मंगलबार, कार्तिक २, २०७८
  • गृहपृष्ठ
  • समाज
  • नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नयाँ पत्रिकाका कृष्णज्वाला र वीरका अशेषले पनि अस्वीकार गरे पदक

नेपाल समय  |  काठमाडौं, आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं- नयाँ पत्रिका दैनिकका प्रधानसम्पादक कृष्णज्वाला देवकोटा र वीर अस्पतालका छातिरोग विशेषज्ञ डा. अशेष ढुंगानाले पनि सरकारले दिएको पदक अस्वीकार गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै दुवै जनाले पदक अस्वीकार गरेको घोषणा गरेका हुन्। 

‘नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक प्रदान गर्ने निर्णय गरेकोमा सरकारलाई धन्यवाद, तर, पदकहरुको वितरण विवेकपूर्ण र पारदर्शी नभएको भन्दै निरन्तर प्रश्न उठाइरहेको सञ्चारकर्मीका नाताले आफैं पदक स्वीकार गर्नु नैतिक हुने देखिनँ,' उनले लेखेका छन्, 'नेपाली पत्रकारितामा थोरै पनि हस्तक्षेप गर्न सकेको भए मलाई सामाजिक प्रेरणा नै पर्याप्त छ।' 

‘हुन त राष्ट्रसेवा वा बिरामीको सेवा र उपचार गर्दा पुरस्कार/मान/पदवी /सम्मानको आशाले गरिएको हुँदैन र गर्नु पनि हुँदैन। तर काम गर्दै जांदा पुरस्कार पाउदा खुशी हुनु स्वाभाविक हो र यसले अझ राम्रो काम गर्दै जाने हौसला प्रदान गर्छ।  संविधान दिवसको उपलक्ष्यमा मेरो नाम पनि पदक पाउनेहरूमा देख्दा खुशी लागेतापनि पदक दिंदा विभूषण सिफारिस कार्यविधि एवं प्रदान सम्बन्धि मापदण्ड २०७५ अनुसार नेपाल सरकार निजामती कर्मचारीको तह/श्रेणी  र साथसाथै मेरो शैक्षिक पद (सह प्राध्यापक ) सरह नमिलेको हुनाले नेपाल सरकारलाई पुरस्कार प्रदान गरेकोमा धन्यबाद ज्ञापन गर्दै सहर्ष अस्विकार गरेको घोषणा गर्दछु,'  डा ढुंगानाले फेसबुकमा लेखेका छन्, 'पदक पाउने सम्पूर्ण महानुभावहरूलाई बधाई ज्ञापन गर्दै नेपाल सरकारले भाविष्यमा प्रदान गर्ने पुरस्कार/मान/पदवी/सम्मानहरू विवादरहित रहोस भन्ने कामना गर्दछु।  साथै चिकित्सकीय सेवा प्रदान गर्ने क्रममा आफ्ना बिरामी र बिरामीका आफन्तजनहरूबाट पाइएको धन्यवाद नै सबैभन्दा ठुलो पुरस्कार हुने हुँदा सो पाइरख्ने आशा गर्दछु।’ 

सरकारले संविधान दिवसका अवसरमा ९ सय ३ जनलाई विभिन्न पदक दिने निर्णय सार्वजनिक गरेको थियो। उक्त निर्णय सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका व्यक्तिहरूले पदक अस्वीकार गर्ने घोषणा गरिरहेका छन्। 

यसअघि नेपाल समयका प्रधान सम्पादक नारायण अमृत, इकागज डटकमका प्रधान सम्पादक हरिबहादुर थापा र नागरिक दैनिकका कार्टुनिस्ट रविन साय्मिले पनि पदक अस्वीकार गरिसकेका छन्।

यो पनि


प्रकाशित: September 19, 2021 | 15:06:05 काठमाडौं, आइतबार, असोज ३, २०७८
नेपाल समय

नेपाल समय

नेपाल समय
काठमाडौं, आइतबार, असोज ३, २०७८

थप समाचार

समापनको संघारमा दसैं

नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।

मुस्लिम समुदायलाई आज सार्वजनिक बिदा

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा दिएको छ।

युवा परिषद्का कार्यकारी उपाध्यक्ष ढुंगेल पनि बर्खास्त

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पदबाट बर्खास्त भएका छन्। मन्त्रिपरिषद्को सोमबारको बैठकले उपाध्यक्ष ढुंगेललाई बर्खास्त गरेको एक मन्त्रीले जानकारी दिए।

प्रकृतिसँग रमाउन सिद्धबाबाधाम

महामारी कम भएसँगै हिजोआज मन्दिर दर्शन र अवलोकनका लागि यहाँ चहलपहल बढेको मन्दिरका पुजारी अनन्तराज न्यौपाने बताउँछन्। विशेषगरी शनिबार र बिदाका दिन यहाँ आन्तरिक पर्यटक पुग्‍ने गर्छन्।

गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई मापन, नतिजा आउन समय लाग्‍ने

पर्यटन मन्त्रालय अन्तर्गतको नेपाल माउन्टेन एकेडेमीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो। अनुसन्धानकर्ता बासुदेव न्यौपानेको नेतृत्वमा गएको चार जनाको टोलीले गोसाइँकुण्ड र भैरबकुण्डको गहिराई नापेको हो।

मुस्लिम समुदायलाई मंगलबार सार्वजनिक बिदा

सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

ट्रेंडिंग

नेपाल समय
समाज

४४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय किशोर पक्राउ

४४ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बन्दीपुर गाउँपालिका-२ पौवा बस्‍ने १७ वर्षीय किशोर पक्राउ परेका छन्।
नेपाल समय
शिक्षा

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय
फुटबल

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय
फुटबल

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय
विदेश

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C