मंगलबार, कार्तिक २, २०७८

हामीबाट टाढा हुँदैछन् भँगेरा

महेश्वर आचार्य  |  काठमाडौं, बुधबार, असोज २७, २०७८

महेश्वर आचार्य

महेश्वर आचार्य

बुधबार, असोज २७, २०७८, काठमाडौं

नेपाल समय
तस्बिर : विकिपिडियाबाट।

भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।

कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी

चुरचुर गर्छ भँगेरो, चिरबिर गर्छे भँगेरी

टाप्पटिप्प कनिका, टिपिहालौं नहेरी

चुर्र गर्छु म फेरि, भुर्र उड्नु तँ फेरि

जिल्ल पर्छ बिरालो, हिस्स पर्छ बोहोरी

कति बाठो भँगेरो, कति बाठी भँगेरी।

राष्ट्रकवि माधव घिमिरेको ‘भँगेरा र भँगेरी’ शीर्षकको कवितामा वर्णित चराको चुरचुर र चिरबिर अचेल हराउँदै जान थालेको छ। सहरी घर होस् वा गाउँले। तराईको मैदान होस् वा पहाडी कन्दरा। विगतमा प्रायः घरमा भँगेरा बस्थे। 

आधुनिकताको विस्तारसँगै चराचुरुङ्गी बस्नलायक घर बन्न छाडे भने घर वरपर पनि चरामैत्री वातावरण हुन छाडेपछि चरा मानव वस्तीबाट टाढा हुन थाले।

‘भँगेरा अरूको जस्तै मेरो पनि बालसखा हो,’ ८३ वर्षीय वनस्पतिविद् डा। तीर्थबहादुर श्रेष्ठ भन्छन्, ‘महाबौद्धको हाम्रो घरको भित्तामा भएका स–साना प्वालमा भँगेराले गुँड बनाउँथ्यो। त्यतिबेला माटोको जोडाइ भएको घरको भित्तामा मात्र होइन चुन, सुर्की, बज्रका लेप लगाइएका घरमा पनि भँगेरा बस्ने प्वाल बनाइन्थे।’

घर बनाउँदा नै ‘चखुँप्वा’ र ‘बखुँप्वा’ भनेर भँगेरा र परेवा बस्न मिल्ने प्वाल बनाइने डा। श्रेष्ठ बताउँछन्। ‘सानो प्वालमा भँगेरा र ठूलो प्वालमा परेवाले गुँड लाउँथ्यो,’ श्रेष्ठ भन्छन्।

नेपालको हिमाल, पहाड तथा तराई तीन भूखण्डमा भँगेरा पाइन्छन्। घर वरपर हुने भँगेरालाई घरपालुवा (डोमेस्टिक स्प्यारो) र गाउँ तथा काँठ क्षेत्रमा हुने भँगेरालाई रूख भँगेरा (ट्रि स्प्यारो) भनिन्छ।

‘घर भँगेरा तराईदेखि मध्यपहाडी क्षेत्रसम्म पाइन्छ। रूख भँगेरा पहाडमा प्रशस्तै तथा तराईमा केही कम संख्यामा पाइन्छन्,’ चराविद् डा। हेमसागर बराल भन्छन्।

भाले घर भँगेराको शरीरमा गाढा खैरो रंगको प्वाँख हुन्छ। यसको छाती सेतो हुन्छ र चुच्चोमुनि कालो कण्ठ हुन्छ। विश्वमा हालसम्म ३२ प्रजातिका भँगेरा पाइएको छ। नेपालमा भने पाँच प्रजातिका भँगेरा पाइन्छन्। 

ती घर भँगेरा ९हाउस स्प्यारो०, रूख भँगेरा ९ट्री स्प्यारो०, कैलो भँगेरा ९रस्सेट स्प्यारो०, स्प्यानिस स्प्यारो र पितकण्ठे ९पेट्रोनिया० हुन्। घर भँगेरा १५ र रूख भँगेरा १४ सेन्टिमिटरका हुन्छन्। चार÷पाँच वर्षसम्म बाँच्ने भँगेराको तौल ४० ग्रामसम्म हुन्छ।

घर भँगेराले घर वा मठमन्दिरजस्ता मानवनिर्मित संरचनामा गुँड बनाएर बच्चा कोरल्छ भने अन्य प्रजातिका भँगेराले घरबाहिर गुँड बनाउँछ।

‘बाह्रै महिना अण्डा पार्ने घर भँगेराले घरका सानातिना प्वाल र रूखको टोड्कोमा गुँड बनाउँछ। एकपटकमा चारवटासम्म अन्डा पार्छ र तीन सातासम्ममा अन्डा कोरल्छ। भँगेराले चारवटै बच्चा हुर्काउन वा नहुर्काउन पनि सक्छ,’ बराल बताउँछन्।

भँगेरा मिहिनेती र मायालु चरा हो। भँगेरा हामीले फ्याँकेका कनिका, जुठोपुरो खाएर हुर्कन्छन्। सहर बजारमा जुठोपुरो फ्याँक्ने रछ्यान नहुँदा पनि चराले आहारा पाउँदैन। नेपालमा अन्य भँगेराको तुलनामा घर भँगेरा र रूख भँगेरा घटेको बराल बताउँछन्।

रूख भँगेराहरू घर भँगेराभन्दा केही साना र चञ्चल हुन्छन्। भाले प्रजाति र पोथी प्रजातिको रंग उस्तै हुन्छ र सजिलै छ्ट्याउन सकिन्छ। 

घर भँगेरामा भने पोथी सजिलै छुटिन्छ। यसको शरीरमा फुस्रो खरानी रंगको प्वाँख मात्र हुन्छन् भने पखेटातिर केही कालो प्वाँख हुन्छ।

भँगेरा अरू चरा जस्तो टाढाटाढासम्म उड्न सक्दैन। भँगेरा पानी तथा धुले चउरमा खेल्न रमाउँछ।भँगेरालाई जुम्राले पिर्छ। भँगेराको पखेटाको नरम भाग खान्छ। त्यसैले जुम्राबाट बच्न भँगेरो नुहाउने गर्छ।

‘आजभन्दा ५०–६० वर्षअघि काठमाडौंका प्रायः घरमा भँगेराको ‘कोलानी’ हुन्थ्यो। एउटै घरमा भँगेराका २५–३० परिवार बस्थे,’ डा। श्रेष्ठ भन्छन्, ‘अहिले आधुनिक घर बने। एउटै घरमा मान्छेका २५–३० परिवार बस्छन् तर भँगेरा र परेवालाई ठाउँ छैन।’

किन घटे भँगेरा?

सहरीकरणले गर्दा भँगेराको वासस्थान नाश हुँदै गए र भँगेरा हराउन थाले। त्यस्तै कृषि क्षेत्रमा कीटनाशक विषादीको अनियन्त्रित र अत्यधिक प्रयोगले गर्दा पनि समग्र चराको संख्यामा कमी आएको विज्ञ बताउँछन्।

‘पहिला जताततै भँगेरा हुन्थे। घर, चौतारो, बजार, चउरमा छ्यासछ्यास्ती भँगेरा देखिन्थ्यो। 

तिनीहरू अनाज, कीरा फट्याङग्रा, गड्यौंला खाएर जीविका धान्थे। अब अहिले सहरबजार विस्तार हुँदा तिनले खानेकुरा पनि पाएनन्, बस्ने ठाउँ पनि पाएनन्,’ चरा अवलोकनमा लागेका टेक घर्ती मगर भन्छन्।

भँगेराको संख्या र वितरण खुम्चिए पनि खतराको सूचीमा भने परिसकेको छैन। तर पनि भँगेराहरूले उपभोग गर्दै आएको भूगोलको व्यापक परिवर्तन हुँदा उनीहरूले ठूलो चुनौती सामना गरिरहेका छन्।

आफू वरपरको पशुपक्षी स्वस्थ हुनु भनेको त्यहाँको वातावरण र पर्यावरण स्वच्छ छ भन्ने सूचक हो। 

‘सहरवस्तीबाट भँगेरा हराउनु भनेको त्यो वस्तीको वातावरण र पर्यावरण ठीक छैन भन्ने संकेत हो,’ डा। श्रेष्ठ भन्छन्। भँगेरा धेरै हुँदा बाली खाएर सखाप पार्ला कि भन्ने डर भने हुन्छ।

चीनका चार शत्रु

चीनमा माउत्सेतुंगको पालामा भँगेरा, उपियाँ, मुसा र लामखुट्टेलाई चार शत्रु किटान गरी तिनलाई सफाया गर्ने अभियान चलाइयो।

‘तर त्यसपछि धानकीरा, फट्याङग्रा, सलहको बिगबिगी बढ्यो। कीटनाशकको अधिक प्रयोग भयो र अन्नतः सन् १९५९ देखि तीन वर्ष अनिकाल नै लाग्यो,’ डा। श्रेष्ठ बताउँछन्, ‘भँगेराले कीराफट्याङग्रा नियन्त्रण गरेर लगाएको गुणको बेवास्ता गर्दा अनिकाल भोग्नु प¥यो।’

संरक्षण गर्न भँगेरा दिवस

भँगेरा दिवस मनाउन थालिएको धेरै भएको छैन। यस दिवसको विधिवत् सुरुआत १० वर्षअघि भारतको नासिकबाट भएको हो। नासिकका संरक्षणकर्मी मोहम्मद दिलावर र उनी आबद्ध संस्था ‘नेचर फरएभर सोसाइटी’ले भँगेरा संरक्षण गर्न २०, मार्च २०१० देखि मनाउन थालेका हुन्।

नेपालमा पनि मच्छेगाउँमा भँगेरा दिवसको उपलक्ष्यमा सचेतना कार्यक्रम आयोजना गरिएको छ। 

कार्यक्रमका आयोजकमध्येका एक भँगेरा अभियन्ता धुव्र बस्नेतले नयाँ बन्ने घरमा भँगेरा बस्न मिल्ने प्वाल बनाएर संरक्षणमा ध्यान दिनु पर्ने बताए।

‘प्रकृति सबै प्राणीको वासस्थान हो। मान्छेले आफ्नो स्वार्थ मात्र नहेरी सहअस्तित्वलाई स्वीकार गरेर सबै प्राणी जोगाउनेतर्फ पाइला चाल्नु पर्छ,’ बस्नेतले भने, ‘भँगेरा मान्छेको नजिकको साथी हो। यसलाई जोगाउनु भनेको आखिरमा मान्छे नै जोगिनु हो।’  -नेपाल समय अर्काइभबाट


प्रकाशित: October 13, 2021 | 05:05:00 काठमाडौं, बुधबार, असोज २७, २०७८
महेश्वर आचार्य

महेश्वर आचार्य

काठमाडौं, बुधबार, असोज २७, २०७८

थप समाचार

महिला किन पतिकै थर लेख्छन्?

नाम पछाडि पतिको थर लेख्ने प्रचलन पितृसत्तात्मक समाजको उपज हो। उसो भए पश्चिमी समाजका आधुनिक महिला अझै यही परम्परा किन पछ्याइरहेका होलान्?

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C