मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • समाज
  • नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाउँदा प्रहरीलाई खुसी मिल्छ : डीआईजी सुवेदी

नागरिकले ढुक्कसँग चाडपर्व मनाउन पाउँदा प्रहरीलाई खुसी मिल्छ : डीआईजी सुवेदी

नेपाल समय  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना,अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्। बिदा र घरपरिवार भन्ने हुँदैन। प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ। कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ। 

घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ। फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु। तर पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ। यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी। यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ। न्युज कारखानाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीसँग फौजी दसैंबारे कुराकानी गरेको छ।

उत्तमराज सुवेदी

दसैंमा सपरिवार बस्ने रहर नलाग्ने त होइन। जागिर खाँदा जनयुद्ध सुरु भयो। समस्याग्रस्त क्षेत्रमा पोस्टिङ भयो। छुट्टि पाउने र माग्ने अवस्था थिएन। परिवार बोलाउन पनि समस्याग्रस्त क्षेत्रमा सम्भव थिएन। चाडपर्वमा सँगै नहुने अवस्था सिर्जना भयो। पछि ह्याविट हुँदै गयो। सबै कुराले परिवारलाई खुसी राख्न सकिने रहेछ। तर, जब जब घुम्न जाने कुरा आउँछ, घरपरिवारसँगै बस्ने भन्ने कुरा आउँदा उपस्थित भएन भन्ने असन्तुष्टि परिवारमा हुन्छ।

तर, सामान्य अवस्था हुँदा परिवार बोलाएर कार्यक्षेत्रमै मनाउने त कहिले काठमाडौंमै पोस्टिङ हुँदा घर आउने जाने अवस्थामा टीका लगाउन पाउँथे। यो मेरोमात्र होइन सबै प्रहरीको कथा हो। प्रहरीमा जागिर खाइसकेपछि घरपायक अथवा घरमा बसेर जागिर खाने सम्भावना धेरै कम रहन्छ।

प्रहरी भइसकेपछि सँगै बस्न पाइँदैन र सबै प्रहरीका परिवारको यो गुनासो रहन्छ। तर, अब उहाँहरुले पनि बुझ्नुहुन्छ। प्रहरीको जागिर, जनताको सेवा गर्नुपर्छ, अरु जागिरजस्तो टेन टु फाइभ हुँदैन। जति बेलुका, राति भयो त्यति नै अपराधका घटना बढ्न सक्ने जोखिम हुन्छ। झन राति चनाखो भएर बस्नुपर्छ। हामीलाई धेरैले यसपटकको दसैं तिहार कस्तो भयो सोध्नुहुन्छ, मैले के भन्ने गरेको छु भने यदि त्यो चाडपर्वको बेलामा कुनै पनि अप्रिय घटना घट्न नपाई शान्तिपूर्वक सर्वसाधारणले हर्षउल्लासपूर्वक मान्ने वातावरण सिर्जना गर्न सकिएको छ भने त्यो वर्षको दसैं सफल, राम्रो र रमाइलो भयो।

तर, नचाहँदा पनि कहिलेकाही अप्रिय घटना घट्यो र एउटा परिवारमात्रै शोकमा, समाज शोकमय भयो भने त्यसको असरले हाम्रो दसैं राम्रो भएन, खल्लो भयो भनेर भन्ने गरेको छु। व्यवहारमा त्यहीँ हो। जसरी अरुबेला सर्वसाधारण प्रहरी हाम्रो सुरक्षामा छ, गस्ती गरिरहेको छ भनेर रातभर ढुक्कले सुत्नुहुन्छ, त्यसैगरी चाडपर्वमा फेस्टी मुडमा आफन्तजनकहाँ ओहोरदोहोर गर्ने, आशिर्वाद लिने, भेटघाट गर्ने, चाडपर्व मनाउने वातावरण कुनै चिन्ताबिना ढुक्कसँग भयो भने र कुनै घटना घट्न पाएन भने हामीलाई एकदम सन्तुष्टि हुन्छ।

यसपटकको चाडपर्वको बेलामा म महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंमै छु। मेरो परिवारहरु पनि यतै छन्। म अहिले फ्रन्टलाइनमा नभएर सुपरभाइजरी रोलमा छु। यसअघि म फ्रन्टलाइनमा थिए। त्योबेला भन्दा अलिकति केही समय निकाल्न सकिन्छ कि भन्ने खालको छ। तर, विदामा बसिँदैन। टीकाको दिन कुनै समय मिलाएर घरमा एकछिन टीका लगाउन जानेसम्मको योजना बनाएको छु।

सर्वसाधारणलाई चाडपर्व मनाउने क्रममा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको परिचालनलाई थप व्यवस्थित बनाउने, थप सुरक्षा प्रत्याभूति हुने किसिमको वातावरण सिर्जना गर्नेतर्फ आफूलाई केन्द्रीत गरेको छु। त्यसैगरी ब्यारेकभित्र पनि सिनियर र जुनियर प्रहरी अधिकृत तथा जवानहरुसँग मनाउने योजना छ। प्रहरी प्रधान कार्यालयमा आईजी साप, एआईजीलगायत अग्रजसँग आशिर्वाद लिन्छु भने इच्छुक अनुज प्रहरी कर्मचारीलाई मैले पनि टीका लगाइदिने र आशिर्वाद दिन्छु।  - न्युज कारखाना


प्रकाशित: October 13, 2021 | 20:20:00 काठमाडौं, बुधबार, असोज २७, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C