शनिबार, मंसिर १८, २०७८

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

नेपाल समय  |  काठमाडौं, सोमबार, कार्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कार्तिक १, २०७८, काठमाडौं

नेपाल समय
सिद्धबाबाधाम क्षेत्र।

पाल्पा- कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्‍ने गर्छ। 

रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम क्षेत्र राम्रो पर्यटकीय गन्तव्यस्थल बनेको छ। यहाँ कालीगण्डकीको चिसो हावाको मज्जा लिँदै तस्बिर खिच्ने र टिकटक बनाउने बढ्दैछन्। 

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्। 

पर्यटकलाई लक्षित गरी विभिन्न भौतिक पूर्वाधार थप गर्दै पर्यटकीय संरचना बनाउने काम थालिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष त्रिलोचन अधिकारीले बताए। 'पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि अहिले यो क्षेत्र पर्यटकको धार्मिक गन्तव्यका रुपमा चिनिएको छ, एकान्त र रमणीय ठाउँमा अवस्थित भएकाले पनि यस स्थलको विशेष आकर्षण छ,' उनले भने।

यस क्षेत्रमा यहाँका स्थानीयको सक्रियतामा मन्दिर प्रवेशद्वारा, मन्दिर घेराबार, ऋषिमुनिको मूर्ति, तीन वटा पौवा, सार्वजनिक शौचालय, टर्मिनल, चार वटा चौतारी, पुजारी आवासगृह, १०८ शिवलिङ्ग निर्माण गरिएको छ।       

यो स्थान अवलोकन भ्रमणका लागि मात्र नभएर विवाह, ब्रतबन्ध, वनभोजलगायत लागि पनि आकर्षक गन्तव्य बनेको छ। यस आर्थिक वर्षमा रामपुर नगरपालिका– ८ को कार्यालयबाट सिद्धबाबा मन्दिर जाने बाटोमा नाली निर्माणका लागि रकम विनियोजन गरिएको वडाध्यक्ष बोमबहादुर नामजाली बताउँछन्।

पर्यटकीय प्रचुर सम्भावना बोकेको यहाँ प्याराग्लाइडिङ र जलयात्राका लागि पनि संरचना निर्माण गर्न सकिने यस क्षेत्रका मानिस बताउँछन्। कालीगण्डकीको नदी किनारैमा रहेको ओढारमा स्थानीयवासीले सिद्धबाबाको उत्पत्ति हुनुपूर्व पानी पर्दा ओत लाग्ने गर्दथे। सोही ओढारमा विसं २०५१ असार १४ गते भुजातका स्थानीयवासी दिनेश अधिकारीले राति सपनामा सिद्धबाबाको मूर्ति देखेपछि भोलिपल्ट ओढारमा गएर हेर्दा मूर्ति भेटिएको किंवदन्ती छ। 

त्यस समयपछि यस ओढारलाई संरक्षण गर्दै यहाँका स्थानीयवासीले अहिले पर्यटकीय क्षेत्रका रुपमा सिद्धबाबाधाम क्षेत्रलाई चिनाउन सफल भएका छन्। ओढारका भित्री तथा बाहिरी भूभागमा विभिन्न देवीदेवताका आकृति प्रशस्तै देख्न सकिन्छ। ओढार नजिकै नवज्योति आमासमूह भुजातद्वारा निर्मित मन्दिरमा दुर्गाको मूर्ति रहेको छ भने आसपासमा शिवजीको मूर्ति, बसाहा, १०८ शिवलिङ्ग निर्माण गरिएको छ। 

यहाँ शिवरात्रि पर्वका अवसरमा विशेष मेला लाग्ने गर्दछ। मन्दिरको उत्तरी भेगमा पवित्र कालीगण्डकी, पश्चिमतर्फ पीपलपाटा सामुदायिक वन, उत्तर पश्चिमतर्फ हरियाली खुला चउर, खेलमैदानले यो स्थान सुन्दर बनाएको छ। 

रामपुर नगरपालिकाले वडा नं ७ को बाहुनडाँडामा प्याराग्लाइडिङ उडान सुरु गरेर यही सिद्धबाबा परिसरमा अवतरण गर्ने योजनाका साथ व्यावसायिक प्याराग्लाइडिङ सञ्चालन गर्ने योजना बनाएको छ। 

यहाँ शौचालय, खानेपानी थप व्यवस्थापन गर्ने, जीर्ण बनेको मन्दिर पुनःनिर्माण, प्रवेशद्वारदेखि मन्दिरसम्म जाने पैदलमार्ग व्यवस्थापन जस्ता भौतिक पूर्वाधार तत्काल गर्नुपर्ने देखिन्छ। मन्दिरको आफ्नै आयस्रोत नहुँदा पनि पूर्वाधार विकासको काममा आर्थिक समस्या छ। 

रामपुर नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख बजेटबाट मन्दिर परिसरमा ट्रस्ट निर्माण गरिएको छ। स्थानीय पीपलपाटा सामुदायिक वन र नवज्योति आमासमूहले यहाँ लाग्ने मेला, विभिन्न पर्वमा सघाउँदै आएका छन्। - रासस


प्रकाशित: October 18, 2021 | 21:30:00 काठमाडौं, सोमबार, कार्तिक १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, कार्तिक १, २०७८

थप समाचार

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए।

कोइलावास : 'गुलजार'देखि भग्नावशेषसम्म

नसुत्ने' शहरको रूपमा चिनिन्थ्यो। तर, अहिले मृत प्राय: छ। राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर' जस्तै बनेको छ।

स्नातकमा ग्रामीण विकास पढ्ने नायिका करिस्माको रहर

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

२०७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा 'अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार' तथा 'अन्तर्दृष्टि हातेमालो पुरस्कार'का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C