शुक्रबार, असोज ८, २०७८

फेसबुकमा देखेको भिडियोले समाजसेवातिर मोडिएको मन

राज सरगम  |  काठमाडौं, बुधबार, भदौ ३०, २०७८

राज सरगम

राज सरगम

बुधबार, भदौ ३०, २०७८, काठमाडौं

नेपाल समय

काठमाडौं– २०७८ साल वैशाख १६ गतेदेखि सुरु भएको निषेध आदेशका बेला शंखमूलका राजेश भट्टराई घरमा एक्लै थिए। छिनछिनमा फेसबुकमा अपडेट हुन्थे। दैनिक घटनाक्रमका समाचार पढ्थे। निषेध आदेशको दुई दिनपछि फेसबुक चलाउने क्रममा उनको आँखा एउटा भिडियोमा पुग्यो। सहयोगका लागि अपिल गरेको भिडियो थियो त्यो, भिडियोको दृश्यले तुलनात्मक रूपमा बढी समय लियो उनको। 

अपिलकर्ताले भिडियोमा मोबाइल नम्बर पनि छोडेका थिए। दुवै मिर्गौला फेल भएको बाराका बिरामी बीरबहादुर हेन्जोन अपिलकर्ता थिए। डाइलसिस गर्दै आएका हेन्जोन विगत ८ वर्षदेखि काठमाडौं बस्दै आएका थिए। आफ्नो आर्थिक अवस्था कमजोर भएको भन्दै उनले सहयोगको अपेक्षा गरेका थिए, भिडियोमा। हेन्जोनको दयनीय अवस्था देखेर भट्टराई सहयोग गर्ने निष्कर्षमा पुगे। एक बोरा चामल, दाल, नुन, तेल, र अक्सिजन सिलिन्डर बोकेर पुगे हेन्जोन निवासमा।

एउटा सानो कोठा, नाकमा अक्सिजन पाइप जोडेको, ८ वर्षको छोरो, केही दिन अगाडि श्रीमतीले अर्कै श्रीमान स्वीकार गरेर गएको चोट, भोक र रोगले डसेको जिन्दगी जिइरहेका थिए हेन्जोन। भट्टराईका सहयोगी हात निवासमै पुगेका थिए। लिएर गएको सहयोग छोडेर फर्किए।

हेन्जोनको अवस्था देखेर उनलाई कताकता मनमा बेचैनी भइरह्यो। यसैले उनलाई अरू पनि असहायलाई सहयोग गर्न हौसला पनि थप्यो। हेन्जोनलाई सहयोग गरेको दिन उनले फेसबुकमा लेखेका थिए, 'कसैलाई अप्ठ्यारो परेको भए, अक्सिजन सिलिन्डर चाहिएको भए, सम्झिनु होला।' यसले उनलाई समाजसेवातर्फ डोर्‍यायो। 

हेन्जोन निवास नपुगेका भए शंखमूलमा भट्टराईको नाम र काम परिचित हुने अवसर मिल्दैनथियो होला सायद। हेन्जोन निवासबाट फर्किएको केही दिनपछि भट्टराई शंखमूलतिर हिँड्दै थिए। ज्यामी काम गर्ने मजदुरको कोलाहल सुने। त्यहाँको कोलाहलमा समाहित भए। वास्तवमा भोका मानिसहरूको कोलाहल रहेछ त्यो। उनीहरूको पीडा राजेश महसुस गर्न थाले। 

मजदुरहरूलाई पसलका साहुले उधारो पत्याउन छोडेका थिए। निषेध आदेश थपिँदै थियो। रोजगारी गुमेको थियो। भोक र रोगसँग जुधेका परिवारमा अझै कति कष्ट थपिने हो, टुंगो थिएन। भट्टराईले तुरुन्तै केही बोरा चामल नुन तेल किनेर साह्रै गाह्रोमा परेकालाई बाँडे। 

यसपछि विद्यार्थी मजदुर तथा एकल महिलाहरूको पनि अनुरोध आयो उनलाई। तिनीहरुलाई पनि चामल, तेल, नुन, आलु बाँडे। राजेश सहयोग गर्दै गए। शंखमूलको गल्लीगल्लीमा हल्ला चल्यो, राजेशले सहयोग गर्छन्। त्यसपछि उनका घरका आसपासका विद्यार्थी अपाङ्ग, वृद्धवृद्धाले अनुरोध गरे। भट्टराईले सहयोग गरे। 

उनको यति कामले धेरै असहायहरूबीच उनको नाम पुगिसकेको थियो। केहीले उनको मोबाइल नम्बर समेत नोट गर्न भ्याएका थिए। यसपछि उनलाई फोन आउने क्रममा वृद्धि भयो। लगातार फोनमा व्यस्त हुन थाले। कोही राशनका लागि, कोही अक्सिजन सिलण्डरका लागि, कोही औषधिका लागि, कोही अस्पतालमा शय्याका अनुरोध गरेका फोन हुन्थे। सबैलाई उनले सान्तवना दिन्थे। 

सबै कुरा गर्न भट्टराईलाई सहज थिएन। तर उनले हरेश खाएनन्। अप्ठेरो परेका अवस्थामा सकेसम्म आफैँ सहयोग गर्न पुग्थे। केही कुराहरू फेसबुकमा पनि पोस्ट गर्दथे। फेसबुकमा जोडिएका पाँच हजार साथी थिए। केही साथी त उनका हितैसी नै थिए। नेपालभित्रकै दश जना साथीलाई एक हजारको दरले सहयोग मागे। दश जनामा सात जनाको सहयोग उनले पाए। त्यो सात हजारको राशन किनेर सहयोग गर्न पुगे। ‘फेसबुकमा भएका साथीहरुले मलाई पत्याइदिए। उनीहरुको सहयोगले ऊर्जा थप्यो,’ उनले सुनाए। सहयोगीको सूचीमा विदेशमा बस्ने साथीहरू पनि थपिँदै गए। 

कपडा सिलाउने पेसा गर्ने भट्टराईलाई मूल पेसाभन्दा समाजसेवाले बढी सक्रिय बनाएको थियो। हुन त निषेध आदेशको समयमा बुबाको पालादेखि अंगाल्दै आएको मूल पेसा ठप्प भएको थियो, काम र आम्दानी पनि ठप्प थिए। तर भित्रैदेखिको उत्साह र साथी सर्कलको सहयोगले उनी सकेसम्म धेरै सहयोगापेक्षीसम्म पुगे। 

सुत्केरी महिला, बालबालिका, महिला, र रोगीहरूसँग उनी निकट हुँदै गए। निषेध आदेश जारी नै थियो। एकपछि अर्को पटक गरी जिल्ला प्रशासनले निषेध आदेश थप गरिएका सूचना जारी गरेको गर्‍यै थियो। यस्तैमा एक दिन उनलाई खबर आयो( सुत्केरी महिलाको बिजोग छ रे१ उनले तुरुन्तै ती महिलालाई सम्पर्क गरे। उनको घरमा नै पुगे। घरमा खाने अन्न थिएन। पोषिलो खानेकुराको त कुरै भएन। भट्टराईले केही राशन र केही पोषिलो खानेकुराको बन्दोबस्त गरिदिए। 

नेपालमा विस्तारै कोरोना संक्रमितको संख्या कम हुँदै गयो। निषेध आदेश पनि खुकुलिँदै गयो। तर भट्टराईलाई आउने फोन तत्कालै कम भएनन्। यो क्रम अद्यापि जारी छ। ‘जसरी मलाई शंखमूलका मजदुर गरिबले सहयोगको अपिल छोडेनन् त्यसैगरी मैले मेरा साथीहरुलाई च्याटमा अपिल गर्न छोडिनँ,’ उनी भन्छन्,'साथीहरूले मलाई साथ दिए। मैले केही असहायहरूलाई सहयोग गर्न सकेँ। सहयोग त बढी साथीहरूले नै गरेका छन्। म त बढी माध्यमजस्तो मात्रै भएँ।' 

शंखमूलमा भाडामा बस्दै आएका ४५ वर्षीय गणेश नकर्मी पेसाले दैनिक ज्यालादारी मजदुरी गर्थे। उनी बिरामी परेका थिए। उपचार गर्न पैसा नभएकाले अस्पताल जाने कुरा थिएन। उनको टाउको सुन्निएको थियो। समस्या के हो पत्ता लागेको थिएन। तर पनि घरबेटीले उनलाई भाडा नदिएको लगायतका विषयमा टोकेसो गरिरहन्थे। यो खबर भट्टराईसम्म पुग्यो। भट्टराईले उनलाई सिभिल अस्पताल पुर्‍याए। 

बिरामीको अवस्था हेरेर डाक्टरले वास्ता गरेनन्। बिरामीको कुरुवा कोही थिएनन्। उनको अवस्था निकै गम्भीर बनिसकेको रहेछ। तर राजेशले गणेशलाई छोड्न सकेनन्। गणेशलाई उनले १५ दिनको उपचारपछि टिचिङ अस्पताल लगे। उपचार गरेर उनलाई पुनःस्थापना केन्द्रमा लगेर राखिदिए। पछि उनी विस्तारै ठिक हुँदै गए।  

डेढ महिनापछि भट्टराई गणेश साथीजस्तै बने। गणेश साथी बनेपछि शंखमूलका मजदूरहरू पहिचान गर्न भट्टराईलाई गाह्रो भएन। धेरैलाई सहयोग पुर्‍याउन भट्टराईलाई सहयोग गरेका नकर्मी भन्छन्, ‘मजस्ता धेरैलाई उहाँले सहयोग गर्नुभयो। उहाँको सहयोगले धेरैलाई सहज बनाएको छ।’ 

राजेश जसको उद्धार गर्छन् उसैलाई साथी बनाउँछन्। साथी बनाएर घरमा बोलाउँछन्। भन्छन्, ‘जसलाई मैले सहयोग गरेँ। उनीहरुलाई नै मैले सहयोगी बनाएर अन्य मानिसको सहयोग गर्न गर्दै आएको छु।’ शंखमूलका गल्लीगल्लीमा राजेशका साथी भेटिन्छन् यतिबेला। आफूले करिब ६ सय घरधुरीलाई दालचामल, नुनतेल, चिउरा, पानी, माक्स, सेनिटाइजर सहयोग गरेको दाबी गर्छन् राजेश। ‘म र मलाई पत्याउने फेसबुकका साथीहरुको सहयोगले यति गर्न सकेको हो।’

साथीहरूको पैसाले सहयोग गरेकाले आफूलाई पैसा खाएको आरोप आउने हो कि भन्ने पनि छ राजेशलाई। त्यस्तो आरोप खेप्नु नपरोस् भनेर उनले सहयोग गरेको भिडियो बनाउने गरेका छन्। ‘कुनै मित्रले पैसा बटुलेर खायो भन्ने नहोस् भनेर त्यसो गरेको हुँ,' उनी सचेत छन्, 'यसको अर्को कुरा पनि के छ भने भिडियो हेर्नेले पनि सहयोग गर्ने प्रेरणा लिन सकुन् र सहयोग गर्ने मन भएकाहरू कहाँ र कसलाई सहयोग गर्ने भनेर दोधारमा छन् भने उनीहरूले सम्पर्क गर्न सकून्।’

राजेश यसलाई अभियानका रुपमा लैजान चाहदैनन्। अभियानका नाममा चर्चा कमाउनु पनि नभएको बताउँछन्। तर जटिल समस्यामा परेका दुखीलाई भने केही न केही व्यवस्थापन गरिरहने उनको भनाइ छ। ‘मैले आँटेको खण्डमा सहज र सरल रुपमा कार्यान्वयन गर्दै आएको छ’, भन्छन्, ‘मैले जुटाएको सहयोगलाई कार्यान्वयन मात्रै गरेको हुँ।’ अहिले पनि आफूले सहयोग गरेको स्वीकार्दैनन्। सबैको सहयोगले सहयोग जुटेको मान्छन् उनी, भन्छन्, ‘म गरिब निमुखासम्म पुग्ने माध्यम मात्रै बनेको हुँ।’ 

आफूलाई के गर्दा शान्ति मिल्छ त्यो खोज्ने हो। राजेश त्यही खोजेको बताउँछन्। मनको शान्तिका लागि सहयोग गर्न उनले ठेलामा पानीको बोतल, बिस्कुट, चाउचाउ राखेर शंखमूल बस्ने दीनदुःखीका ढोकामा पुगेका थिए। ‘अब त धर्म नै सहयोगजस्तो लाग्न थाल्यो। लकडाउन भए पनि नभएपनि निरन्तर सहयोगमा खटिनेछु,’ उनले प्रतिबद्धता जनाए। 

मानवीय मूल्य, मान्यता, प्रेम तथा भातृत्वलाई समेत वस्तु तथा पैसासँग तुलना हुन थालेको बेला राजेशले धेरै गुन लगाएको उनीबाट सहयोग पाएकाहरू बताउँछन्। उनीबाट सहयोग पाएका एक जना विजु पौडेल भन्छन्, ‘लकडाउनमा मेरो हालत दयनीय थियो। राजेश सरकै सहयोगले भात खान पाइयो। उहाँले नै रोजगारी पनि खोजिदिनुभयो।’ 

गुल्मी घर भएका विजु पौडेले अहिले युट्युब च्यानल चलाउन थालेका छन्। यस्तै केही युवालाई रोजगार पनि दिएका छन् उनले। 

सानैदेखि भावुक र सहयोगी भावना भएका भट्टराईको स्थायी घर वीरगञ्ज हो। बुवाले थालेको पेसा टेलरिङ हो। उनी पनि कपडा सिलाउँथे। पछि वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका थिए। सिलाइ पेसालाई निरन्तरता दिँदै उनले नेपालमै बसेर केही फरक गर्ने सोच बनाएको बताउँछन्। तर हाम्रो निकै जोडबलमा पनि उनले त्यो 'केही फरक' के हो भन्ने चाहिँ खुलाएनन्। 


प्रकाशित: September 15, 2021 | 10:51:57 काठमाडौं, बुधबार, भदौ ३०, २०७८
राज सरगम

राज सरगम

काठमाडौं, बुधबार, भदौ ३०, २०७८

थप समाचार

वसन्त चौधरीलाई हृदयाघात

नर्भिक अन्तर्राष्ट्रिय अस्पतालका संस्थापक अध्यक्ष वसन्त चौधरीलाई शुक्रबार हृदयाघात भएको छ।

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।

अमृतोत्सव गरी ७५ वर्षीय कथाकार रेग्मीलाई गरियो अभिनन्दन

वरिष्ठ साहित्यकार सनत रेग्मीलाई नेपालगन्जमा अभिनन्दन गरिएको छ।

श्रीपेच फोड्न खोजेको आरोपमा खिमबहादुर पक्राउ

नारायणहिटी संग्रहालयभित्र राखिएको श्रीपेच चोर्न खोजेको आरोपमा २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेका छन्।

इजरायलका लागि आवेदन २८ सयको कागजपत्र नक्कली

इजरायल जानका आवेदन दिएकामध्ये करिब २८ सय जनाको कागजपत्र नक्कली पेश भएको खुलेको छ। वैदेशिक रोजगार विभागले अनलाइनबाट परेका आवेदन प्रमाणीकरण गर्ने क्रममा २७ वटा ९० आवेदन अस्वीकृत गरेको छ।

आलमको मुद्दाको पेशी सिन्हा र चुडालको इजलासमा

रौतहट बम विस्फोटका मुख्य अभियुक्त नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताव आलमको मुद्दामाथि आज शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

ट्रेंडिंग

नेपाल समय
श्रृंखला

जेलसहित बर्खास्तीमा परेका सिपाही भन्छन्- ऊ रोइरहेको थियो, मेरो मन थामिएन

घरमा फोन गर्न पनि कहिलेकाहीँ मात्रै दिइन्थ्यो। त्यो पनि ‘सबै ठिक छ’ भन्न लगाइन्थ्यो। एक-दुई मिनेट मात्रै गफ गर्न दिइन्थ्यो। ‘के भयो अचानक यस्तो?’ भन्दै बुबाआमा रुनुहुन्थ्यो, श्रीमती रुन्थिन्। तर आफूले यथार्थ भन्न पाउँदिनथेँ। ‘केही भएको छैन, योभन्दा बढी जवाफ नदिनू' भन्ने उर्दी हुन्थ्यो।
नेपाल समय
संवाद

म महामन्त्रीको उम्मेदवार हुँ, कसैको दौराको फेर समात्नुपर्छ भन्ने छैन : धनराज गुरुङ [अन्तर्वार्ता]

प्रजातन्त्रको पर्यायवाची कांग्रेस हो भनेर हामी दावी गर्छौं। तर, यहाँ मुलुकमा आफूलाई आइपरेपछि न विधान न संविधान आफ्नो घोडा बनाइदिने अवस्था आयो।
नेपाल समय
समाज

सर्वोच्चको आदेश कुलमानको पक्षमा

सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
नेपाल समय
लुम्बिनी

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने गणेशविरुद्ध एमालेले मुद्दा नचलाउने

नेकपा एमालेले बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने अनेरास्ववियुका सदस्य गणेश पंगेनीविरूद्ध मुद्दा नचलाउने भएको छ।
नेपाल समय
राजनीति

जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

House -138, Suruchi Marg, New Baneshwor, Kathmandu, Nepal
फोन : +977-1-4790242 / +977-1-4790040
इमेल : info@nepalsamaya.com nepalsamayanews@gmail.com
  • प्रबन्ध निर्देशक
    तरुणप्रताप शाह
  • सम्पादकीय निर्देशक
    मुमाराम खनाल
  • प्रधान सम्पादक
    नारायण अमृत
Copyright © 2021. Design & Development by Cn’C