शनिबार, मंसिर १८, २०७८
  • गृहपृष्ठ
  • समाज
  • गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

नेपाल समय  |  काठमाडौं, सोमबार, कार्तिक १, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कार्तिक १, २०७८, काठमाडौं

नेपाल समय

रसुवा- रसुवाको धार्मिक तथा पर्यटकीय स्थल गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन गरिएको छ। पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

डुंगामा तालको छेउ, कुना, बीच सबै भागको गहिराई नापेको अनुसन्धानकर्ता न्यौपानेले बताए। ‘गोसाईकुण्ड र भैरबकुण्डको सबै कुना, मध्य भागमा ट्रान्जेक्ट राखेर, कुण्डको सबै क्षेत्र कभर गर्ने गरी नापेका छौं, उनले भने, ‘डुंगा चलाएर गहिराई नापेका छौँ।’ 

नयाँ प्रविधि ‘डेप्थ साउन्डर’ मेसिनको प्रयोग गरि गहिराई नापेको उनले बताए। ‘यो मेसिनले अल्फा फोनिक साउन्ड निकाल्छ। यो मानिसले सुन्न सक्दैन्, त्यो साउन्ड पानीको सतह छुवाइदिएपछि साउन्ड पानीभित्र फाल्छ, जमिनमा ठोक्किएपछि फिर्ता पठाउँछ, हामीले प्रयोग गरेको एडभान्स टेक्नोलोजी हो,’ उनले भने।

गोसाइँकुण्डमा ७२ स्थानबाट र भैरबकुण्डमा ७० स्थानबाट गहिराई नापेको उनको बताए। कुण्डको गहिराई नापे पनि यसको रिपोर्ट आउन केही समय लाग्ने उनले बताए। ‘अहिले हामीसँग ‘र’ डाटा छ, तर त्यो चाहीँ हामीले जिआइएसमा राखेर प्रोफेस गर्नुपर्छ, यो डाटा प्रोफेस गरेपछि मात्र त्यसको गहिराई कति भन्ने आउँछ,’ उनले भने, ‘प्रोफेस नगरेसम्म ‘र’ डाटाको आधारमा भन्न सकेनौ,’ उनले भने, दसैं सकिए लगत्तै डाटा प्रोफेस सुरु गर्छौ।’ डिसेम्बरभित्र एकेडेमीलाई प्रतिवेदन बुझाउनु पर्ने उनले बताए। एक महिनाभित्रै फाइनल प्रतिवेदन तयार पार्ने उनको भनाइ छ। 


कुण्डको पानीमा क्षारको मात्रा बढी


कुण्डको गहिराईको साथै टोलीले फिजियोकेमिकल पारामिटर पनि परीक्षण गरेको छ। गोसाइँकुण्डको पानीको मुहान त्रिशुलधाराबाट आएको ठाउँ, माथिको कुण्ड तथा तालहरूबाट आएको क्षेत्र, गोसाइँकुण्डको बीच भाग, गोसाइँकुण्डको मन्दिरतर्फको क्षेत्र, गोसाइँकुण्डबाट पानी निस्कने क्षेत्रमा पानीको गुणस्तर पनि नापेको न्यौपानेले बताए। 

गोसाइँकुण्ड र भैरबकुण्डको पानीमा क्षारको मात्रा बढी पाएको उनले बताए। ‘हामीले पानीको नमुना लिएर परीक्षण गरेका थियौ, परीक्षणमा क्षारको मात्रा बढी रहेको पायौं, त्यहाँको पानी सबै अल्कालाइन नै छ, अम्लिय छैन्’ उनले भने, ‘तर मानिसहरूले नुहाउनुहुन्छ, कतिपयले नुहाउँदा प्रयोग गरेका कपडा त्यहि छोड्नुहँुदो रहेछ, नुहाउँदा कसैकसैले स्याम्पु, साबुन, प्रयोग गर्नुहँुदो रहेछ, त्यो कारणले अलि बढी क्षारको मात्रा छ, त्यही पानी बगेर भैरबकुण्डमा जाने भएकाले भैरबकुण्डमा पनि क्षारको मात्रा रहेको पाइएको छ।’ 

यस्तै, उनले गोसाईकुण्डमा फोहोर व्यवस्थापनमा पनि जोड दिएका छन्। गोसाइँकुण्डबाट सदरमुकाम धुन्चे नजिकै रहेको घट्टे खोलामा साना ठुला गरि २१ वटा तालको पानी आउने गरेको उनले बताए। ‘हामीले यसपटक क्याफमेन्ट लेबलको अध्ययन गर्न खोजेको हो, घट्टेखोलामा पानी आउने सबै तालको अध्ययन गर्न खोजेको हो, त्यसमध्ये दुईवटा ठुला तालको विस्तृत अध्ययन गरेको हो,’ उनले भने। टोलीले गोसाइँकुण्डभन्दा माथिका अन्य १६ वटा कुण्डको जिपिएस लोकेसन पनि लिएको छ। -न्युज कारखाना

 


प्रकाशित: October 18, 2021 | 19:00:00 काठमाडौं, सोमबार, कार्तिक १, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, सोमबार, कार्तिक १, २०७८

थप समाचार

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए।

कोइलावास : 'गुलजार'देखि भग्नावशेषसम्म

नसुत्ने' शहरको रूपमा चिनिन्थ्यो। तर, अहिले मृत प्राय: छ। राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर' जस्तै बनेको छ।

स्नातकमा ग्रामीण विकास पढ्ने नायिका करिस्माको रहर

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

२०७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा 'अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार' तथा 'अन्तर्दृष्टि हातेमालो पुरस्कार'का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C