शनिबार, मंसिर १८, २०७८

महिला किन पतिकै थर लेख्छन्?

नेपाल समय  |  काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कार्तिक २, २०७८, काठमाडौं

नेपाल समय

नाम पछाडि पतिको थर लेख्ने प्रचलन पितृसत्तात्मक समाजको उपज हो। उसो भए पश्चिमी समाजका आधुनिक महिला अझै यही परम्परा किन पछ्याइरहेका होलान्?

कोरोना महामारीका कारण धेरै युवा जोडीको विवाह–योजना अनिश्चित छ। क्यालिफोर्नियामा लाइफस्टाइल–मिडिया कम्पनी चलाउने ३० वर्षीया लिन्डसे इभान्सको विवाह पनि यही महामारीले ८/९ महिना पछि धकेलिदियो। तर, उनी एउटा कुरामा स्पष्ट छिन्।  उनी भन्छिन्, ‘विवाहको समय जति नजिकिँदै छ, म आफ्नो नाममा उस (पति) को थर जोड्ने कुरामा उत्ति नै स्पष्ट हुँदै छु।’ 

अमेरिकामा अधिकांश महिला विवाहपछि नामका पछाडि पतिको थर जोड्छन्। हालैका वर्षमा गरिएको सबैभन्दा ठूलो तथ्यांक विश्लेषणअनुसार यस्ता महिलाको संख्या करिब ७० प्रतिशत छ। बेलायतमा यो संख्या ९० प्रतिशत छ। यीमध्ये ८५ प्रतिशत १८ देखि ३० वर्ष उमेर समूहका छन्। 

एक पुस्ताअघिको दाँजोमा यो संख्या कम हो। विवाहपछि थर फेर्ने परम्परा पश्चिमा मुलुकमा एउटा बलियो सांस्कृतिक आदर्शका रुपमा स्थापित छ– अहिलेको व्यक्तिवादी र लैंगिक–सचेतनाको युगमा पनि। 

नारीवादको परिभाषा फरकफरक हुन सक्छ। अमेरिकामा ३० वर्षभन्दा कम उमेरका ६८ प्रतिशत र बेलायतमा ६० प्रतिशत महिलाले आफूलाई नारीवादी भन्न रुचाउँछन्। 

‘यो बडो आश्चर्य लाग्दो छ....(अधिकांश महिलाले पतिकै थर राख्ने कुरा) विवाहपछि महिला पतिको सम्पत्तिजस्तै हुने प्रचलन त पितृसत्तात्मक परम्परा हो,’ बेलायतको ब्राडफोर्ड विश्वविद्यालयका प्राध्यापक साइमन डंकन भन्छन्। उनी महिलाले पतिको थर लेख्ने प्रचलनबारे अनुसन्धानरत छन्। ‘अधिकांश मुलुकमा यही परम्पराले जरा गाडेको छ। तर पतिकै थर राख्नुपर्ने कानुनी बाध्यताचाहिँ छैन।

पश्चिम युरोपका अधिकांश देशका महिला पनि पतिकै थर लेख्न रुचाउँछन्। स्पेन र आइसल्यान्डमा भने महिलाहरू विवाहपछि पनि जन्मथर नै चलाउँछन्। ग्रिसमा त सन् १९८३ देखि जीवनभर एउटै थर राख्नुपर्ने कानुनी व्यवस्था छ। 

लैंगिक समानता सूचीमा सधैं पहिलो नम्बरमा आइरहने नर्वेमा बहुसंख्यक महिला विवाहपछि थर परिवर्तन गर्छन् भने आधाजसोले जन्मथर र पतिको थर दुवै लेख्ने गरेका छन्। 

‘प्रश्न अझै बाँकी छ, यो सामान्य परम्परा मात्रै हो कि, यसको कुनै विशेष अर्थ छ?’ डंकन भन्छन्। उनले हालै नर्वेको ओस्लो युनिभर्सिटी र युनिभर्सिटी अफ वेस्ट अफ इंग्ल्यान्डका विज्ञहरुसँग यसै विषयमा गहन छलफल गरेका छन्। 

पितृसत्तात्मक परम्परा

महिलाले विवाहपछि माइतीको थर राख्न नचाहने थुप्रै कारण हुन सक्छन्। यस्ता कारणमा थर नै मन नपर्नेदेखि माइतीमा पाएको दुःख हुन सक्छन्। हालैको अनुसन्धान विश्लेषणका साथै बेलायत र नर्वेका नवविवाहित र व्यस्त जोडीसँग गरिएको विस्तृत अन्तर्वार्ताबाट डंकनको टोलीले यो परम्परा जारी रहनुको दुई मुख्य कारण पहिचान गरेको छ।

पहिलो, पितृसत्तात्मक शक्तिको निरन्तरता (भलै यो ती जोडीमा लागू नहोओस्)। दोस्रो ‘असल परिवार’ को आदर्श– पति र पत्नीको थर एउटै हुनुलाई प्रतिबद्धताको प्रतीक ठान्नु, जसले सम्भावित सन्तान र अभिभावकलाई एउटा एकाइमा बाँध्छ।

केही जोडीले यसलाई परम्परा मानेर सहजै स्वीकार गर्छन्। कसैले सक्रिय रुपमा पतिको थर अपनाउन चाहन्छन्। ‘केही पुरुषचाहिँ प्रजननलाई नै पितृसत्तात्मक धारणाका रुपमा लिएर पत्नीले पतिको थर राख्नुपर्नेमा जोड दिँदा रहेछन्,’ डंकन भन्छन्, ‘केही महिलाले यसलाई बेवास्ता गरेको पनि पाइयो। हामीले यस्ता पनि भेट्यौं जसले आफू वास्तविक ‘पत्नी’ हुन चाहेको र पतिसँग आफ्नो पहिचान बदल्न चाहेको बताए।’ 

डंकनको अनुसन्धान प्रतिवेदनअनुसार महिलाले विवाहपछि थर परिवर्तन गर्नुमा पितृसत्ताको अस्तित्व जीवितै रहनु हो। जस्तै– बुवाले छोरीको बिहे गराइदिने परम्परा, विवाह वा प्रेमको प्रस्ताव पहिले पुरुषले नै गर्ने आदि। अझै पनि धेरै जोडीका लागि यही नै उच्चतम ‘वैवाहिक प्याकेज’ हो। 

‘यो रोमान्सकै एउटा हिस्सा हो,’ जर्मनीको स्टकहोमकी ३२ वर्षीया कोरिन्ना हिर्स भन्छिन्। गत वर्ष  बिहे भएदेखि नै उनले पतिकै थर लेख्न थालेकी छन्।

‘बिहेको अघिल्लो रात हामी बेग्लाबेग्लै कोठामा सुत्यौं। मसँग केही पुराना, केही सापटी लिएका र केही नयाँ पहिरन थिए। मेरा बुवा र पतिले सानो भाषण पनि गर्नुभयो, मैले गरिनँ,’ उनी भन्छिन्। यस्ता परम्परागत क्रियाकलापले आठ वर्षदेखि प्रेमसम्बन्धमा रहेको जोडीबीचको सम्बन्ध थप कसिलो भएको उनको अनुभव छ। 

‘हामीले विवाहपछि एकअर्कालाई यति नजिक महसुस गरौंला जस्तो लागेकै थिएन। तर, यो ठूलो वैवाहिक कार्यक्रम र एउटै थर राख्नुले कमाल गर्‍यो।’

असल परिवार

डंकनको टोलीले ध्यान दिएको अर्को ‘ट्रेन्ड’ आमधारणासँग सम्बन्धित छ। पतिको थर अंगाल्नु बाहिरी संसारका लागि पतिप्रतिको प्रतिबद्धता र पारिवारिक एकताको प्रदर्शन हो। 

‘मलाई लाग्छ, यसले हामीलाई एउटा परिवारका रुपमा पहिचान दिन्छ,’ क्यालिफोर्नियाकी लिन्डसे इभान्स भन्छिन्, ‘हामीसँग आफ्नो पहिचानका लागि पहिलो र बीचको नाम छँदै छ, तर संयुक्त अन्तिम नामले हामीलाई एकताबद्ध गराउँछ।’

डंकनको शोधमा ‘असल परिवार’ को संकथन सन्तान भएका महिलामाझ बलियो छ। सुरुमा पतिको थर लेख्न नमानेका महिलाले पनि सन्तान जन्मिएपछि राख्न थालेको पाइएको छ।

अनुसन्धाकर्ताहरुले ‘असल परिवार’ को संकथन नै महिलाले आफ्नो थर परिवर्तन गर्नुको प्रमुख कारण भएको पाएका छन्। 

‘मैले कागजात बनाउन वा प्रेम प्रदर्शनका लागि मात्रै होइन, मेरा बच्चासँगको कसिलो सम्बन्धका लागि पतिकै थर लेख्न थालें,’ अमेरिकामा जन्मेकी र हाल ओस्लोमा रहेकी ३६ वर्षीया नृत्यांगना एवं जिम्न्यास्ट जेमी बर्ग भन्छिन्। आफ्नो व्यावसायिक पहिचानका लागि लामो समयसम्म जन्मथर नै लेखिरहेकी उनी छोरा जन्मेपछि राहदानी र अन्य कागजातमा पतिकै थर लेख्न थालेकी छन्। परिवारका तीनै जनाको एउटै थर भएपछि सँगै विदेश यात्रामा जाँदा प्रशासनिक समस्या नआउने उनको बुझाइ छ।

डंकनको अध्ययनले फेला पारेको अर्को तथ्य यस्तो छ– अभिभावकले के पनि सोच्छन् भने आमा र बुवाको फरकफरक थर हुँदा बालबालिका भ्रमित वा दुःखी हुन सक्छन्। तर डंकनको तर्क छ, असमानताले वयस्कहरुमा असुविधा उत्पन्न भए पनि समाजशास्त्रीय अध्ययनमा बालबालिकामा यसको प्रभाव निकै सीमित हुन्छ। 

नारीवादको उडान

लैंगिक समानता प्राप्तिको प्रयासविरुद्ध थर परिवर्तनको आदर्श कसरी चल्न सक्छ? यस विषयमा विज्ञहरु विभाजित छन्। 

डंकन यसलाई ‘निकै खतरनाक’ ठान्छन्। भन्छन्– के थर परिवर्तन गर्नेहरु यो प्रक्रियामा सक्रियतापूर्वक सहभागी भइरहेका छन् वा यसलाई परम्परागत ‘डिफल्ट’ का रुपमा लिइरहेका छन्?’ 

उनी भन्छन्, ‘यसले पुरुष नै घरको मुखिया हुने परम्पराको पुनरुत्पादनलाई समाप्त गरिदिन्छ।’

‘समाजमा प्रभाव राख्ने धेरैको सम्पूर्ण विमर्श अझै पनि प्रेमी, विवाह, हनिमुन आदिकै वरपर घुमिरहेको हुन्छ,’ बर्क भन्छिन्, ‘आफूलाई नारीवादी भने पनि उनीहरुको जीवनशैलीमा परम्परागत ‘आदर्श रोमान्स’ कै प्रभाव छ।’

उत्तरी बेलायतकी ३४ वर्षीया व्यवसायी निक्की हेसफोर्ड जस्ता महिला यो तर्कको जोडदार समर्थन गर्छन्। पारपाचुके गरिसकेकी उनले पहिले पनि आफ्नो थर परिवर्तन गर्न अस्वीकार गरेकी थिइन्। उनी भन्छिन्, ‘केही महिला किन आफ्नो थर नै परिवर्तन गर्छन्, अचम्म लाग्छ!’

आफू बच्चाको सुसारेमा परिणत भएको, सन्तान बिरामी भए जागिर छोड्नुपरेको, करियर नै बिग्रिएको बताउने महिलाले नै पतिलाई तिमी नै सबैथोक हौ, म दोस्रो दर्जाकी हुँ भन्ने तर्क दिइरहेको देख्दा अनौठो लाग्ने निक्की बताउँछिन्। उनी भन्छिन्, ‘केही मानिस यस्तो राम्रो परम्परा तोडिन थालेको बताइरहेका हुन्छन्, तर, यसको कुनै अर्थ छैन। म पूर्ण असहमत छु।’

यद्यपि, आयरिस मनोेचिकित्सक हिल्डा बर्क पतिको थर राख्न अस्वीकार गर्ने महिलाले अरूप्रति तीव्र टिप्पणी गरिहाल्न नहुने बताउँछिन्। उनी भन्छिन्, ‘पुरानो जमानाको रोमान्स’ अवधारणालाई लामो समयसम्म फिल्म, साहित्य र पत्रिकाहरुले प्रवद्र्धन गरिरहे। सोसल मिडियाको जमानामा पनि अवस्था उस्तै छ। यस्ता सन्देशले महिलालाई प्रभावित बनाइरहेका छन्– लैंगिक समानता र नारीवादी दृष्टिकोणले ठूलो मञ्च पाइरहँदा पनि।’ 

‘समाजमा प्रभाव राख्ने धेरैको सम्पूर्ण विमर्श अझै पनि प्रेमी, विवाह, हनिमुन आदिकै वरपर घुमिरहेको हुन्छ,’ बर्क भन्छिन्, ‘आफूलाई नारीवादी भने पनि उनीहरुको जीवनशैलीमा परम्परागत ‘आदर्श रोमान्स’ कै प्रभाव छ।’

थर परिवर्तनको कुरा परम्परागत विवाहको संकथनकै वरपर रहेर सोसल मिडियामा पनि ‘रोमान्टिसाइज्ड’ भइरहेको उनको बुझाइ छ। 

कतिपय महिलाले भने पतिको थर अंगाल्नु व्यावहारिक कारण हुने गरेको बर्क बताउँछिन्। जस्तै– पाको उमेरका आफन्तलाई खुसी पार्न वा ‘किन थर परिवर्तन नगरेको?’ भन्ने प्रश्नबाट बच्न। यसो भन्दैमा उनीहरुले लैंगिक समानतालाई बढावा दिइरहेका छैनन् भन्ने चाहिँ होइन। ‘तर, यो एउटा सैद्धान्तिक असंगतिको उदाहरण हुन सक्छ वा आदर्श नारीवादी हुनुको,’ उनी भन्छिन्, ‘उनीहरु भन्छन्– तपाईंलाई थाहा छ? म अझै काम गरिरहेकी छु, बढुवा पाइरहेकी छु। संघर्ष छोडेकी छैन। व्यापक स्तरमा म अझै पनि नारीवादी हुँ।’ 

अर्को तर्क के पनि छ भने नारीवाद भनेको महिलालाई स्वतन्त्र छनोटको अवसर दिनु हो। अर्थात्, कस्तो र कसको थर लेख्ने भन्ने उनीहरुको आफ्नो निर्णय हो (जबसम्म उनीहरुका पति वा समाजले दबाब दिँदैनन्)। यो विषय पितृसत्तात्मक मान्यतालाई जारी राख्ने वा त्यसविरुद्ध जाने भन्ने नै होइन। 

‘उसले मलाई थर परिवर्तन गर्नुपर्छ भनेर कहिल्यै भनेको छैन, बरु म आफैंले थर परिवर्तन गर्ने मेरो चाहना बताइसकेकी छु,’ क्यालिफोर्नियाकी इभान्स भन्छिन्, ‘नारीवादी हुनुको नाताले म आफू अनुकूल निर्णय लिन सक्षम छु। यस्तोमा लैंगिक भूमिकाको कुरा आउँदैन।’

के भविष्यमा धेरैले थर नफेर्लान्?

पतिको थर लेख्ने चलन कहिलेसम्म रहला त? यस विषयमा अनुसन्धाकर्ताहरुबीच बहस भइरहेको हुन्छ। तर, यसबारे थोरैमात्र त्यस्ता प्राज्ञिक अनुसन्धान छन् जसले भविष्यको केही अनुमान गरेका छन्– अहिलेसम्म सुस्त प्रगति भइरहे पनि अब पुरुष र महिला दुवै विकल्पका लागि खुला हुँदै गएका छन्। 

‘हामीले आफ्नो जीवन नै एकअर्कामा साझा बनाइसकेका छौंं, त्यसैले दुवैको थर साझा गरेका छौं। पत्नीले मात्रै मेरो थर लेख्दा अलिक पुरातनवादी लाग्यो,’

बेलायतमा सन् २०१६ मा १५०० जनामा गरिएको ‘यू गोभ’ सर्वेक्षणमा ५९ प्रतिशत अविवाहित महिलाले विवाहपछि पतिको थर लेख्ने बताएका थिए भने ६१ प्रतिशत पुरुषले महिलाले पतिकै थर राखून् भन्ने चाहना देखाएका थिए। तर, यो संंख्या बेलायती रैथानेहरुको तुलनामा ३० प्रतिशतले कम हो। 

एउटा अर्को बेग्लै सर्वेक्षणमा १८ देखि ३४ वर्ष उमेर समूहका अविवाहित महिलाले विवाहपछि जन्मँदाको र पतिको दुवै थर लेख्ने बताएका थिए। बेलायतको उच्च वर्गमा परम्परागत रुपमै यस्तो चलन छ। तर, लैंगिक समानता भने विविध पृष्ठभूमिका जोडीमा प्रेरक बनिरहेको देखिन्छ। 

दक्षिणी स्विडेनको माल्मोमा बस्ने ३६ वर्षीय बेलायती सञ्चार प्रबन्धक निक निल्सन भने आफूले पनि पत्नी र आफ्नो थर लेख्ने गरेको बताउँछन्।

‘हामीले आफ्नो जीवन नै एकअर्कामा साझा बनाइसकेका छौंं, त्यसैले दुवैको थर साझा गरेका छौं। पत्नीले मात्रै मेरो थर लेख्दा अलिक पुरातनवादी लाग्यो,’ उनी भन्छन्। 

अमेरिकामा पनि व्यावसायिक कारणले गर्दा दुईवटा थर लेख्ने महिलाको संख्या बढ्न थालेको छ। अनलाइन सर्च गर्दा आफ्नो नाम सहजै भेटिन्छ भन्ने कारणले उनीहरुले पुरानो थर छोड्दैनन् भने पतिको थर जोड्ने परम्परा पनि निर्वाह गरिरहेका छन्। 

केही जोडीमा त दुईवटा थरको मिश्रणबाट नयाँ थर बनाएर लेख्ने चलन पनि देखिन थालेको छ। आफ्नी पत्नीको थर मात्रै लेख्ने पनि छन्। तर यी दुवै खालका प्रवृत्ति असामान्य लाग्छन्। 

अहिले युरोपमा महिलाले ढिलो गरी बिहे गर्ने चलन छ। बेलायत, इटली र स्पेनजस्ता देशमा महिलाको विवाह गर्ने औसत उमेर ३५ पुगेको छ भने अमेरिकामा २८। यो प्रवृत्तिले पनि थर छनोटमा प्रभाव पार्ने देखिन्छ। नर्वे र अमेरिकामा भएका अनुसन्धानमा बढी उमेरका, शिक्षित र आर्थिक रुपमा आत्मनिर्भर महिलामध्ये कमैले मात्र विवाहपछि थर परिवर्तन गरेको पाइएको छ। तर, तुलनात्मक रुपमा कम उमेरका, आम्दानी कम भएका र अफ्रिकी–अमेरिकी समुदायका युवतीमा भने विवाहपछित थर परिवर्तन गर्ने प्रचलन अधिक छ। 

‘मसँग पहिल्यैदेखि आफ्नै घर थियो, शैक्षिक प्रमाणपत्र छन्। अरु सम्पत्ति र ती सम्बन्धी थुप्रै कागजात छन्। अब मैले आफ्नो थर परिवर्तन गरें भने ती सबै कागजातमा परिवर्तन गर्नुपर्छ,’ नर्वेको ओस्लोकी ५० वर्षीया दन्तचिकित्सक नजर भन्छिन्, ‘त्यसैले मैले थर परिवर्तन गरिनँ र यो जरुरी पनि छैन।’

‘जोडीबीच खुला बहस गर्नुपर्ने बेला आएको छ, कुनै आग्रह–पूर्वाग्रह नराखेर,’ बेलायतको ब्रिङटनकी ३५ वर्षीया समलिंगी मार्केटिङ म्यानेजर भेरिटी भन्छिन्, ‘मेरा केटा साथीहरुले पत्नीको थर लेखेको देख्दा खुसी लाग्छ तर, अरुले परम्पराप्रतिको मोह वा वंशावलीमा एकरूपताका लागि पतिको थर लेख्छन् भने म त्यो पनि सम्मान गर्छु।’

लन्डनकी मनोचिकित्सक बर्क समाजमा थर वा पछिल्लो नाम राख्ने विभिन्न शैली सुरु भएको बताउँछिन्। तर समान ज्याला, रोजगार सुरक्षा लगायतका विषयमा महिलाले संघर्ष गर्नुपरेका बेलामा अहिले कोभिड– १९ को संकटसँगै प्राथमिकताका क्षेत्र अरु नै रहेको उनको बुझाइ छ। उनी भन्छिन्, ‘जब अन्य कुराहरु अधिक समान होलान्, त्यस बेला फेरि नाम थरको कुरा गर्ने समय आउला।’

यद्यपि, कोरिना हिर्सजस्ता पतिको थरका पक्षपाती भने यो परम्परा नहराउनेमा आशावादी छन्। उनी भन्छिन्, ‘हामी परम्परामा रमाउँछौं, किनभने यो न्यानो र आत्मीय हुन्छ। यसै गरौं।’ 

(बीबीसी वर्कलाइफमा प्रकाशित यो लेख अंग्रेजीबाट अनुवाद गरिएको हो।)

-म्याड्डी स्याभेज/नेपालसमय अर्काइभबाट


प्रकाशित: October 19, 2021 | 08:34:22 काठमाडौं, मंगलबार, कार्तिक २, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, कार्तिक २, २०७८

थप समाचार

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले जानकारी दिए।

कोइलावास : 'गुलजार'देखि भग्नावशेषसम्म

नसुत्ने' शहरको रूपमा चिनिन्थ्यो। तर, अहिले मृत प्राय: छ। राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर' जस्तै बनेको छ।

स्नातकमा ग्रामीण विकास पढ्ने नायिका करिस्माको रहर

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’

२०७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा 'अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार' तथा 'अन्तर्दृष्टि हातेमालो पुरस्कार'का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो।

ट्रेंडिंग

नेपाल समय
प्रदेश न. २

प्रदेश २ : पौडेल पक्ष चुनावी दौडबाटै 'आउट', निधि र देउवा गुट प्रतिस्पर्धामा

देउवा गुटबाट उम्मेदवार खुलेपछि प्रदेश २ मा सभापति देउवा र उपसभापति निधिको बाटो फरक भएको थप स्पष्ट भएको छ। २ आकांक्षीले देउवा निकटका उम्मेदवारलाई समर्थन जनाएपछि उपसभापति निधिका उम्मेदवार रामसरोज एक्लिएका हुन्।
नेपाल समय
राजनीति

देउवा-सिटौला सहकार्य महाधिवेशनमा कति सम्भव?

सिटौला पक्षीय नेता भीमसेनदास प्रधानले यसअघि दिँदै आएका अभिव्यक्ति र तल्लो तहमा बनेका समीकरण आधार हुन्। प्रधानले आगामी महाधिवेशनपछि सिटौला कांग्रेसको कार्यवाहक सभापति हुने बताउँदै आएका छन्।
नेपाल समय
स्वास्थ्य/जीवनशैली

ओमिक्रोनको जोखिम : ९ देशबाट नेपाल आउन रोक

पछिल्लो समय कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएपछि सरकारले सजगताका लागि ती देशबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको हो।
नेपाल समय
राजनीति

लिङ्देनसँग लड्न यसकारण सजिलो छैन कमल थापालाई

कठिन परिस्थितिहरुमा सतिसाल जसरी थापाको पक्षमा उभिएका यिनै लिङ्देन अहिले थापासँग लड्दैछन्।
नेपाल समय
शिक्षा

आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न विद्यार्थी संगठनको माग

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीसमेतको त्रिवि सभा बैठकले गत मंगलबार १० वर्षदेखि करारमा कार्यरत प्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने निर्णय गरेको थियो।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C