सोमबार, मंसिर १३, २०७८
  • गृहपृष्ठ
  • समाज
  • १४ वर्षीया संगीताको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी

१४ वर्षीया संगीताको कलिलो काँधमा चार भाइबहिनीको जिम्मेवारी

नेपाल समय  |  काठमाडौं, शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८, काठमाडौं

नेपाल समय

खोटाङ- मानसिक सन्तुलन गुमाएका बुबा रघुवीर विश्वकर्माले सुनकोसीमा हाम फालेर ज्यान गुमाए। बनिबुतो गर्दै लालनपालन गरिरहेकी आमाले पनि दोस्रो विवाह गरेर छाडिन्। बाबुआमापछि घरको जेठो सन्तानका रूपमा रहेकी सविता पनि केही समयपछि विवाह गरेर पराइ घर गइन्।

त्यसपछि घरमा बाँकी रहेका बालबच्चाको अवस्था कस्तो होला? हो, त्यही अवस्थाबाट गुज्रिरहेका छन् खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे मावे टोलका १८ वर्षीय मिलन, १४ वर्षीया संगीता, १२ वर्षीया टीका र ८ वर्षीय पवन विश्वकर्मा। तीन/चार वर्षको अवधिमा एकपछि अर्को गर्दै अभिभावकबाट टाढिएका चार बालबालिकाको अवस्था दयनीय बनेको छ। हाल उनीहरू दुःखजिलो गरेर जीवन निर्वाह गरिरहेका छन्। 

घरमा आफूभन्दा जेठो दाजु भए पनि पारिवारिक जिम्मेवारी संगीताको कलिलो काँधमा छ। बुवाको मृत्यु भएदेखि नै मिलन काठमाडौं गएर ज्यालामजदुरीको काम गर्दै बस्छन्। उनी कहिलेकहीँ मात्र घर आउने गरेका छन्। त्यस कारण पनि पारिवारिक जिम्मेवारी संगीताको काँधमा आइलागेको हो।

हाल घरायसीदेखि घर व्यवहार धान्ने काम उनैले सम्हालिरहेकी छन्। घरपरिवार धान्न परेकै कारण संगीताले कक्षा ६ बाटै आफ्नो पढाइलाई रोकेकी छन्। गाउँकै भानु आधाभूत विद्यालयमा अध्ययनरत संगीता लकडाउन खुलेयता विद्यालय गएकी छैनन्। 

लकडाउन खुल्दा संगीताको विद्यालय जाने बाटो नै बन्द भइसकेको थियो। भाइबहिनीलाई पढाउनुपर्ने पारिवारिक जिम्मेवारी बोझका कारण विद्यालय जान नसकेको संगीता बताउँछिन्। आर्थिकरूपमा पनि विश्वकर्मा परिवार कमजोर छ।

‘घरको कामले गर्दा, पारिवारिक समस्यले गर्दा विद्याल जान छाडेकी हुँ। भाइबहिनीलाई पढाउनका लागि दुःख गर्दैछु,’ उनले भनिन्, ‘दाजुले पनि भाइबहिनीलाई पढाउँछु भन्नुहुन्छ। दाजुले बिहे गरेपछि फ्रि हुन्छु, अनि पढ्न थालौंला।’ टीका कक्षा ४ मा र पवन कक्षा ३ मा भानु आधारभूत विद्यालयमा पढ्छन्। 

बुबाको मृत्यु भएपछि तीन वर्षअघि आमा फुलमायाले दोस्रो विवाह गरेकी हुन्। विक दम्पतीका चार छोरी र दुई छोरामध्ये कान्छी विमला आमासँगै छिन्। आमाले छाडेको केही समयपछि परिवारको जेठी छोरी सविताले पनि विवाह गरिन्।

बाबु रघुवीरको मृत्यु भएकै वर्ष जेठो छोरा मिलनले पनि कक्षा ७ बाटै पढाइलाई बिट मारिसकेका छन्। पढाइ छाडेर काठमाडौं बस्ने गरेका मिलन हाल विदेश जाने तयारीमा छन्। 

समग्र दलित समुदायको उत्थान एवं आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ खोटेहाङ गाउँपालिकाले चालु आर्थिक वर्ष ‘दलितसँग गाउँपालिका’ कार्यक्रम सुरु गरेको छ। सो कार्यक्रम उनै संगीताको गाउँमा पनि सञ्चालन भइरहेको छ।

पारिवारिक बोझका कारण विद्यालय जानबाट बञ्चित संगीताको शिक्षादीक्षाका लागि गाउँपालिकासमक्ष छात्रवृत्तिको प्रस्ताव राखिएको ‘दलितसँग गाउँपालिका’ कार्यक्रमका सहजकर्ता इन्द्र नारथुंगे (इन्द्रकुमार राई)ले बताए। 

‘बाबुको मृत्युपछि आमाले अर्कैसँग विवाह गरिन्। त्यसपछि सो घरका बालबच्चा साहराविहीन बने। भाइबहिनीलाई नियमित स्कुल पठाए पनि संगीता आफैँ विद्यालय जान सक्दिनन्। घरमा आम्दानीको स्रोत छैन। दाजुले कमाएर पठाउने केही रकम र गाउँघरमा बनिबुतो गर्दा आउने थोरै रकमबाट घरखर्च चलाउनु पर्ने बाध्यता छ,’ नारथुंगेले भने, ‘साँच्चै यस्ता साहराविहीन नागरिकको लागि स्थानीय सरकारहरूले साथ दिने हो भने सिंहदरवार गाउँ–गाउँमा पुगेको अनुभव प्रत्यक्ष गर्न पाइन्थ्यो।   -न्युज कारखाना 


प्रकाशित: October 16, 2021 | 13:03:12 काठमाडौं, शनिबार, असोज ३०, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, शनिबार, असोज ३०, २०७८

थप समाचार

आमाको कुटपिटबाट छोराको मृत्यु

मोरङको कटहरीमा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ।

मन्त्रीमाथि चर्को दबाब, रोकिएला त डा. अनुप बास्तोलाको सरुवा?

स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्।

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

कैलालीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

मोटरसाइकल र स्कुटी ठोक्किँदा एक जनाको मृत्यु, तीन गम्भीर घाइते

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएका छन्।

देशभर आंसिक बदलीको सम्भावना

नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।

उपत्यकाको सम्पदा र संस्कृति संरक्षणमा ज्यापू समुदायको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापू समुदायको ठूलो योगदान रहेको बताएका छन्।

ट्रेंडिंग

नेपाल समय
सुदूरपश्चिम

पुष्पकुमार शाहीद्वारा कांग्रेस सुदूरपश्चिम अध्यक्षमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका युवा नेता पुष्पकुमार शाहीले १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय
समाज

यस्तो रहस्यमय मृत्यु जसले बाहिर ल्यायो रौतहट कारागारभित्रको 'दादागिरी'

एक कैदीको रहस्यमय मृत्युको घटनापछि जिल्ला कारागार रौतहटभित्र हुने गरेका बेथिति र हिंसाको अनेक पक्ष सतहमा आएका छन्।
नेपाल समय
राजनीति

एमाले-कांग्रेस महाधिवेशनमा ओली-देउवाका तीन संयोग, एकै अपेक्षा

असार २९ गते देउवा प्रधानमन्त्री बनेका थिए। त्यसयता उनको भेट ओलीसँग भएको थिए। एमाले महाधिवेशनले देउवा–ओलीको भेट त जुरायो नै। सँगै ओली र देउवाका बीचमा केही रोचक संयोग समेत पर्न गए।
नेपाल समय
ब्लग

बाटो बिराएका पूर्वशिक्षक प्रचण्डको एउटा ठूलो भ्रम

एउटा छविलालले बाटो बिराउँदा समाजले ठूलो मूल्य चुकाउनुपरेको छ। वाध्यताबस देशका लाखौं युवाले बाटो बिराएर कोही अरबको खाडी पुगेका छन् त कोही पूर्ण रुपमा अमेरिका, अस्ट्रेलियातिर हराएका छन्।
नेपाल समय
लुम्बिनी

कांग्रेस महाधिवेशन : राजनीतिमै जीवन बिताएका नेताहरु महाधिवेशन प्रतिनिधिमै पराजित

पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र न. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार थिए। तर, उनी पराजित भए। विद्यार्थी राजनीतिमा डेढ दशकदेखि सक्रिय पौडेलले यो पटक महाधिवेशन प्रतिनिधि जित्‍ने आशमा थिए।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C