शुक्रबार, मंसिर २३, २०७९
नेपाल समय

मानविकी पढेर रसायनशास्त्री बनेका प्रकाशले भोग्नुपरेका संघर्षको कथा

राज सरगम  |  काठमाडौं, शनिबार, मंसिर १८, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, शनिबार, मंसिर १८, २०७८

स्नातकसम्म मानविकी अध्ययन गरेका दाङका प्रकाश अधिकारीलाई रसायनशास्त्री बन्न त्यति सजिलो थिएन। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं निरन्तरको संघर्ष र धैर्यपूर्वक सक्रिय रहँदै अघि बढ्दा उनको नाम तेल विज्ञको सूचीमा अग्रपंक्ति पर्न सफल भएको छ। 

एसएलसी सकेर उच्च शिक्षाका लागि काठमाडौं छिरेका प्रकाश अधिकारी (४६) को सपना थियो, स्नातकसम्म पढ्ने, राम्रो जागिर खाने र भविष्य सुन्दर बनाउने। भविष्यको लक्ष्य पूरा गर्न उनलाई त्यति सजिलो थिएन। काम गर्दै पढ्नुपर्ने बाध्यता थियो ४० को दशकका सामान्य गाउँले युवालाई जस्तै।

दाङ बघोसीका प्रकाशले आईको अध्ययन त जेनतेन सके। आर्थिक कारणले बीए पढ्न त्यति सहज थिएन। सन् १९९७ मा रत्नराज्य क्याम्पसमा अंग्रेजीमा स्नातक पढ्दै गर्दा गोठाटारस्थित एउटा निजी विद्यालयमा पढाउन थाले प्रकाश। तीन महिनासम्म स्कुलले तलब नदिएपछि उनी विरक्तिए। तर हिम्मत हारेनन्। पढाइ र खाइखर्च जसरी नि जुटाउनु थियो। त्रिपुरेश्वरमा कम्युनिकेसन केन्द्र खोलेर केही वर्ष चलाए। त्यसमा पनि उनी रमाउन सकेनन् अनि जागिरको खोजीमा लागे। नभन्दै उनले इन्टरनेट सेवाप्रदायक कम्पनी एभेरस्ट नेट (ई–नेट) मा बजार प्रतिनिधिका रूपमा काम पाए। 

स्नातक गरेपछि उनीसँग परिवारको अपेक्षा बढ्न थाल्यो। छोराले सरकारी जागिर खाइदिए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविकै थियो। उनी भने अध्ययन अघि बढाउन चाहन्थे। आर्थिक रूपमा कमजोर रहेकाले प्रकाशलाई अब कसरी अघि बढ्ने भन्ने चुनौती थियो। केही काम पाइने आसमा यताउता भौंतारिन थाले।

यस्तैमा दक्षिण कोरियामा पीएचडी गर्दै गरेका नारायण भट्टराईसँग सम्पर्क भयो। भट्टराईकै सुझावमा उनले कोरियन भाषा पढ्न आवेदन दिए। भाषा सिक्न कोरिया जानुपर्थ्यो। जातेजाते टिकटसहित मासिक २ सय ५० डलर छात्रवृत्ति पाइने उक्त कार्यक्रममा प्रकाश पनि छनोट भए। अनि सन् २००४ मा कोरिया हान्निएका उनको जीवनले कोल्टे फेर्न समय लागेन। 

मानविकीका विद्याथी रसायनशास्त्रमा भर्ना

पचासको दशकमा पढाइका लागि मध्यम वर्गीय युवाको गन्तव्य दक्षिण कोरिया हुन्थ्यो। तर, प्रकाशचाहिँ भाषा सिक्न भनेर कोरिया पुगे। त्यहाँ केही समय भाषा सिके। त्यतिमा सीमित भएनन् उनी। विश्वविद्यालयमा भर्ना भएर स्नातकोत्तर गर्ने सोच बनाए। विश्वविद्यालयमा शुल्क महँगो थियोे। छात्रवृत्ति त पाइन्थ्यो तर विज्ञानमा मात्र। अनि उनी दोधारमा परे। ती दिन सम्झँदै प्रकाश भन्छन्, ‘अन्य विषयमा छात्रवृत्ति पाइन्नथ्यो। विज्ञान पढौं भने आफू मानविकीको विद्यार्थी! के गर्ने के नगर्ने अन्योल भएको थियो।’ 


प्रकाश काम गर्दै पढ्न थाले। रेस्टुरेन्टमा भाँडा माझ्ने काम पाएका उनी एक दिनभन्दा बढी टिकेनन्। उनी भन्छन्, ‘एक दिनमै काबु भएँ। काम र पढाइ सँगै बढाउनै सकिँदो रहेनछ।’ अनि जसरी हुन्छ छात्रवृत्तिमा विज्ञान पढ्ने सोच बनाए प्रकाशले। संयोग नै भन्नुपर्छ उनको भेट पीएचडी गर्दै गरेका रेमन्त केसीसँग भयो। केसीले उनलाई प्रोफेसर खिमथेक वानसँग सम्पर्क गराइदिए। 

विज्ञान पढ्ने भोक जागेको कुरा सुनाएपछि प्रोफेसर वानले अंग्रेजी भाषामा राम्रो भएका विद्यार्थीलाई विज्ञान पढ्न छात्रवृत्ति उपलब्ध गराउन सकिने बताए। साथै केही सर्त पनि अघि सारे। वानको सर्त थियो– ६ महिना थप केही पढेर रसायनशास्त्रका प्रारम्भिक विषषयमा अध्ययन पूरा गर्ने। प्रकाश भन्छन्, ‘विज्ञान पढ्ने धोको त पूरा हुने भयो तर एसएलसीपछि स्नातकसम्म विज्ञान नपढेका मेरा लागि अर्को चुनौती थपियो।’

‘६ महिनामा प्राविधिक रूपमा त सक्षम बन्नु नै थियो। त्यसका लागि रसायनशास्त्रै जान्नैपर्दथ्र्यो’, प्रकाश भन्छन्, ‘पीएचडी गर्दै गरेका अग्रज सन्तोष अर्यालसँग रसायनशास्त्र सिक्न थालें।’

प्रकाशले पाएको अवसर जसरी नि सदुपयोग गर्ने संकल्प गरे। अनि विज्ञान पढ्ने निधोमा पुगे उनी। ६ महिनामा तिनै प्रोफेसरले ‘फुड क्यामेस्ट्री ल्याबदेखि अन्य सेवासुविधा उपलब्ध गराइदिए। प्रकाश अब दिलोज्यान लगाएर विज्ञान पढ्न थाले। किताब मात्रै रेटर हुँदैनथ्यो। प्राविधिक ज्ञान बटुल्न रसायनशास्त्र पढ्न आवश्यक थियो। 

‘६ महिनामा प्राविधिक रूपमा त सक्षम बन्नु नै थियो। त्यसका लागि रसायनशास्त्रै जान्नैपर्दथ्र्यो’, प्रकाश भन्छन्, ‘पीएचडी गर्दै गरेका अग्रज सन्तोष अर्यालसँग रसायनशास्त्र सिक्न थालें।’

साथै एक कोरियन मित्रसँग प्रयोगशालामा जान थाले। ‘फुड प्रडक्टबाट के निस्किन्छ? विश्लेषण कसरी गरिन्छ र कस्ता प्रविधिको प्रयोग गरिन्छ भन्ने विषयमा रुचिपूर्वक अध्ययन गरें,’ उनी भन्छन्, ‘प्रविधितिर आकर्षण भएकाले त्यसमै केन्द्रित हुने मौका पाएँ।’ 

प्रकाशको काम गराइ र रिपोर्ट हेरेपछि प्रोफेसर वान खुसी भए। त्यो सफलता सम्झँदै उनी भन्छन्, ‘म यति डेडिकेटेट भएर लागेछु कि प्रोफेसरले आफ्नो विद्यार्थी नबनाई धरै पाउनुभएन।’ अब बल्ल उनी विज्ञानमा स्नातक पढ्न योग्य भए। कक्षा दसपछि विज्ञान किताब नपल्टाएका प्रकाश १२ वर्षपछि रसायनशास्त्रमा स्नातकोत्तर गर्न कोरियाकोे ‘छन्बुक राष्ट्रिय विश्वविद्यालय’ मा भर्ना भए। 

प्रोफेसर जब खुसी भए 

एक दिन प्रोफेसर वानलाई ‘रास्पबेरी सिड आयल’ नामको प्रोजेक्ट आएपछि प्रकाशसँग खाद्यतेल जोडिन पुग्यो। प्रोजेक्टमा वानले प्रकाशलाई पनि सहभागी गराएका थिए। ‘रास्पबेरी सिड तेल निकाल्नुपथ्र्यो र निकासी गरिसकेपछि तेलको विश्लेषण गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘केही केमिकल प्रयोग गरेर तेल निकाल्ने र विश्लेषण गर्नुपर्ने हुन्थ्यो।’ 


तेल निकालेर प्राविधिक मूल्यांकन गर्नुपथ्र्यो। तेलको फाइदा, बेफाइदा र विशेषता उल्लेख गरेर रिपोर्ट तयार पारी प्रोफेसर वानलाई बुझाए। भन्छन्, ‘मेरो रिपोर्टले प्रोफेसर साह्रै खुसी हुनुभयो। उहाँले पेपर तयार गर्न सल्लाह दिनुभयो।’

रसायनशास्त्रमा स्नातकोत्तर गरेपछि उनले कोरियाकै छुङनाम विश्वविद्यालयबाट ‘लिपिड साइन्स’ मा पीएचडी गरे। उनी ‘इन्जाइमेटिक मोडिफिकेसन’ पद्धतिबाट खाद्यतेललाई ठोसमा परिणत गर्न सकिने प्रविधि पत्ता लगाउन सफल भए।
पेपर लेख्न सजिलो थिएन। उनले बाहिरका पेपर अध्ययन गरे, विज्ञसँग सुझाव लिए। चार दर्जन पेपर अध्ययन गरेपछि पेपर लेख्न एक वर्ष खर्चिए। उनले लेखेको सबै पेपर जर्नलमा प्रकाशित भयो। उनी भन्छन्, ‘एकदम उच्चस्तरको रिपोर्ट स्टोरका रुपमा स्वीकारियो। प्रोफेसर थप खुसी भएपछि तेलसँग मेरो लगाव बढ्दै गयो।’ 

रसायनशास्त्रमा स्नातकोत्तर गरेपछि उनले कोरियाकै छुङनाम विश्वविद्यालयबाट ‘लिपिड साइन्स’ मा पीएचडी गरे। उनी ‘इन्जाइमेटिक मोडिफिकेसन’ पद्धतिबाट खाद्यतेललाई ठोसमा परिणत गर्न सकिने प्रविधि पत्ता लगाउन सफल भए।

तेल विज्ञ भएपछि अवसरै अवसर

पीएचडी सकेपछि उनलाई चीनको सांघाईमा रहेको सिंगापुरको विलमार अन्तर्राष्ट्रिय कम्पनीबाट काम गर्ने अवसर आयो। यस बीचमा उनलाई क्यानाडाबाट पनि अवसर आएको थियो। परिवारको सुझावअनुसार उनी चीन गए। ‘तेलमा विज्ञ बन्न र काम गर्न पनि सजिलो लागेर चीन राजेको हुँ’, उनी भन्छन्। 

चीनमा पनि भाषाका कारण केही सास्ती पाए उनले। न उनलाई चिनियाँ भाषा आउँथ्यो न उनी श्रीमतीलाई। कम्पनीमा भने खासै गाह्रो नभएको उनको भनाइ छ। उनले भने, ‘अंग्रेजीमा कुराकानी गर्थें।’

सन् २०१० मा उनले वैज्ञानिकका रुपमा सांघाईमा काम सुरु गरे। दुई वर्षपछि अर्थात सन् २०१२ को डिसेम्बरदेखि अमेरिकी कम्पनी कारगिलको बेइजिङ कार्यालयले उनलाई वरिष्ठ तेल वैज्ञानिकका रुपमा आबद्ध गरायो। अमेरिकामा मुख्यालय रहेको ‘कारगिल फुड इन्ग्रिडिएन्ड एन्ड बायो इन्डस्ट्रिज’का शाखा ७० वटा देशमा छन्। यसलाई विश्वकै सबैभन्दा ठूलो एग्रो उत्पादन कम्पनी मानिन्छ। 

चीनका ठूला कम्पनीमध्ये त्यो कम्पनीको ६० प्रतिशत बजार थियो। उनले सोइबिन आयल, पाम आयल, अरू धेरै प्रकारका तेलमाथि अनुसन्धान गर्न थाले। ‘बेकरी उत्पादनदेखि बिस्कुट उत्पादनमा कस्तो तेल चाहिन्छ भन्ने बारे अनुसन्धान गर्न थालें,’ उनी भन्छन्, ‘कुन तेलले फाइदा गर्छ भन्ने त थाहा थियो तर तेल उत्पादन बढेकाले अन्योल थियो।’

‘स्याउको जुसलाई प्रोसेसिङबाट पाउडर बनाएर चाउचाउ फ्राई गर्दा केही मात्रामा मिसाउने हो भने त्यसले तेल कम शोषण गर्छ भन्ने विधि पत्ता लगाएँ।’ 

चीनमा उनले चाउचाउ फ्राई गर्दा कसरी तेल कम शोषण हुन्छ भन्ने कुरा पत्ता लगाए। यससम्बन्धी अनुसन्धानात्मक लेख सन् २०१८ को जनवरीमा एउटा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भयो। उनी भन्छन्, ‘स्याउको जुसलाई प्रोसेसिङबाट पाउडर बनाएर चाउचाउ फ्राई गर्दा केही मात्रामा मिसाउने हो भने त्यसले तेल कम शोषण गर्छ भन्ने विधि पत्ता लगाएँ।’ 

चीनमा तेलको प्रयोग 

चीनमा खाद्य परिकारमा तेलको मात्रा बढी प्रयोग भएको बताउँछन् उनी। अधिकारी भन्छन्, ‘चिनियाँहरु अत्यधिक तेल खान्छन् पनि खाँदैनन् पनि। नेपालमा झैं तेलमा मात्रै पकाएर खाने चलन भने छैन।’ चीनमा कतिपय खानेकुर उमालेर खाने चलन छ। केही परिकारमा भने अत्यधिक तेल हालिन्छ। मासुमा अत्यधिक तेल प्रयोग गरिन्छ चीनमा। ‘अनिमल फ्याट’ बढी नै देखिने बताउँछन् उनी। भन्छन्, ‘चिल्लोको लेबल अत्यधिक हुन्छ। हेर्दा स्वादिष्ट देखिन्छ तर स्वास्थ्यका हिसाबले राम्रो होइन।’

एक दिन रेस्टुरेन्टमा खाना खान जाँदा कलेजो र मुटु मिलाएर बनाएको मासुको परिकार मगाए। खानेकुरामा खुर्सानी र तेलको मात्र अत्यधिक थियो। प्लेटबाट तेल बगेको थियो। यो परिकारको विशेषता यस्तै हो भन्दै  साथीहरुले खान कर गरे। उनी भन्छन्, ‘हेर्दा खाऔं खाऔँ लागेर खाएँ। तर मासु देखिए तेल मात्रै बगेको थियो। अनि त्यत्तिकै छाडिदिएँं।’

नेपालमा चिउरीको तेलको सम्भावना उच्च 

डा. प्रकाश चिउरीबाट उत्पादन हुने खाद्य तेलमा अनुसन्धान गरिरहेका छन्। नेपालमा चिउरीको सम्भावना राम्रो देख्छन् उनी। मध्यपहाडी र चुरे क्षेत्रमा चिउरी उत्पादन हुन्छ। अहिलेसम्म चिउरीबाट औद्योगिक उत्पादन सुरु भइसकेको छैन। अधिकारी भन्छन्, ‘नेपालमा वार्षिक ४० हजार मेट्रिक टनजति चिउरी उत्पादन हुन सक्छ तर ‘रिफाइन’ र ‘प्रोसेसिङ’ हुन सकेको छैन।’


चिउरीबाट बन्ने तेल उच्च गुणस्तरको हुने अनुसन्धानले पुष्टि गरेको छ।  पाम तेल चिउरीबाटै उपलब्धत्र हुने भएकाले उत्पादन विधि पनि सस्तो पर्न जाने बताउँछन् प्रकाश। उनी भन्छन्, ‘नेपालमा पामतेल खाद्यतेल वार्षिक करोडौं रुपैयाँको आयात हुने गरेको छ। चिउरीको तेल उत्पादन गरियो भने सियाबटर र कोकाबटरलाई विस्थापित गर्न सकिन्छ।’ 

नेपालमा तोरी, तिल, आलसका तेल चलनचल्तीमा छन्। तर, यिनको उत्पादन घट्दै गएको बताउँछन् प्रकाश। उनी भन्छन्, ‘मलेसिया र इन्डोनेसियाबाट आउने पामतेल र सूर्यमुखीको तेलको बढी खपत हुन्छ।’ भान्सामा भटमास र सूर्यमुखीको तेल प्रयोग गरिए पनि उद्योगका रुपमा पाम तेल नै छाएको उनले बताए।

आयात गरिएको तेलको प्याकेट तथा बोतलमा मिसावट हुने समस्या रहेको बताउँछन् उनी। कतिपय तेल कम्पनीहरुले ठूलो विज्ञापन गर्छन् र सर्वसाधारण विज्ञापनको आधारमा तेल खरिद गर्छन्। उनी भन्छन्, ‘कस्तो तेल हो, कति गुणात्मक छ। कोलस्ट्रोल मुक्त तेल भनेर विज्ञापन गरिएको हुन्छ। त्यो भन्नै पर्दैन। कुनै पनि प्लान्टबेस तेलमा कोलस्ट्रोल हुँदैन।’

तेल हेर्नेबित्तिकै राम्रो–नराम्रो थाहा हुँदैन। प्रयोग मिति गुज्रिसकेको, बिर्को खुलेको र चर्को घाम परेको छ भने खानु भएन। तेल प्रयोग गरिसकेपछि बिर्को लगाएर ओसिलो ठाउँमा राख्न सकिन्छ अथवा दराजभित्र राख्न सकिन्छ। उनी भन्छन्, ‘हावा पस्नु भनेको तेल बिग्रिदै जानु हो। बोतलमा राखेको तेलमा पनि हावा वा घाम पस्न सक्छ।’

कतिपय तेल चिसो ठाउँमा राख्दा जम्छ। उनी भन्छन्, ‘ओसिलो ठाउँमा तेल राख्दा जम्नु नराम्रो होइन, क्रिस्टल भएको हो। भटमास तथा सूर्यमुखी तेल जम्दैन। मिसावट भएको तेल जम्न सक्छ।’

तेल सामाजिक सांस्कृतिक पक्षसँग पनि जोडिए छ। दियो बाल्नेदेखि बच्चालाई लगाइदिनेसम्म तेल प्रयोग गरिन्छ। तर, तेल स्वास्थ्यका हिसाबले कति लाभकार छ भन्ने परीक्षण तथा अनुगमन कमजोर रहेको उनी बताउँछन्।

 मलेसियाको मेवा कम्पनीमा ‘पाम आयल’को अनुसन्धान गरिरहेका प्रकाश भन्छन्, ‘तेल विज्ञ हुन्छु भनेर कहिल्यै पढिनँ। समयसँस सिक्दै जाँदा यो क्षेत्रमा पुगेर परिचय बनाएँ।’ 
नेपालमा तेल प्रयोगबारे सचेतना बढेको देख्छन् उनी। भन्छन्, ‘अहिलेको अवस्थामा तेल राम्रो र गुणात्मक खानुपर्छ। बढी मात्रामा तेलको प्रयोग गर्नु हुँदैन भन्ने चेतनाचाहिँ छ।’

उनको बुझाइमा नेपालमा तेलमा कतिन्जेलसम्म परिकार फ्राई गर्ने भन्ने मापदण्ड छैन। ‘अन्य देशमा कुनै पनि चिजको फ्राई गर्ने मापदण्ड हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा त्यो काम कसैले गर्छ भन्ने लाग्दैन मलाई।’ 

नेपालमा तेल कालो हुन्जेलसम्म पनि पकाइन्छ। त्यस्तो तेलमा पकाएर खानु स्वस्थ्यका लागि राम्रो होइन। आज फ्राई गरेर बाँकी रहेको तेल भोलि पनि प्रयोग गर्ने चलन छ। उनी भन्छन्, ‘खाने तेलको गुणात्मकता अनुगमन हुन आवश्यक छ। कस्तो तेलमा पकाइरहेका छौं भन्ने निरीक्षण हुनुपर्छ।’

हाल मलेसियाको मेवा कम्पनीमा ‘पाम आयल’को अनुसन्धान गरिरहेका प्रकाश भन्छन्, ‘तेल विज्ञ हुन्छु भनेर कहिल्यै पढिनँ। समयसँस सिक्दै जाँदा यो क्षेत्रमा पुगेर परिचय बनाएँ।’ 


तपाईं को प्रतिक्रिया

तपाईं को प्रतिक्रिया

ट्रेंडिंग

सकियो समानुपातिक मतगणना, तीन दिनमा सिट बाँडफाँट हुने

निर्वाचन आयोगका अनुसार आज साँझ प्रत्यक्ष र समानुपातिक दुवैको गणना सकिएको हो। प्रत्यक्षतर्फको गणना हिजै सकिएको थियो भने समानुपातिक गणना भइरहेको थियो।

जनैसुपारी फिर्ता भएपछि युवतीले त्यागिन् प्राण, परिवारको जाहेरीमा युवक पक्राउ

युवतीको मृत्यु भएसँगै परिवारका सदस्यले घटना शंकास्पद रहेको भन्दै प्रहरीमा जाहेरी दिएका छन्। बुद्धनगर घर भएकी २७ वर्षीया पुष्पा न्यौपानेले सुधन संग्रौलाको घरबाहिर पुगेर साँझ सवा ७ बजे आफूलाई आगो लगाएकी थिइन्। सख्त घाइते भएको अवस्थामा युवतीलाई अस्पताल लगिएको थियो।

सत्ताको राइँदलोमा माओवादी, प्रचण्डलाई प्रधानमन्त्रीको अफर दिएर कांग्रेसबाट छुट्याउने एमाले रणनीति

पार्टी सभापति देउवादेखि महामन्त्री गगन थापासहित आधा दर्जन प्रधानमन्त्रीको आकांक्षी रहेका बेला माओवादीले कांग्रेसभित्रको घरझगडाको फाइदा उठाउन खोजेको राजनीतिक वृत्तमा चर्चा छ।

समानुपातिकको मतगणना मंगलबार सकिने, त्यसपछि के हुन्छ प्रक्रिया?

प्रतिनिधिसभामा सो प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ३० हजार चार सय ३९ मतगणना सकिएको छ।

आफूलाई निर्णायक दाबी गर्ने माओवादीका तीन दाउ

शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो।

न निर्णय न टेन्डर ! आफ्नै शोरुमबाट वडाध्यक्षका लागि भनेर मेयरले किनिन् १० मोटरसाइकल

करिब ४० लाख रुपैयाँ सरकारी बजेट दुरुपयोग गरी नगर कार्यपालिकामा प्रस्ताव नै नलगी स्वमर्जी मोटरसाइकल किनेपछि मेयर शाही विवादमा तानिएकी छन्।

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

थप समाचार

नेपाल समय
समाज

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँड्छन्।
नेपाल समय
समाज

लखन थापा अन्तर्राष्ट्रिय फुटबल रंगशाला तीन वर्षदेखि अलपत्र

जिल्लाको इस्मा गाउँपालिका–६ अम्मरपुर बुल्मचौरमा निर्माण गर्न लागिएको रंगशालाको पहिलो चरणको काम विक्रम संवत् २०७६ चैतमा सम्पन्न भए पनि दोस्रो चरणको काम सुरू हुन सकेको छैन।
नेपाल समय
समाज

पर्साका किसानलाई गहुँ छर्न मल अभाव

किसान यतिखेर गहुँ खेती गर्नका लागि आवश्यक पर्ने उन्नत जातको बीउ, रासायनिक मलको जोहो र खेतको सरसफाइ तथा जोताइँमा लागेका छन्।
नेपाल समय
समाज

पल्पाको रामपुरमा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु

सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन्।
नेपाल समय
समाज

कालीकोटमा आयोडिनयुक्त नुन अभाव

कालीकोटमा साल्ट ट्रेनिङ कर्पोरेशनले आयोडिनयुक्त नुन बिक्री गर्दै आएकोमा ठेकेदारले नुन ढुवानी नगर्दा अभाव भएको हो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • प्रधान सम्पादक
    नारायण अमृत
  • महाप्रबन्धक
    जीवन तिम्सिना