मंगलबार, कार्तिक २, २०७८

मिथिलाञ्चालमा दुर्गापूजाको उल्लास

जयन्त ठाकुर  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय
मिथिलाञ्चालमा दुर्गापूजा।

जनकपुरधाम- दशैंको रौनकता अहिले देशैभरि छाएको छ। देशैभरी रहेका माता दूर्गाको शक्तिपीठहरुमा भव्यता पूर्वका पूजा अराधना भइरहेको छ।

मिथिलाञ्चलका मन्दिरहरुमा भने पूजा अराधना बाहेक पनि ठाउँ–ठाउँमा दूर्गाको मूर्ति बनाएर भव्यतापूर्वक पूजा हुने गरेको छ। जनकपुरधामलगायतका मिथिलाञ्चलका अधिकांश ग्रामीण क्षेत्रमा दुर्गाको मूर्ति बनाएर पूजा गर्ने परम्पार रहेको छ। 

सोही परम्पराअनुसार मिथिलाञ्चलमा मूर्ति पूजा गरिँदै आएको छ। र यसले दशैंको माहोललाई मनोरम बनाउने गरेको छ।

सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने परम्पार मिथिलाञ्चालमा छ। त्यसैले दसैंमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैं नवदुर्गालाई माइतीमा भित्राउने परम्परा रहेको छ।

पूजा अवधिसम्म माइती आएकी चेलीझैं मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ।  अनि मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाइ गरिन्छ।

संस्कृतिविद्हरू भक्तिका ९ मार्ग अर्थात् नवधा भक्तिमध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्छन्। जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैं माया गर्नुका साथै सेवा पनि गर्ने गर्थे। उनका उत्तराधिकारीहरू महन्थहरुले समेत सो परम्परालाई अझै जारी नै राखेका छन्।

दुर्गापूजास्थल।

देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने अनि परिवारका प्रिय सदस्य जस्तै मधुर व्यवहार गर्ने परम्परालाई मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद डा. राजेन्द्रप्रसाद विमल वात्सल्य मार्गको संज्ञा दिन्छन्। 

‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद हावी थियो। मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ। मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको हो।’

डा. विमलका अनुसार रसिक सम्प्रदायको दार्शनिक सूत्र यो नै रहेको बताउँछन्। देवीदेवताको पूजा गर्दा टाढाको सम्बन्ध स्थापित हुन्छ। पारिवारिक सम्बन्ध स्थापित गर्दा नजिक हुन्छ। डा. विमलले सीता मिथिलाकी चेली भएकी तथा नवदुर्गासहितका अन्य देवीहरू पनि सीताकै स्वरूप भएकाले मिथिलाञ्चलमा अझै देवीहरूलाई चेलीबेटीको रूपमा माया गर्ने परम्परा रहेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालय केन्द्रिय मैथिली विभागका पूर्वप्रमुख सहप्राध्यापक परमेश्वर कापडीले देवी मात्र होइन, राम, कृष्ण, महादेवलगायतका देवतालाई समेत आफ्नो घरकै सदस्य जस्तो माया, प्रेम, स्नेह गर्ने चलन मिथिलामा छ। ‘कृष्णलाई किसना भन्नु तथा रामलाई भिनाजु जस्तै गाली गर्ने परम्परा यसको जिवन्त उदाहरूण हुन्,’ कापडीले भने।

वेदकालीन समाज प्रकृति पूजक समाज थिए। वेदकालमा सूर्य, चन्द्र, आकाश, पाताल, पृथ्वी, प्रकृति, चर अचर तथा वृक्षादिको पूजा गरिन्थ्यिो। मुर्ति पूजा हुँदैन्थ्यो। संस्कृतिविद विमलका अनुसार मोहनजोदाडो र हडप्पाको उत्खननपछि शिस्न (लिङ) र भग (योनी) को प्रतिमा फेला परेको थियो। जसलाई केही विश्लेषकले शिवपार्वती तथा केहीले उत्पादन (वंशवृद्धि) सँग जोडेर व्याख्या गरेका छन्।

डा. विमल हडप्पा सभ्यतालाई आर्य र अनार्यबीचको संगम कालको संज्ञा दिन्छन्। मोहनजोदाडो, हडप्पा तथा गुफाकालमा फेला परेका चित्रहरू चित्रकलाका आदि तस्बिरहरू भए पनि अहिले मिथिला समाजमा प्रचलनमा रहेको मूर्ति पूजा १६ औं शताब्दीदेखि अलवार सम्प्रदायका पुष्टमार्गीहरूले सञ्चालन गरेको परम्पराको शृंखला रहेको उनको तर्क छ।

संस्कृतिविद् डा. रेवतीरमण लाल आर्य समाजमा मूर्ति पूजाको परम्परा महाभारतकालदेखि सुरु भएको बताउँदै नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको तर्क प्रस्तुत गर्छन्।

डा. लाल भन्छन्, ‘प्रारम्भिक समाजमा भूतप्रेत र पिसाचवाद हावी थियो। मध्यकालमा बहुदेवतावाद हावी भयो अनि आधुनिक समाजमा एकेश्वरवाद हावी छ। मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको हो।’


प्रकाशित: October 14, 2021 | 08:00:00 काठमाडौं, बिहीबार, असोज २८, २०७८
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका प्रदेश २ प्रतिनिधि हुन्।
काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C