शुक्रबार, मंसिर २३, २०७९

मृत्यु र अभावसँग लडेका 'वरिष्ठे' जो कलाकर्मबाट दर्शक हँसाइरहेका छन्

राज सरगम  |  काठमाडौं, शनिबार, पुष १०, २०७८

राज सरगम

राज सरगम

शनिबार, पुष १०, २०७८, काठमाडौं

नेपाल समय
कलाकार एवम् निर्देशक शंकर आचार्य 'वरिष्ठे’। तस्बिर : दिनेश श्रेष्ठ।

'जसको बाहिर यति डढेको छ, भित्र कति जलेको होला’, कलाकार एवम् निर्देशक शंकर आचार्य 'वरिष्ठे’ आफैंले निर्देशन गरेको चलचित्र 'लभ फरएभर’ मा माथिको संवाद बोल्दाबोल्दै कमिज खोलेर शरीर देखाउँछन्। शरीरभरि आगोले ढडेको दाग छ। फिल्मको कथामा कसैको कारण ग्यास पड्किएर जल्न पुगेको पात्रको भूमिका निर्वाह गरेका शंकरको शरीरको दाग भने 'मेकअप आर्टिस्ट' ले बनाएका होइनन्। यो दागको कथा थाहा पाउन शंकरको वास्तविक जीवनतिर फर्किनुपर्छ।

०००

बालाजु बाइपासबाट पाँच किलोमिटर पश्‍चिम 'मुड्खु भन्ज्याङ’मा जन्मिएका शंकर पाँच भाइमध्ये कान्छा हुन्। बाल्यकाल सुखद थिएन। अभावैअभावमा हुर्किएका थिए उनी। दाजुहरु पढ्न जान्थे। उनी १२ वर्ष हुँदासम्म पनि स्कुल भर्ना हुन पाएनन्। खेतीपाती भनेजस्तो थिएन। बुवा भारतबाट कमाएर आएपछि एक दिन घरमा चोर लाग्यो। भएभरको नगद जिन्सी चोरिएपछि परिवार आर्थिक रुपमा कमजोर बन्‍न पुग्यो। शंकर सम्झिन्छन्, 'बुवाले भारतबाट कमाएर ल्याएको धनसहित घरका सबै सामान चोरी भएपछि अत्यन्तै दयनीय अवस्था बन्यो।’

आर्थिक अवस्था कमजोर भएपछि बुवा निराशाबाट गुज्रिन थाले। परिवारमा खटपट बढ्न थाल्यो। त्यसको प्रभाव बालक छोराहरूमा पर्ने नै भयो। उनका माइला दाजु गोपाल आचार्य साह्रै चिन्तित देखिन्थे। पारिवारिक अवस्थाले विरक्त पारेको बताउँथे दाजु उनलाई। एक दिन गोपाल दाजुले जीवनप्रति साह्रै वितृष्णा लागेको सुनाए। बाँच्नुको खास अर्थ नरहेको आसय दाजुको थियो। दाजुको उदास अनुहारले शंकर प्रभावित हुँदै गए। एक दिन दाजुले मर्ने प्रस्ताव गर्दा उनी अन्योलमा परे।

शंकर ती दिन सम्झन्छन्, 'माइला दाजुले भनेका सबै कुरा राम्रो लागे पनि मर्ने कुरामा सहमति जनाउन सकिनँ।’ माइला दाजुको कुराले उनी भावुक हुन्थे। तर मर्नु हुँदैन भन्‍ने लाग्थ्यो उनलाई। उनी भन्छन्, 'दाजुको कुराले गहिरो प्रभाव पार्‍यो, बहकिएँ।’

एक दिन खेल्दाखेल्दै दाजुले मर्न जाऊँ भने। शंकरले माइला दाजुको प्रस्ताव अस्वीकार गर्न सकेनन्। मर्ने योजना बन्यो। तर कसरी मर्ने? उनीहरूले रोजे– ६६ हजार केभी विद्युत् लाइनको हाइटेन्सनमा झुन्डिने। 

जाडोयाम थियो। टन्‍न कपडा लगाएका थिए। दाजु र उनी मर्न भनेर हाइटेन्समा चढे। उनी सम्झिन्छन्, 'माथि चढिसकेपछि दाजुले मलाई पहिला तँ समात् भन्नुभयो, मैले समात्‍न मात्र के खोजेको थिएँ, फाल्दियो।’ आगोले जल्दै गरेको भाइलाई बचाउन आत्तिए दाजु। शंकरको दायाँ कानसहित देब्रेपटि शरीर जलिसकेको थियो। दाजुले शरीरमा लागेको आगो निभाए। उनी सम्झिन्छन्, 'भुइँमा लडेको केही सेकेन्डमा म बहोस भएको बताउनुहुन्थ्यो दाजु। मलाई त केही थाहा छैन।’ 

'डाक्टर अञ्जनीकुमार शर्माले पनि हरेश खानुभएको थियो रे’, उनी सम्झिन्छन्। शंकर नबाँच्‍ने भो भनेर गाउँभरि हल्ला फैलियो। तर ६ महिनापछि उनी होसमा फर्किए। 

उनलाई च्यादरले छोपेर वीर अस्पताल लगियो। 'डाक्टर अञ्जनीकुमार शर्माले पनि हरेश खानुभएको थियो रे’, उनी सम्झिन्छन्। शंकर नबाँच्‍ने भो भनेर गाउँभरि हल्ला फैलियो। तर ६ महिनापछि उनी होसमा फर्किए। जलेको घाउ बिस्तारै निको हुन थाल्यो। 

शरीर जले पनि शारीरिक अशक्तचाहिँ हुनु परेन उनले। निको भएपछि उनलाई स्कुल जान रहर लाग्यो। तर स्कुल भर्ना गर्नुको सट्टा उनका आमाको सल्लाहअनुसार फुपाजुले उनलाई पशुपतिस्थित अनाथलयमा लग्‍नुपर्‍यो। उनी 'पञ्चदेवल आश्रम’ मा पुगे। त्यहाँ फुपाजु कार्यरत थिए। त्यहाँ सुत्‍न र बस्‍न समस्या थियो। 'मलाई पढ्न रहर थियो। आश्रममा त्यो सम्भव थिएन’, उनले भने।

स्कुल भर्ना नगरिदिएकोमा बुवासँग चित्त दुखाइ थियो उनको। आमालाई पनि कान्छो छोरोले पढ्न पाउँदैन कि भन्‍ने पिर थियो। यस्तैमा फुपाजुले उनको आमालाई काभ्रे पाँचखालको 'समाजकल्याण केन्द्र’ मा लैजान सल्लाह दिए। फुपाजुले नै पढ्ने अवसर जुराइदिए। २०३३ सालतिर उनी १ कक्षामा भर्ना भए। भन्छन्, 'बा हुँदाहुँदा अनाथजस्तो भइयो, पढ्ने रहरले अनाथालयमा गइयो।’ पाँचखाल अनाथालयमा बस्‍न थालेको ६ महिनापछि उनका बुवा बिते। 

समाजकल्याण केन्द्रमा विभिन्न अवसरमा गीतसंगीत तथा नाटक मञ्‍चन हुन्थ्यो। प्रतिभावान बालबालिकालाई नाटकमा अभिनय गर्न हौसाइन्थ्यो। २०३४ सालको मध्यतिर समाजकल्याणमा राजारानीको सवारी भयो। उनले नाटकमा अभिनय गर्ने मौका पाए। उनको अभिनयले सबैको मन जित्यो। त्यही वर्षको अन्तिमतिर 'परिवार नियोजन’ सम्बन्धी नाटक प्रदर्शन गर्न जुर्‍यो। समाजकल्याण केन्द्रलाई सहयोग गर्ने संस्थाहरु अनुगमनमा आउँदा नाटक प्रदर्शन गर्नुपर्थ्यो। अनुगमनकर्तालाई प्रभावित पार्न सकेमा आर्थिक सहयोग जुट्थ्यो। नाटक देखाउने जिम्मेवारी शंकरले पाए।

'मलाई नाटकको जिम्मा दिए। मैले पनि जानीनजानी नाटक गर्दै गएँ’, उनी भन्छन्, 'यहींबाट मेरो अभिनय यात्रा सुरु भयो।’

अभिनयमा केन्द्रित हुन थालेपछि उनी नाटकको जाँचोपाँचो मिलाउन निकै सक्रिय भए। 'बाटुले चौरको सभा’ नामको नाटक फेरि खेल्न अवसर पाए। धेरै सन्तान नजन्माऔं भन्ने नाटकको कथा उनको वास्तविक परिवारसँग मेल खाएको थियो। परिवारमा धेरै सन्तान हुँदा समान अवसर नपाएको पीडा उनीसँग थियो। नाटकमा उनले कुपोषण लागेर मर्ने पात्रको अभिनय गरेका थिए। 

शंकरले २०४० सालसम्म समाजकल्याण केन्द्रको अनाथालय प्रांगणमा हरेक शुक्रबार नाटक देखाए। केटाहरु नै केटी भएर नाटक गर्थे। नाटक हेर्न स्थानीय बासिन्दा रातिराति राँको बालेर पुग्थे। उनी सम्झिन्छन्, 'बिजुली बत्ती नभए पनि मट्टितेलको उज्यालोमा नाटक गरिन्थ्यो।’ २०४२ सालमा एसएलसी दिएपछि पाँचखालबाट शंकर राजधानी फर्किए। 


शंकरलाई काठमाडौंमा मञ्‍चन हुने नाटकले लोभ्याउन थाल्यो। पहिलोपटक राष्ट्रिय नाचघरमा हेरेको नाटक त याद छैन उनलाई तर कलाकारको अभिनय भने मनमा गहिरो गरी बसेको बताउँछन्।

उनी भन्छन्, 'नछुटाईकन नाटक हेर्न जान थालें।’ उनी नाटक हेरिसक्नेबित्तिकै कलाकारहरुसँग भेट गर्थे र नाटकको सबल–दुर्बल पक्षबारे सुझाव दिन्थे। त्यति मात्र होइन। आफूलाई पनि सिक्ने रहर सुनाउँथे। ती दिन सझँदै उनी भन्छन्, 'कलाकारलाई भेटेर अवसर माग्थें।’ उनलाई अभिनयको भोक बढ्दै गयो। अनि उनी प्रशिक्षण लिन तयार भए।

पद्मोदय हाइस्कुल नजिकै 'हिमालयन कल्चर एसोसिएसन’ भन्ने एक्टिङ इन्स्टिच्युट थियो। शंकर त्यहीं भर्ना भए। 'त्यहाँ एक वर्ष अभिनय सिकेपछि २०३९ सालतिर लेखेको नाटक 'निर्मल गंगा’ मञ्चन गर्ने तयारीमा लागें, तर संयोगवंश नाटक प्रदर्शन गर्न पाइएन’, उनले भने।

एक दिन वरिष्ठ रंगकर्मी हरिहर शर्मासँग भेट्न पाए। त्यसपछि शर्मासँग उनी नजिक हुन थाले। शर्माको लाजिम्पाटस्थित निवासमै नाटक सिक्न पुग्थे उनी। त्यहाँ उनले मुकुन्दकिशोर भट्टराईलाई भेटे। भट्टराई 'फेसन’ नामक नाटक मञ्‍चन गर्ने तयारीमा जुटेका थिए। २०४४ सालमा लाजिम्पाटको एउटा क्लबमा 'फेसन’ नाटक मञ्चन भयो। शंकरले पनि अभिनय गर्ने अवसर पाए। धेरैले उनलाई हरिवंश जस्तो र मदनकृष्ण जस्तो कलाकार भनेर हौस्याए। अनि कलाकारितामा लाग्‍ने प्रेरणा थपियो। भन्छन्, 'मलाई मन पर्ने कलाकार हरिवंश नै हुनुहुन्छ। उहाँकै जस्तो भन्दिएपछि त म थप हौसिएँ।’

केही वर्षको अन्तरालमा उनले 'निर्मल गंगा’ नाटक राष्ट्रिय नाचघरमा मञ्‍चन गरे। समाजको प्रतिनिधित्व गर्ने पात्रको भूमिका निर्वाह गर्न अत्यधिक रुचि राख्‍ने शंकर आफूलाई 'कमेडियन' मान्दैनन्। तर उनले जति भूमिका निर्वाह गरे ती हास्य रसले भरिएका हुन्थे। 'निर्मल गंगा’ बनेपा, प्रज्ञा प्रतिष्ठान, सभा गृह, नाचघर लगायतका ठाउँमा मञ्‍चन गरियो। 

नाटक अभिनयबाट गुजारा नचलेपछि २०४५ सालतिर उनी काम गर्न थाले। चाँदीका गहनामा राखिने पत्थर बेच्‍ने काम गर्थे उनी। नाटक नभएका दिनमा उनी पत्थर बेच्थे।

नाटक मञ्‍चन गर्दाका दिन निकै संघर्षपूर्ण रहे उनका लागि। स्वास्थ्यमा समस्या देखियो। एक दिन त अभिनय गर्दागर्दै ढले। रगत बान्ता गरे। निकै थलिए उनी। भन्छन्, 'ती दिनमा आर्थिक संकट त थियो नै स्वास्थ्यमा समस्या देखेपछि थप आत्तिएँ म।’

उनले टेकु अस्पताल गएर जँचाए। क्षयरोग देखियो। आमाले घरमै आराम गर्न भनिन्। तर उनले औषधि खाँदै नाटकमै निरन्तरता दिन थाले। कलाकारिताबाट उनले प्रशंसाबाहेक केही कमाएका थिएनन्। कोठामा पुग्दा निराश हुनुपर्थ्यो।

न्युरोडस्थित रञ्‍जना हल नजिकै मासिक तीन सय रुपैयाँ कोठा लिएर बसेका शंकर भित्रैभित्रै विचलित हुन्थे। समयमा भाडा तिर्न नपाउँदाको पीडा हुन्थ्यो। तर, नाटकलाई चटक्कै छोड्न सकेनन्।

नाटक अभिनयबाट गुजारा नचलेपछि २०४५ सालतिर उनी काम गर्न थाले। चाँदीका गहनामा राखिने पत्थर बेच्‍ने काम गर्थे उनी। नाटक नभएका दिनमा उनी पत्थर बेच्थे। दुई पैसा कमाएर कोठा भाडा तिर्थे। उनी भन्छन्, 'पत्थर बेच्दा पनि नाटक नै सोच्थें।’

०००

नाटक क्षेत्र रोजेर संघर्ष गरेका शंकरले बाल्यकालमा देखेका वास्तविक पात्रको चरित्रमा अभिनय गर्ने अवसर पाए उनले। बाल्यकालमा राज खानदनसँग जोडिएका पण्डितहरु आफ्नै कुल खान्दानमा देखेका थिए उनले। यस्तै अवसर जुर्‍यो २०४७ सालतिर उनलाई।  



नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिशृंखलाका लागि कलाकारको खोजी हुन थाल्यो। कोही साथीले उनको नाम पनि टिपाइदिएका रहेछन्। उनी पनि बोलाइए। त्यहाँ थिए, टेलिशृंखला निर्देशक रूद्रराज पाण्डे। सरदार रुद्रराज पाण्डेले लेखेको 'रूपमती’ उपन्यासमा आधारित टेलिशृंखलाको भव्य तयारीमा जुटेका थिए, निर्देशक रुद्रराज पाण्डे। उनैको निर्देशनमा तयार गर्न थालिएको रुपमती नाटकमा शंकरले 'बिरु पाचे पण्डित’ को भूमिकामा अभिनय गरे। सुशीला रायमाझी, रवि शाह, गोपाल रावत, सीता कार्कीजस्ता कलाकारसँग उनले काम गर्न पाए। नाट्यकर्मी पाण्डेकै निर्देशनमा दौलतविक्रम विष्टको उपन्यास 'भोक र भित्ताहरु’ मा आधारित नाटकमा पनि शंकरले अभिनय गरे। नाटक र सिरियलमा खेल्ने कलाकार उस्ताउस्तै हुन्थ्यो। यसरी उनी नाटक र सिरियल तथा फिल्ममा क्रमशः देखिन थाले। 

शंकर अहिले निकै व्यस्त छन्। कान छोपिने गरी कपाल पाल्न छोडेका छैनन्। पोलेको कान छोप्‍न उनले टोपी लगाएका हुन्। उनी भन्छन्, 'मेरो लुक्स नै यस्तै बन्यो।’ उनका परिवार खुसी छन्। जेठी छोरी अस्ट्रेलिया छिन्। दुई छोरा सीए पास गरेर शिक्षण पेसामा संलग्‍न छन्। 'तितो सत्य’मा दीपक–दीपाको छोरोको भूमिका गर्ने राज आचार्य उनकै छोरा हुन्। तर जीवनमा नाटकनाटक भनेर हिँडेका शंकरले एउटा घटना कहिल्यै बिर्सिदैनन्। 

२०५७ पुस महिना। 'कालखण्ड’ नामको सिरियल गर्न गोरखा गएका थिए उनी। ३ गते सिरियलको 'क्लाइमेक्स’ दृश्यको सुटिङ गरिरहँदा स्पोर्टमै आमा बितेको खबर पुग्यो। एकछिन उनले देखेको संसार अँध्यारो भयो। टाढा कतै एकान्तमा बसेर रोए। भन्छ्न्, 'घर पुग्दा आमालाईं भेट्न पाइनँ। दाहसंस्कार २ गते नै गरिसकेका रहेछन्।’

आमालाई काँध हाल्न नपाउँदा उनी खुब रोए। उनलाई खबरै नगरी दाहसंस्कार गरेकोमा पनि चित्त दुखाइ थियो। तर पनि चित्त बुझाए। कोरामा बस्‍न पाएनन्। भोलिपल्ट बिहान कोरा बस्‍नु अगाडि उनको कपाल फाल्नु थियो। तर 'कालखण्ड' टिमले कपाल नकाट्नु है भनेको सम्झिए उनले। कपाल काटेमा सुटिङ एक वर्ष पछाडि सर्थ्यो। साथसाथै 'कालखण्ड'को नायिका पनि तुरुन्तै अमेरिका फर्किनुपर्ने भएकाले उनले कपाल काट्न नसकिने बाध्यता सुनाए । भन्छन्, 'निकै अप्ठ्यारोमा परें– कपाल काटे प्रडुसर डुब्‍ने, नकाटे आचार्य परिवारले नमान्‍ने, तर कपाल काट्दिन भनें।’

काठमाडौंका चर्चित आचार्य पण्डितमा खैलाबैला भयो। आमा मर्दा पनि कपाल खौरिन्‍न भन्यो भन्दै रिसाए। कपाल नफाले किरिया बस्‍न पनि पाउँदैनस् पनि भने। 

'कलाप्रति सधैं इमानदार भएकाले पनि आजसम्म खुसी छु।’ कहिले फिल्म, कहिले नाटक र कहिले टेलिशृंखलामा व्यस्त हुँदै गएका दिनहरुमा हास्य सिरियल जुर्‍यो– भद्रगोल। 

उनले आफन्तलाई सम्झाए। कपाल काटेमा 'कालखण्ड’ का प्रडुसरलाई धोका दिएको जस्तो हुन्छ भन्‍ने भयो। निर्मतालाई वचन दिएका थिए– आफूलाई अप्ठ्यारोमा पार्छु तर अरुलाई अप्ठ्यारोमा पार्दिनँ। अन्तिममा परिवारका सबै सदस्यलाई उनले यसरी मनाए, 'बाउआमाप्रति छोराछोरीले गर्ने कर्तव्य मरेपछि मात्रै लागू हुन्छ कि जिउँदो हुँदादेखि नै लागु हुन्छ?’ परिवारका सबै नतमस्तक भए। मर्नु अगाडि आमाको सेवा उनैले गरेका थिए। अन्तिममा कपाल नफाली कोरा बसे। 

आमाको काजकिरिया सकेर एक महिनापछि बाँकी सुटिङका लागि उनी गोर्खाको छेपेटार फर्किए। माघ १ गते उनी सुटिङकै क्रममा दौडिँदा चिप्लिएर लडे। उनको खुट्टा भाँचियो। 

तुरुन्तै अस्पताल गएर प्लास्टर गरे। तर उनको 'कन्टिन्युटी सिन’ थियो। उनको मनले मानेन। उनी सम्झिन्छन्, 'प्लास्टर काटेर मैले सुटिङ सकेंपछि क्यापिटल अस्पताल बागबजार आएर दोस्रोपटक प्लास्टर गरें।’ 

कलाकारिताको भूत र कलाकारिताप्रतिको इमानदारी ठान्छन् उनी। भन्छन्, 'कलाप्रति सधैं इमानदार भएकाले पनि आजसम्म खुसी छु।’ कहिले फिल्म, कहिले नाटक र कहिले टेलिशृंखलामा व्यस्त हुँदै गएका दिनहरुमा हास्य सिरियल जुर्‍यो– भद्रगोल। 

०००

सन् २०१३ को नोभेम्बरमा नेपाल टेलिभिजनमा शंकरको निर्देशनमा बनेको हास्य टेलिशृंखला 'भद्रगोल’ प्रसारण भयो। उनको निर्देशनमा बनेको 'भद्रगोल’लाई मिडिया हबले प्रस्तुत गरेको थियो भने कुमार कट्टेल र अर्जुन घिमिरेले लेखेका थिए। यी दुई कलाकारले 'भद्रगोल’ नाम जुराएका थिए। तर, शंकर यो नामबाट डराएका थिए। उनी 'भद्रगोल’ नामसँग डराउनुको किस्सा सुनाउँछन्।

२०४४ सालतिर मुकुन्दकिशोर भट्टराईको लेखन तथा सुवास गजुरेलको निर्देशनमा भिडियो फिल्म 'भद्रगोल’ सुटिङ भएको थियो। त्यसमा उनको मुख्य भूमिका थियो। पहिला सिरियल बनाउने भनेर एक भाग मात्र खिचेका थिए। पछि राम्रो लागेर उनीहरुले भिडियो फिल्म बनाए। फिल्म आउने भयो हलमा लाग्‍न भयो भनेर उनी साह्रै खुसी थिए तर, त्यो भिडियो फिल्म प्राविधिक कारणले रोकियो। उनी भन्छन्, 'न सिरियल, न भिडियो आयो, भद्रगोल भद्रगोल नै भयो, त्यसैले भद्रगोल नाम नराखौं भनेको थिएँ।’

यो नाम पहिला असफल भएका कारण उनी डराएका थिए। तर कुमार र अर्जुनले भद्रगोलको शीर्ष गीत नै तयार पारेका थिए। यही हास्य सिरियलबाट शंकर बने– हजुर वरिष्ठ हस्त नमस्ते!


प्रकाशित: December 25, 2021 | 17:30:00 काठमाडौं, शनिबार, पुष १०, २०७८

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना