मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • समाज
  • वैदिक र तान्त्रिक परम्पराको सम्मिश्रण मिथिलाको चर्चित झिझिया नाच

वैदिक र तान्त्रिक परम्पराको सम्मिश्रण मिथिलाको चर्चित झिझिया नाच

जयन्त ठाकुर  |  काठमाडौं, बिहीबार, असोज २८, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बिहीबार, असोज २८, २०७८, काठमाडौं

नेपाल समय
सम्पूर्ण मैथिली समाजको लोकनृत्य।

जनकपुरधाम- मिथिलाञ्चलमा प्रचलित लोक नृत्यमध्ये झिझिया विशिष्ट प्रकृतिको नृत्य हो। जुन दसैंका बेला प्रदर्शन गरिन्छ। पूर्ण तान्त्रिक विधिअनुसार गरिने यो नृत्यको मिथिलामा परम्परादेखि चलिआएको छ।

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ। सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ। जादु, टुनामुना, बोक्सी आदिको प्रभाव कम गर्न यो अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ।

बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको घैंटो त्यसकै नमुना हुन्। टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकोको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसमा रहेको विशेष अर्थलाई संकेत गर्दछ। महिलाको टाउकोमा राखिएको घैंटोको प्वाल कुनै बोक्सीले गन्न सफल भइनन् भने नाच्ने महिला ठहरै हुने जनविश्वास रहेको छ। त्यसै कारण सो घैंटो टाउकोमा राखेर नृत्य गरिन्छ। 

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा  गरिन्छ। यो भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।
झिझिया नृत्यको आफ्नै सुर र ताल हुन्छ। विशेष सुर र तालमा तथा झिझियाको गीतमा झुमी टाउकामा घैंटो राख्ने महिला चारैतिर फन्को मार्दा अनौठो वातावरण निर्माण हुन्छ। नृत्यसँगै गाइने सो गीतमा बोक्सीलाई गाली गरिनुका साथै धम्कीसमेत दिइन्छ। त्यस्तो गालीले बोक्सीको अनैतिक शक्तिको प्रभाव कम गर्ने जनविश्वास रहेको संस्कृतिविद् डा. रेवतीरमण लाल बताउँछन्।  

झिझिया लोकनृत्य धनुषा लगायत महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सासहितका जिल्लामा  गरिन्छ। यो भारतीय मिथिला क्षेत्रमा पनि प्रस्तुत गरिन्छ। झिझिया कुनै जाति विशेषको नभई सम्पूर्ण मैथिली समाजको लोकनृत्य हो।

नृत्यको सुरुवात 

घैंटोमाथि बल्दै गरेको आगोको डल्लो लिएर नृत्य गर्नु आफैंमा साहस र कलाको अलौकिक प्रदर्शन झिझिया नृत्य हो। समाज रुपान्तरणको सँगै लोकनृत्यहरु गायब हुन थालेका छन्। तैपनि गाउँघर तथा सहर बजारमा यसलाई जीवन्त राख्नका लागि भए पनि वर्षेनी झिझिया नृत्यको आयोजना गरिन्छ।

विगतका दशकमा तराई क्षेत्रमा बोक्सी प्रकरण व्यापक हुने गरे पनि हालका दिनमा केही कम भए पनि निमिट्यान्न भने हुन सकेको छैन।

सातौं वा आठौं शताब्दीमा बोक्सीको जगजगी भएका बेला त्यसविरुद्ध प्रतिकार गर्न अनौठो नाच नाच्ने परम्परा सुरु भएको इतिहासकारहरु बताउँछन्।

मिथिला क्षेत्रको गाउँघरमा मात्र होइन सहरबजार पनि झिझिया नृत्य नाच्ने गरिन्छ। यस नाचको उद्देश्य देवी दुर्गाको उपासना पनि हो। झिझिया नाच्दै गाइने गीतमा बोक्सीलाई गाली गरी भगवती दुर्गाको स्तुति गाइएको हुन्छ।


झिझिया नाच्नुअघि नयाँ घैंटोलाई सफा गरी घैंटोभरि प्वाल बनाइन्छ। घैंटोको मुखमा राखिएको ढकनामा आगो सल्काइन्छ। त्यसमा मट्टितेल हालेर बालिन्छ। त्यसपछि टाउकोमा राखेर नृत्यका लागि झिझिया तयार हुन्छ। तर, टाउकोमा राखी नृत्य गर्नुपूर्व झिझियालाई कुनै गुणी ओझाबाट मन्त्रद्वारा सिद्ध पारिन्छ।

यसरी बोक्सीको आँखा नलागोस् भनेर धामीद्वारा छेकबार गर्दा निम्म मन्त्रोच्चारण गर्ने गरिन्छः

सभ्य गुरुक बन्दे पाउँ।

बजर केवाडी।

बजर बान्हो दशो दुआरी।

मटिया बान्हो, मसान बान्हो, टोना बान्हो, टापर बान्हो।।

यसरी मन्त्रिएपछि ५ देखि १५ जनासम्मका महिला टोलीमध्ये एक वा दुई महिला टाउकोमा आगो बलिरहेको घैंटो राखेर हातको सहारा बिना नाच्दै ब्रह्मस्थानमा पुगेर पूजा गरेर नृत्य गर्ने गर्दछन्।

बोक्सी भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ। जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ।

ब्रह्मस्थानमा नृत्य गरेलगत्तै झिझिया औपचारिकरुपमा सुरु हुन्छ। त्यसपछि घर-घरमा गएर नृत्य देखाउने परम्परा छ। प्रत्येक घरबाट पूर्णाहुतिका लागि अन्न रुपैयाँ चन्दा माग्ने गर्छन्। त्यही मागिएको रकम जोडेर विजयादशमीको दिन पूजापाठ, भोज र प्रसाद वितरण गरिन्छ र झिझिया लोकनृत्य बिसर्जन हुन्छ।


नृत्यको रमाइलो गीतसँगै झिझिया नृत्यको सबैभन्दा सबल पक्ष सो नृत्यमा गाइने गीत नै हुन्। झिझिया नृत्यमा पहिला दुई खाले गीत हुन्छन् । पहिलो देवी स्तुति र दोस्रो बोक्सीलाई गाली गर्ने तथा धम्काउने गीत हुन्छन्। 

लील रंग डालीया, सबुजेङ्ग ओहरिया।

मैयागे भीडि गेलाह बत्तीसो कहार। 

कमरुआ देश मैआ कब जइहे गे।।  

बोक्सी भर्खरै मृत्यु भएका बालकलाई चिहानबाट झिकी उसलाई जिउँदो पारेर नांगै नाच्ने गरेको जनविश्वास पाइन्छ। जो बालक उसकै टुनामुनाद्वारा मारिएको हुन्छ।

बरहमके पछुआरिए डैनियां मत करिहें श्रृङ्गार गे।

बमेलेल आरती दहिने तरुआरि गे।

नचैत नचैत गेले डैनियां  सीमा ओइ पार गे।।

सँगे सँगे गेलौ डैनियां  राजा कोतवाल गे।।

देख लेलकौ खागै डैनियां नङ्टे उघार गे।। 

यो झिझियाको गीतको मध्यमबाट बोक्सीलाई गाली गरिने गरिन्छ। 

कोठाके उपर डैनिया,

खिडकी लगैले ना,

खिडकी ओत्ते डैनिया,

गुनावा चलैले ना।

आगे किछु होएतौ डैनिया,

गदहा पर चढैवौ गदहा चढाए

डैनियां नमुहां हसैबौ ना।।

बोक्सीलाई धम्काउने काम पनि गीतकै माध्यमबाट गरिन्छ। खबरदार! यदि, तिमी खिडकी पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौ र नाम बदनाम गराउँछौ यो गीतको अर्थ हो।  समाजमा बोक्सीलाई कतिसम्म घृणित मानिन्छ भन्ने यो कुरा यो गीतको बोलबाट स्पष्ट हुन्छ।

डैनिया बेटा मरल पडल है,

अन्हार घर झिझडी।

कोइ नै बाँस कटबैया है

अन्हार घर झिझडी।। 

यो गीतको बोलको अर्थ घरमा बोक्सीको छोरा मरेको छ, बाँस काटनेसम्म कोही छैनन् भन्ने हो।

मैथिलीका वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा. राजेन्द्र विमल भन्छन् ‘झिझिया गीतको एउटा अर्को पाटो पनि छ र त्यो मनोरञ्जनात्मक र व्यंग्यात्मक शैलीको पाटो हो।’ 

वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको मानिन्छ।

परम्परागत लोकविश्वासमा आधारित कैयौं यस्ता लोकगीत लोपोन्मुख अवस्थामा रहेका छन्। सामाजिक संस्कारमा रहेको अन्धविश्वासका प्रतिच्छायाँ दर्शाउने यस किसिमका लोकगीतलाई समेत सांस्कृतिक दृष्टिले जगेर्ना गर्नुपर्ने देखन्छि।

डा. विमलले झिझिया नृत्य अन्धविश्वास नभई यस भित्र गहिरो दर्शन लुकेको बताउँछन्। झिझिया नृत्यमा प्रयोग हुने घैंटोले पञ्चभौतिक रुपि शरीर, त्यसमा प्रयोग हुने दियो चेतनाको प्रतीक रहेको उनी बताउँछन्। झिझिया नृत्य गर्ने टोलीले दियोमा घर घर मागेर तेल हाल्ने परम्परा छ। यसले परिवार र समाजको सहयोग बिना चेतना रुपी दियोको विकास हुन सक्दैन भन्ने सन्देश दिँदै आएको विमलको भनाइ छ।

उनका अनुसार झिझिया नृत्यको प्रारम्भ घट नृत्यको परम्पराबाट सुरु भएको छ। वैदिक परम्पराको रुपमा रहेको घट नृत्य नै कलान्तरमा गएर मिथिलामा झिझिया नृत्यको स्वरुप धारण गरेको मानिन्छ। यसका साथै यो नृत्यमा तान्त्रिक विधिको विशेष महत्व रहेको छ र यो मिथिलाको लोक परम्पराको रुपमा विस्तारै विकास हुन पुग्यो। विमल भन्छन् वैदिक, लोक तथा तान्त्रिक परम्पराको मिश्रणले महान सन्देश दिँदै आइरहेको छ।



प्रकाशित: October 14, 2021 | 08:50:03 काठमाडौं, बिहीबार, असोज २८, २०७८
जयन्त ठाकुर

जयन्त ठाकुर

ठाकुर नेपाल समयका प्रदेश २ प्रतिनिधि हुन्।
काठमाडौं, बिहीबार, असोज २८, २०७८

थप समाचार

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C