मंगलबार, कार्तिक २, २०७८

सर्वोच्चको आदेश कुलमानको पक्षमा

नेपाल समय  |  काठमाडौं, मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मंगलबार कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

प्राधिकरणबाट सरुवा गरिएका हितेन्द्रदेव शाक्यले घिसिङलाई काममा रोक लगाउन माग गर्दै सर्वोेच्चमा रिट हालेका थिए। विद्युत् प्राधिकणको कार्यकारी निर्देशक पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गर्दै यसअघिका कार्यकारी निर्देशक शाक्य सर्वोच्च पुगेका थिए। आफू बिदामा बसेको बेला कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई संविधान र कानुनविपरीत नियुक्त गरेकाले त्यससम्बन्धी सबै काम बदरको माग गर्दै उनले रिट निवेदन दर्ता गराएका थिए।

आफूले पदबाट राजीनामा पनि नदिएको र वैधानिक रूपमा आफूलाई उक्त पदबाट मुक्त नगरेको तर घिसिङलाई नियुक्त गरिएको भन्दै शाक्यले सर्वोच्च गुहारेका हुन्।  शाक्यले आफूलाई सोही पदमा पदस्थापना गर्न र सरकार, ऊर्जा मन्त्रालयलगायतलाई सहयोग गर्न आदेश माग गरेका थिए।
मन्त्रिपरिषद्को साउन २५ गतेको बैठकले घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको थियो। शाक्यलाई भने जल तथा ऊर्जा आयोगको विज्ञ सदस्यमा नियुक्त गरिएको छ। उक्त पदमा आफ्नो इच्छा नभएको शाक्यले रिट निवेदनमा लेखेका छन्। उनले उक्त पदमा कानुन प्रतिकूल आफूलाई सरुवा गरिएको जिकिर गरेका छन्।


प्रकाशित: September 21, 2021 | 15:27:29 काठमाडौं, मंगलबार, असोज ५, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, मंगलबार, असोज ५, २०७८

थप समाचार

महिला किन पतिकै थर लेख्छन्?

नाम पछाडि पतिको थर लेख्ने प्रचलन पितृसत्तात्मक समाजको उपज हो। उसो भए पश्चिमी समाजका आधुनिक महिला अझै यही परम्परा किन पछ्याइरहेका होलान्?

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C