साकार पार्न सकेका छैनन्। तर, जीवनको एक कालखण्डमा राष्ट्रिय टिमको जर्सी लगाएर खेल्ने उनको सपना मजबुत बन्दै गइरहेको छ।

काठमाडौं महानगरमा १ लाख २८ हजार मतगणना हुँदा कसले कति पाए?

पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)को अग्रता थप फराकिलो बनेको छ। उनले ४३ हजार ८५० मत पाएका छन्।

थप समाचार

नेपाल समय
समाज

गाँजाखेतीसम्बन्धी विधेयकमाथि छलफल गर्न सांसद शेरबहादुरको आग्रह

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउन माग गरेका छन्। संसदमा दर्ता भएको गाँजाखेतीलाई वैधानिक बनाउने विधेयकमाथि छलफलको माग गर्दै उनले यस्तो बताएका हुन्।
नेपाल समय
समाज

छाउगोठ भत्किए तर बाख्रा खोरमा पोखिन्छ पीडा

विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।
नेपाल समय
समाज

धरानमा एक जनाको हत्या, खोलाको बगरमा शव फेला

धरान उपमहानगरपालिका ५ तल्लो देउराली सुन्दर बस्ती नजिकै सेउती खोलाको बगरमा अन्दाजी ३२ वर्षीय पुरुषको शव फेला परेको हो।
नेपाल समय
समाज

काठमाडौंको गुहेश्वरी खोलामा एक जनाको शव फेला

अन्दाजी ३५/४० वर्ष उमेरको देखिने पुरुषको शव फेला परेको प्रहरीले बताएको छ।
नेपाल समय
समाज

फौजी किराले मकैको बिरुवा नष्ट गरेपछि कृषक मर्कामा

नगरको वडा नं १२ को पुरानो गाईघाट, वडा नं ११ को साकेला टोल तथा वडा नं १३ को असारी क्षेत्रमा अहिले फौजी किराले हुर्कँदै गरेका मकैका पात नष्ट गरेपछि बिरुवा मर्न थालेका छन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना