सोमबार, माघ ३, २०७८

कोइलावास : 'गुलजार'देखि भग्नावशेषसम्म

नेपाल समय  |  काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८, काठमाडौं

नेपाल समय

कोइलावास (दाङ)- दाङको कोइलावास नाका अहिले सुनसान छ। पूर्वपश्चिम राजमार्गको लमहीबाट ३३ दशमलव ४४ किलोमिटर दक्षिणमा पर्ने कोइलावास कुनै बेला ‘नसुत्ने' शहरको रूपमा चिनिन्थ्यो। तर, अहिले मृत प्राय: छ। राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर' जस्तै बनेको छ।

रुकुम, सल्यान, प्युठान, दाङलगायतका ठाउँबाट नुनदेखि सुनसम्म खरिद बिक्री गर्न व्यापारी र उपभोक्ताहरूका लागि कोइलावास नाका प्रमुख बजार थियो। तर, अहिले यही कोइलाबास नाकाका नागरिक सामान किनमेल गर्न भारत जानुपर्ने बाध्यता छ। टाउको दुख्दा सिटामोल लिनसमेत भारतमै पुग्नुपर्ने बाध्यता छ। यति मात्र हैन पानीका लागिसमेत भारत जानुपर्ने बाध्यता छ। 

गढवा गाउँपालिका- ८ मा पर्ने कोइलावासका नागरिकले अहिले धेरै दुःख पाएको बताउने गरेका छन। नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन उनीहरूका लागि। त्यहाँका जनता कोइलावासबाट करिब २४ किलोमिटरको दूरीमा रहेको भारतको तुल्सीपुरमा बजार जान बाध्य छन्। 

कोइलावास नाका पुग्दा अधिकांश घरहरू पुराना र भग्नावशेष अवस्थामा पुगिसकका छन। नयाँ निर्माण छैनन्। पक्की घरहरू समेत जीर्ण भएका छन्। धेरै घरहरू रूखले ढाकिएको अवस्थामा छन्। सशस्त्र सीमा सुरक्षा बल, नेपाल प्रहरी अहिले पनि कोइलावासमा छन्। त्यससँगै भन्सार कार्यालय कोइलावास पनि अस्तित्वमै छ। २०४० सालअघि दिनरात चहलपहल हुने कोइलावास नाका २०५१-०५२ सालदेखि ठप्पजस्तै भयो। व्यापारीहरू व्यापार गर्न दाङ देउखुरी, घोराही, लमहीतिर लागे। कुनै व्यापारी भारततर्फ लागे।

मधुरी ठाकुर उहिलेको कोइलावास हेरेर अहिले अचम्ममा पर्ने गरेको बताउँछन। ‘कोइलाबास खोलामा तत्कालीन गाउँ पञ्चायतले फिताले नापेर बजार लगाउन दिन्थ्यो। तर, अहिले त्यही खोला बस्तीबाट ५० मिटर तल हुँदै बगेको छ', उनले भने,  'त्यो बेलाको वर्णन गरेरै साध्य छैन।

२०२५ सालमा कोइलावास-देउखुरी-लमही कच्ची सडकले जोडिएको थियो। तर, कोइलावास पुग्न लमहीबाट डाँडाहरू कटेर जानुपर्थ्यो। कच्ची सडकले जोडिएको भए पनि व्यापारीहरू राँगा, घोडा, खच्चडमा व्यापार गर्न आउने गर्दथे। गढवा गाउँपालिका-८, कोइलावास नाकाबाहेक यही वडामा अरू पनि भारतसँग जोडिएका सीमा नाका छन। साविकको कोइलावास १ देखि ९ वटा वडा मिलेर गढवा वडा नं ८ बनेको हो। भौगोलिक हिसाबले पनि यो वडा अस्तव्यस्त बनेको छ। विकासका योजनाहरू एकै ठाउँमा राखेर समग्र वडाको विकास गर्न सम्भव छैन।

कोइलावास ‘मृत शहर बन्नुको खास एउटै कारण यहाँको सडक हो। त्यहाँका मानिस सडककै कारण कोइलावास सुकेको बताउँछन। २०३०-०४० सालसम्म सडक नभएपछि व्यापारीहरू त्यहाँबाट अन्यत्र बसाइ सर्न थाले। त्यही अवस्थामा कपिलवस्तुको कृष्णनगर नाका खुल्यो। त्यो बाटो नियमित चल्न थालेपछि व्यापारीहरू त्यही भन्सार प्रयोग गर्न थाले। विस्तारै कोइलावास शून्य हुँदै गयो। मानिसहरूको भिडभाड हुन छाडेपछि व्यापार चौपट भयो। केही उपाय नलागेका मात्र त्यहाँ बसे।

कुनै बेला कोइलावासको जनसंख्या २० हजारभन्दा बढी थियो। तर, अहिले यहाँ मुस्किलले एक हजार ३०० मात्र जनसंख्या छ। २०७४ सालको स्थानीय निर्वाचनमा जम्मा मतदाता ३५० मात्र थिए। तीमध्ये पनि करिब ५०० जना नागरिकताविहीन छन। कोइलावास नाकाबाट दाङ लमही ३३ किलोमिटरको दूरीमा रहे पनि अहिलेको अवस्थामा पनि सवारीसाधनमा लमही पुग्न दुईदेखि तीन घण्टा लाग्छ। त्यही कारण यहाँका जनता भारतमा निर्भर छन्। भारतले नाकामा कुनै अवरोध गरे यहाँका जनता भोकै मर्नुको विकल्प छैन। कोइलावासमा पर्याप्त जमिनसमेत छैन। यहाँ हुने भनेको तोरी र गहुँ मात्र हो, त्यो पनि बीच पहाडमा हुने गर्छ। अरू सबै किनेर खानुपर्ने बाध्यता छ।

कोइलावास सुक्नुमा त्यतिवेला लमही-कोइलावास सडक नबन्नु, यही अवस्थामा कृष्णनगर भन्सार खुल्नु एउटा संयोग मानेका छन् स्थानीयले। चहलपहल हुँदाको अवस्थामा बनेका संरचना चिन्न सक्ने अवस्थामा छैनन्। घरमै रूखहरू उम्रिएर ठूला भएका छन। केही घरका भग्नावशेष मात्र छन्।

कुनै बेला नेपाल बैंक, नेपाल राष्ट्र बैंक, भन्सार, प्रहरी चौकी, सशस्त्र प्रहरी बल, इलाका प्रशासन कार्यालय रहेको कोइलावासमा अहिले प्रहरी चौकी, भन्सार र सशस्त्र प्रहरी बलको क्याम्प मात्र छन्। तत्कालीन गाउँ पञ्चायतको भवन नचिन्ने अवस्थामा छ। द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले बम पड्काएर ध्वस्त पारेको सशस्त्र प्रहरी बलको भवन पनि जीर्ण अवस्थामा छ। भएका साना उद्योगका संरचना, तोरी मिल भएका संरचना पनि अहिले जीर्ण अवस्थामा छन्। यो नाकामा व्यापार गर्ने बढी मात्रामा बनियाँ व्यापारीहरू थिए। ती व्यापारीहरू अहिले लमही, देउखुरी, दाङ तुल्सीपुर पुगेका छन्। उनीहरूले प्रयोग गरेका लालपुर्जासहितका भवन भने जीर्ण र दूरवस्थामा छन्। -न्युज कारखानाबाट


प्रकाशित: December 3, 2021 | 20:29:15 काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शुक्रबार, मंसिर १७, २०७८

थप समाचार

नारायणहिटीको श्रीसदनका दुई कोठाको दस्तावेज सूचीकृत गरिँदै

राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ। अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी दस्तावेज सूचीकरण थालिएको हो।

ओमिक्रोन नियन्त्रणसम्बन्धी आदेश : के गर्न हुन्छ, के नहुन्‍न?

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रूरुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नेपालमा समेत बढ्दै गएकाले सोको रोकथाम तथा नियन्त्रण, निदान र उपचारका लागि आदेश जारी गरिएको बताए।

स्पा व्यवसायलाई मर्यादित रुपमा सञ्‍चालन गर्नुपर्ने

वाग्मती प्रदेशका संस्कृति एवं पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले स्पा व्यवसायलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्। स्पा संघ नेपालको आइतबार आयोजित प्रथम वार्षिकोत्सवका अवसरमा उनले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्।

भारतबाट अवैधरूपमा भित्र्याइएको ६४० केजी माछा नष्ट

गौरादह नगरपालिका–३ सहिदगेट अगाडिबाट मे१च ३६३२ नंको छोटा हात्ती गाडीमा भारतबाट अवैधरूपमा ल्याइएको माछा प्रहरीले बरामद गरेको हो।

प्राकृतिक विपत्तिबारे पूर्वसूचना संयन्त्र प्रभावकारी बनाउँछौं : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पीय जोखिमका दृष्टिले मुलुक ११ औं नम्बरमा रहेको जानकारी गराउँदै सोबाट सुरक्षित रहन बलियो संरचना निर्माणमा सबैले लाग्‍नुपर्ने बताए।

अव्यवस्थित सहरीकरण नै भूकम्पीय जोखिमको प्रमुख कारण : प्रधानमन्त्री देउवा

चौबीसौँ भूकम्प सुरक्षा दिवस, २०७८ का अवसरमा आज आयोजित कार्यक्रममा उनले भूकम्पीय जोखिम घटाउन पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए।

ट्रेंडिंग

नेपाल समय
राजनीति

गगन र विश्वप्रकाशः संघर्ष कि सहकार्य?

यसअघि प्रश्न गर्ने ठाउँमा रहेका उनीहरु अब उत्तर दिने ठाउँमा आइपुगेका छन्। त्यसकारण अबको चार वर्ष उनीहरुको अग्निपरीक्षा हुनेछ।
नेपाल समय
शिक्षा

आयोगको परीक्षामा उमेर हद हटाउन राहत शिक्षकको माग

नेपाल राहत शिक्षक केन्द्रीय कार्यसमितिले शिक्षक सेवा आयोगले खुलाएको विज्ञापनमा राहत शिक्षकका लागि उमेरहद हटाउन माग गरेका छन्।
नेपाल समय
समाज

भत्क्यो मण्डला : त्यो घर जहाँबाट दयाहाङ 'स्टार' बने

‘कला र सिर्जनामा सिंगो शक्ति खर्चिएका थियौं। कलाकारको सपनामात्रै होइन मण्डलासँग जोडिएको इतिहास पनि भत्केझैं लाग्छ।’
नेपाल समय
संवाद

एमसीसीमा परराष्ट्रलाई बाइपास गरियो, नेताहरूले नै जनतालाई भ्रमित पारे : प्रा.डा. खड्ग केसी [अन्तर्वार्ता]

एमसीसीमा परराष्ट्र मन्त्रालयलाई बाइपास गरिएको छ भनेपछि कति गैरजिम्मेवार रुपमा यसलाई अघि बढाइएको होला त? एमसीसी हस्ताक्षर हुने समयमा परराष्ट्रलाई सोध्‍नु पर्दैन? अर्थ मन्त्रालयमा मात्रै त्यो विज्ञता थियो?
नेपाल समय
श्रृंखला

पेन्सनपट्टासँगै विगत बन्यो सैनिक हिरासतमा मैले पाएको यातनाको कथा [भिडियोसहित]

नेपाल समयले उनका विषयमा ‘गनले अन्याय, गनले न्याय’ शीर्षकमा श्रृंखलाबद्ध रिपोर्टिङ गरेको थियो। लवकुमार गुरुङले जागिर छाडेपछि हाम्रा सहकर्मी अनिल यादवसँग सुनाएको आफ्नो यातनाको कथा जस्ताको तस्तैः

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2022. Design & Development by Cn’C